×

NMB BANK
NIC ASIA

भद्रगोल विकास

स्थानीय तहमा बेथिति : उपभोक्ता समितिको नाम, ठेकेदारबाट काम

साउन १५, २०७७

NTC
Premier Steels

कैलालीको कैलारी गाउँपालिका–८ मा कोरोनाको कारण देखाउँदै सडक ‘पानी पीच’ योजना अलपत्र पारियो ।

Muktinath Bank

वडाको दक्षिण टेंढीदेखि बेनौली पेट्रोल पम्पसम्मको ८५० मिटर ग्राभेल सडकलाई पानी पीच (कालोपत्रे गर्नुपूर्व गर्नुपर्ने स्तरोन्नतीको कार्य) गर्ने भन्दै निर्माण पक्षले बीचबीचमा माटो मात्रै थुपारे । माटो थुपार्नु बाहेकको काम अगाडि बढ्न नसकेपछि सडक हिलाम्मे भई आवतजावत बन्द छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कैलारी गाउँपालिका–८ दक्षिण टेंढीका स्थानीय लक्ष्मण चौधरीले असारमा आएर गरिने विकासले स्थानीयको जनजीवन कष्टकर बनाएको बताए ।


Advertisment
Nabil box
Kumari

‘अरु बेला सुतेर बसे, अन्तिममा आएर कहिले लकडाउन त कहिले पानी पर्‍योे भनेर बहानाबाजी गर्ने प्रवृत्तिले विकासको काम अलपत्र पारियो । ठूला सवारीसाधनको त कुरै छाडौं, साइकलसम्म चलाउन सकिँदैन यो बाटोमा,’ उनले घरै अगाडि हिलाम्मे सडक देखाउँदे भने ।

Vianet communication

टेंढीकै अर्का स्थानीय हरिप्रसाद चौधरीले आक्रोश पोख्दै भने, ‘कि त चालु अवस्थामा रहेको सडकलाई बिगार्नुु भएन, कि त बनाउने भए समयमै सम्पन्न गर्नुपथ्र्यो । ठेकेदार र नेताहरू हिँड्ने बाटो हो र यो ? हामी साँझबिहान यहीँ बाटो नहिँडी सुख छैन । जनतालाई कहिले यो, कहिले त्यो बहानामा सास्ती मात्रै दिन्छन् विकासको नाममा ।’

सो सडक कैलारी गाउँपालिका–८ र ६ जोड्ने मुख्य बाटो हो । सो सडकमा पानी पीच गर्न गाउँपालिकाले २० लाख बजेट विनियोजन गरेको थियो तर जारी लकडाउन र असारे झरीको कारण देखाउँदै काम हुन नसक्दा सडक हिलाम्मे भई आवातजावात बन्द भएको हो ।

उपभोक्ता समितिमार्फत सो सडक निर्माणको लागि ठेकेदारलाई निर्माणको जिम्मा लगाइएको थियो तर ठेकेदारले काम नगरेपछि अलपत्र परेको छ ।

काम नभएपछि रकम भुक्तानी भने नभएको कैलारी गाउँपालिकाले जनाएको छ । वडा नम्बर ८ का वडाध्यक्ष दुखीराम कठरियाले लकडाउनको कारणले काम नभएको बताउँदै वर्षात लगत्तै काम हुुने दाबी गरे ।

गाउँपालिकाले गत आव २०७६/७७ मा सबै वडालाई नमूना सडक बनाउने भन्दै १० वटा सडकको लागि २० लाख रुपैयाँको दरले २ करोड बजेट विनियोजन गरेको थियो तर अधिकांश सडक निर्माणमा झारा टार्ने काम मात्रै भएको स्थानीयको गुनासो छ । काम गरिएको भनिएको सडक असार नबित्दै भत्किएका छन् । सडक हिलाम्मे हुँदा स्थानीयलाई आवतजावतमा सास्ती भएको छ ।

गाउँपालिका–६ वनकट्टामा निर्माण गरिएको पानी पीच सडक असार नबित्दै भत्किएपछि स्थानीय आक्रोशित भएका छन् । वनकट्टा गाउँका भलमन्सा रातिराम चौधरी प्राविधिक र ठेकेदारको लापरवाहीले काम गुणस्तरीय नभएको गुनासो पोख्छन् । यति मात्रै होइन, हाल्नुपर्ने ग्राभेल अन्तै हालेपछि सडक हिलाम्मे भएको र पटक–पटक स्थानीय र ठेकेदारबीच लफडा समेत भएको भलमन्सा चौधरीले बताए ।

गाउँपालिकाका सबइन्जिनीयर गोविन्द रोकायाका अनुसार वडा नम्बर १ हसुलिया बजारमा नाली निर्माण, वडा नम्बर २ रामपुर, वडा नम्बर ३ भड्री, वडा नम्बर ४ केगाउँ, वडा नम्बर ५ छोट्की पलिया, वडा नम्बर ७ मोहनपुर, वडा नम्बर ९ वनकनरी र कोइलही ताल जोड्ने सडकमा पनि पानी पीचको योजना थियो ।

तर हसुलिया बजारमा नाली निर्माण योजना बाहेकका योजना भने पूर्णरूपमा सम्पन्न हुन सकेका छैनन् । सबइन्जिनीयर रोकायाले सबै योजनामा ४५ देखि ६० प्रतिशत मात्रै कार्यप्रगति भएको जानकारी दिए । ती सबै योजनाको कामको लागि गाउँपालिकाले उपभोक्ता समितिसँग सम्झौता गरेको थियो तर उपभोक्ता समितिले भने आफू काम नगरी ठेकेदारमार्फत काम गराएको बताइएको छ ।

ती १० वटा योजना मात्रै होइन, गाउँपालिकाले ९ वटै वडामा १/१ वटा सडक कालोपत्रे गर्न प्रतिसडक ३० लाख रुपैयाँको दरले २ करोड ७० लाख बजेट विनियोजन गरेको थियो । ती सबै योजना कार्यान्वयनको लागि पनि उपभोक्ता समिति र गाउँपालिकाबीच सम्झौता भएको थियो ।

४० लाख बजेट भएको वडा नम्बर २ उजेलीसेमरदेखि बसौटीसम्मको २ किलोमिटर ६०० मिटर सडक, ५० लाख बजेट भएको वडा नम्बर ७ भुइँयाफाँटा सशस्त्र प्रहरी बेस क्याम्पस्थित २ किलोमिटर सडक, २५ लाख बजेट रहेको वडा नम्बर ५ गोबरैयाको १ किलोमिटर सडक योजना निर्माणको लागि पनि उपभोक्ता समितिसँग सम्झौता गरिएको थियो भने वडा नम्बर ८ रामपुरदेखि डम्मारीसम्मको सडकखण्ड निर्माणको लागि ५० लाख र रामपुरमै अर्को सडक निर्माणको लागि ३२ लाख बजेट पनि गाउँपालिकाले उपभोक्ता समितिसँगै सम्झौता गरेको सबइन्जिनीयर रोकायाले बताए ।

नियम–कानून उल्लंघन

सार्वजनिक खरिद नियमावली २०६४ को दफा ९७ अनुसार १ करोडसम्म लागत अनुुमान रहेको योजनाका काम उपभोक्ता समिति अर्थात् लाभग्राही समुुदायबाट गराउन सकिने प्रावधान छ । उपभोक्ता समिति वा लाभग्राही समुदायबाट सञ्चालित हुने निर्माण कार्यमा लोडर, एक्साभेटर, रोलर, डोजर, ग्रेडर विटुमिन डिस्ट्रीब्युटर, विटुमिन ब्वाइलर जस्ता हेभी मशिन प्रयोग गर्न सकिने छैन भनिएको छ ।

तर लागत अनुमान तयार गर्दाको समयमा हेभी मशिन प्रयोग गर्नुपर्ने जटिल प्रकृतिको कार्य भनी उल्लेख भएको रहेछ भने सम्बन्धित प्राविधिकको सिफारिसमा सार्वजनिक निकायबाट सहमति लिई त्यस्तो मशिन प्रयोग गर्न सकिने छ । 

नियमावलीको उपदफा (९)(क) को उपनियम (९) अनुसार को प्रतिबन्धात्मक वाक्यांश विपरीत हेभी मशिन प्रयोग गरेको पाइएमा त्यस्तो उपभोक्ता समिति वा लाभग्राही समुदायसँग भएको सम्झौता रद्द गरिने भनिएको छ । नियमावलीको उपदफा १० अनुसार उपभोक्ता समिति वा लाभग्राही समुदायले पाएको काम आफैंले सम्पन्न गर्नुपर्नेछ र कुनै निर्माण व्यवसायी वा सब–कन्ट्रयाक्टरबाट गराउन सकिने छैन ।

नाम मात्रैको उपभोक्ता समिति

गाउँपालिका अन्तर्गत विकासे योजनामा उपभोक्ता समितिले ठेकेदारमार्फत धमाधम काम गराएको गाउँपालिका स्रोतले बतायो । टेण्डर गर्दा समय लाग्ने र बजेट फ्रीज जाने भएकाले गाउँपालिकाले उपभोक्ता समितिलाई विकासे योजना निर्माणको जिम्मा लगाउँदै आएको छ तर उपभोक्ता समितिहरू भने आफू कामै नगरी ठेकेदारबाट काम गराएर कानूनको धज्जी उडाउँदै आएका छन् ।

गाउँपालिकाको वडा नम्बर ३ मा ३० लाखको कालोपत्रे योजना र २० लाखको पानी पीच तथा स्तरोन्नतिको योजनाको काम भने स्थानीय उपभोक्ता समिति आफैंले गरेको बताइएको छ । उपभोक्ता समितिले मशिनरी औजार भाडामा प्रयोग गरेर निर्माण सम्पन्न गरेको गाउँपालिकाले जनाएको छ तर बाँकी सबै योजनाको काम उपभोक्ता समितिसँग सम्झौता गरिए पनि ठेकेदारमार्फत भएको छ ।

कुन सडक कुन ठेकेदारले बनाए ?

अलपत्र पारिएको दक्षिण टेंढीदेखि बेनौली पेट्रोल पम्मसम्मको सडक र डम्मारीदेखि रामपुर सडक वडा नम्बर २ र वडा नम्बर १ मा कालोपत्रेको काम पुष्कर भुुसाल सञ्चालक रहेको पुुष्प लक्ष्मी कन्स्ट्रक्सन एण्ड सप्लायर्स मसुरियाले गरेको थियो ।

वडा नम्बर ७ स्थित भुइँयाफाँटास्थित २५ लाख र अर्को २० लाख बजेट रहेको सडक स्तरोन्नतिको काम सुदर्शन ठाकुर सञ्चालक रहेको ठाकुर कन्स्ट्रक्सनले काम गरेको बताइएको छ । सो कन्स्ट्रक्सनले वडा नम्बर ५ स्थित ५० लाख बजेट रहेको गोबरैया सडक खण्ड, ४० लाख बजेट रहेको वडा नम्बर २ र वडा नम्बर ४ मा समेत कालोपत्रेको काम गरेको पाइएको छ ।

ठेकेदार कृष्ण चौधरीले वडा नम्बर ६ र ५ मा सडक स्तरोन्नति र कालोपत्रेको गरेका थिए । ठेकेदार प्रकाश सापकोटाले ३५ लाख बजेट रहेको वडा नम्बर २, ३ र ४ जोड्ने बाटो निर्माणमा काम गरेका थिए भने ११ लाख बजेट भएको वडा नम्बर ४ मा सडक स्तरोन्नति र ३० लाख बजेट रहेको वडा नम्बर ९ को कालोपत्रेको काम गरेको बताइएको छ ।

महेश सापकोटा सञ्चालक रहेको दुर्गालक्ष्मी कन्स्ट्रक्सन मसुरियाले २०/२० लाख बजेट भएको वडा नम्बर ९ स्थित वनकनरी र कोइलही ताल क्षेत्रमा सडक स्तरोन्नतिको काम गरेको थियो भने प्रेम चौधरी सञ्चालक रहेको प्रेम बिल्डर्स सुखडले वडा नम्बर ८ मा ३० लाखमा कालोपत्रेको काम र २० लाख बजेट रहेको वडा नम्बर ३ मुडामा सडक स्तरोन्नतिको काम गरेको थियो ।

विप्लव निर्माण सेवा देवहरियामार्फत ठेकेदार अनिल चौधरीले वडा नम्बर ४ मा सडक स्तरोन्नति र वडा नम्बर ३ निमुवाबोझीमा १५ लाख बजेटमा कालोपत्रेको काम गरेको गाउँपालिका स्रोतले बतायो ।

ठेकेदारलाई चिन्दैनौं : अध्यक्ष चौधरी

कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले योजनाको स्थिति र बजेट अनुसार निर्माणको कार्य उपभोक्ता समिति र ठेक्कामार्फत निर्माण कम्पनीबाट गराउँदै आएको बताए तर उपभोक्ता समितिको नाममा ठेकेदारबाट काम भएको भन्ने भनाइको औचित्य नभएको दाबी गरे ।

गाउँपालिकाले उपभोक्ता समितिबाहेक अन्य पक्षलाई नचिन्ने बताउँदै योजनाको काम प्रविधिक इस्टीमेटमा हुने र कामप्रतिको जिम्मेवारी र दायित्व उपभोक्ता समितिको रहने अध्यक्ष चौधरीले बताए ।

अधिकांश विकास योजनाको काम उपभोक्ता समितिमार्फत हुँदै आएको छ तर ती समिति पहुँचको आधारमा र बन्द कोठाभित्र गठन हुँदै आएको स्रोतको दाबी छ ।

(यो रिपोर्ट फ्रीडम फोरमसँगको सहकार्यमा तयार पारिएको हो ।)

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x