मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
असार २३, २०७७
ओली–प्रचण्ड भेटवार्ता
पार्टीभित्र देखिएको विवाद समाधानको विषयलाई लिएर नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच डेढ घण्टा वार्ता भएको छ ।
अध्यक्षद्वयबीच प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान १० बजेदेखि शुरू भएका वार्ता झण्डै डेढ घण्टा चलेको थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्षद्वयबीच सोमवार पनि कुराकानी भएको जानकारी दिए ।
सहमतिको प्रयासका लागि भन्दै स्थायी कमिटी बैठक बुधवारसम्म स्थगित गरेर ओली प्रचण्डले छलफल गरेका हुन् ।
यसअघि आइतवार पनि उनीहरूबीच लामो छलफल भएको थियो ।
अध्यक्षद्वयले सहमतिको प्रयास गर्ने भन्दै नेकपा बैठक असार १८ गतेदेखि स्थगित छ । शुक्रवारको बैठकमा अध्यक्ष प्रचण्डले सहमतिका लागि आलोपालो सरकारको नेतृत्व गर्ने २०७५ जेठ २ गते भएको सहमतिमा फर्किन प्रस्ताव गरेका थिए ।
ओलीले भने प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने गरी २०७६ मंसिरमा भएको निर्णयअनुसार त्यसलाई थप परिभाषित गरेर जाने प्रस्ताव राखेका थिए ।
दुवैले राखेका प्रस्तावमा एकअर्को पक्ष सहमत भइसकेको छैन ।
तेस्रोपटक स्थगित भयो नेकपा स्थायी कमिटी बैठक,२४ गतेका लागि सारियो
सहमतिको प्रयासका लागि भन्दै नेकपा स्थायी कमिटीको बैठक २४ गते बुधवारसम्मका लागि स्थगित भएको छ ।
अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच छलफलका लागि भन्दै १८ गते बिहीवारको बैठक शनिवारसम्मका लागि स्थगित भएको थियो ।
शनिवार दोस्रोपटक सोमवारसम्मका लागि बैठक स्थगित भएको थियो ।
सोमवार बिहान ११ बजेका लागि बोलाइएको बैठक २४ गते ११ बजे बस्नेगरी स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
सहमतिको प्रयासस्वरूप ओली प्रचण्डबीच सोमवार पनि छलफल हुँदैछ । दुई नेताबीच हिजो भएको छलफल आज फेरि गर्नेगरी सकिएको थियो ।
नेकपाका केन्द्रीय कमिटी सदस्यहरूको धुम्बाराहीमा अनौपचारिक भेला
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र संकट गहिरिँदै गएको अवस्थामा विवाद समाधानका निम्ति हस्तक्षेपकारी दबाब दिन केन्द्रीय कमिटीका नेताहरू अनौपचारिक छलफलमा केन्द्रित भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमवार केन्द्रीय कमिटीका नेताहरू जम्मा भएर अनौपचारिक छलफल गरिरहेका छन् ।
धुम्बाराहीमा करीब ५० जना केन्द्रीय कमिटी सदस्यहरूको अनौपचारिक भेला भएको त्यहाँस्थित एक युवानेताले बोलाए ।
भेलामा केन्द्रीय कमिटी बैठक बोलाउन दबाब दिने विषयमा छलफल भइरहेको छ । 'पार्टीलाई फुटबाट जोगाउन हाम्रो हस्तक्षेप आवश्यक देखिएको छ,' ती नेताले भने, 'हामीले एक चौथाई सदस्यहरूको हस्ताक्षर गरेर केन्द्रीय कमिटी बैठक बोलाउन पार्टीलाई आग्रह गर्छौं ।'
उपत्यका बाहिर रहेका नेकपाका केन्द्रीय कमिटी नेताहरू यसअघि पनि जुम मिटिङमा छलफल गरेर हस्तक्षेपकारी भूमिका बढाउन सहमत भएका छन् ।
घट्यो कोरोना संक्रमणको दर,पछिल्लो २४ घण्टामा १ सय ८० मा संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा जम्मा १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयमा आयोजित नियमित ब्रिफिङमा बोल्दै प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १सय ८० जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् ।
यससँगै नेपालमा जम्मा संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ सय ६४ रहेको छ भने जम्मा डिस्चार्ज हुनेको संख्या ६ हजार ८ सय ११ रहेका छन् ।
काठमाडौँ उपत्यकामा थपिए ५४ जना कोरोना संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५४ जनामा कोरोना संक्रमण देखिएको बताएको छ ।
मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा बोल्दै प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५४ जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् ।
डाक्टर गौतमले काठमाडौँ जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जनामा संक्रमण देखिएको बताए ।
काठमाडौँ उपत्यकामा समुदायमै कोरोना संक्रमण फैलिएको चर्चा चलिरहेका बेला संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ ।
मास्क नलगाई घर बाहिर निस्कँदै हुनुहुन्छ ?सावधान!कारबाहीमा परिएला
तपाई मास्क नलगाई घर बाहिर निस्कनुभयो ? सावधान अब कारबाहीमा परिन्छ ।
गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई मास्क नलगाई हिड्नेलाई कारबाही गर्न निर्देशन दिएको हो ।
असार १ गते लकडाउन खुकुलो बनाउने नीति लिएसँगै मास्क, स्यानिटाइजर तथा अन्य सुरक्षाका उपाय अवलम्बन गर्न निर्देशन दिएको थियो । तर नागरिकले स्वास्थ्यका सामान्य नियम पनि पालना नगरेको पाइएकाले सो निर्देशन दिइएको गृहमन्त्रालयका प्रवक्ता एवम् सहसचिव केदारनाथ शर्माले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार, मन्त्रालयले सोमवार ७७ वटै जिल्लामा लागू गर्नेगरी मास्क नलगाउनेलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो ।
सरकारले असार १ गतेदेखि सरकारी कार्यालय तथा व्यापार व्यवसाय खुला गरेको छ । विद्यालय तथा सार्वजनिक यातायात खुलाइएको छैन । यद्यपी शहरी क्षेत्र तथा अन्य क्षेत्रमा पनि भीड बाक्लिंदै गएको छ । भीडभाड बढ्दै जाँदा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै मन्त्रालयले अनिवार्य कामबाहेक अन्य अवस्थामा बाहिर ननिस्किन पनि आह्वान गरेको छ ।
निगमका सात चालक दलका सदस्यमा कोभिड–१९ सङ्क्रमण
नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सका सात उडान कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।
चार्टर्ड उडानमा सहभागी चालक दलका सात सदस्यको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको निगमले जनाएको छ । अन्य सात सम्बधित क्रु मेम्बरको पुष्टि हुन बाँकी रहेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
निगमका उडान कर्मचारी उद्धार उडानका क्रममा सोल्टी होटलमा क्वारेन्टिनमा बसेका थिए । निर्धारित उडान सकेर क्वारेन्टिनबाट घर पठाउने क्रममा पीसीआर परीक्षण गर्दा सात जना क्रु मेम्बरलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको निगमले जनाएको छ । उनीहरुको उपचारसम्बन्धी आवश्यक व्यवस्था निगम व्यवस्थापनले गरिरहेको र थप सतर्कता अपनाई पूर्वनिर्धारित उद्धार उडान यथावत सञ्चालन हुने निगमले स्पष्ट गरेको छ ।
निगमले उद्धार उडानमा सम्मिलित चालक दलका सदस्य एवं अन्य उडान कर्मचारीका लागि आवश्यक निर्धारित मापदण्डअनुसारको जिम्मेवारी पूरा गर्दै आएको पनि उल्लेख गरेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण एकजनाले गुमाए ज्यान
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको जनाएको छ ।
मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा बोल्दै प्रवक्ता डाक्टर जागेश्वर गौतमले आइतवार एक जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।
मृत्यु हुने २९ वर्षीय युवक रहेका छन् भने उनी ढोरपाटन क्वारेन्टाइनमा बसिरहेका थिए । बाग्लुङ जिल्लाको निसिखोला गाउँपालिका वडा नम्बर ३ का उनी भारतबाट क्षयरोगको उपचार गरेर फर्केका थिए ।
रूपन्देहीमा ५ जनाको हत्या गर्ने सिंजाली जेल चलान
आफूसँगै काम गर्ने ५ जना सहकर्मीलाई सामूहिक हत्या गर्ने सुर्खेतका झसेन्द्र सिंजाली जेल चलान भएका छन् ।
रूपन्देहीको तिलोत्तमा कान्छीबजारस्थित गंगादेवी पशु फर्ममा गत जेठ २६ गते सिंजालीले बिभत्स ५ जनाको हत्या गरेका थिए । जिल्ला अदालत रुपन्देहीका न्यायाशीस मात्रिका प्रसाद मरासिनीको एकल इजलासले अभियुक्त सिंजालीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
प्रहरीले हत्याकाण्डमा संलग्न भएको आशंकामा सोही फर्ममा काम गर्ने सुर्खेतका सिंजालीलाई घटनास्थलबाटै अर्थचेत भएको अवस्थामा पक्राउ गरेको थियो । पक्राउपछि सिंजालीले आफूले नै पाँचै जनाको हत्या गरेको स्वीकार गरेका थिए । सिंजाली ६ महिना यता रुपन्देहीमा बस्दै आएका थिए ।
प्रहरीसँगको बयानमा सिंजालीले आफ्नो चरित्र हत्या गर्ने गरेको आवेगमा हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका थिए । सिंजालीविरुद्ध जिल्ला अदालत रूपन्देहीमा कर्तव्य ज्यान मुद्दा चलिरहेको छ । सोही मुद्दामाथि भएको बहसपछि जिल्ला अदालत रुपन्देहीले अभियुक्तलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।
सोही स्थानका कृष्णबहादुर पुनको फर्ममा काम गर्ने सिंजालीले रूपन्देहीकै सैनामैना नगरपालिका–५ का ४० वर्षीय माधव मुसहर, उनकी श्रीमती ३५ वर्षीया जानकी मुसहर, फर्ममै बस्ने पोषराज मुसहर तथा स्थानीय करण चौधरी र आशिष चौधरीको सामूहिक हत्या गरेका थिए । आदेशपछि अभियुक्तलाई आइतबार नैं जिल्ला कारागार भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...