×

NMB BANK
NIC ASIA

लोकान्तर सम्पादकीय

अब कुन नैतिकताले सर्वोच्चमा बस्ने राणाज्यू ? तत्काल राजीनामा गर्नुस्

कात्तिक ७, २०७८

NTC
Premier Steels

नेपालको न्यायिक इतिहासमा सम्भवतः पहिलोपटक आइतवार सर्वोच्च अदालतका न्यायाधीशहरू औपचारिक रूपमै प्रधानन्यायाधीशविरुद्ध एक ठाउँमा उभिएका छन् ।

Muktinath Bank

१४ जना न्यायाधीशले बैठक बसेर साझा निष्कर्ष निकाले– अहिलेको नेतृत्वबाट न्यायिक निष्पक्षता कायम हुन सक्दैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकबाट न्यायाधीशहरूले प्रधानन्यायाधीशले बोलाएको फूलकोर्ट बहिष्कार गर्ने निर्णय मात्र गरेनन्, प्रधानन्यायाधीशले तोकेको इजलास बहिष्कारको स्पष्ट संकेत दिए ।


Advertisment
Nabil box
Kumari

प्रधानन्यायाधीश जबराको भूमिकाले न्यायालयको छवि ध्वस्त भएको निष्कर्षसहित विगतमा उनीनिकट भनिएका न्यायाधीश समेत चोलेन्द्रको कित्ता छाडेर न्यायिक स्वतन्त्रताको पक्षमा उभिएका छन् । 

Vianet communication

प्रधानन्यायाधीशको बहिर्गमनलाई न्युनतम माग बनाएका १४ जना न्यायाधीशले काठमाडौंमा उपलब्ध नभएर आइतवारको बैठकमा उपस्थित नभएका ५ न्यायाधीश समेत आफूहरूको अभियानमा सँगै रहने बताएका छन् । सर्वोच्चका १४ न्यायाधीशको बैठकपछि प्रधानन्यायाधीश जबरा सम्पूर्ण रूपमा एक्लिएका छन् । 

जबराका सामु अब राजीनामा गर्नुको विकल्प छैन । सर्वोच्चका सबै न्यायाधीश आफ्नो विपक्षमा उभिएपछि प्रधानन्यायाधीशले अब न्यायालय चलाउन सक्दैनन् । राणाले तोक्ने इजलासमा उनीविरुद्ध उभिएका न्यायाधीश बस्ने सम्भावना लगभग सकिएको छ । इजलास नबसे न्यायिक काम कारवाही प्रभावित हुनेछन् । यी सबै गतिविधिको जिम्मेवार राणा हुन् । आफ्नै भूमिकाका कारण उनी त्यो पदका लागि अब अयोग्य भइसकेका छन् । 

आफूविरुद्ध सर्वोच्च अदालतका सबै न्यायाधीश, पूर्व न्यायाधीश र अदालतबाहिर पनि यतिधेरै प्रश्न उठेपछि राणाले यसअघि नै राजीनामा गर्नुपथ्र्यो । राणा न्यायालयको नेतृत्वमा रहुञ्जेल न्यायालयको छवि थप ध्वस्त हुँदै जानेछ भन्ने कुरा आइतवार १४ न्यायाधीशको निष्कर्षबाट पुनर्पुष्टि भएको छ । 

विना कुनै शर्त राजीनामा गर्नु र निकास दिनमा राणाले एक मिनेट पनि ढिला गर्नु हुँदैन । सर्वोच्चका प्रायः सबै न्यायाधीश एक ठाउँमा उभिएर निकास दिन आग्रह गरिसकेपछि अझै पनि बलजफ्ती गरेर पदमा बसिरहन्छु भन्ने अडान लिए भने उनको बचेखुचेको छवि पनि ध्वस्त हुनेछ ।

न्यायालयको सर्वोच्च पदमा बसिराख्ने नैतिकता अब राणासँग बाँकी छैन । सोमवार ११ बजे १४ न्यायाधीशको बैठक पुनः बस्दैछ । उनीहरूको बैठकअघि नै राजीनामा गरेर निकास दिनु राणाका लागि उत्तम विकल्प हुनेछ । 

अटेर गरेर अझै पद ओगट्छु भन्ने दाउमा लागे भने राणामाथि संसद्ले महाअभियोगको प्रक्रिया अघि बढाउनुपर्छ । होइन भने न्यायालयप्रतिको जनआस्था धुलिसात हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x