×

NMB BANK
NIC ASIA

विदेशीलाई नागरिकता र राहदानी दिने तत्कालीन प्रशासकीय अधिकृत पक्राउ

असार २१, २०७७

NTC
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels

पाँच वर्षअघि विदेशी नागरिकलाई नेपाली नागरिकता र राहदानी बनाइदिएको अभियोग लागेका झापा जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पक्राउ परेका छन्।

Muktinath Bank

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार २०७२ मङ्सिर १० गते झुठो विवरण पेश गरी १६ जना विदेशीलाई नेपाली नागरिकता दिलाएको अभियोगमा झापा जिल्ला अदालतले आचार्यसहित ४६ जना अभियुक्तविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन प्रशासकीय अधिकृत आचार्यलाई झापाबाट खटिएको प्रहरी टोलीले काठमाडौँको गठ्ठाघरबाट शनिबार पक्राउ गरी झापा ल्याएको छ। आइतबार उनलाई अदालतसमक्ष पेश गरिएको प्रहरीले जनाएको छ । सो नागरिकता काण्डका आरोपितमध्ये जिल्ला प्रशासन कार्यालयका खरिदार तेजिन्द्र न्यौपाने र बिर्तामोड–८ का वडासचिव लोकराज बराल एक वर्षअघि पक्राउ परिसकेका छन् भने विर्तामोड–५ का टेकबहादुर गुरुङ, भद्रपुर–१० का प्रेम तिम्सिना र भद्रपुर–१० का भीमबहादुर लिम्बूसमेत पहिल्यै पक्राउ परेका थिए। 


Advertisment
Nabil box
Kumari

पक्राउमध्ये कतिपय धरौटीमा छुटिसकेका पनि छन् ।  भद्रपुर–९ का वडाध्यक्ष शनिलाल राजवंशी, विर्तामोड–८ का वडाध्यक्ष अजय कार्की, जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन अधिकृत गौरव ढुङ्गेल, अर्का अधिकृत चुडाराज भट्टराई, टोली प्रमुख नारायण काफ्ले र चिरञ्जीवी अधिकारी, सुब्बा नायब मेघराज निरौला, भद्रपुर–९ का वडा सचिव अरुणा भट्टराई, बाहुनडाँगी गाविसका तत्कालीन सचिव भवकृष्ण न्यौपानेलगायतका अभियुक्त अझै फरार छन्।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x