कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
निलम्बित सांसद रेशम चौधरीको रणनीतिअनुसार उनकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष बनाएर दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले कैलाली जिल्लामा प्रभाव बढाउँदै लगेको छ ।
पार्टीले कैलाली जिल्लाको निर्वाचन क्षेत्र नम्बर १, २ र ३ मा आफ्ना गतिविधि सशक्त बनाएको छ । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै पार्टीले स्थानीय तह निर्वाचन केन्द्रित गतिविधि तीव्र पारेको छ ।
पार्टीका गतिविधि टीकापुर नगरपालिकामा बढी देखिएका छन् । गत निर्वाचनमा माओवादी केन्द्र र नेपाली कांग्रेसबाट निर्वाचित ४ वडाध्यक्षसहित २० जना जनप्रतिनिधि खुलेरै नागरिक उन्मुक्ति पार्टीमा लागेका छन् । यसरी स्थानीय चुनावमा माओवादी र कांग्रेसलाई धक्का लाग्ने देखिएको छ ।
माओवादी त्यागेर नागरिक उन्मुक्ति पार्टी रोजेका टीकापुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामलाल डंगौरा थारुले भने, ‘राज्यबाट हामी निकै पीडित छौं । हाम्रो राजनीतिक अधिकार र पहिचान यो राज्यले खोसेको छ । पीडाबीच दल दर्ता गरेका हौं । हाम्रो पीडा हाम्रो शक्ति हो । हामी अन्य दललाई खुला चुनौती दिँदै आगामी निर्वाचनमा होमिइसकेका छौं । जितेरै देखाउँछौं ।’
उनी आफू टीकापुर नगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिने तयारीमा रहेका वडाध्यक्ष थारुले बताए । उनका अनुसार गत निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित ५ जना जनप्रतिनिधि नागरिक उन्मुक्ति पार्टीमा लागेका छन् । वडा नम्बर ७ का सदस्य यमलाल रेग्मी, कैलाशपति चौधरी, भोसु डंगौंरा थारु, सञ्जा वडले नागरिक उन्मुक्ति पार्टी रोजेका वडाध्यक्ष थारुले बताए ।
नेपाली कांग्रेसका ३ वडाध्यक्षसहित १५ जना जनप्रतिनिधि पनि स्थानीय तह निर्वाचनमा होमिएका छन् ।
नेपाली कांग्रेस त्यागेर नागरिक उन्मुक्ति पार्टी रोजेका टीकापुर नगरपालिका–३ का वडाध्यक्ष रामसेवक महतो भन्छन्, ‘नागरिक उन्मुक्ति पार्टी उत्पीडित वर्गहरूको पार्टी हो । यहाँको विकासको एजेण्डा र हाम्रो अपूरो राजनीतिक एजेण्डा नै हाम्रो मूल मुद्दा हो । जुन अझै प्राप्त भएको छैन । जसप्रति हाम्रा नगरवासी जानकार छन् ।’
आउँदो निर्वाचनमा आफू पुनः वडाध्यक्षमा दोहोरिने तयारी गरिरहेको उनले बताएका छन् ।
वडाध्यक्ष महतोसहित वडा नम्बर ४ का वडाध्यक्ष लालवीर चौधरी, वडा नम्बर ५ का वडाध्यक्ष रामशंकर डंगौरा थारुलगायत जनप्रतिनिधिहरू तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट निर्वाचित भएका थिए । पछि नेपाल लोकतान्त्रिक फोरम नेपाली कांग्रेसमा गाभिन पुगेको थियो । वडाध्यक्ष रामशंकर डंगौरा थारुले पुनः वडाध्यक्षका लागि आकांक्षा व्यक्त गरेका छन् ।
हालै नेपाली कांग्रेसले आफ्ना ३ वडाध्यक्षसहित १५ जना जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ । कांग्रेसले पार्टीबाट निष्कासन गर्दै जनप्रतिनिधि पद खारेजीको माग गर्दै निर्वाचन आयोगलाई सिफारिस गरेको छ ।
कांग्रेस कैलालीले टीकापुर वडा नम्बर ४ का वडाध्यक्ष लालवीर चौधरी, वडा नम्बर ३ का वडाध्यक्ष रामसेवक महतो, वडा नम्बर ५ का वडाध्यक्ष रामशंकर डगौरा थारु, टीकापुर नगरपालिका कार्यपालिका सदस्य रमेश विक, वडा नम्बर ३ का वडा सदस्य बिना थारु, वडा नम्बर ३ वडा सदस्य भागीदेवी कामी, वडा नम्बर ४ वडा सदस्य तुलसादेवी विक, वडा नम्बर ४ वडा सदस्य प्रेमलाल चौधरी, वडा नम्बर ४ वडा सदस्य रूपमती डगौरा थारु, वडा नम्बर ५ वडा सदस्य बलवीर थारु (चौधरी), वडा नम्बर ५ वडा सदस्य कन्हैया चौधरी, वडा नम्बर ५ वडा सदस्य आशा थारु, वडा नम्बर ५ वडा सदस्य सरिता भुल, वडा नम्बर ६ वडा सदस्य रामशंकर चौधरी, वडा नम्बर ६ वडा सदस्य जमुना चौधरीलाई पदमुक्तका लागि निर्वाचन आयोगमा सिफारिस गरेको छ ।
जिल्लाको भजनी नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका लगायत जिल्लाका अधिकांश स्थानीय तहमा संगठन विस्तारसहित निर्वाचन केन्द्रित गतिविधि तीव्र पारेको नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय सदस्य गंगा चौधरीले बताए ।
गत प्रतिनिधिसभा निर्वाचनमा रेशमलाल चौधरी हालका मुख्य राजनीतिक दललाई पछि पार्दै सर्वाधिक मतले निर्वाचित भएका थिए । उनी हाल टीकापुर घटना मुद्दाको अभियोगमा आजीवन काराबासको सजाय भोगिरहेका छन् ।
साना दलले निर्वाचन चिह्न नपाउने
हालै दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले निर्वाचनमा चुनाव चिह्न पाउने/नपाउने विषय अन्योलमा छ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त गरेका ६ वटा राजनीतिक दलले मात्र आफ्नो दलको निर्वाचन चिह्न प्रयोग गर्न पाउने व्यवस्था अनुसार नागरिक उन्मुक्ति पार्टीलगायत साना दलहरूले निर्वाचनमा भाग लिन नपाउने देखिन्छ ।
राष्ट्रिय दलको मान्यता प्राप्त गरेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले मात्र आफ्नो दलको निर्वाचन चिह्न पाउने छन् । त्यसबाहेक प्रतिनिधि सभामा प्रतिनिधित्व गरिरहेका राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित निर्वाचन आयोगमा दर्ता भएका १०० भन्दा बढी दलले आफ्नो दलको चुनाव चिह्न पाउने छैनन् ।
राष्ट्रिय मान्यता प्राप्त गरेका ६ दल बाहेकका दलहरूका उम्मेदवारलाई निर्वाचन आयोगले अन्य स्वतन्त्र उम्मेदवारलाई प्रदान गर्ने निर्वाचन चिह्नको समूहबाट तोकिए बमोजिमको तरिका अनुसार निर्वाचन अधिकृतले प्रदान गर्ने चिह्नबाट नै चुनाव लड्नुपर्ने हुन्छ ।
राष्ट्रिय दलको रूपमा मान्यता पाउन प्रतिनिधि सभामा कम्तिमा प्रत्यक्षमा एउटा सीट जितेको हुनुपर्छ र समानुपातिकतर्फ कूल मतको कम्तिमा ३ प्रतिशत मत पुगेको हुनुपर्छ । यस्तो व्यवस्थाविरुद्ध साना दलहरूले संघर्षका कार्यक्रम समेत घोषणा गरेका छन् ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...