×

NMB BANK
NIC ASIA

अस्पतालका बेड भरिए, नागरिक झनै सचेत बनौं

असोज २५, २०७७

NTC
Premier Steels

हेर्दाहेर्दै नेपालमा कोरोना संक्रमितको संख्या एक लाखबाट उकालो लागेको छ । शनिवार साँझसम्मको तथ्यांकअनुसार संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ ।

Muktinath Bank

सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ पुगेको छ ।  शनिवार एकैदिन अहिलेसम्मकै धेरै संक्रमित भेटिए । परीक्षणको दायरा बढाउँदा यो संख्या झनै बढ्ने निश्चित छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक अर्बभन्दा बढी जनसंख्या भएको चीनमा संक्रमितको संख्या ८५ हजार रहँदा ३ करोड हाराहारीमा जनसंख्या रहेको नेपालमा संक्रमितको संख्या एक लाखबाट उकालो लागेको अवस्था भयावह चित्र हो । नेपालमा कोरोना संक्रमण एकप्रकारले सरकारको नियन्त्रणबाहिर गइसकेको छ । शहरका प्रत्येक टोलमा कोरोनाका फिलिङ्गा छरिएका छन् । पर्याप्त सावधानी नअपनाउने हो भने आगामी दिनमा यसले थप संकट निम्त्याउने प्रस्ट छ ।


Advertisment
Nabil box
Kumari

संक्रमण फैलिन नदिन सरकारले शुरूमा केही सावधानी अपनाएको थियो, तर सरकारको व्यवस्थापकीय अक्षमताका कारण कोरोना संक्रमण नियन्त्रण बाहिर गयो । शुरूमा सीमा नाका बन्द गर्न नसक्नु, क्वारेन्टाइन र आइसोलेसन सेन्टरहरूमा न्यूनतम पूर्वाधार नबनाउँदा संक्रमितहरू क्वारेन्टीनबाट भाग्ने र संक्रमण फैलाउने काम गरे । 

Vianet communication

सरकार र नागरिक दुवैको कमजोरीका कारण कोरोना संक्रमण अहिले समुदायमा फैलिसकेको छ । पछिल्लो समय सार्वजनिक यातायात सुचारु गर्नु र पर्याप्त सुरक्षा सावधानी नअपनाउनुले संक्रमण भुसको आगो जस्तै फैलियो । 

सीमित परीक्षण गर्दा पनि राजधानीमा एकैदिन २५ सय संक्रमित फेला पर्नुमा सार्वजनिक यातायातमा देखिएको चरम लापरवाहीको कारण पनि हो । सडकमा गुडेका कुनै बसले सरकारले तोकेको मापदण्ड पूरा गरेका छैनन् । 

कोरोना संक्रमण फैलिन नदिन सरकारको व्यवस्थापन निकै फितलो छ, तर नागरिक स्तरमा पनि धेरै कमजोरी छन् । सरकारले बन्दाबन्दी (लकडाउन) खुलाउन प्रशासनिक रूपमा गरेको खुकुलोपनलाई आम नागरिकले कोरोना संक्रमण सकिएको रूपमा लिए । कोरोना महामारी बिर्सिएर होटल रेस्टुराँमा भेटघाट बाक्लिए । यस्ता घटनाले गर्दा पनि कोरोना संक्रमण फैलिने दर ह्वात्तै बढ्यो ।

सक्रिय संक्रमितको संख्या ३० हजार पुग्दा कोभिड अस्पताल भरिभराउ छन् । सर्वसाधारणले विना भनसुन अस्पतालमा बेड पाउने सम्भावना छैन । न्युन आर्थिक हैसियत भएका सर्वसाधारणले निजी अस्पतालमा उपचार गर्न सक्ने सामर्थ्य छँदै छैन । सीमित क्षमता भएका कारण पैसा भएर पनि अस्पतालमा बेड पाउने सम्भावना कम हुँदै गएको छ । 

महामारीको यस्तो भयावह अवस्थामा कोरोना संक्रमणबाट जोगिने एक मात्र उपाय भनेको सावधानी, सावधानी र सावधानी नै हो । 

कोरोना संक्रमणले नयाँ रेकर्ड कायम गरेको समयमा नेपालीहरूको महान चाड दशैं, तिहार र छटजस्ता पर्व आँगनमा आइसकेका छन् । सार्वजनिक यातायात निर्वाध चलिरहेका कारण चाडबाड मनाउन गाउँघर जाने र संक्रमणको बिउ गाउँ–गाउँमा पुग्ने सम्भावना ज्यादा छ । स्वास्थ्य मन्त्रालयले अनलाइनबाटै दशैंको आशीर्वाद लिन सर्वसाधारणसँग आग्रह गरिसकेको छ । 

सरकारको निर्णय अवज्ञा गर्ने, पहुँचको भरमा रवाफ देखाएर गाडी लिएर गाउँ जानेको लर्को लाग्न सक्छ । कोरोनाको संक्रमण गाउँमा फैलाउने र गाउँबाट कोरोनाको संक्रमण बोकेर फेरि शहर आउने खतरा व्याप्त छ । सरकारको आग्रहलाई बेवास्ता गरेर दशैंको समयमा सर्वसाधारणको आवतजावत निर्वाध भयो भने यो संक्रमण झनै फैलिने खतरा व्याप्त छ । यस्तो अवस्था आउन नदिन नागरिक स्तरबाट व्यक्तिगत रूपमा पहल गर्न जरुरी छ । 

अप्ठ्यारो समयमा नागरिकले कस्तो भूमिका निर्वाह गर्ने भन्ने सम्बन्धमा जापानको उदाहरण सदैव लिने गरिन्छ ।

सन् १०१२ मा जापानमा सुनामीका कारण फुकुसिमा आणविक भट्टीमा क्षति भएपछि सरकारले धेरै विद्युत् खपत गर्ने विद्युतीय उपकरण प्रयोग नगर्न आग्रह गर्‍यो । नागरिकले विलासी विद्युतीय उपकरण प्रयोग नै गरेनन्, विद्युत सप्लाइमा कुनै कमी भएन । 

सरकारको नियन्त्रण बाहिर गइसकेको कोरोना संक्रमण नियन्त्रणमा आम नागरिकले अनुशासित जापानी नागरिकबाट केही सिक्ने कि ? 

hAMROPATRO BELOW NEWS
TATA Below
साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

बैशाख २४, २०८०

लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x