कात्तिक २०, २०७४
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
कैलालीको धनगढी उपमहानगरपालिका–१६ भादाका कृषक देशराज चौधरी राति २ बजे १ बोरा मलको लागि सहकारी संस्थामा अरु किसानसँगै उभिएका थिए ।
कैलारी गाउँपालिका–९ स्थित परिश्रम कृषि सहकारी संस्थामा रासायनिक मल लिन पुगेका उनी रातभर लामवद्ध थिए । रातभर लाइनमा बसेर १ बोरा मल पाएपछि उनको खुशीको सीमा थिएन । मानौं, उनले कुनै ठूलो युद्ध जितेका थिए ।
कैलारी गाउँपालिका–९ कोइलहीकी देसनी चौधरी पनि अनिदो आँखा मिच्दै लाइनमा उभिएकी थिइन् । तोरी, आलु लगायत हिउँदे बालीलाई चाहिने डीएपी मल आएको खबर सुन्ने बित्तिकै रातभर लाइनमा बसेको उनले बताइन् ।
आँखा मिन्दै, हाई गर्दै उनले पीडा पोखिन्, ‘थोरै मल आउँछ । लिने मान्छे धेरै हुन्छन् । मल विना फसलै हुन्न । के गर्नु ? रातभर लाइनमा बस्नुपर्छ ।’
देशराज र देसनी मात्रै होइन, मल लिन सयौं किसान लाइनमा बसेका थिए । सहकारीमा मल आएको सूचना पाउने बित्तिकै उनीहरू रातभर लाइनमा बस्न पुगेका हुन् । हरेक सिजनमा मलको लागि यसरी नै लाइनमा बस्दै आएका उनीहरू हाल हिउँदे सिजनमा थोरै मलको लागि लाइनमा बस्न बाध्य भएको बताएका छन् ।
किसानहरू कोराना कहरबीच पनि मलको लागि जोखिम मोलेर भए पनि लाइनमा बस्दै आएका छन् । कैलारी गाउँपालिका–६ बेनौलीका स्थानीय कृषक राजाराम महतोले मुलुक संघीय शासकीय संरचनामा गए पनि आफूहरूको समस्या ज्यूँका त्यूँ रहेको बताए । हरेक आर्थिक वर्षमा कृषि क्रान्ति समेटिएको नीति तथा कार्यक्रम र बजेट भाषण गर्ने सरकार यथार्थमा किसानको पीडाप्रति गम्भीर नभएको गुनासो उनले पोखे ।
सहकारीका व्यवस्थापक रामसमझ चौधरीले पर्याप्त मात्रामा मलको आपूर्ति नहुँदा हरेक सिजनमा मलको अभाव हुँदै आएको बताए । माग अनुसारको मल नआउँदा सबै कृषकलाई थोरै मात्रामा मल वितरण गर्दै आएको उनले बताए ।
धान सिजनमा पनि मलको अभाव झेलेका कृषकहरू हालको हिउँदे सिजनमा पनि अभाव झेलिरहेका छन् । हाल कैलालीमा मात्रै होइन, सुदूरपश्चिमभर मलको चरम अभाव छ । सुदूरपश्चिम प्रदेशमा कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेसनले ३० प्रतिशत मलको आपूर्ति गर्दै आएको छ । तर हालसम्म कृषि सामग्री कम्पनी लिमिटेडले मलको आपूर्ति गर्न सकेको छैन ।
मल आपूर्ति गर्न नसक्नुको मुख्य कारण कोरोना कहर भन्दै पन्छिने गरिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले कोरोनाका कारण मल ल्याउन नसकेको बताए । डीएपी र युरिया चाहिने सिजनमा कृषि सामग्री कम्पनी लिमिटेड धनगढीसँग हाल पोटास मात्रै रहेको छ । प्रमुख बोगटीले ३०० टन पोटास मौज्दात रहेको बताउँदै दशैंपछि मात्रै डीएपी र युरियाको आपूर्ति हुने बताए ।
सुदूरपश्चिम प्रदेशमा ३० प्रतिशत मलको आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङले भने केही मात्रा आपूर्ति थालेको छ । तर ३० प्रतिशत आपूर्तिले माग धान्न सकिने अवस्था छैन ।
साल्ट ट्रेडिङ कर्पोरेसन सुदूरपश्चिममा हिउँदे सिजनको लागि जम्मा १५ हजार मेट्रिक टन मल ल्याउने क्रममा रहेको छ । गहुँको लागि युरिया मल ५ हजार ५२३ मेट्रिक टन, त्यसमा पनि कैलाली जिल्लाको लागि सबैभन्दा बढी १ हजार ४९१ मेट्रिक टन ल्याइने बताइएको छ । डीएपी मल ३ हजार ७१७ मेट्रिक टन ल्याइने छ । जसमा कैलाली जिल्लाको लागि ९८७ मेट्रिक टन मंसिर १५ गतेसम्म आउने भएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीका प्रमुख केशवप्रसाद पाण्डेले आफूहरूले पाएको कोटा बमोजिम आपूर्ति थालेको बताए । तर ३० प्रतिशतले माग धान्न नसकिने अवस्था रहेको उनले सुनाए । उनले अहिलेसम्म २ हजार ७८८ मेट्रिक टन मलको आपूर्ति गरिसकेको बताए ।
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...