×

NMB BANK
NIC ASIA

एमाले ब्युँतिएपछि

एमालेको कुनै एक टीमले मात्र प्रचण्डसँग सहकार्य गर्न सम्भव छैन– भीम आचार्य [अन्तर्वार्ता]

फागुन २८, २०७७

NTC
Premier Steels

एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलापछि नेकपाको एकता खण्डित भएको छ । पुष्पकमल दाहाल 'प्रचण्ड'सँग मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गरिरहेको झलनाथ खनाल र माधवकुमार नेपाल समूह अदालतको निर्णयपछि स्वत: एमाले भएको छ ।

Muktinath Bank

पार्टी एकताअघि नै एमालेमा दुईवटा समूहले गुटगत अभ्यास गर्दै आएका थिए । एकतापछि बनेको नेकपामा प्रचण्ड-नेपाल समूहले ओलीविरुद्ध मोर्चाबन्दी गर्‍यो । ओलीलाई कारवाही गरेर पार्टीबाट नै निष्कासन गरेको नेपाल समूहले एमालेमै रहेर कसरी राजनीति गर्ला भन्ने प्रश्न उठेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेको खनाल-नेपाल समूह छलफलमा जुटेको छ । बिहीवार मात्रै पनि बानेश्वरस्थित एक होटलमा स्थायी कमिटी सदस्यहरू भेला भएर आगामी रणनीतिका बारेमा छलफल गरेका थिए । छलफलमा सहभागी स्थायी कमिटी सदस्य भीम आचार्यलाई राजनीतिक हिसाबले त एमाले दुईवटा जस्तो देखियो नि ? भनेर लोकान्तरकर्मी ईश्वर अर्यालले सोधेका थिए ।


Advertisment
Nabil box
Kumari

लोकान्तरसँगको कुराकानीमा आचार्यले अहिलेसम्म एमाले दुईवटा नभएको तर नेतृत्वले बुद्धि नपुर्‍याए त्यो दिन पनि आउन सक्ने जोखिम औंल्याएका छन् ।

Vianet communication

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश -

एमालेमै आएपछि समूहगत या गुटगत भेला गरिरहनुभएको छ, यसले एमालेको एकतालाई खण्डित गर्दैन ?

जिल्ला–जिल्लामा गुण्डागर्दी गर्ने, कार्यालय क्याप्चर गर्न खोज्ने, नेताहरूको अपमान गर्ने, अनि जनसंगठनका अवैध खालका कमिटीहरू बनाउँदै हिँड्ने, पार्टीमा सल्लाह छलफल नगर्ने, बैठक बोलाउन नखोज्ने जस्ता कामहरू अर्को पक्षबाट भएको छ ।

एउटाले बालुवाटारमा गुटबन्दी गर्दै हिँड्ने र बालुवाटारलाई गुटको अखडा बनाएको अवस्था छ । अर्कोतिर पनि गुटबन्दीको प्रतिगुटबन्दी हुन्छ । अदालतको निर्णयपछाडि त २०७५ जेठ २ गतेको अवस्थामा पार्टी पुग्यो । तर त्यसलाई नमान्ने र जबरजस्ती गर्ने प्रवृत्ति हाबी भएको छ । हामीले त्यसविरुद्ध कसरी संघर्ष गर्ने भनेर छलफल गरेका हौँ ।

ओलीविरुद्ध संघर्ष गर्ने भनेर नै पार्टीमा जानुभएको थियो तपाईंहरू, अब कसरी संघर्ष गर्ने रणनीति बनाउनुभएको छ ?

मैले अघि नै भनें, पार्टीको एउटा पक्षले गुण्डागर्दी गरिरहेको छ । हामीले त्यसलाई कसरी निस्तेज गर्ने हो भन्नेबारेमा छलफल गरिरहेका छौं । आज पनि बस्यौं । अब पनि थप छलफल गर्छौं ।

तपाईंहरू कानूनी हिसाबले नेकपा एमाले नै भएपनि राजनीतिक हिसाबले दुईवटा एमाले छ भन्न मिल्छ ?

अहिले दुईवटा एमाले भइहालेको छैन । नेतृत्वले बुद्धि पुर्‍याउने हो भने अहिलेसम्म देखिएका तिक्तता हट्छन् । मिलेर अघि जान सकिने सम्भावना अझै छ । तर एउटा पक्षले अर्को पक्षलाई सिध्याउँछु नै भनेर अघि बढ्छ भने त्यसको परिणाम राम्रो हुन्छ जस्तो मलाई लाग्दैन ।

२०७५ सालको जेठ २ गते अगाडि पनि तपाईंहरू दुईवटा फरक-फरक समूहगत अभ्यासमा हुनुहुन्थ्यो । यसबीचमा त झन् तपाईंहरूले ओलीलाई कारवाही गरेर पार्टीबाट निकाल्ने राजनीतिक निर्णय पनि गरिसक्नुभयो । यो अवस्थामा एक भएर जान सकिने कुरा अलि अमिल्दो भएन ?

हाम्रो दुईवटा टीम थियो । दुईवटा टीमबाट हामी महाधिवेशनमा प्रतिस्पर्धा गरेका थियौं । हामीले त प्यानल नै दुईवटा बनाएर लडेका थियौं । तर कार्यकर्ताले मिक्स गरिदिए । कार्यकर्ताको भावना एमाले एक होस् भन्ने थियो ।

अब पछिल्लो समयमा हामी प्रतिगमनविरुद्ध लड्यौं । जित्यौं पनि । अदालतको निर्णयअनुसार फेरि पुरानै ठाउँमा आयौं सबै । केपी ओली पनि आउनुभयो, हामी पनि आयौं ।

त्यसपछि अब मिलेर मिलाएर जानुपर्छ भन्ने चेत सबैमा हुनुपर्‍यो नि ।

केपी ओली र माधवकुमार नेपाल लगायत शीर्ष नेताहरूबीच कुराकानी भेटघाट भएको छ कि छैन ?

अदालतको फैसलापछि हामी एउटै पार्टी त भयौं तर छलफल, भेटघाट र कुनै किसिमको कुराकानी भएको छैन ।

बैठक पनि क्यान्सिल भएको अवस्था छ तपाईंहरूको । नेताहरूबीच कुराकानी हुन सकेको छैन । यसरी त एमाले झन् कमजोर बन्दै जाने भयो नि !

बोलाएको बैठक क्यान्सिल गरियो । छिट्टै बैठक बोलाइहाल्ने परिस्थिति अब बन्छ भन्ने मलाई लाग्दैन । यही बीचमा तल-तल एकलौटी ढंगले कमिटी बनाउँदै हिँडिरहेका छन् । कार्यालय कब्जा गरिएको छ । निकृष्ट कामहरू भइरहेका छन् । ती कुराहरू रोकेर एउटा अनुकूल र सौहार्दपूर्ण वातावरण पार्टीमा बनाउने हो भने सबै मिल्छ । हिजोमा तिक्तताहरू बिर्सेर एक ठाउँमा जान सकिन्छ ।

यही गर्ने हो भने गुटबन्दीको प्रतिकार गर्दै प्रतिगुटबन्दी हुन्छ । त्यसले राम्रो स्थिति ल्याउँछ भन्ने लाग्दैन ।

अब प्रदेश १ मा मुख्यमन्त्रीविरुद्ध दायर भएको अविश्वासको प्रस्ताव के हुन्छ ? तपाईंहरूले एउटा मानसिकता त बनाउनुभएको होला नि ?

प्रदेशका लागि हामी अब सल्लाह गर्छौं ।

भनेपछि अहिलेसम्म प्रदेशको राजनीतिका बारेमा तपाईंहरू अनिर्णित हुनुहुन्छ त्यसो भए ?

अहिले प्रदेशमा हामी पुगिसकेका छैनौं । अहिले सिंगो पार्टीका बारेमा हाम्रो छलफल केन्द्रित छ ।

तपाईंहरू एमालेमै बसेर माओवादी केन्द्रसँग सहकार्य गर्ने मूडमा देखिनुहुन्छ । त्यस्तो सहकार्य त अप्राकृतिक र अराजनीतिक होला नि ?

हामी एक्लै कुनै टीमका रूपमा प्रचण्डसँग सहकार्य गर्ने होइन । सिंगो वामपन्थीहरूले एकआपसमा सहमति गरेर अघि बढ्दा राम्रो हुन्छ ।

वामपन्थीहरू बीच नै छलफल गरेर सरकारलाई वामपन्थी नेतृत्वमै सरकार बनाएर जाँदा राम्रो हुन्छ भनेका छौं हामीहरूले ।

त्यसपछि आगामी दिनमा पनि एमाले र माओवादी सहमतिमै अघि बढ्दा राम्रो हुने मैले देखेको छु । अनि वामपन्थी एकता आफ्नो स्वार्थसिद्धिका लागि प्रयोग हुनुपनि भएन । कसैले गर्नुभएन ।

हाम्रो पहिल्यैदेखिको त्यही दृष्टिकोण छँदैछ । त्यही कारण पार्टी एकता भएको हो । छुट्टै टीमको रूपमा प्रचण्डसँग सहकार्य गरेर जाने स्थिति त हुँदैन अहिले ।

नयाँ प्रधानमन्त्रीको खोजी भइरहेको अवस्था छ नि ?

प्रतिपक्षी दलहरूले खोज्ने त भइहाले नि !

होइन एमाले या माओवादी केन्द्रबाट कुनै नयाँ प्रधानमन्त्री बनाउनुपर्छ र वाम गठबन्धन कायमै राख्नुपर्छ भन्ने ढंगले तपाईंहरूले छलफल गरिरहेको साँचो होइन ?

सरकारबाट समर्थन फिर्ता लिने नलिने कुरा त माओवादी केन्द्रको कुरा भइहाल्यो ।

अहिले हाम्रो कुराचाहिँ वाम सरकारले नै निरन्तरता पाओस् भन्ने हो । त्यसपछि पार्टी राम्रो खालको स्थितिबाट अघि बढोस् भन्ने हो ।

कुन व्यक्तिमा सहमत हुन सकिन्छ भन्ने कुरा त बैठकमा उठ्छ । अहिल्यै प्रधानमन्त्री खोजेर हिँडेका छैनौं हामीले ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

बैशाख २५, २०८१

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउनेहरू अरू कसैको स्वार्थको गोटी बनेको बताएका छन् । अमेरिका भ्रमण सकेर सोमबार फर्किएका यादवले  देश र जनताको हितका लागि नभएर अरू कस...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x