×

NMB BANK
NIC ASIA

‘एक शटमा फिल्म बनाउने भन्दा कलाकारले पनि पत्याएनन्’

कात्तिक २०, २०७४

NTC
Premier Steels
पछिल्लो समय नेपाली चलचित्रमा नयाँ नयाँ प्रयोग हुन थालेको छ । परम्परागत चलचित्रको धारमा पनि चलचित्र बनिरहेका छन् भने अर्कोतिर चलचित्रकर्मीले विदेशी बजारमा नेपाली चलचित्रको बजार स्थापना गर्न नयाँ प्रयोग पनि गर्न थालेका छन् । जुन सकारात्मक पक्ष हो ।

भोलि अर्थात जेठ १९ गतेबाट चलचित्र ‘जालो’ प्रदर्शन हुँदैछ । चलचित्र प्रदर्शनको मिति नजिकिएसँगै फिल्मका निर्देशक अराज केशब तथा निर्माता मोहित मुनाल प्रचारको अन्तिम चरणमा छन् ।

एकै शटमा निर्माण गरिएको दुई घण्टा लामो चलचित्र ‘जालो’ राम्रो बनेको निर्देशक अराज केशब बताउँछन् । ‘फिल्मको कथा राम्रो थियो । हामीले बनाउन खोजेभन्दा पनि राम्रो चलचित्र बनेको छ ।’ उनले लोकान्तरसँग कुराकानीकमा भने, ‘दर्शकलाई एक शट होस् या हजार शट भन्ने कुराको मतलब हुँदैन । उहाँहरुले चाहेजस्तो फिल्म हामीले बनाएका छौं ।’

चलचित्र ‘जालो’ सँगै देशको नामसमेत जोडिएकाले फिल्म बनाउँदा खेलवाड नगरेको केशब बताउँछन् ।
फिल्मसँग देशको नाम कसरी जोडिन्छ त?

उनी भन्छन्, ‘हामीले फिल्मलाई गिनिज बुकमा नाम लेखाउने प्रक्रियामा पनि छौं । र, यो चलचित्रलाई विश्वबजारमा विक्री गर्न लागेका छौं ।’

संसारमै पहिलोपटक वान शटको फिल्म बनाउनु सहज थिएन । त्यो पनि एकैपटक दुई सिनेमा । तर, केशबले आफ्नो मनमा उक्त चलचित्रलाई धेरैपटक प्रदर्शन गरेका थिए । उनलाई यो चलचित्र राम्रो बन्छ भन्ने लागेको थियो । एकदिन उनले आफ्नो फिल्मको कन्सेप्ट आफ्ना साथी मोहित मुनाललाई सुनाए । फिल्मक्षेत्रमा काम नै गर्दिन भन्ने मनशाय बनाएका मुनाल एकाएक निर्माता बन्न तयार भए ।

एरेन्जर र ब्याकग्राउन्ड स्कोरमार्फत फिल्ममा छाएका मुनाल सुनाउँछन्, ‘फिल्ममा ब्याकग्राउन्ड स्कोर गर्दागर्दै वाक्क भएर फिल्ममा काम नै नगर्ने योजनामा थिएँ । तर जालोको कथा सुनेपछि निर्माता बन्न मन लाग्यो ।’ मुनाल सुनाउँछन्, ‘कथा सुन्दा नै फिल्म राम्रो बन्छ भन्ने लागेको थियो । अहिले फिल्म सोचेभन्दा राम्रो बन्यो ।’


सुरुमा फिल्म बनाउने योजना बनाउँदा वरिष्ठ कलाकारहरुले नै फिल्म बन्ला र भन्ने अड्कल काटेको मुनाल बताउँछन् । प्राविधिक रुपमा समस्या भएपनि सबैको सहयोगले एकैपटक दुई फिल्म निर्माण गर्न सम्भव भएको उनी बताउँछन् । भन्छन्, ‘हामीले चार घण्टाका लागि क्यामेराको ब्याकअप समृत विदेशबाट ल्याएका थियौं ।’

युनिभर्सल सर्टिफिकेट पाएको चलचित्र जालो नेपाली भाषामा मात्र प्रदर्शन हुने छैन । अन्य भाषामा उपशीर्षक राखेर पनि फिल्म प्रदर्शन हुनेछ । ‘हामीले विश्वबजारका लागि ‘इनास’ (चलचित्र वितरक कम्पनी) लाई जिम्मा दिँदैछौं । उनीहरुले कसरी विदेशमा प्रदर्शन गर्छन्, त्यसमा भर पर्छ ।’ निर्देशक केशब थप्छन्, ‘ इनाससँग मौखिक सम्झौता भएपनि लिखित सम्झौता भने भएको छैन ।’

चलचित्रमा देखिने ५६ कलाकारलाई एकैपटक काम गराउन गाह्रो थियो । १९ दिनको कार्यशालापछि बीसौं दिन शूटिङ गरिएका दुई चलचित्र ‘जालो’ र ‘जालो रिटन्र्स’ बनाउन सम्भव बन्नुको श्रेय कलाकारको युनिटलाई दिन्छन् केशब । भन्छन्, ‘सबै कलाकारको साथ नपाएको भए मेरो सपना सपना नै रहन्थ्यो ।’ उनी थप्छन्, ‘फिल्म राम्रो बनेको छ । तर बाहुबली जस्तो बनेको छैन । हामीले विश्व रेकर्ड राख्ने उद्देश्यले बनाएको फिल्म गज्जब बनेको छ । कामको हाम्रो मिहिनेत खेर जाने छैन ।’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x