कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बाँकेमा भएको सवारी दुर्घटनाका घाइतेको पहिचान भएको छ ।
भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जानेक्रममा राप्तीसोनारी गाउँपालिकास्थित पूर्वपश्चिम राजमार्गमा गए राति करीब १२ बजे ना ५ ख ५९९५ नम्बरको हायस मिनीबस रोकिराखिएको बा४ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा १२ जनाको मृत्यु भएको थियो भने २१ यात्रु घाइते भएका थिए।
दुर्घटनामा घाइते भएका दाङ घोराही उपमहानगरपालिका धर्नाका ४५ वर्षीय मेगराम केसी, रोल्पा त्रिवेणी गाउँपालिका –७ तिलाका १७ वर्षीय सुनिल परियार, २० वर्षीय वीरेन्द्र परियार, १८ वर्षीय पुरन परियार, दाङ तुलसीपुर उपमहानगरपालिका –२ खैरीकोटका ३९ वर्षीय विष्णु गिरी, सल्यान शारदा नगरपालिका – ६ का २६ वर्षीया टीका चलाउने, दाङ राजपुर गाउँपालिकाका २० वर्षीय दीपेश चौधरी, तुलसीपुर –२ खैरीकोट निवासी २३ वर्षीय रुपलाल केसी, रोल्पा कुरैलीका ५२ वर्षीय नरबहादुर विक., दाङ राजपुर गाउँपालिका –२ रैमनियाका २१ वर्षीय जीवन घर्ती र रोल्पा टुटुका ४० वर्षीय दिलबहादुर विकको भेरी अस्पतालमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिए।
उहाँका अनुसार सल्यान वनगाड कुपिण्डे नगरपालिका –६ निवासी २० वर्षीय मीनराज विक, सल्यान सिद्धकुमाख गाउँपालिका–५ दह निवासी ४० वर्षीय तेजबहादुर बुढाथोकी, वडा नं ४ निवासी २८ वर्षीय लोकेश घर्ती, कुपिण्डे नगरपालिका –६ गोगनकटवा निवासी ५२ वर्षीय दीपबहादुर बुढा, सल्यानकै छापदरा निवासी १८ वर्षीय धनबहादुर बोहरा, दाङ गढवा गाउँपालिका –६ मानपुर निवासी २० वर्षीय भरत थापा, सल्यान सिद्धकुमाख गाउँपालिका –५ वडाकोट निवासी २६ वर्षीय निमबहादुर वली, सोही गाउँपालिकाकै वडा नं ५ दह निवासी १८ वर्षीय देवेन्द्र बुढाथोकी, शिव भण्डारी र १७ वर्षीय ज्ञानबहादुर बोहरा घाइते भएका छन् ।
घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ । शवको भने सनाखत हुन नसकेको प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।
स्वाब परीक्षण हुँदै
सवारी दुर्घटनामा परेर मृत्यु र घाइते भएकाहरुको कोरोना भाइरस भए÷नभएको पुष्टि गर्न स्वाब संकलन गरिएको छ । भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाका अनुसार मृतक र घाइते सबैको स्वाब संकलन गरेर कोरोना भाइरसको परीक्षण गर्न लागिएको हो ।
मृतकमा कोरोना संक्रमण नभए परिवारको जिम्मा लगाइने र संक्रमण देखिएमा सोहीअनुसार शव व्यवस्थापन गरिने उनले बताए ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...