×

NMB BANK
NIC ASIA

प्रदेश सांसदलाई दशैं भत्ता

सुदूरपश्चिममा सांसददेखि मुख्यमन्त्रीसम्मले चुपचाप लिए दशैं भत्ता

असोज २१, २०७८

NTC
Premier Steels

दशैं भत्ताबापत सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेश सांसद र प्रदेश सभाका पदाधिकारी तथा तिनका पीएहरूको खातामा एक महिनाको अतिरिक्त तलब जम्मा भएको छ ।

Muktinath Bank

अघिल्लो वर्ष भत्ताको विषयमा चौतर्फी आलोचना भएपछि केहीले फिर्ता गरे पनि केहीले भने चुपचाप लिएका थिए । अघिल्लो वर्ष भएको आलोचना र विरोधलाई बेवास्ता गर्दै यस वर्ष पनि दशैं भत्ता वितरण गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश लेखा नियन्त्रक कार्यालय धनगढीका लेखा अधिकृत यज्ञराज पाण्डेयले पदाधिकारीहरू र स्वकीयहरूले पाउनुपर्ने दशैं भत्ताबापतको रकम भुक्तानी भइसकेको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

उनले भने, ‘हामी कहाँ एकमुष्ट रकम भुक्तानीका लागि फाइल आउँछ, तर मैले प्रदेश सभा सचिवालय, वन मन्त्रालयलगायत मन्त्रालयमा बुझ्दा पदाधिकारीहरूको एक महिना बराबरको तलब दशैं भत्ता भनेर भुक्तानी भइसकेको छ ।’

Vianet communication

तर चालू वर्ष संघीय सचिवालयले संघीय सांसदहरूलाई भने दशैं भत्ता भुक्तानी गरेन ।

संघले भत्ता नदिए पनि प्रदेश सांसदहरू भने आफूहरूले दशैं भत्ता पाउनु कानूनसम्मत रहेको तर्क गर्छन् ।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ अनुसार सभामुख, विपक्षी दलका नेता, सत्ता पक्षका प्रमुख सचेतक, सत्ता पक्षका सचेतक र विपक्षी दलका प्रमुख सचेतक, सचेतक र सदस्यहरुलाई सुविधा दिइँदै आएको छ ।

मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीहरूलाई भने मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ अनुसार सुविधा दिइन्छ ।

यिनै ऐनअनुसार नै सेवा सुविधा दिँदै आएको प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले बताए ।

‘ऐनमा भएको व्यवस्थाअनुसार पदाधिकारी तथा सदस्यले आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार मनाउने चाडपर्वका लागि आफूले खाइपाइ आएको एक महिनाको पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चको रूपमा व्यवस्था रहेकाले पाउँदै आएका छन्,’ धामीले भने ।

सुदूरपश्चिम प्रदेश सभामा ५२ जना प्रदेश सांसदहरू विभिन्न दलबाट प्रतिनिधित्व गर्छन्, जसमध्ये ७ मन्त्री र ४ राज्यमन्त्री गरी ११ सदस्यीय मन्त्रीमण्डल रहेको छ ।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ अनुसार प्रदेश सभाका सदस्य र पदाधिकारीहरूको मासिक तलब ४८ हजारदेखि ५५ हजार रहेको छ । 

मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ अनुसार राज्यमन्त्रीले अन्य सुविधा बाहेक मासिक तलब मात्रै ५१ हजार, मन्त्रीले ५४ हजार र मुख्यमन्त्रीले ६० हजार ९७० रुपैयाँ पाउँछन् ।

गत वर्ष आमनागरिक कोरोना महामारीसँग जुधिरहेको र उपचार नपाएरै ज्यान गुमाइरहेको समयमा सांसदहरूले दशैं भत्ता बुझेको भन्दै चौतर्फी आलोचना भएको थियो ।

आलोचनाका बीच केहीले सस्तो लोकप्रियताका लागि भत्ता फिर्ता गर्ने घोषणा समेत गरेका थिए ।

तर चालू आर्थिक वर्षमा पनि महामारीको जोखिम उत्तिकै छ । यद्यपि सत्ता पक्ष मात्रै होइन, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस समेत दशैं भत्ता वितरणको पक्षमा देखिएको छ ।

कांग्रेस संसदीय दलका नेताले भने, ‘गत वर्ष कोरोनाको कारण विरोध भएको थियो । यो वर्ष त्यो खास अवस्था देखिन्न । अहिलेसम्म मेरो खातामा आएको मलाई जानकारी छैन । लिने वा नलिनेबारे संसदीय दलमा छलफल पनि भएको छैन ।’

प्रदेश सरकारकी प्रवक्ता तथा आन्तारिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले कानूनमा भएको व्यवस्था र सरकारलाई महामारी व्यवस्थापनमा अप्ठ्यारो नभएको अवस्थामा निर्णय पुनर्विचार हुन नसक्ने बताइन् । चाडपर्व पनि महंगो हुँदै गएको बताउँदै उनले पाएको पारिश्रमिक रमाइलो गर्नकै लागि मात्रै खर्च नहुने तर्क गरिन् । दशैं भत्ता लिने वा नलिनेबारे प्रदेश सरकारले निर्णय समेत नगरेको मन्त्री जोशीको भनाइ छ ।

तर नागरिक अगुवाहरूले जनप्रतिनिधिले लिने लिँदै आएको दशैं भत्ताको कडा आलोचना गर्दै आएका छन् ।

शिक्षा विद् डा। हेमराज पन्तले भने, ‘दशैं भत्ता भनेको तलबी कर्मचारीका लागि हो । अब राजनीति गर्नेहरू पनि कर्मचारी जस्तै भइसके । यो पटक्कै सुहाएको छैन । उहाँहरू समाज सेवा गर्नका लागि आएको हो । आफैँ ऐन बनाउने, आफैँ सुविधा भोग गर्ने राम्रो होइन । हाल राज्यले धान्नै नसक्ने अवस्थामा र कोराना महामारीकै बेला भत्ता लिनु राज्य शक्ति र स्रोतको दुरुपयोग नै हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x