×

NMB BANK
NIC ASIA

प्रन्याविरुद्ध महाअभियोग प्रस्ताव

राणाविरुद्ध महाभियोग पारित होस्, दलहरूले चाहे बारले नै प्रमाण दिनसक्छ– बद्रीबहादुर कार्की [अन्तर्वार्ता]

फागुन १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

पूर्व महान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएकोमा खुशी व्यक्त गर्दै अब यसलाई पारित गर्नेतर्फ लाग्न दलहरूलाई आग्रह गरेका छन् ।

Muktinath Bank

जबराविरुद्ध लागेका आरोपहरूलाई पुष्टि गर्ने पर्याप्त प्रमाण रहेकाले दुईतिहाइ बहुमतले प्रस्ताव पारित हुने उनको विश्वास छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महाभियोग प्रस्ताव दर्ता भएपछि लोकान्तरसँग कुराकानी गर्दै कार्कीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई बदलाको भावले अगाडि नबढ्न सुझाव समेत दिएका छन् ।


Advertisment
Nabil box
Kumari

प्रस्तुत छ, वरिष्ठ अधिवक्ता कार्कीसँग लोकान्तरका लागि अजयअनुरागीले गरेको कुराकानीको सम्पादित अंश :

Vianet communication
Laxmi Bank

तपाईंहरूले माग गरेअनुसार नै प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ,के भन्नुहुन्छ?

ढिलै भएपनि सांसदहरूले नेपाल बारको नेतृत्वमा सञ्चालन भएको आन्दोलनको मागअनुसार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गर्नुभएको छ ।

प्रधानन्यायाधीश राणाले खडा गरेको भ्रष्टाचारको सञ्जालविरुद्ध ९८ जना सांसदहरूले हस्ताक्षर गरेर संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गर्नुभएकोमा सांसदहरूलाई धन्यवाद दिन चाहन्छु ।

अहिलेको परिस्थितिमा जुन किसिमले सांसदहरूले नैतिक बल र साहस देखाउनुभयो, त्यसका लागि म उहाँहरूलाई बधाई दिन चाहन्छु ।

अब उहाँहरूले जतिसक्दो छिटो प्रतिनिधि सभालाई विश्वासमा लिएर महाभियोगलाई अन्तिम निष्कर्षमा पुर्‍याउनुहुनेछ भन्ने आशा गर्दछु ।

नेपालको न्यायिक इतिहासकै कलंकित प्रधानन्यायाधीशले न्यायपालिकाको गरिमा तथा न्यायाधीश पदको गरिमामा पुर्‍याएको क्षतिलाई न्यूनीकरण गर्न अब सफलता मिल्नेछ भन्ने अपेक्षा पनि गरेको छु ।

महाभियोग पारित गर्न त्यति सहज छ र ?

महाभियोग पारित गर्नका लागि संसदमा दुईतिहाइ बहुमत चाहिन्छ ।

 सत्ता गठबन्धनको नेतृत्व र अन्य घटक दलहरूले जसरी प्रस्ताव दर्ता गर्नुभएको छ, त्यसको पक्षमा वातावरण सिर्जना गर्ने दायित्व पनि सत्तापक्षकै हो ।

उहाँहरूले कसरी म्यानेज गर्नुहुन्छ, के सोच्नुभएको छ, त्यो मलाई थाहा हुने विषय होइन । यो प्रतिनिधि सभाको जिम्मेवारीभित्रको विषय हो ।

यति हदसम्म कलंकित र भ्रष्टाचारको आरोप लागेका आरोपित व्यक्ति, विगत तीन महिनाभन्दा बढी समयदेखि प्रधानन्यायाधीश पदको कुनै पनि जिम्मेवारी सम्हाल्न असमर्थ व्यक्तिलाई प्रधानन्यायाधीश मानिरहन प्रतिनिधि सभाका जिम्मेवार दलहरू तथा जिम्मेवार नेताहरू तयार हुनुहोला भन्ने मलाई लाग्दैन ।

प्रतिपक्षी दल नेकपा एमालेले अन्य न्यायाधीशविरुद्ध समेत महाभियोग प्रस्ताव ल्याउन सक्ने चर्चा छ नि !

यो राजनीतिको विषय हो। उहाँहरूले बदलाको भावले अथवा आफ्नो तात्कालिक स्वार्थका लागि त्यसो गर्नुभयो भने, त्यो दुर्भाग्य हुनेछ । त्यस्तो प्रस्ताव आयो भने दुर्भाग्यपूर्ण हुने मैले ठानेको छु ।

यद्यपि उहाँहरूले के गर्नुहुन्छ भन्ने कुरा मैले अनुमान लगाउने विषय होइन । म न्याय र कानूनको क्षेत्रमा मात्र आफ्नो कुरा राख्न सक्छु ।

राणाले महाभियोग फेस गर्छु भन्नुभएको छ, यत्रो हिम्मतको कारण के होला ?

यति लामो समयसम्म जुन तत्त्वले उहाँलाई टिकायो, त्यसैले तिमी भाग्न पाउँदैनौ भनेको हुनसक्छ । नैतिकताको त कुरै छाडौं, उहाँलाई देशको, न्यायपालिकाको र प्रधानन्यायाधीश पदको गरिमा के हो भन्ने विषय समेत थाहा छैन ।

व्यक्तिगत रूपमा पनि उहाँमा कुनै नैतिकता रहेनछ भन्ने कुरा अहिलेको घटनाले प्रमाणित गरेको छ ।

कुनै पनि सम्मानित पदमा बस्ने व्यक्तिमाथि आरोप लाग्छ, आशंका हुन्छ, तर यहाँ त भ्रष्टाचारी तत्त्वहरूकै, बिचौलियाहरूकै नेतृत्व गर्नुहुन्छ भनेर नेपालका कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले संस्थागत रूपमा प्रश्न उठाएर यत्रो अभियान नै चलाएको हो।

त्यति मात्रै होइन, उहाँकै आफ्नै सहयोगी १८-१९ जना न्यायाधीशहरूले उहाँको चरित्रमाथि, उहाँको न्यायिक क्रियाकलापमाथि आशंका देखाइसकेपछि आत्मसम्मान भएको व्यक्तिले त्यो पदमा बसिरहन कुनै हालतमा पनि उचित हुँदैन।

आत्मसम्मान भएको व्यक्तिका लागि त यसरी प्रश्न उठेपछि पनि पदमा बसिरहन सम्भव नै देख्दिनँ म । तर राणाजीले त्यो सबै सम्भव छ, अदालत जहाँसुकै जाओस्, जे सुकै होस्, तर मचाहिँ झण्डा हल्लाइरहन पाउनुपर्छ भनेजस्तो गर्नुभयो ।

त्यो अत्यन्तै दुर्भाग्यपूर्ण मात्र होइन निन्दनीय कार्य हो भन्छु म ।

विगतमा यसैगरी दर्ता भएको प्रस्ताव यसै तुहिएको पनि थियो नि !

विगतमा कसैका विरुद्ध प्रस्ताव दर्ता भएपनि छानबिन नै भएन नि ! अब यो त ९८ जना सांसदहरूले सही गरिसकेपछि छानबिनको क्रममा उहाँहरूले यसै पनि प्रमाण पुर्‍याउनुहुन्छ भन्ने मलाई लागेको छ । लागेका आरोपविरुद्धका प्रमाण नेपाल बार एसोसिएसनले नै दिन सक्छ ।

विना प्रमाण बारले त्यस्तो प्रश्न उठाएर कुरा गर्दैन नि ! प्रमाण आउँछन् नै । अहिले नै अनुमान, आशंका नगरौं । ९८ जना माननीयहरूले उक्त आरोप लगाउनुभएको छ ।

स्वयं कानून मन्त्रीले नै पनि हस्ताक्षर गर्नुभएको छ भन्ने कुरा मैले सुनेको छु । त्यसकारण आशा गरौं, एउटा न्यायोचित कन्क्लुजनमा पुग्न सकिन्छ ।

तीन महिनाभन्दा पनि बढी समयदेखि न्यायिक अराजकता राणाजीले देखाइरहनुभएको थियो, अराजकता चलाइरहनुभएको थियो, त्यसबाट न्यायपालिकालाई मुक्त राखेर अब नयाँ कोर्समा र नयाँ सुधारसहित न्यायालय अगाडि बढ्न सकोस् ।

कायममुकायम प्रधानन्यायाधीशकै नेतृत्वमा यी सुधारका काम सम्भव होलान् त?

कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा उक्त सुधारको काम गर्नका लागि बारले नै पहलकदमी लिन्छ ।

न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनलाई आधार बनाएर के कस्ता सुधार अदालतले गर्ने हो, वकिलले सुधार गर्नुपर्ने कुरा होस् वा न्यायाधीशदेखि अन्य निकायले सुधार गर्नुपर्ने कुराको छानबिन गर्नुपर्छ भन्ने मेरो माग रहनेछ ।

उक्त प्रतिवेदनमा जुन–जुन निकायलाई आरोपित बनाइएको छ, ती सबै निकायलाई छानबिन गर्नुपर्छ भन्ने मेरो माग बार र न्यायपालिका नेतृत्वसँग रहनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x