मंसिर २४, २०८०
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
सिरहाको कर्जन्हा नगरपालिकाले राहतमा जनताको २ महिनाको विद्युत् महसुल भुक्तानी गरिदिएको छ ।
चैत्र र वैशाख २ महिनाको महसुल भुक्तानी गरिएको नगरपालिका प्रमुख गंगा पासवानले बताए ।
नगरपालिकाको ११ वडाका ६ हजार ६६४ घरधनीको १४ लाख ३० हजार ५६४ रुपैयाँ तिरिदिएको उनले बताए । जेठ ४ गते नेपाल विद्युत् प्राधिकरणलाई चेकमार्फत रकम भुक्तानी गरिएको हो ।
‘देश लकडाउन भएको अवस्थामा आममानिस बेरोजगार भई घरमै बसेकाले बिजुली बिल भुक्तानी गरेर थोरै भएपनि सबै परिवारले राहत पाएका छन्,’ नगर प्रमुख पासवानले लोकान्तरसँग भने, ‘नगरका जनताको घरको बिजुली बिल तिर्न पाउँदा खुशी लागेको छ ।’ कार्यपालिकाले निर्णय गरेर विपद् व्यवस्थापन कोषबाट रकम भुक्तानी गरिएको उनले बताए ।
महसुल भुक्तानी गर्नुअघि नगरपालिकाले २ चरणमा विपद् कोषबाट जनतालाई राहत स्वरुप खाद्य सामग्री समेत वितरण गरिएको थियो । प्रत्येक वडाका १५० जना विपन्न नागरिकलाई ४ जनाभन्दा बढी तथा कम परिवारका सदस्य गरेर २ श्रेणी छुट्याएर राहत वितरण गरिएको उनी बताउँछन् ।
परिवारमा ४ जनाभन्दा बढी सदस्य भएमा २५ किलोग्राम चामल, ५ किलो आलु, ३ किलो दाल, २ किलो नून, २ किलो तेल, आधा किलो सोयाबिन वितरण गरिएको थियो । ४ जनाभन्दा कम सदस्य भएको परिवारलाई २० किलो चामल, ३ किलो आलु, २ किलो दाल, २ किलो नून, २ किलो तेल, आधा किलो सोयाबिन वितरण गरिएको नगर प्रमुख पासवानले बताए ।
राहत सामग्री किन्नमा ३१ लाख ४ हजार ६०० रुपैयाँ खर्च भएको उनले बताए । प्रदेश सरकारले राहत वितरण गर्न १५ लाख रुपैयाँ पठाएको भएपनि खर्च गर्न नसकिएको उनी बताउँछन् । ‘प्रदेश सरकारले दिएको रकमबाट राहत वितरण गर्न सर्वदलीय समिति बनाएका थियौं,’ पासवानले भने, ‘तर समितिमा लक्षित वर्ग छनोट गर्न समस्या भएपछि प्रदेश सरकारको रकम फिर्ता पठाएका थियौं ।’
नगरपालिकाको विपद व्यवस्थापन कोषमा पहिलेदेखि नै ३५ लाख रुपैयाँ थियो । त्यसपछि प्रत्येक वडाबाट १०/१० लाख रुपैयाँ लिएर १ करोड १० लाख रुपैयाँ जम्मा गरेर राहत वितरण गरिएको उनले बताए ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...