साउन १, २०८०
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
सरकारको नेतृत्वकर्ता दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा दुई महिनाभन्दा लामो समयदेखिको विवाद शनिवार समाधान भएको छ । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिश गर्ने गत फागुन १४ गतेको निर्णय कार्यान्वयन नगर्ने केपी ओलीको अडानपछि नेकपाभित्रको विवाद सहतमा आएको थियो ।
सचिवालयको निर्णय कार्यान्वयन नगर्ने ओलीको अडान र कार्यान्वयन गराइछाड्ने सचिवालयका बहुमत सदस्यको जिद्दीका कारण नेकपा विवाद चर्को बन्दै गइरहेको थियो ।
सचिवालयको निर्णय कार्यान्वयनका लागि दबाब सिर्जना गर्न उपाध्यक्ष गौतमको निवासमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सचिवालय सदस्यहरूले छुट्टै भेला गरेपछि नेकपामा दुई लाइन संघर्ष शुरू भयो ।
पार्टीमा सल्लाह नगरी राजनीतिक दल विभाजनलाई सजिलो बनाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश र संवैधानिक निकायमा पदपूर्ति सहज बनाउने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद झनै चर्कियो ।
विपक्षी दलको विरोध, नागरिक समाज र मिडियाको विरोध एवं पार्टीभित्र ‘भैँसेपाटी गठबन्धन’को दबाबपछि रातारात ल्याइएका अध्यादेशहरू सरकारले दुईदिनमै फिर्ता गर्यो ।
अध्यादेश फिर्ता गरेपछि पनि नेकपाभित्र अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ओलीले प्रधनमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा दिनुपर्ने आवाज उठाए ।
पार्टीभित्र देखिएका विवाद समाधानका लागि स्थायी कमिटी बैठक बोलाउन २० जना सदस्यले लिखित हस्ताक्षर बुझाए ।
पार्टीभित्रको विवाद चरमचुलीमा पुगेको समयमा प्रधानमन्त्री निवास बालुवाटारमा २० वैशाखको साँझ बसेको सचिवालय बैठकमा प्रधामनन्त्री एवं अध्यक्ष ओलीले आत्मआलोचना गरेपछि विवाद साम्य भएजस्तो देखिएको छ ।
सरकारका तर्फबाट भएका कमी कमजोरी स्वीकार्ने, पार्टीको निर्देशनअनुसार सरकार सञ्चालन गर्ने जस्ता ओलीको प्रतिबद्धतापछि नेकपामा युद्धविरामको स्थिति सिर्जना भएको छ ।
शनिवारको बैठकमा ओलीको प्रस्तावको समर्थन गर्दै अर्का अध्यक्ष प्रचण्डले पनि आफूहरूको तर्फबाट भएका कमी कमजोरीप्रति आत्मआलोचना गरेका छन् ।
सरकार र पार्टीबीच बढेको दूरीका कारण चरमोत्कर्षमा पुगेको नेकपाभित्रको विवाद तत्कालका लागि सल्टिएको छ । सरकारको नेतृत्व गरेको दल दुर्घटनाबाट जोगिएको छ, नेकपाले खड्को काटेको छ ।
बैठकमा गरिएको आत्मआलोचना अनुसार नेताहरू अगाडि बढेनन् भने नेकपामा फेरि विवादको नयाँ शृङ्खला शुरू हुनेछ । पार्टी एकीकरण भएको दुई वर्षभित्र नेकपाले यस्तैउतार चढाव बेहोरिरहेको छ ।
वैशाख २५ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठकमा पार्टीभित्रको विवादबारे दोस्रो तहका नेताहरूले आफ्नो धारणा राख्नेछन् । तर सचिवालयले गरेकोभन्दा भिन्न निर्णय हुने सम्भावना छैन ।
राजनीतिक दलहरू बलियो भए लोकतन्त्र बलियो हुन्छ । यसका लागि दलहरूको आन्तरिक लोकतान्त्रीकरण मजबुत हुनु जरुरी छ ।
सरकारको नेतृत्वकर्ता दलमा देखिएको नयाँ समझदारीले राजनीतिक स्थायित्वलाई बल पुर्याएको छ । सरकार फेरबदलको सम्भावना टरेर गएको छ ।
पार्टीको आन्तरिक विवादमा रुमल्लिएका प्रधानमन्त्रीलाई जनताको मन जित्ने गरी काम गर्ने अवसर आएको छ ।
सचिवालय बैठकमा गरेको आत्मआलोचनाअनुसार प्रधानमन्त्रीले कमीकमजोरी सच्याएर जनताको मन जित्नेगरी काम गरेमा पार्टीभित्र र बाहिर विरोधका स्वरहरू मत्थर हुँदै जानेछन् ।
कोरोना संकटबाट सिर्जित समस्या समाधान गर्दै जनताको जीवनस्तरमा सुधार ल्याउनेगरी अगाडि बढ्न सरकार र नेकपालाई सफलता मिलोस् ।
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...