×

NMB BANK
NIC ASIA

दीनदयालु सिर्जना : सामाजिक सञ्जालबाट रकम जुटाएर बनाइन् ६० वर्षीय दम्पतीको घर

कात्तिक ८, २०७७

NTC
Premier Steels

रुकुम पश्चिम जिल्लाको भेरी नगरपालिकाकी २४ वर्षीया युवतीले वृद्धवृद्धाको मुहारमा खुशी ल्याउने गरी काम गरिन् । सानी भेरी गाउँपालिका–११ रोकाडेराका पदमसिंह रोकाया र पविता रोकायाको घर बनाइदिएर ती युवतीले समाजसेवा गरिन् ।

Muktinath Bank

काठमाडौंमा फरेस्ट्री कलेजमा स्नातक दोस्रो वर्ष अध्ययनरत सिर्जना वलीले ६० वर्षे उमेर काटेका वृद्ध दम्पतीको घर बनाइदिएकी छन् । सामाजिक सञ्जालको माध्यमबाट आर्थिक सहयोग जुटाएर वलीले घर बनाई हस्तान्तरण गरेकी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लकडाउनका बेला गाउँ आएकी सिर्जनाले वृद्ध दम्पतीको दुःख देखेर सहयोग गर्ने सोच बनाइन् । उनी सोही वडाकै वासिन्दा भए पनि उनको घरबाट वृद्ध दम्पतीको गाउँ पैदल २ घण्टामा पुगिन्छ ।


Advertisment
Nabil box
Kumari

गत असार पहिलो हप्ता वली वृद्धवृद्धाको घरमा गइन् । लोकान्तरसँग कुरा गर्दै सिर्जना भन्छिन्, ‘म त्यहाँ पुग्दा उकुसमुकुस भएँ । सानो एकतले छाउगोठ जस्तो घर, पवित्राको मानसिक असन्तुलन भएको, अझ भनौं झुपडी जस्तो घरमा ६० वर्षभन्दा बढी उमेरका वृद्धवृद्धा कसरी बसे होलान् भनेर म अच्चममा परें । त्यो अवस्था देखेर मेरो आँखामा आँसु आयो । उनीहरूका समस्या सुनें । भिडियो बनाएँ ।’

Vianet communication

भिडियो बनाएर उनी घर आइन् । वृद्ध दम्पतीलाई कसरी सहयोग गर्ने भन्नेबारे उनले १ हप्तासम्म सोचिन् । ‘मलाई १ हप्तासम्म निद्रा पनि लागेन । भोक लागेन । किनकि मलाई त्यो दम्पतीलाई कम्तीमा बाँस र कपासको व्यवस्था गर्न सकिन्छ कि भन्ने लाग्यो । त्यसका लागि के गर्ने ? कसरी गर्ने ? आफ्नो परिवारसँग त्यतिधेरै आम्दानीको स्रोत पनि थिएन । मध्यम वर्गीय परिवार भएकाले मैले सोचे अनुसारको सहयोग जुटाउन गाह्रो थियो, जति गाह्रो भए पनि ती वृद दम्पतीको उद्धार गर्नु मेरो लक्ष्य बन्यो । लकडाउन नै जारी भएकाले जे सकिन्छ, जसरी सकिन्छ, केही गर्ने भनेर म लागें,’ उनी भन्छिन् ।

त्यसपछि उनले त्यो भिडियो यूट्यूबमा अपलोड गर्ने योजना बनाइन् । तर भइदियो के भने उनको वडामा विद्युत् पुगेको छैन । इन्टरनेट ‘टु जी’ मात्रै चल्थ्यो । ‘फोर जी’ इन्टरनेट चलाउनका लागि उनले घरभन्दा माथिको डाँडामा जानुपर्थ्यो ।

यूट्युबमा भिडियो अपलोड गरेपछि उनलाई पहिलो हप्ता ४० हजार रुपैयाँ सहयोग प्राप्त भयो । ‘शुरूको २ दिनमा १ जनाले ७ हजार रुपैयाँ पठाउनुभयो । त्यो ७ हजारको मैले खाद्यान्न किनेर दिएँ,’ वली भन्छिन्, ‘त्यो देखेर वृद्ध दम्पतीले मलाई धेरै आशिर्वाद दिए । खुशीका आँसु बगाए । मलाई त्यो आशिर्वादले थप प्रेरणा मिल्यो । मैले खाद्यान्न दिएपछि रुकुम पश्चिमकै चौरजहारी मिसन अस्पतालले लुगाफाटो दियो ।’

ती दम्पतीका लागि जसरी पनि घर बनाउने इच्छा भएपछि उनले थप सहयोग जुटाउन थालिन् । ‘यूट्युब भिडियोकै आधारमा ४ लाख ६१ हजार ९६१ रुपैयाँ सहयोग पाइयो । साउन २५ गतेबाट घर बनाउन शुरू गरेर पूरा बनाई हस्तान्तरण गरिसकें,’ उनले भनिन् । गत आइतवार घर हस्तान्तरण कार्यक्रममा २५ हजार रुपैयाँ सहयोग जुटेको उनले बताइन् ।

ती वृद्धवृद्धाको लागि अझै १ लाख ५० हजार रुपैयाँ आवश्यकता रहेको र त्यो पैसा गाउँपालिकाले व्यहोर्ने वचन दिएको उनले बताइन् । घरमा ३ वटा कोठा छन् भने भूकम्प प्रतिरोधी घर निर्माण भएको छ ।

उनी भन्छिन्, ‘घर हस्तान्तरण गर्दा मलाई सन्तुष्टि मिलेको छ । कम्तिमा वृद्ध दम्पतीको ओठमा हाँसो छाएको छ । वृद्ध दम्पतीमा खुशीको सीमा नै छैन ।’

उनले १ वर्षअघि रुकुम पश्चिमकै तिला विश्वकर्माकी छोरी सुशीला विकको पनि उपचार गराइन् । धुलिखेलको अपाङ्ग बाल अस्पतालमा उपचाररत सुशीलाको खुट्टामा क्यान्सर भएको बताउँदै कर्णालीबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, दाजु चक्र केसी, बुवा भुपालसिंह वली र शेरबहादुर परियारले अस्पताल गएर सहयोग गर्न फोन गरे ।

अस्पतालमा गएर हेर्दा आमाछोरी मात्रै देखेपछि उनले उपचारमा सहयोग गर्नुपर्ने भयो । उनले भिडियो बनाएर फेसबूकमा शेयर गरिन् । त्यसबाट उनले ४० हजार रुपैयाँ सहयोग जुटाइन् । ती बालिकालाई उनले इन्द्रेणी कार्यक्रममा लगिन्, त्यहाँबाट ९० हजार रुपैयाँ जुटाउन सफल भइन् । अहिले बालिकाको अवस्था सुधारोन्मुख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x