×

NMB BANK
NIC ASIA

कर्णालीको तनाव तीन दिनमै मत्थर, माधव नेपाल पक्षको पनि साथ पाउँदा मुख्यमन्त्रीलाई राहत !

असोज २७, २०७७

NTC
Premier Steels

दिन दिनअघि सत्तारुढ नेकपाका १८ सांसदले संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि शुरू भएको तनाव कम हुने देखिएको छ ।

Muktinath Bank

संसदीय दलको नेताकै हैसियतमा मुख्यमन्त्री शाही अल्पमतमा परेपछि सरकार ढल्नसक्ने अलड्कलबाजी पनि हुन थालेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसबीचमा केन्द्रबाट नेताहरूलाई विवाद नबढाउन दबाब आइसकेको छ भने माधव नेपाल पक्षीय सांसदहरू ब्याक हटिसकेका छन् । माधव नेपाल पक्षमा ७ जना सांसद छन् ।


Advertisment
Nabil box
Kumari

यसैगरी पूर्व माओवादी खेमाका १२ मध्ये ३ जनाले मुख्यमन्त्री शाहीविरुद्ध हस्ताक्षर गरेका थिए, उनीहरूलाई पनि ब्याक हटाउन पूर्व माओवादी पक्षले पहल गरिरहेको छ ।

Vianet communication

सांसद अम्मरबहादुर थापाले आफूहरूले २/४ दिनपछि मात्र बैठक बोलाउन नेता यमलाल कंडेललाई आग्रह गरेको बताए ।

'सा‌ंसद चन्द्रबहादुर शाहीले नेता कंडेललाई २/४ दिनपछि मात्र बैठक राख्न आग्रह गर्नुभएको छ,' थापाले भने, 'अहिले नै बैठक बस्ने अवस्था छैन र सहमतिको विकल्प पनि छैन ।'

केन्द्रमा पनि यस्ता हस्ताक्षर अभियान चलिराख्ने भएकाले यसलाई अन्यथा लिइहाल्नु भने नपर्ने उनले बताए ।

पूर्व एमाले खेमाबाट माधव नेपालपक्षीय सांसदको साथ पाएपछि मुख्यमन्त्री शाही सुविधाजनक अवस्थामा पुगेका छन् ।

बरु हस्ताक्षर अभियानको नेतृत्व गरेका नेता यमलाल कंडेल भने रक्षात्मक बनेका छन् ।

माधव नेपाल नेपाल पक्ष ब्याक हटिसकेको र पूर्व माओवादीका ३ सांसदको पनि भर नभएकाले हस्ताक्षरकर्ताहरू अल्पमतमा पर्ने देखिएको छ ।

तर, माधव नेपाल पक्षीय एक सांसद भने आफू हस्ताक्षरमा अडिग रहेको बताउँछन् । मृत्युशय्यामै जान परेपनि आफू पछाडि नहट्ने सांसद सुशील थापाले बताए ।

'मैले जुन उद्देश्यका साथ हस्ताक्षर गरेको हो, त्यहीअनुसार मेरो भूमिका रहन्छ,' उनले भने, 'म अहिले गुट वा उपगुट भन्ने पक्षमा छैन ।' उनी नेपाल पक्षीय सांसद हुन् ।

यता कंडेल पक्षीय सांसदहरू भने भावी रणनीति तय गर्नका लागि भेला भएका छन् ।​ कंडेलनिकट भनिएका सांसद धर्मराज रेग्मीलाई बारम्बार फोन गर्दा पनि सम्पर्क हुन सकेन ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख सचेतकबाट हटाएको भनिएका गुलावजंग शाहले पनि फोन उठाएनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x