×

NMB BANK
NIC ASIA

कर्णाली विवाद : सहमति नभए दलको बैठकबाट पेलेरै जाने मुख्यमन्त्री शाहीको मनसाय

कात्तिक ६, २०७७

NTC
Premier Steels

नेपाल कम्युनिस्ट पार्टी नेकपा कर्णाली प्रदेशसभा दलको बैठक शुक्रवार बस्ने भएको छ ।

Muktinath Bank

गत असोज २५ गतेदेखि आन्तरिक किचलोमा फसेको नेकपा कर्णाली प्रदेशसभा दलको बैठक प्रमुख सचेतक सीता नेपालीले आह्वान गरेकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विवाद मिलाउन काठमाडौं पुगेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही बैठकका लागि वीरेन्द्रनगर आइसकेका छन् भने आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालालगायत अन्य नेता सुर्खेत फर्किंदैछन् ।


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री शाहीले सकेसम्म सबैलाई मिलाएर लैजाने बताएका छन् । लोकान्तरसँग कुरा गर्दै मुख्यमन्त्री शाहीले आफू एक कदम अघि बढिसकेको बताउँदै सबैले आफ्नो गल्ती सुधार गरेर जान खोजे सहमतिमा नै आफू अघि बढ्न तयार रहेको बताए ।

Vianet communication

‘सकेसम्म सबै पक्षलाई मिलाएर लैजान्छु । सबैले आफूबाट भएका गल्ती महसूस गर्ने र आगामी दिनमा नदोहोर्‍याउने प्रतिबद्धता जनाउन आवश्यक छ,’ उनले भने, ‘बैठकमा मैले मेरो धारणा राख्छु । सहमति नभए बहुमतका आधारमा भए पनि अघि बढछु ।’

आफू कुनै गुट–उपगुटमा विश्वास नगर्ने व्यक्ति भए पनि आजको मितिसम्म काम गर्न नदिइएको गुनासो उनले गरे । ‘मैले यसअघि सबैलाई मिलाएर लैजाने भन्दै अघि बढेको थिएँ,’ उनले भने, ‘तर अब कर्णालीमा धेरै पानी बगिसकेको छ । कर्णालीका नागरिकका चाहना मुताबिक काम गर्न बहुमतकै आधारमा भए पनि अघि बढ्छु ।’

मुख्यमन्त्री शाहीले अबको केहीदिनमै मन्त्री हेरफेर हुनसक्ने बताए । उपसभामुख पुष्पा घर्तीले समेत आफू विरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकोप्रति दुःखी हुँदै मुख्यमन्त्री शाहीले दलको बैठकले उपयुक्त निर्णय लिने बताए । उनलाई हटाउने वा के गर्ने भन्ने विषयमा अहिले नै भन्न हतारो हुने उनले बताए ।

मुख्यमन्त्री शाहीले प्रमुख सचेतक र सचेतक नियुक्त भइसकेको बताउँदै अब जिम्मेवारीमा कुनै पनि हेरफेर नहुने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x