×

NMB BANK
NIC ASIA

सुदूरपश्चिम सरकारले बिर्सिएको त्यो बाढीको क्षति, वर्षा हुँदा स्थानीय रातभर जाग्राम

साउन ४, २०७८

NTC
Premier Steels

गत वर्ष साउन ३० गते सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले दलबलसहित कैलालीको बाढी प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरे ।

Muktinath Bank

गत साउन १४ गते बाढी आउँदा १ हजार ६७१ परिवार विस्थापित भएका थिए । केहीले ज्यान गुमाए । धान बाली सोत्तर भयो । हुलाकी राजमार्ग नै भत्कायो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाढीले बस्ती विक्षिप्त बनेपछि अनुगमनमा पुगेका थिए मुख्यमन्त्री भट्ट । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीलगायत अनुगमनमा सहभागी थिए ।


Advertisment
Nabil box
Kumari

बाढी प्रभावित स्थानीयलाई आश्वासन दिँदै मुख्यमन्त्री भट्टले भजनी क्षेत्रमा रहेका नदीमा बृहत् तटबन्ध गर्ने र  उच्च स्थानमा सामुदायिक भवन बनाउने, हुलाकी राजमार्गको स्तरोन्नति गर्ने बताएका थिए ।

Vianet communication

बर्सेनि आउने बाढीको समस्याबाट नागरिकलाई छुटकारा दिलाउने वाचा समेत गरेर प्रदेश सरकारका मन्त्रीहरू फर्किएका थिए ।

तर बर्षात सकियो, विस्थापितहरू पुरानै थातथलो फर्किए, यससँगै मुख्यमन्त्री लगायत मन्त्रीले आफूले गरेका वाचा बिर्सिए । यसपालि पुनः वर्षा शुरू भएको छ, जोखिम उस्तै छ ।

बाढी प्रभावित क्षेत्रमा गत वर्ष निरीक्षणको क्रममा खोला तर्दै प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह

भजनीका स्थानीय गंगा चौधरी भन्छन्, ‘भजनीवासीको लागि विडम्बना नै भन्नुपर्छ – जब बाढी आउँछ, तब अनुगमनमा आउँछन् । बाढी सकिएपछि भुल्छन् । हाम्रो पीडा जस्ताको त्यस्तै रहन्छ ।’

भजनीका अर्का स्थानीय खडक बुढाले नगरपालिकाको वडा नम्बर ५ को लालबोझी र वडा नम्बर ३ को कुसुमघाट क्षेत्र बाढीको उच्च जोखिममा रहेको बताए । गत वर्ष लालबोझीका सत्तु चौधरी, दिलबहादुर चौधरी, मंगल चौधरी, बाँधुराम चौधरी र आशाराम चौधरीको घर नदी कटानले विस्थापित भएपछि मुख्यमन्त्री भट्टले स्वयं उपस्थित भई स्थलगत अनुगमन गरेको र तटबन्धको लागि बजेट छुट्याउने प्रतिबद्धता समेत गरेको तर काम नहुँदा समस्या ज्यूँका त्यूँ रहेको बताइएको छ ।

भजनी नगरपालिका–३ का वडाध्यक्ष विक्रम चौधरीले स्थानीय तहमार्फत ठूला योजनाको काम सम्भव नभएको बताउँदै प्रदेश सरकारले ध्यान नदिएको बताए ।

वडा नम्बर ३ कुसुमस्थित ३ करोडको लागतमा गत वर्षदेखि निर्माणाधीन तटबन्ध समेत बगाएको बताउँदै वडाध्यक्ष चौधरीले कुसुमघाटमा रहेको दूर्गा माध्यमिक विद्यालय, बीओपी कुसुमघाटसहित करीब २५ घर नदी कटानको उच्च जोखिममा रहेका र विस्थापित हुने सम्भावना रहेको बताए ।

बर्खायाम शुरू भएपछि वर्षौंदेखि बाढी प्रभावित स्थानीयहरू पानी पर्ने बित्तिकै झस्किने गरेका छन् । ठूलो पानी पर्ने बित्तिकै तटीय क्षेत्रका स्थानीय रातभर जाग्राम बस्ने गरेको बताइएको छ ।

प्रदेश सरकारकी प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जोखिम न्यूनीकरणको लागि तत्काल स्थानीय निकाय, प्रशासनसँग समन्वय गर्ने बताएकी छन् ।

मन्त्री जोशीले तटबन्ध निर्माणसहित राहतको लागि प्रदेश सरकारले निर्णय गरेको, कार्यान्वयन भएको वा नभएकोबारे अनभिज्ञता प्रकट गरिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x