कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
पूर्वसांसद तथा उद्यमी विमल केडियाको संयोजकत्वमा कारागार व्यवस्थापन विभागलाई ५७ थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) हस्तान्तरण गरिएको छ ।
कारागार व्यवस्थापन विभागका निर्देशक प्रदीपराज कंडेललाई उद्यमी केडियाले आज (आइतवार) विभागको प्रांगणमै पुगेर पीपीई, एन ९५ मास्क, कोरोनाभाइरस प्रोटेक्टिभ भाइजर तथा जुत्ता ५७/५७ थान उपलब्ध गराएका हुन् ।
ती सामग्री श्रीश्री रवि शंकरद्वारा स्थापित ‘द आर्ट अफ लिभिङ इन्टरनेसनलअन्तर्गतको द आर्ट अफ लिभिङ नेपाल च्याप्टरका अध्यक्ष सिद्धेश्वरकुमार सिंहको क्रियाशीलतामा दिएको हो ।
कारागारका कैदीबन्दीहरूलाई अदालत र अस्पतालमा लैजाँदा ड्राइभर, कारागारका कर्मचारीलाई कोरोनाभाइरसको जोखिमबाट बचाउनका लागि सहयोग होस् भन्ने उद्देश्यले पीपीई उपलब्ध गराएको उद्यमी केडियाले बताए ।
‘कारागारमा पनि कोभिड– १९ को जोखिम उत्तिकै छ, मेरो सानो सहयोगले यसबाट जोगिन मद्दत पुग्नेछ,’ केडियाले भने ।
कारागारमा नयाँ थपिने र बिरामी परेका कैदीबन्दीलाई अस्पताल र अदालत लैजाँदा कोरोनाको जोखिम हुने भएकाले पीपीईले यसबाट जोगिन मद्दत पुग्ने भन्दै केडियालाई कारागार व्यवस्थापन विभागका निर्देशक कंडेलले धन्यावाद दिए ।
आफूहरूले पाएको पीपीई लगायतका सामग्री देशभरका कारागारमा वितरण गरिने बताए ।
‘उहाँलाई (विमल केडिया) लाई धन्यवाद, उहाँको सहयोगले हामीलाई कोरोनाको जोखिमबाट बच्न मद्दत पुग्ने छ,’ निर्देशक कंडेलले भने, ‘हामीले पीपीईलगायतका सामग्री देशभरका कारागारलाई उपलब्ध गराउँछौं ।’
द आर्ट अफ लिभिङ उपत्यकामा रहेका विपन्न, असहाय, गरीब परिवारलाई १५ दिनलाई पुग्ने चामल, दाल, तेल, चिउरा, साबुनलगायतका दैनिक उपभोग्य वस्तुको एउटा प्याकेट बनाएर वितरण गर्दै आएको छ ।
विगतका दिनमा सरकारले वितरण गरेको सहयोग र अन्य निजी संघ–संस्थाले वितरण गरेको राहतमा निकै भिन्नता देखियो ।
सरकारले वितरण गर्ने राहत लक्षित वर्गसम्म पुग्न केही समय लाग्यो भने निजी संघ–संस्थाले वितरण गरेको राहतको तत्कालै रिजल्ट देखिएको उद्यमी केडियाले बताए ।
‘झन् लकडाउन भइसकेपछि त छिटोभन्दा छिटो विपन्न तथा असहाय वर्गमा खाद्यान्न पुर्याउनुपर्ने छ । त्यसकारण हामीले जिल्ला प्रशासन कार्यालयसँग छलफल गरेर स्वीकृति पाइसकेका छौं । उहाँहरूले स्थानीय तहसँग समन्वय गरेर वितरण गर्दिनुस् भन्नुभएको छ, त्यसकारण हामीले स्थानीय तहसँगको समन्वयमा नै खाद्यान्न वितरण गर्न लागेका हौं,’ केडियाले लोकान्तरसँग भने ।
विभिन्न व्यवसायीहरूको सहयोगमा आफूहरूले खाद्यान्न वितरण गरिरहेको उनले बताए ।
यसको समन्वय र संयोजकत्व ‘द आर्ट अफ लिभिङ इन्टरनेसनल नेपाल’ले गरेको छ र यसको संयोजक उद्यमी केडिया रहेका छन् ।
कम्पुचिया मारवाडी ग्रुप, विभिन्न व्यवसायी र मारवाडी समाजका विभिन्न संघ–संस्थाको पनि सहयोगमा उनले राहत वितरण गर्दै आएका छन् ।
‘लकडाउनको समयमा सिर्जनात्मक काम गर्नुहोला’
सरकारले गरेको लकडाउनको समयमा घरबाहिर ननिस्केर सरकारलाई सहयोग गर्न उद्यमी तथा पूर्वसांसद केडियाले अनुरोध गरेका छन् ।
घरमा बस्दा इन्टरनेटको माध्यमबाट ज्ञान हासिल गर्ने, किताब पढ्ने, सिर्जनात्मक काम गर्ने गरेर पनि समय बिताउन सकिने केडियाले बताए ।
कोरोनाभाइरस विभिन्न व्यक्तिसँग हात मिलाउँदा सर्ने भएकाले नमस्कार संस्कार बढाउन सकिने केडियाले बताए ।
‘नेपाली संस्कारमा रहेको नमस्कारलाई बढावा दिनुपर्छ भन्ने मेरो मान्यता छ, यसले गर्दा कोरोना संक्रमण फैलिँदैन,’ उनले भने ।
केडियाले विगत केही वर्षदेखि नमस्कार संस्कारलाई बढावा दिनका लागि अभियान नै चलाउँदै आएका छन् ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...