माघ २५, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
असार २४, २०७७
विपक्षी दल कांग्रेस र जनता समाजवादीका शीर्ष नेताहरू संसद्को विशेष अधिवेशन बोलाउन सरकारलाई दबाब दिने मनस्थितिमा पुगेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा मंगलबार बैठक गर्दै कोरोना संक्रमण जोखिम कम गर्न बेवास्ता र संसद् अधिवेशन हठात् अन्त्य गरेर सरकार गैरजिम्मेवार बनेको भन्दै सरकारलाई दबाब दिने विषयमा छलफल गरेका हुन् ।
कोरोनाको संक्रमणबाट नियन्त्रण गर्दै नागरिकलाई बचाउन थप गम्भीर बन्नुपर्नेमा प्रधानमन्त्री र सत्तारूढ दलका शीर्ष नेताहरु नै सत्ता संघर्षको आपसी किचलोमा छन् । नागरिकका स्वास्थ्य समस्या र संसद्मा बेवारिसे बनाइएका एजेन्डालाई लिएर कसरी र कहाँ विरोध गर्न सडकमा जान संक्रमणको स्थितिले दिँदैन । जनताको आवाज उठाउने संसद् पनि हठात् अन्त्य गरिँदा विकल्प खोज्नेबारे नेताहरूले बहस गरेका हुन् ।
बैठकमा जनता समाजवादीको जोड संसद् अधिवेशन बोलाउनुपर्नेतिर थियो । उसको प्रस्तावमा कांग्रेस पनि नकारात्मक थिएन । असार १७ गते प्रधानमन्त्री ओलीसँग भएको देउवाको गोप्य भेटघाटका क्रममा एमसीसीको विषय पनि थियो । यसै अधिवेशनबाट एमसीसी पारित गराउने आश्वासन ओलीबाट देउवाले पाएका थिए । जुन कुरा उनले सोमवारको केन्द्रीय कार्यसमिति बैठकमा उठाउँदै ओलीबाट आफू ‘ठगिएको’ प्रतिक्रिया दिएका थिए ।
जनता समाजवादीका नेताहरूसँग भएको छलफलमा पनि देउवाले एमसीसीको विषयलाई उठाउने गरी संसद् अधिवेशन बोलाउँदा के हुन्छ भन्ने चासो व्यक्त गरेका थिए । जनता समाजवादीका लागि एमसीसीभन्दा नागरिकता बढ्दा प्राथमिकता थियो । नागरिकताको विषयमा कांग्रेसको धारणा पनि समान छ । तर सभापति देउवाको चासो एमसीसीतिरै बढी केन्द्रित थियो । देउवाको चासोमा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले एमसीसी, नागरिकतालगायत विधेयकमा छलफल गर्न सकिन्छ भन्ने भनाइ राखेका थिए ।
‘तर संसद् अधिवेशन बोलाउने/नबोलाउने अहिले कुनै टुंगोमा पुगेन,’ कांग्रेसका एक नेताले भने, ‘सरकारको अर्कमण्यता र संसद्मा बेवारिसे भनेका एजेन्डामा लामो छलफल भयो । समान धारणा पनि बने । तर निर्णयमा हामी पुग्न सकेका छैनौं, फेरि बस्ने भनेर उठेका छौं ।’
सभामुख र संसद्मा रहेका राजनीतिक दलहरूको परामर्शविपरीत प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्बाट निर्णय गराई हठात् संसद् अधिवेशन अन्त्य गर्ने कदम उठाएकोमा कांग्रेस जनता समाजवादीजतिकै आक्रोशित छ । खासगरी पार्टी सभापति देउवा एमसीसीलाई संसद्मा प्रवेश नै नगराई अधिवेशन अन्त्य गराएकोमा बढी क्रुद्ध छन् ।
कांग्रेसले औपचारिक निर्णयमार्फत नै सरकारको उक्त कदमको भत्र्सना गरेको छ । तर त्यसको आक्रोशमा संसद् अधिवेशन बोलाउने कदम उठाउँदा सत्तारूढ नेकपाभित्र चर्किरहेको द्वन्द्वमा हस्तक्षेप गरेको सन्देश जाने भएकाले कांग्रेस नेताहरु हतारमा निर्णय लिइहाल्ने पक्षमा छैनन् । संसद अधिवेशन बोलाउँदा राजनीतिक रूपमा त्यसले पार्न सक्ने विभिन्न आयमका बारेमा समेत छलफल भएको थियो ।
बैठकमा सहभागी कांग्रेस उपसभापति विमलेन्द्र निधि त संसद् अधिवेशन बोलाउनेबारे छलफल र समझदारी केही नभएको दाबी गर्छन् । ‘संसद्को विषयमा छलफल पनि भएन, समझदारी पनि भएको छैन । संसद्मा अड्किएका विधेयक, प्रस्तावहरू र कोभिड–१९ संक्रमणको भयावह स्थितिबारे छलफल गर्यौं । सरकारका कारण अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वासमा समेत संकट आएकोबारे समान धारणा बनायौं,’ उनले भने । बैठकमा चिनियाँ राजदूतको बढ्दो सक्रियताप्रति समेत चासो राख्दै छलफल गरिएको थियो ।
जनता समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद् अधिवेशनका विषयमा सामान्य छलफल चले पनि निष्कर्षमा नपुगेको बताए । ‘मुलक जटिल अवस्थामा छ । महामारीले भयावह स्थिति लिँदै छ । नागरिकता, निजामती लगायत महत्त्वपूर्ण विधेयक र प्रस्तावहरू संसद्मा बेवारिसे बनाइएको छ । सडकमा जाउँ कोरोनाको कहर छ । त्यहीँ एउटा संसद् थियो, त्यसलाई पनि भोटेताल्चा लगाइदिने काम प्रधानमन्त्रीले गरे,’ महतोले भने, ‘महत्त्वपूर्ण विधेयक र जनताको सरोकारको विषयलाई कसरी उठाउने भन्नेबारेमा हामीले छलफल गरेका हौं । तर निष्कर्ष निस्केको छैन ।’
निष्कर्ष ननिस्केको भन्नुका पछि संसद् अधिवेशन बोलाउनेबारे कांग्रेस सहमतिमा नआइसकेको उनको भनाइ थियो । कांग्रेस र समाजवादी मिलेर संसद् अधिवेशन बोलाउन लागेको भन्दै प्रधानमन्त्री ओलीका विश्वासपात्र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले आइतवार कांग्रेस सभापति देउवालाई भेटेका थिए । पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष टुंगोमा नपुग्दासम्म संसद् अधिवेशन बोलाउने प्रक्रिया अघि नबढाउन उनको आग्रहसमेत थियो ।
आफ्नै पार्टीभित्रको स्थायी कमिटीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट समेत राजीनामा मागेलगत्तै प्रधानमन्त्री ओलीले संसद् अधिवेशन अन्त्य गराएका थिए । ओलीले पार्टीबाटै आफूविरुद्ध आउन सक्ने कदमको प्रतिवाद गर्ने रणनीतिअन्तर्गत संसद् अधिवेशन अन्त्य गराएको पार्टीकै नेताहरुले बताउने गरेका छन् ।
संविधानविद् भीमार्जुन आचार्य पनि संसदीय प्रणालीलाई जोगाउन तत्काल एक चौथाइ सांसदहरुले अधिवेशन बोलाउन लिखित अनुरोध गर्नुपर्ने धारणा राख्छन् । असार १८ गते हठात् संसद् अधिवेशन अन्त्य गरेर प्रधामन्त्रीले संसदीय मर्यादा र प्रणालीकै खिल्ली उठाएको तर्क उनको छ । अधिवेशन बोलाउँदा महत्त्वपूर्ण विषय उल्लेख गरी एक चौथाइ सांसदले लिखित अनुरोध गर्नुपर्ने र त्यस्तो गर्दा कुनै एक विषयमा मात्रै छलफल केन्द्रित गर्नुपर्ने किटानी व्यवस्था नभएको बताए ।
संविधानको धारा ९३ (३) मा ‘राष्ट्रपतिले प्रतिनिधिसभाको अधिवेशन चालु नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रतिनिधिसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्यहरुले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्ने छ’ भन्ने उल्लेख छ । संविधानविद् आचार्यले संसद्मा पारित गर्ने लाइनमा रहेका ५३ वटा विधेयक, महत्त्वपूर्ण प्रस्तावहरुको विषयमा छलफल गर्न लिखित अनुरोध गरेर संसद् अधिवेशन बोलाउन सकिने बताए ।
‘प्रधानमन्त्री संसद्बाट जन्मने हो । त्यसैले उसको उत्तरदायित्व संसद्प्रति निस्सर्त रूपमा हुन्छ । संसद्लाई खेलाउने, चलाउने र मर्यादाविपरीत बाटोमा जाने अधिकार प्रधानमन्त्रीलाई हुँदैन,’ उनले भने, ‘सभामुख र संसद्का राजनीतिक दलको परामर्शबिना बैठक अन्त्य गर्नु प्रणालीविरुद्धकै कदम हो । सांसदहरुमा अलिकति पनि मर्यादाको हेक्का छ भने तुरुन्त अधिवेशन बोलाउन सक्नुपर्छ ।’ २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले संसद्मा दर्ता भइसकेको अविश्वासको प्रस्ताव छल्न संसद् विघटनको सिफारिस गरेको विषयमा सर्वोच्च अदालतले संसद्को भूमिकाको विषयमा प्रस्ट बोलेको भन्दै संसद्लाई जीवित राख्नका लागि अधिवेशन बोलाउनुपर्ने तर्क उनको छ ।
सरकारले भने कुनै बिजनेस नभएकाले संसद् अधिवेशन अन्त्य गर्नुपरेको कारण जनाउँदै आएको छ । अधिवेशन अन्त्य गर्दा पनि सरकारले निश्चित मर्यादा र प्रक्रिया पूरा नगरेको आरोप संविधानविद् तथा राजनीतिक दलका नेताहरुको छ । स्वयं सत्तारूढ दलभित्रै संसद् अधिवेशन अन्त्यको विषयले विवाद निम्त्याइरहेको छ । अर्को तर्फ, संसद्मा विचाराधीन रहेका ५३ वटा विधेयक र १९ वटा प्रस्तावले पनि सरकारको भनाइलाई खण्डन गर्छ । नागरिकता र निजामति विधेयकजस्ता महत्त्वपूर्ण विधेयक यसै अधिवेशनबाट पारित गर्ने योजना थियो । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बहुमतबाट यी विधेयक अघि बढिसकेका समेत थिए । यसै अधिवेशनमा मात्रै १९ वटा विधेयक दर्ता भएका थिए । संसद्मा छलफलका लागि १३ वटा प्रस्ताव दर्ता भएका थिए । जुन प्रस्ताव सत्तापक्ष र विपक्षबाट दर्ता भएका थिए ।
वैशाख २६ गतेदेखि शुरू भएको अधिवेशनमा सार्वजनिक महत्त्वका २, ध्यानाकर्षण गराउने प्रस्ताव २ र ९ वटा संकल्प प्रस्ताव थिए । नेपाल–भारतबीचको सीमान विवादसम्वन्धी समस्या, जातीय भेदभाव र छुवाछूत, कोभिड–१९ को संक्रमण लगायतका थिए । कान्तिपुर दैनिकमा खबर छ ।
अर्को महाशक्ति राष्ट्र अमेरिकाको समेत चासो रहेको एमसीसीको विषय थियो । एमसीसीसमेत यसै अधिवेशनबाट पारित गर्ने धारणा प्रधानमन्त्रीले समेत व्यक्त गर्दै आएका थिए । अमेरिकाले समेत चाँडै निर्णयमा पुग्न दबाब दिँदै आएको थियो । ‘यी सबै विषय उठाउन संसद्को आवश्यकता कांग्रेस र हाम्रो पार्टीले समान रूपमा गरौँ तर निष्कर्ष भने निकाल्न सकेका छैनौं,’ जनता समाजवादीका वरिष्ठ नेता महतोले भने, ‘व्यक्तिको स्वार्थका लागि राष्ट्र नै सती जाने अवस्था बन्न दिन हुँदैन । अहिले प्रधानमन्त्री र सत्तारूढ नेकपाले राष्ट्रलाई आफ्नो स्वार्थका लागि होम्ने काम गरिरहेका छन् ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...