×

NMB BANK
NIC ASIA

देवरानीले जेठानीको फेसबूकबाट आफ्नै संवेदनशील अंगको फोटो अरूलाई पठाएपछि...

असार २१, २०७७

NTC
Premier Steels

शान्तिनगरमा बसोबास गर्दै आएका देवरानी सम्झना (नाम परिवर्तन) र जेठानी एन्जिला (नाम परिवर्तन) को सम्बन्ध राम्रै थियो। परिवार भित्र कसले कसलाई आदर गर्ने भन्ने विषयमा उनीहरु बीच मनमुटाव सुरु भयो। उनीहरु सम्बन्ध राम्रो रहँदा एकले अर्काको फेसबुक खोलेर चलाउँथे। एन्जिलालाई सासुससुराले अलि बढी माया गरेको भान सम्झनालाई पर्न थाल्यो। उनले जेठानीलाई कसरी तह लगाउने भनेर सोच्न थालिन्। एन्जिलाको फेसबुक एकाउन्टको पासवर्ड सम्झनालाई थाहा थियो। गलत हर्कत अपनाउन सम्झनाले एन्जिलाको फेसबुक रोजिन्। जुन घटना प्रहरीसम्म पुग्ला भन्ने उनले सोचेकीसम्म थिइनन्।

Muktinath Bank

सम्झनाले आफ्नै संवेदनशील अंगको फोटो खिचेर एन्जिलाका फेसबुक फ्रेन्डहरुलाई पठाउन थालिन्। फेसबुकको पासवर्ड फेरेर सम्झनाले गरेको उक्त हर्कतबारे एन्जिला बेखबर थिइन्। लगातार एन्जिलाका साथीहरुलाई त्यस्ता फोटो र भिडियो पुग्न थाले। एन्जिलालाई दिदी भनेर सम्बोधन गर्ने एक युवकको फेसबुकमा सम्झनाले पठाएको सन्देश पुग्यो। ती युवकलाई सन्देश पठाउँदा सम्झनाले शारीरिक सम्बन्ध राख्न चाहेकोसम्म लेखेर पठाएकी थिइन्। ती युवक अचम्ममा परेर आफूले दिदी मानेकी एन्जिलाको फेसबुकबाट त्यस्तो सन्देश आएपछि त्यसबारे एन्जिलालाई फोन गरेर सोधे। तब मात्र एन्जिला छाँगाबाट खसेजस्तै भइन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले फेसबुकको पासवर्ड बिर्सिएको लागेर महिना दिनदेखि फेसबुक चलाएकी थिइनन्। तर भाइ नाता पर्नेले नै उक्त सन्देशको बारेमा बताएपछि उनी छक्क पर्नु स्वभाविकै थियो। एन्जिला आफन्तसँगै महानगरीय प्रहरी अपराध महाशाखा पुगिन्। उनले घटनाबारे जानकारी गराउँदा फेसबुकको पासवर्ड देवरानी सम्झानालाई मात्रै सेयर गरेको बताइन्। प्रहरीले सम्झनालाई पक्राउ गरी महाशाखामा ल्याएर केरकार गर्दा सबै रहस्य बाहिर आयो। एन्जिलाको फेसबुकको पासवर्ड पुन क्रिएट गरेर प्रहरीले सम्झनाका अश्लील हर्कतबारे जानकारी लिएपछि दुबैका परिवारलाई बोलाएर मुद्दा चलाउने वा नचलाउने भनेर राय माग्दा एक पटकलाई भइहाल्यो भनेर उनीहरु राजी भए। प्रहरीले सम्झाइ, बुझाइ गरी उनीहरुलाई छाडिदियो। महाशाखामा एक हप्ता अघि मात्रै पुगेको यो उजुरीबारे रहस्य खोतल्न प्रहरीलाई हम्मेहम्मे परेको थियो।


Advertisment
Nabil box
Kumari

महाशाखाकै साइबर पिलरमा अर्को रोचक घटनाको उजुरी परेसँगै प्रहरीले मुद्दासमेत दर्ता गरेको छ। खोटाङ घर भई गौशाला बस्दै आएका एकराम राईले प्रेमिकासँग गौशालाकै एक होटलमा शारीरिक सम्पर्क गरे। राइको योजना त्यति मात्र थिएन। उनले उक्त अश्लील हर्कतलाई बिकाउको वस्तु बनाए। उनले मलेसिया, कतार, दुबईमा रहेका नेपाली कामदारहरुलाई चङ्गुलमा पार्ने योजना बनाए। उनले युवतीको नाममा एकाउन्ट खोलेर अश्लील गफ गर्न थाले। गफैगफमा उनले अर्धनग्न फोटो पठाए। अरु पनि थुप्रै फोटो र भिडियो पठाएबापत पैसा पठाउन भने। केही युवाहरुले पाँच हजार, १० हजार, १५ हजार र २५ हजारका दरले पैसा पठाउन थाले। राईले प्रेमिकालाई थाहै नदिइ गरेको उक्त हर्कत दिन त पर्दाफास हुनुनै थियो।

Vianet communication

मलेसियामा रहेका नेपाली कामदारलाई ठग्न राइले राम्रै जुक्ति लगाए। नेपाल आउँदा शारीरिक सम्पर्क गर्नसमेत तयार रहेको भन्दै सन्देश पठाएपछि ति युवाले राईको खातामा ७० हजार रुपैंया पठाइदिए। पैसा खाताबाट झिकेपछि राइ ती युवासँग सम्पर्क बिहीन भए। तब मात्रै ती युवा आफू ठगिएको निश्कर्षमा पुगेर आफ्ना दाईलाई सबै जानकारी गराए। घटनाको उजुरी महाशाखामा पुग्यो र अनुसन्धान गर्दा राई पक्राउ परे। राईले पैसा कमाउनकै लागि यस्तो हर्कत गरेको प्रहरी समक्ष स्वीकारे। महाशाखाकै सिफारिसमा महानगरीय प्रहरी परिसर टेकुले राईविरुद्ध विद्युतीय अपराध तथा सजाय ऐनमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको छ।

मोडेलले समेत छाडिनन्

ललितपुरकको भैंसेपाटी बस्दै आएकी युवतीको चर्तिकला झन अचम्मको छ। केही गीतमा मोडलको समेत काम गरेकी युवतीले खर्चको जोहो गर्न आफ्नै शरीरका विभिन्न संवेदनशील अंग फेसबुकमार्फत विभिन्न युवालाई पठाउँदै पैसा असुल्न थालेको घटना महाशाखामा पुगेको छ। सुरुमा युवतीले आफ्ना नितम्ब, छाती पठाउन थालिन्। प्रत्येक अश्लील अंग पठाएबापत उनले रकमको दरसमेत तोक्न थालिन्। यसरी एक युवकबाट उनले २५ हजार रुपैयाँ लिइसकेकी थिइन्।

 ती युवाले पुरै शरीरको नांगो फोटो पठाएबापत १७ हजार रुपैंया दिने बताएपछि ती युवतीले पठाइदिइन्। उनले पैसा पनि असुलिन्। उक्त युवकले शारीरिक सम्पर्कको प्रस्ताव गरी जति पनि पैसा दिन तयार रहेको बताए। युवतीले नमानेपछि युवकले उल्टै ब्ल्याकमेलिङ गर्न थाले। भनेको नमानेमा सबै फोटोहरु सार्वजनिक गरिदिने धम्की दिएपछि मात्रै युवतीको हर्कत प्रहरीमा पुगेको थियो।

अनुसन्धानमा जुटेका अपराध महाशाखाको टोलीले ती युवकलाई पक्राउ गर्‍यो। युवतीले मुद्दा नचलाउने र युवकको मोबालाइलमा सुरक्षित फोटो डिलिट गराइ सम्झाएर छाड्न सहमती गरिन्। महाशाखामा लकडाउनको तीन महिने अवधिमा साईबर सम्बन्धी एक सय पाँच वटा उजुरी परेका थिए। ती मध्ये प्रहरीले पाँच वटा घटनाको मुद्दा दर्ता गर्‍यो। अधिकांश मिलापत्र गराएर छाडेपनि केही भने अनुसन्धानकै चरणमा छन्।

अधिकांश उजुरी कुरा नमिलेपछि मात्रै

लकडाउनमा मात्रै एक सय पाँच वटा साइबर अपराधका उजुरी परेको र पीडितको कुरा सुनेर अनुसन्धान गर्दा पीडित नै पहिलो विन्दु रहेको पाएको अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए। दुई पक्षबीच कुरा मिल्दासम्म सबै ठिक तर नमिलेपछि मात्रै ब्ल्याकमेलिङमा जाने र प्रहरीमा उजुरी गर्ने गरेको उनले बताए। केही मात्रै साँच्चै पीडित भएर उजुरी लिएर आउने गरेको अनुसन्धानले देखाएको उनको भनाइ छ। ‘राम्रो सम्बन्ध हुन्जेल सबै कुरा एक अर्कामा सेयर गर्ने र सम्बन्ध टुटेपछि मात्रै साईबर अपराधमा उजुरी ल्याउने गरेको पाईयो।’ थापाले भने, ‘महाशाखामा उजुरी लिएर आउने अधिकांश १६ देखि २५ वर्ष उमेरसमुहका छन्। स्कुले उमेरका र राम्रै परिवारका किशोरावस्थाका केटाकेटीहरुले ख्यालख्यालमै गरेका अश्लील क्रियाकलाप पछि कुरा नमिले पछि उजुरी ल्याउने क्रम बढ्दो छ।’ यसको न्यूनीकरणका लागि अभिभावकले आफ्ना नानीहरुको हरेक गतिविधिका बारेमा चनाखो हुन जरुरी रहेको उनले बताए। अन्नपूर्ण पोस्टमा सुवास गोतामेले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x