चैत २५, २०७९
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
कात्तिक २७, २०७७
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य मातृका यादव स्पष्ट र खरो विचार राख्ने नेताका रूपमा चिनिन्छन् । पार्टीमा देखिएको पछिल्लो विवादका सन्दर्भमा उनले अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई दह्रो साथ दिइरहेका छन् ।
एकता र संघर्षपछि पार्टी रुपान्तरण हुनुपर्ने मार्क्सवादी सिद्धान्त विपरीत पार्टीमा पुनः सहमति र एकताको प्रयास भइरहेकोमा यादव चिन्तित छन् ।
लोकान्तरसँगको कुराकानीमा उनले अध्यक्ष प्रचण्ड धेरै लचक भइसकेका र अब सहन नसक्ने स्थितिमा रहेका टिप्पणी गरे ।
प्रस्तुत छ यादवसँग लोकान्तरकर्मी ईश्वर अर्यालले गरेको कुराकानीको सम्पादित अंश –
भोलि सचिवालय बैठक बस्ने भनिएको छ, सचिवालय बैठकले पछिल्लो विवाद समाधान गर्ला ?
– सचिवालयले गर्न सके झन् राम्रो । गर्न सकेन भने स्थायी कमिटी र केन्द्रीय कमिटीमा विषयहरू आउनुपर्यो । त्यसपछि समाधान हुन्छ । सचिवालयले चाह्यो भने गर्न नसक्ने होइन । नेता त यिनै हुन् । उहाँहरूकै जोडबलमा प्रधानमन्त्री बैठक बस्न तयार भएको स्थिति हो ।
प्रधानमन्त्री बैठक नै बस्न नमान्नुको कारण के रहेछ ? बैठकमा यो विषयमा पनि छलफल हुनुपर्ला नि ?
– मैले देखेको उहाँ (केपी शर्मा ओली) ले आफू नै सर्वेसर्वा भएको बारम्बार दोहोर्याउनुभएको छ । हिजो पनि सार्वजनिक कार्यक्रममा उहाँले दिएको अभिव्यक्तिबाट पनि उहाँमा दम्भ देखिएको पुष्टि हुन्छ । म नै आन्दोलन हुँ र आन्दोलन नै म हो भन्ने दम्भ छ उहाँमा ।
वास्तवमा भन्ने हो भने उहाँको योगदान के छ भन्ने सबैलाई थाहा छ । उहाँ त गणतन्त्र नै आउँदैन भन्ने मान्छे हो । संघीयताको पक्षधर उहाँ होइन । म जस्तो कोही जान्ने छैन, सबै मेरो कारणले भएको हो भन्ने छ उहाँमा ।
जब मान्छे आफूप्रति यति धेरै दम्भ जाग्छ, त्यसलाई ‘विनाश काले विपरीत बुद्धि’ भनिन्छ । व्यक्तिगत रूपमा उहाँको केही क्षति नहोला तर देश त बर्बाद हुन्छ नि ! आन्दोलन बर्बाद हुन्छ, पार्टी बर्बाद हुन्छ ।
प्रधानमन्त्रीले संवैधानिक हक अधिकार प्रयोग गर्न पार्टीको विधान र निर्णयले बन्देज गरेजस्तो देखिएको छ । कतै पछिल्लो विवाद संविधान र पार्टी विधानबीचको द्वन्द्व त होइन ?
– यो त्यस्तो होइन । यो सकारात्मक र नकारात्मक चिन्तनबीचको द्वन्द्व हो । पार्टीको घोषणा पत्रलाई प्रधानमन्त्रीले लागू गर्नुपर्छ । जनताले केपी ओलीको अनुहार राम्रो छ भनेर भोट दिएको त होइन, घोषणा पत्रलाई हेरेर हो । घोषणापत्र पार्टीको हो ।
त्यतिबेला जुन गठबन्धनको घोषणापत्र थियो, त्यसको आधारमा भोट पाएको हो । नत्र ती व्यक्तिहरू पहिला पनि त थिए नि ! पार्टीको घोषणापत्र, सबै नेताको प्रयास, कार्यकर्ताको प्रयास, आन्दोलनप्रति सकारात्मक सोच राख्नेहरूको प्रयासमा अरु पनि मान्छे आकर्षित भएर यत्रो भोट दिएको हो ।
मुख्यकुरा पार्टीले संविधान र कानून विपरीत जान भनेको छैन । पार्टीको घोषणापत्र लागू गराउने जिम्मेवारी पार्टीको पनि हो । संवैधानिक रूपमा प्रधानमन्त्रीले त्यसलाई कार्यान्वयन गर्नुपर्यो । त्यसो नगरे आन्दोलन खत्तम हुन्छ, पार्टी खतम हुन्छ ।
सरकार पार्टीको तागतमा बनेको हो । पार्टीले निरन्तर सहयोग गर्दा पनि यत्रो महामारीमा सरकारले केही गर्न सकेको छैन । अनि अमेरिका, भारत जस्ता देशहरूको तुलना गरेर त हुँदैन । हाम्रो आर्थिक स्थिति डामाडोल भएको छ । हामी कमजोर बनिरहेका छौं । भएका उद्योग धन्दाहरू पनि चौपट भएको छ । बेरोजगारहरूको संख्या बढिरहेको छ । त्यसपछि जनता यही सरकारविरुद्ध उत्रने हो । हामीले त्यसो नहोस भनेर सरकारलाई निरन्तर खबरदारी गरिरहेका छौं ।
प्रतिपक्षी दलले सरकारविरुद्ध मोर्चा कस्नुपर्ने हो, नेकपामा त कांग्रेसभन्दा ठूलो प्रतिपक्षी गुट बनिरहेको छ भन्ने टिप्पणी हुने गरेको छ नि !
– सरकार ठीक ढंगले गएन भने त जुन पार्टीले सरकार बनाएको छ, त्यही पार्टीको अस्तित्वमा प्रश्न आउने भयो नि ! सरकारलाई ट्रयाकमा लैजाने काम पार्टीकै हो । सरकारमाथि हुने आलोचनालाई विरोधका रूपमा लिनु पनि भएन ।
आलोचना भनेको एक हिसाबले सल्लाह हो । सच्चिने अवसर हो । बैठक नै बोलाएर सरकारमाथि गरिएका आलोचना बेठीक छ भनेर छलफल गर्नुपर्छ । मैले ठीक गरेको छु भनेर बैठकमै भन्नुपर्यो नि त ! बाहिर आलोचना भएको कारण नै बैठक नबस्नु हो । बैठकबाट भएको निर्णय पनि लागू नगर्ने ।
बैठककै निर्णय कार्यान्वयन हुँदैनन् भने किन बैठक बस्नुपर्यो त ?
– अहिलेसम्म जति पनि समस्या आएको छ त्यो बैठक नबसेर हो । पहिलो कुरा त बैठक नै बस्न नमान्ने, जबरजस्ती बैठक बसाउनुपर्ने, बैठक माग गर्दा दुनियाँभरको चर्काचर्की गर्ने । अनि बल्लतल्ल बसेको बैठकले गरेका निर्णयहरू नमान्ने । समस्या त यहीँबाट शुरू भएको हो नि ! कमिटी प्रणालीबाट पार्टी चलाउन त बैठक अनिवार्य हुन्छ ।
अन्य एजेण्डा छैनन्, अहिले मुख्य एजेण्डा भनेकै बैठक बस्ने कि नबस्ने भन्ने छ, पार्टी यो हदसम्म तल पुगिसकेको हो, के देख्नुहुन्छ ?
– एजेण्डामा बैठक हुनुपर्थ्यो । कोही–कोही भन्ने गर्छन् सरकार असफल बनाउन लाग्यो भनेर । तर सरकार केपी ओलीको हो कि पार्टीको हो ? हाम्रो सरकार हो । जसले सरकारलाई आफ्नै पार्टीबाट असहयोग भयो भनेर भनेका छन्, तिनले मात्र फेस गर्ने हो कि चुनाव, हामीले पनि फेस गर्ने हो ?
जनतामा जानुपर्यो । जवाफ हामीले पनि दिनुपर्छ । आमजनता, कार्यकर्ता सबैको चिन्ताको विषय बनेको छ ।
पार्टी कमिटीले एकपटक गरेको निर्णयलाई थप व्याख्याको आवश्यकता पर्ने परिस्थिति सिर्जना भएको छ, पार्टी अहिले पनि पूर्व समूहकै भागबण्डाका आधारमा चलेको छ । यी सबै घटनाक्रमले पार्टी एकताको औचित्य कसरी पुष्टि हुन्छ ?
– जुन हतियारले देश र जनताको हीतमा काम गर्दैन, त्यसको कुनै अर्थ छैन । तर हामी चाहँदैनौं यो पार्टी फुटोस् । मलाई व्यक्तिगत रूपमा सोध्नुहुन्छ भने मैले भन्छु – कि सबै कुरा छिनोफानो गरेर एकता गर्नुपर्थ्यो । गठबन्धन छँदै थियो । सबै हल गरेपछि पार्टी एकताको घोषणा गरेको भए हुन्थ्यो । तर त्यो भएन । अहिले त्यसको गीत गएर बस्नु पनि उपयुक्त छैन ।
पार्टी एकताको नाममा चाहिँ गलत चिजलाई स्थापित गर्न दिनुभएन । सही चिज स्थापित गरेपछि को बस्छ को जान्छ भन्ने गौण कुरा हो ।
पार्टी एकता प्रक्रिया टुंग्याउने भनेर कहिले १५ दिन, कहिले १ महिना कहिले १० दिनको समयसीमा तोकिन्छ । तर पार्टी जहाँको त्यहीँ छ किन ? तपाईंहरूले पनि त भूमिका खेल्नुपर्ने होला ?
– अब अझै पनि विलम्ब भयो भने भारतको पश्चिम बंगालमा ३० वर्षमा कम्युनिस्ट हरायो । नेपालमा चाहिँ ५ वर्षमै कम्युनिस्ट समाप्त हुन्छ । यो सबै नेतालाई हेक्का रहोस् ।
जो सही पक्षमा छ, डराएको छ पार्टी फुटिहाल्छ कि भनेर ती साथीहरूले पनि सोच्ने बेला आइसकेको छ । हामीले बोलिरहेका छौं । गत पुसको स्थायी कमिटी बैठकमा पनि मैले यस्तो चालाले हुँदैन भनेर भनेको थिएँ ।
एकता गरियो, संघर्ष भयो । अब रुपान्तरण हुनुपर्यो । तर नेकपामा के भयो भने एकता भयो, संघर्ष भयो फेरि एकताको कुरा हुँदैछ । रुपान्तरण खै ? यो मार्क्सवादी विधि नै भएन । म एक्लै थिएँ स्थायी कमिटी बैठकमा । अब रुपान्तरणको बाटो अपनाउनुपर्यो ।
यथास्थितिवाद भनेको प्रतिगमन नै हो । यथास्थितिवादमा जो कोही बस्छ भने त्यो घोर अवसरवादी ।
मधेशको नेता तपाईं हो कि प्रभु शाह हो भन्ने बहस पार्टीभित्र चलिरहेको छ ? शीर्ष नेताहरूले तपाईं २ बीच फूट गराउन खोजेका छन् भन्ने सुनिन्छ नि !
– मेरो व्यक्तिगत केही कुरा छैन । पार्टीले जसलाई जिम्मा दिन्छ, उही नेता बन्ने हो । उसले पार्टी र जनताको काम राम्रोसँग गरोस् । पार्टीको जिम्मेवारी पाउनेबित्तिकै म सर्वेसर्वा भएँ भन्ने जुन प्रवृत्ति केन्द्रमा देखिएको छ, त्यो प्रवृत्ति भयो भने सबै बर्बाद हुन्छ । सामूहिक निर्णय गर्नुपर्यो, व्यक्तिगत के–के जिम्मेवारी हुन्छ, त्यो पूरा गर्नुपर्यो ।
नेता चोर्ने र आफ्नो पक्षमा सुविधाजनक बहुमत पुर्याउने खेल केन्द्रबाट चलिरहेको छ नि, तपाईलाई कसैले चोर्न प्रयास गरेको हो र ?
– नेता चोर्ने होइन कि आफ्नो दलाल बनाउने प्रयास भइरहेको छ । आफ्नो पछि को–को आउँछ त्यसलाई प्रश्रय दिने काम भइरहेको छ, त्यो हानिकारक छ । मलाई कसैले आफ्नो बनाउनु पर्दैन, पार्टीलाई सही दिशातर्फ लैजाने हो भने म सबैको हो ।
तपाईंको अध्यक्ष प्रचण्डसँग पनि निकटता छ । प्रचण्डमा पछिल्लो विवादलाई लिएर छुट्टिनै पर्छ कि भन्ने विचार पलाउन थालेको हो ? प्रचण्डको अनुहारमा तपाईंले एकता देख्नुभएको छ कि विभाजन ?
– उहाँ हदैसम्मको लचकता अपनाउने मान्छे हो । जब अब चाहिँ केही हुँदैन भन्ने उहाँलाई लाग्छ त्यसपछि कदम चाल्नुहुन्छ । मैले बुझेको त्यही हो । मैले कहिले–कहिले आलोचना पनि गर्छु – कति लचक हुने ? कति झुक्ने भनेर ।
उहाँको दिमागमा जबसम्म भोलिको परिस्थिति यो हुन्छ भनेर सबै कुरा सेट हुँदैन, तबसम्म अघि बढ्नुहुन्न ।
अहिले प्रचण्डको दिमागमा ‘लचकता’ नै चलिरहेको छ कि उहाँकै भाषामा छलाङ हान्नुपर्ने बेला आयो त ?
– जस्तै सचिवालय बैठक बोलाउन आजको मिति दिइएको थियो । अब भोलि बस्ने भयो भनेपछि एक दिनमा के निहुँ खोज्ने भन्ने उहाँको धारणा हो । यो लचकतामा थप लचकता हो ।
तर अब मेरो विचारमा उहाँ सहेर बस्न तयार हुनुहुन्न । व्यक्तिगत रूपमा उहाँलाई धेरै अपमानित गरिएको छ । धेरै अपमानको विष पिउनुभएको छ उहाँले । उहाँ अझै पनि चुप बस्नुभयो भने आन्दोलन नै सखाप हुने खतरा छ ।
कुनै बेला यस्तो समय पनि थियो, प्रचण्ड बोलेपछि देश, जनता र अन्तर्राष्ट्रिय जगतमा पनि तरंग आउने गर्दथ्यो । सबैको ध्यान हुन्थ्यो । अहिले त उहाँले केही नगरेको, सबै ओलीले गरेजस्तै देखिएको छ ।
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...
नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ । माओवादीको विधा...
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...