×

NMB BANK
NIC ASIA

एमसीसीसम्बन्धी बहस शृंखला

एमसीसी गिजोल्दा विश्वसनीयता गुम्यो; अब कि हुन्छ, कि हुन्न भन्नुपर्‍यो– डा. दिनेश भट्टराई [कुराकानी]

भदौ २५, २०७८

NTC
Premier Steels

मिलेनियम च्यालेञ्ज कोर्पोरेसन(एमसीसी)की उपाध्यक्ष फातिमा सुमारसहितको अमेरिकी टोली नेपाल भ्रमणमा छ ।

Muktinath Bank

एमसीसीको कार्यन्वयनको अवस्थाबारे बुझ्नका लागि आएको टोलीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालको संसदबाट उक्त सम्झौता पारित हुने वा नहुने भन्ने फेजमा रहेका बेला उनीहरू आफैं नेपाल आएर सत्तादेखि प्रतिपक्षी दलका नेताहरूलाई भेट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


Advertisment
Nabil box
Kumari

एमसीसीलाई लिएर अहिले नागरिकस्तरमै विरोध भइरहेको छ । कूटनीतिक मामिलाका जानकार दिनेश भट्टराईएमसीसीको विरोधका कारण नेपालको फरेन पोलिसीमा ठूलो नोक्सानी पुगेको बताउँछन् ।

Vianet communication

जेनेभास्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा नेपाली राजदूत रहिसकेका तथा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार समेत रहिसकेका भट्टराईले एमसीसी अस्वीकार गर्दा अन्तर्राष्ट्रिय स्तरमा नेपालको क्रेडिबिलिटी सकिने बताए ।

लोकान्तरकर्मी अजयअनुरागीले कूटनीतिक मामिलाका विज्ञ भट्टराईसँग एमसीसीबारे कुराकानी गरेका छन् ।

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :​

एमसीसीकी उपाध्यक्ष फातिमा सुमारसहितको टोली नेपाल आएको छ । उनीहरूले हाम्रा प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, विभिन्न दलका नेताहरूलाई समेत भेटेर संवाद गरिरहेका छन्। सेप्टेम्बर १७ मा हामीले सम्झौतामा साइन चार वर्ष पूरा हुँदैछ। सन् २०१७ मा नै हामीले सही गरेको सम्झौता हो। हामीलाई नै अनुदान आउने कुरा हो।

उनीहरूका पनि आफ्नो समस्या होलान्। त्यहाँको करदाताको रुपैयाँ लगानी गर्ने भएपछि स्वाभाविक रूपमा उनीहरूको चासो त हुन्छ नै। तपाईंहरूले नै हस्ताक्षर गरेर गरेको सम्झौता यता के अड्काइराखेको हो भनेर बुझ्न, एसेस्मेन्ट गर्न आएका होलान्। के भइरहेको छ, किन ढिलाइ भइरहेको छ भनेर बुझ्न पनि आएका होलान्। उता अमेरिकाबाट केही म्यासेज पनि लिएर आएका होलान्।

अनि एमसीसीको बारेमा हामीले जे प्रश्नहरू सोधेका थियौं, त्यसको जबाफ पनि एमसीसीले दिइसकेको छ, जुन अहिले पब्लिक पनि भइसक्यो।  त्यसमा त बोल्नै परेन। तर यसले नेपालको फरेन पोलिसीमा बहुत नराम्रो तरिकाले ड्यामेज गरेको छ। त्यो के भने, नेपालको क्रेडिबिलिटी। हाम्रो विश्वसनीयता के हो ? एउटा सरकारले सम्झौता गर्छ, अर्को सरकारले त्यसमा झन् थप्छ।

२०१७ मा भएको कुरामा पछि अर्थमन्त्रीमा डा. युवराज खतिवडा आएपछि केही कुरा थप्नु भएको थियो रे ! कति डिसओन गरेको के ? पोलिटिकल लिडरसीपमा कति ठूलो बेइमानी हो, हेर्नुस्। कांग्रेस अपोजिसनमा छँदा ल्याऊ, यो हामी पास गर्छौं भनेर भनिराखेकै थियो नि ! अब प्रधानमन्त्री छँदाखेरी गरेन भनेर प्रधानमन्त्रीलाई हान्ने ?

अहिले प्रधानमन्त्रीले ल्याउँछु भनेर भन्दा अपोजिसनमा जानु परेका कारण बेइमानी गर्ने ? यो केही होइन, उहाँले पोलिटिकल भोटको लागि गरेको हो। आफ्ना कार्यकर्ता तथा नेताले पार्टी फुटाएको छ त्यसको रिस होला।

अहिले एमसीसीमा समर्थन गर्‍यो भने फेरि पार्टी फुट्ला कि भन्ने डर पनि होला।  तर पोलिटिक्समा एउटा कोहेरेन्स र कन्सिस्टेन्सी पनि चाहिन्छ नि ! न कोहेरेन्स छ, न कन्सिस्टेन्सी छ। हामीलाई फरेन पोलिसीमा त यसले खत्तम नै पार्‍यो नि! ठूलै ड्यामेज गरियो। नोक्सान गर्‍यो नि! अब हामीलाई त कसले पत्याउने ?

कि त हामी गर्छौं भन्नुपर्‍यो, कि त गर्दैनौं भन्नुपर्‍यो । अहिले पनि हाम्रा नेताहरू मैले डकुमेन्ट नै पढेको छैन भनेर भन्नुहुन्छ। किन नपढिकन विरोध गर्‍या त ? त्यहाँ भएका लिगल प्रोभिजनदेखि यताउताका कुराहरूमा कुनै पनि नेताले नेपालको क्षमता, राज्यको क्षमता बढाउनुपर्छ भनेर कुरा गर्छन्? कसैले पनि त्यसको कुरा गरेको मैले सुनेको छैन।

मैले खाली के सुनेको छु भने एमसीसीको विरोध गर्नेले आईपीएस (इन्डो प्यासिफिक स्टाट्रेजी)सँग जोडिएको छ भन्ने कुरा गर्नुहुन्छ।​ आईपीएससँग जोडिएको छैन, यो आईपीएसको भाग हैन भनेर तिनीहरूले त क्याटेगोरिकल्ली नै भनिसकेका छन् नि !

विकासमा प्रतिक्रियावाद जसरी शुरू भएको छ, त्यो बडा खतरनाक छ। अरुण तेस्रो पनि त्यसै गरी गयो। अब यसलाई पनि पठाएर कतातिर केमा रमाउने हो त्यो थाहा भएन। विरोध गर्नेहरू त्यसैमा रमाइरहेका छन्।

मैले हेर्ने भनेको फरेन पोलिसीमा यसले धेरै ड्यामेज नै गरिसक्यो भन्छु। त्यो मिलेन, पछिबाट यसमा केही थप भएछ, त्यसकारण गर्दैनौं भनेर प्रस्ट भन्नुपर्‍यो । अमेरिका अहिले पनि ओन्ली ग्लोबल पावर हो। अमेरिकालाई पछ्याउने त छन्, तर अहिले ऊ मात्रै ओन्ली ग्लोबल पावर हो भन्ने कुरा हामीले बिर्सनुहुँदैन। उ एक्लै मात्र छैन, उसका थुप्रै साथीहरू पनि छन्। अन्तर्राष्ट्रिय स्तरमा फाइनान्स गर्ने संस्थाहरूमा उसको प्रभाव छ।

अनुदान दिने अन्य अन्तर्राष्ट्रिय फाइनान्सियल संस्थामा नेपाललाई अब नदेऊ भनेर भन्यो भने हामीलाई कसैले पनि अनुदान वा ऋण नदिने अवस्था हुन्छ । त्यसैले अहिले हामीले एमसीसीलाई अस्वीकार गर्ने हो भने भोलि के-के हुन्छ, त्यो अनुमान गर्न पनि कठिन छ।

एमसीसीलाई के भनियो भने यो नेपालको संविधानभन्दा माथि छ । अमेरिकाले सेना ल्याउँछन्। मिलिटरी कम्पोनेन्ट छ भनेर हल्ला फैलाइएको छ। यसमा मिलिटरी कम्पोनेन्ट छैन। सन २००४ मा शुरु भएको हो तर आईपीएस २०१७ मा आएको हो।

होइन, आईपीएससँग यो जोडिएको छैन भनेर उसैले भनिसकेको छ नि! हाम्रो डकुमेन्टमा आईपीएसको भाग हो भनेर लेखेको छैन भने हामीले चाहिँ बढी जान्ने भएर के अर्थ लगाइरहेका छौं? के झुटको खेती गरिरहेका छौं? सबैभन्दा बढी लज्जास्पद कुरा त के हो भने मिलिटरी कम्पोनेन्ट छ, अमेरिकी सेना आउँछन् भनेर अनावश्यक विरोध गर्ने। त्यो भन्दा झुट केही पनि होइन।

अमेरिका हाम्रो पुरानो मित्र हो। अमेरिकाले मलेरिया उन्मुलनदेखि लिएर हालसम्म विभिन्न काममा सहयोग गर्दै आएको छ। मलेरिया उन्मुलन गर्दा के अमेरिकाले सेना ल्यायो र ? हामी त्यसै हावामा लाग्ने ? आफ्नो इन्ट्रेस्ट हेर्नु छैन। आफ्नो इन्ट्रेस्ट प्रोटेक्ट गर्नु छैन। यसले हाम्रो नेशनल रिजल्ट के दिन्छ भन्ने सोच्नु छैन। खालि विरोध मात्र गर्ने काम भएको छ।

नेपालको राष्ट्रिय हितभन्दा अमेरिकाको केमा हित भयो, अमेरिकाको के स्वार्थ पूरा हुन्छ र हाम्रो स्वार्थलाई क्षति पुर्‍याउँछ भन्ने कुरा भन्न सक्नु पर्‍यो नि ! त्यो केही भन्नु छैन। खाली विरोधका लागि विरोध मात्र गर्ने काम भएको छ। यसका २० वटा इन्डिकेटर थिए, त्यसमा हामीले १६ वटा पूरा गरेपछि बल्ल सन् २०१४ मा उनीहरूले हामीलाई फोन गरेका थिए । अनि हामीले सम्झौतामा हस्ताक्षर गरेको न हो ।

यसलाई धेरै गिजोलियो । धेरै अनावश्यक विवाद गरियो। अमेरिकासँगको सम्बन्धलाई हामीले बिगार्ने काम गर्नु हुन्न। कतिपयले चीनको बीआरआईको काउन्टर हो भनेर पनि भनिराखेका छन्। यो आधारहीन कुरा हो। झुट कुरा हो। त्यसै पनि अमेरिकाले, त्यसैपनि चाइनाले एक अर्कालाई कहाँ के गरिरहेको छ भनेर हेरिराखेकै छन् नि ! मतलब यहाँ मेनोभरिङ र काउन्टर मेनोभरिङको काम त भइ नै रहेको छ नि ! त्यो कुरा यहाँको इन्टेलिजेन्सले हेरेका छन् त ? मलाई त लाग्दैन कि हाम्रो इन्टेलिजेन्सले त्यो सब हेरिरहेका छन्।

हेर्नुस्, हामीचाहिँ बढी अर्थ लगाउने, कसरी एमसीसीलाई आउन  नदिने भन्ने नै छ । मैले भनिसकें नि, विकासमा प्रतिक्रियावाद । यो एमसीसीमा केही त्यस्तो आपत्तिजनक प्रावधान छन् भन्ने कसैलाई लागेको छ भने त्यो के हो भन्नुपर्‍यो नि ! यो-यो आपत्तिजनक कुरा छ, त्यसकारण स्वीकार गर्न सक्दैनौं भनेर भन्न सकिन्छ नि !

तर त्यस्तो केही नभन्ने, आफू सरकारमा हुँदा ठीक, नहुँदा बेठीक भनेर त भन्न पाइएन नि ! अहिलेको अनावश्यक विवाद र विरोधले हाम्रो क्रेडिटिबिलिटीलाई ठूलै नोक्सान गरिसक्यो। परिमार्जन गर्नुपर्छ भने केमा परिमार्जन गर्ने हो भन्नुपर्‍यो । सत्तापक्षका घटकले नै यदि त्यसो भनिरहेका छन् भने पढेर, बुझेर भनेका छन् वा छैनन् त्यो मलाई थाहा भएन। तर अनावश्यकरूपमा गिजोल्ने, विवादास्पद बनाउने काम गर्नुहुँदैन ।

(कुराकानीमा आधारित)


hAMROPATRO BELOW NEWS
TATA Below
पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x