×

NMB BANK
NIC ASIA

नेकपा विवाद

विवाद मिलाउन नसके नेताहरूले आफू असफल भएको घोषणा गर्नुपर्छ: टोपबहादुर रायमाझी [कुराकानी]

मंसिर १०, २०७७

NTC
Premier Steels

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र पछिल्लो समय देखिएको विवाद हल हुने छाँटकाँट देखिएको छैन । पार्टीलाई खण्डीकरण हुन नदिने दोस्रो पुस्ताका नेताहरूको सक्रियताका बावजुद विवाद समाधानका बिन्दुहरू अहिलेसम्म पहिल्याइएको छैन ।

Muktinath Bank

नेकपाका दोस्रो पुस्ताका नेताहरू महासचिव विष्णु पौडेलसहित टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, देवेन्द्र पौडेल र जनार्दन शर्मा, शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ लगायतका नेताहरू निरन्तर भेटघाटमा व्यस्त छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले गत भदौ २६ गते बसेको स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली तयार नभएकाले समस्या बल्झिएको आरोप लगाएको छ ।


Advertisment
Nabil box
Kumari

केही साताअघि प्रचण्डले सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीमाथि दर्जन बढी आरोपसहित राजनीतिक प्रस्ताव पेश गरेका थिए । त्यसको काउन्टरमा ओलीले सचिवालयमै प्रस्ताव पेश गर्ने बताइसकेका छन् ।

Vianet communication

दुवै प्रस्तावमाथि छलफल भएपछि मात्र नेकपा कसरी अघि बढ्ने स्पष्ट चित्र सामुन्नेमा आउने स्थायी कमिटी सदस्य टो१पबहादुर रायमाझी बताउँछन् ।

लोकान्तरसँग कुरा गर्दै रायमाझीले प्रचण्डको प्रस्ताव फिर्ता नहुने, बरू ओलीको प्रस्ताव आएपछि दुवैमा छलफल भएर नयाँ निष्कर्षका साथ पार्टी अघि बढ्ने विश्वास गरे ।

प्रस्तुत छ रायमाझीले राखेको भनाइको सम्पादित अंश -

तपाईंहरूले देख्नुभएकै छ, नेकपाको विवाद सडकमै आइसकेको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सचिवालय बैठकमा राख्नुभएको प्रस्ताव अब फिर्ता गरेर पनि कुनै अर्थ छैन ।

सबै नेता कार्यकर्ता र आम जनतासमक्ष त्यो पुगिसक्यो । उहाँले छलफलकै लागि प्रस्ताव पेश गर्नुभएको हो र त्यसमा छलफल त हुन्छ नै । त्यो फिर्ता लिने कुरा पनि भएन ।

केही पहिला प्रधानमन्त्रीसमेत रहनुभएका अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव फिर्ता लिनुपर्ने राय राख्नुभएको थियो । तर त्यो च्याप्टर अहिले क्लोज भइसक्यो ।

प्रधानमन्त्री ओलीको प्रस्ताव पनि अब बस्ने सचिवालयमा पेश हुन्छ । त्यसमा छलफल हुन्छ र त्यो आम जनताका लागि बाहिर पनि पक्कै ल्याइनेछ । दुवै प्रस्तावमा छलफल भएपछि मात्र नेकपाले एउटा बाटो लिन्छ ।

हाम्रो भनाइ के हो भने दुवै प्रस्तावमाथि छलफल भएपछि त्यसबाट एउटा चित्र आउँछ ।

त्यसपछि मात्र पार्टी कता जान्छ भन्ने थाहा हुन्छ । कुनै पनि पार्टीभित्र आलोचना, बहस, विरोध निरन्तर चलिरहन्छ र चलिरहनु पनि पर्छ । यसमा आत्तिनुपर्ने र मात्तिनुपर्ने कुनै कारण देख्दिन म ।

पार्टी कमिटी बैठकमा प्रस्तावहरू पेश हुने कुरालाई नेचुरल लिनुपर्छ, तर ती प्रस्तावहरूमा छलफल गरेपछि एउटा सकारात्मक निष्कर्ष निकाल्ने पार्टीको हैसियत हुनुपर्छ ।

शीर्ष नेताहरूले पार्टीलाई एकजुट राख्न त्यस्तो निष्कर्ष निकालेपछि पार्टीको विवाद समाधान हुन्छ ।

यतिबेला नेकपाको विवाद नेताहरूबीच मात्र छैन । कार्यकर्ता, शुभचिन्तक र आम जनतामाझ पुगिसकेको छ ।

कमिटीमा पेश भएका डकुमेन्टहरू सबैले चासोका साथ हेरिरहेको अवस्था छ । प्रस्तावहरूले नै पार्टीलाई ल्यान्डिङ गराउने हो । पार्टी अब नयाँ हिसाबले एकताबद्ध हुनुपर्ने अवस्था आएको छ ।

यदि नेताहरूले सचिवालयमा पेश भएको डकुमेन्टमाथि छलफल गरेर निष्कर्ष निकाल्न सकेनन् भने नेताहरू आफैंले आफैंलाई असफल भएको घोषणा गर्नुपर्छ । पार्टीमा पनि सत्ता पक्ष र प्रतिपक्षी जस्तो माहोल बनिरहेको छ र द्वन्द्व चलिरहेको छ । द्वन्द्वले आवश्यक निकास त खोज्छ नै ।

सम्पूर्ण देशभक्त, देशको समृद्धि चाहने, आम शुभचिन्तक र पार्टी समर्थकहरूको एउटै चाहना अहिले नेकपा विभाजन नहोस् भन्ने छ । जसरी हामी विवादको भुमरीमा फसेका छौं, यसले निश्चय नै राम्रो सन्देश गइरहेको छैन ।

पार्टीको तल्लो तहसम्म विवादका बाछिटाहरू छिटफुट रूपमा पुग्न थालेका छन् । अस्ति चितवनमा त्यो देखियो । यदाकदा अन्त पनि कुनै न कुनै रूपमा असन्तुष्टिहरू देखिएका छन् ।

जे जति कारणले पार्टीभित्र विवाद भएको भएपनि यसअघि हामीले नै सेफ ल्यान्डिङ गराएका हौँ । पछिल्लो विवाद पनि हामीले हल गर्नुपर्छ र गर्ने प्रयासमा छौं ।

गत भदौ २६ गते बसेको स्थायी कमिटी बैठकको निर्णय धेरै महत्त्वपूर्ण थियो । त्यसलाई कार्यान्वयन गरेर अघि बढेको भए पछिल्लो विवाद सिर्जनै हुने थिएन । पार्टी एउटा कोर्समा अघि बढिसकेको हुन्थ्यो ।

त्यसलाई कार्यान्वयन गर्ने क्रममा प्रधानमन्त्री ओलीको केही कमजोरी रहेको देखिन्छ । यो कुरा हामीले प्रस्ट रूपमा उहाँलाई भनिसकेका छौं ।

यतिबेला हामी समन्वयकारी भूमिकामा छौं । दुवै पक्षका नेताहरूसँगको भेटघाट बाक्लिएको छ । दुवै पक्षतिर कुराकानी गर्दा पार्टी एकताकै पक्षमा मत झल्किएको छ । पार्टीलाई एकताबद्ध राख्ने हाम्रो प्रयास जारी छ ।

प्रधानमन्त्रीतिरका नेताहरूले पनि स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयनमा केही कमजोरी भएको हो भनेर स्वीकार्नुभएको छ । सम्भवतः स्थायी कमिटी बैठककै निर्णयहरूका आधारमा नयाँ सहमति हुन्छ ।

अब त हामीले त्यसभन्दा अगाडि गएर सहमतिका बिन्दुहरू पहिल्याउनुपर्ने अवस्थामा आएका छौं ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

बैशाख २५, २०८१

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउनेहरू अरू कसैको स्वार्थको गोटी बनेको बताएका छन् । अमेरिका भ्रमण सकेर सोमबार फर्किएका यादवले  देश र जनताको हितका लागि नभएर अरू कस...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x