×

NMB BANK
NIC ASIA

चुनावी तालमेलको बहस

कांग्रेसलाई नै तालमेल चाहिएको छ, रूखमा भोट हाल्न हामीलाई पनि अप्ठ्यारो छैन : बेदुराम भुसाल [अन्तर्वार्ता]

फागुन ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा (एकीकृत समाजवादी) को तेस्रो केन्द्रीय कमिटी बैठक फागुन २५ र २६ गते राजधानीमा सम्पन्न भएको छ । बैठकले संसदबाट अनुमोदन भएको एमसीसी, पार्टीको संगठन विस्तार, निर्वाचन तयारी, घोषणापत्र, उम्मेदवार चयन प्रक्रिया आदिका बारेमा विभिन्न निर्णय गरेको छ । एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकको निष्कर्ष, चुनावी तयारी, सत्तारुढ गठबन्धनका दलहरूबीच चुनावी तालमेलको छलफल, पार्टीको आगामी योजना र समसामयिक राजनीतिक विषयमा नेकपा (एकीकृत समाजवादी) पार्टीका महासचिव डा. बेदुराम भुसालसँग लोकान्तरडट्कमका लागि उद्धव थापाले कुराकानी गरेका छन् ।

Muktinath Bank

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटीको तेस्रो बैठक केही दिनअघि सम्पन्न भयो । बैठकको मुख्य निष्कर्ष के रह्यो ?


Advertisment
Nabil box
Kumari

दोस्रो बैठकयता गरेका कामको समीक्षा गर्ने र नयाँ कार्ययोजना बनाउने उद्देश्यले आयोजना गरिएको बैठक थियो ।

Vianet communication
Laxmi Bank

अहिलेको राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थिति र पार्टी पुनर्गठन गरेर आजसम्म आइपुग्दा गरेका कामका बारेमा समीक्षा गरेका छौं ।

आगामी दिनमा कसरी जाने भन्ने कार्ययोजना तय गरेका छौं ।

मुख्य उद्देश्यचाहिँ आगामी कार्ययोजना नै थियो । विगतको समीक्षा र वर्तमानको विश्लेषण गरेर कार्ययोजना तय गर्नुपर्ने भएकाले तदनुरूप नै गरेका छौं ।

बैठकले तय गरेका आगामी कार्ययोजना के–के हुन् ?

पार्टीको संगठन विस्तार अभियानलाई अझै अघि बढाउनुछ । पार्टी पुनर्गठन गरेको साढे ६ महिना भएको छ । यसबीचमा मनाङबाहेक सबै जिल्लामा कमिटी बनेको छ ।

सबैजसो पालिका र वडा तहमा पनि कमिटी बनिसकेका छन् । पार्टीका कमिटीहरू टोल तहमा पुर्‍याउने योजना बनाएका छौं ।

त्यसैगरी, जनसंगठनका कमिटीहरू कम्तिमा पनि पालिकाको वडा तहसम्म पुर्‍याउने योजना बनाएका छौं ।

चुनावी तयारीको सन्दर्भमा घोषणापत्र निर्माण, निर्वाचन निर्देशिका, उम्मेदवारहरूको मापदण्ड बनाउने र उम्मेदवार चयन प्रक्रिया तय गर्न लागेका छौं । त्यसका लागि बैठकमा सुझाव मागेका थियौं । 

जनपरिचालन अभियान सञ्चालन गरौं भनेर सुझाव मागेका छौं । सुझावको आधारमा सचिवालयले निर्णय गर्छ । त्यसबाहेक, प्रचार अभियानलाई थप प्रभावकारी बनाउने विषयमा पनि बैठकमा छलफल र निर्णय भएको छ । 

केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष (माधव नेपाल)ले नेता कार्यकर्तालाई एमसीसीका सम्बन्धमा सोसल मिडियामा लेखिएका स्टाटसहरू मेट्न निर्देशन नै दिनुभयो । सम्मानित नेता (झलनाथ खनाल) अझै पनि एमसीसीको विपक्षमा हुनुहुन्छ । यसैलाई लिएर बन्दै गरेको पार्टीको भविष्यकै बारेमा पनि टिप्पणी हुने गरेको छ । यो विवाद टुंगो लाग्यो कि अझै बाँकी छ ?  

एक शब्दमा भन्ने हो भने टुंगो लाग्यो । बैठकमा प्रस्तुत भएको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । त्यसमा एमसीसी के हो ? किन विवाद भयो ? यसमा हामीले आपत्तिजनक भनेका बुँदाहरू के–के थिए ? त्यसमा गरिएको व्याख्यात्मक घोषणाको अर्थ के हो ? किन व्याख्यात्मक घोषणाको पक्षमा गयौं भन्ने कुरा प्रतिवेदनमा उल्लेख भएको छ ।

पार्टीका ‘सम्मानित नेता’को संयोजकत्वमा बनेको एमसीसी अध्ययन कार्यदलको प्रतिवेदनमा पनि त्यस विषय उल्लेख भएको छ । संसदबाट अनुमोदन भएको व्याख्यात्मक घोषणालाई समेत सन्दर्भ सामग्रीको रूपमा राखेर, यी सबै हेरेर सुझाव दिनुस् भनेर केन्द्रीय सदस्यलाई भनेका थियौं । उहाँहरूले राजनीतिक प्रतिवेदनमा आएको विषय ठीक छ भनेर सर्वसम्मतिले पारित गर्नुभएको छ । 

त्यसो भए अब ‘सम्मानित नेता’ झलनाथ खनाल लगायतका नेताहरूको एमसीसी बारेको असन्तुष्टि बाँकी छैन भन्ने तपाईंहरूको निष्कर्ष हो ?

‘सम्मानित नेता’ स्वयंले पनि बैठकमा बोलेर हाम्रा केही फरक मत छन् । तर, त्यो निर्णय गर्नु अगाडिको फरक मत हो । निर्णय भइसक्यो भनेपछि निर्णयलाई जसरी व्याख्यात्मक घोषणाले भनेको छ त्यसैगरी कार्यान्वयन गराउन लाग्नु नै अहिलेको सन्दर्भमा ठीक हुन्छ भन्नुभएको छ ।

कुनै बेला समीक्षाको आवश्यकता पर्‍यो भने गरौंला तर, अहिले यसलाई विवादको विषय बनाउन हुँदैन र बनाउँदैनौं भन्नुभएको छ । अब पार्टी पंक्ति निर्वाचनको तयारीमा लाग्नुपर्छ भन्ने कुरा उहाँले बैठकमा राख्नुभएको छ । 

राजनीतिक अप्ठ्यारोबाट जोगिनका लागि मात्रै एमसीसी अनुमोदनको पक्षमा पार्टी गएको हो, तर पार्टीमा अहिले पनि एमसीसी देशको हितमा छैन भनेर बुझ्ने ठूलो जनमत छ भन्ने कतिपय नेता कार्यकर्ताको भनाइ सुनिन्छ । देश हितभन्दा बढी पार्टीको हितमा ध्यान दिइएको हो ?

तपाईंले उल्लेख गरेका दुवै पक्ष होइनन् । तेस्रो पक्ष के हो भने हामीले शुरूदेखि नै एमसीसी जस्ताको तस्तै पारित नगर्ने भनेको हो । त्यो भन्दा बढी पार्टीले केही भनेको छैन ।

व्यक्तिगत रूपमा अध्ययन गरेर पार्टीका नेता कार्यकर्ताले विभिन्न कुरा भन्नुभयो होला । त्यो उहाँहरूको व्यक्तिगत कुरा भयो । एमसीसीमा केही न केही परिमार्जन आवश्यक छ भनेर नै पार्टीले जस्ताकोतस्तै पारित हुँदैन भनेर अडान लिएको हो । 

संसदमा पेश गर्ने सन्दर्भमा हामी संसदमा बहस गर्न तयार छौं भनेका थियौं । पार्टी सचिवालयले त्यो निर्णय नै गरेको थियो । संसदमा घनिभूत बहस हुने वातावरण नै बनेन ।

पारित गर्ने बेलामा स्थायी कमिटी नै बसेर ठूलो दायरामा छलफल गरेका थियौं । व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय स्थायी कमिटीको अत्यधिक ठूलो बहुमतले गरेको छ । तर, केही कमरेडको फरक मत थिए ।

यसका कतिपय प्रावधानहरू राष्ट्रहित विपरीत छन् भन्ने बुझेरै जस्ताको तस्तै अनुमोदन हुँदैन भन्ने कुरा गरेका थियौं । तर, सिंगो सम्झौता नै राष्ट्रघाती हो भनेर कहिल्यै भनेनौं । केही प्रावधान राष्ट्रहितविपरीत छन् भनेको बुँदाहरूमा नै व्याख्यात्मक घोषणा गरिएको हो । यसमा सबैभन्दा ठूलो विषय आईपीएसको अंग हो कि होइन भन्ने नै थियो ।

यसलाई सदनबाट पारित गराउनेतिर किन लगियो भन्ने महत्त्वपूर्ण विवाद थियो । पहिलो सम्झौतामा त संसदमा लैजाने विषय थिएन । केपी ओलीको सरकारले सन् २०१९ मा संसदमा लैजाने गरी सम्झौता गरेको थियो । त्यसरी किन लगियो भन्ने हाम्रो प्रश्न थियो । अर्कातर्फ तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अमेरिका भ्रमणबाट फर्किएपछि नेपाल पनि आईपीएसको नयाँ सदस्य बन्यो भन्ने कुरा बाहिर आयो । त्यसले थप विवादित बनाएको थियो । 

सत्तारूढ गठबन्धनको बैठकले अमेरिकाले एमसीसीको व्याख्यात्मक घोषणालाई स्वीकार गर्‍यो भन्ने निष्कर्ष निकालेको कुरा आयो । के आधारमा त्यो निष्कर्ष आएको हो ?

एमसीसी अनुमोदन भइसकेपछि अमेरिकाले विज्ञप्ति निकालेर हामी यो निर्णयलाई आत्मसाथ गर्छाैं भन्यो । एमसीसी कम्प्याक्टको अनुमोदन गर्ने निर्णयलाई आत्मसाथ गर्छौं भन्यो । अनुमोदनलाई मात्रै आत्मसाथ गर्छौं भनेन कि अनुमोदन गर्ने निर्णयलाई आत्मसाथ गर्छौं भन्यो । त्यो निर्णय त हामीले व्याख्यात्मक घोषणासहित गरेका छौं । त्यो निर्णयलाई कूटनीतिक भाषामा अमेरिकाले स्वीकार गरिसक्यो । अब यसमा समस्या रहेन ।

नेपालमा एमसीसी अनुमोदन भएको विषयलाई छिमेकी मुलुक चीनले राम्रो मानेको छैन । एमसीसीकै कारण नेपाल भू–राजनीतिक चपेटामा परेको भन्ने विश्लेषणमा एकीकृत समाजवादीको धारणा के हो ?

गठबन्धन र चुनावको तालमेल केही फरक पनि हुनसक्छ । गठबन्धन सरकारसँग जोडिएको छ । चुनावको तालमेलचाहिँ स्थानीय अन्तरविरोधका कारणले नहुने पनि हुन सक्छ । तर, आमरूपमा गठबन्धन गरेर चुनावमा जान सकियो भने अहिलेको गठबन्धनको भावना अनुरूप हुन्छ भन्ने हो । 

पहिलो कुरा त हाम्रो मुलुकको विषयलाई लिएर दुई राष्ट्रबीच द्वन्द्व हुनु बेठीक हो । अनुमोदनको सन्दर्भमा चीनको टिप्पणी नकरात्मक भने छैन । चीनले ध्यान दिएका छौं मात्रै भनेको छ । हामीले ख्याल गरेका छौं, यसमा समर्थन वा विरोध रहेन भन्ने उनीहरूको कुरा छ ।

अमेरिकाको मन्त्रीले नेपालका नेताहरूसँग फोनमा कुरा गरे भनेर सार्वजनिक भएपछि अमेरिकाले दबाबमूलक कुटनीति गर्‍यो, उपहार पनि शर्तसहित हुन्छ र ? भन्ने ढंगले चीनले चुनौतिपूर्ण शब्द प्रयोग गरेको थियो । तर, अनुमोदनपछिको शब्द प्रयोग त्यस्तो छैन । त्यसकारण, अनुमोदनपछि पहिलाको अवस्था रहेन भन्ने देख्छु । चीनका राज्यमन्त्री नेपाल आउँदै छन् । उनी आएपछि केही कुराकानी होला, त्यसपछि थप स्पष्ट होला । 

एमालेले संसद् चल्न नदिएको भनेर संसद् विघटन र अर्ली इलेक्सन गर्नुपर्नेबारे पार्टी अध्यक्षको धारणा सार्वजनिक भएको थियो । अर्ली इलेक्सनको सम्भावना देख्नुभएको छ ?

संसद् चल्दै नचल्ने अवस्थामा के गर्ने त भन्ने बारेमा उहाँले धारणा राख्नुभएको हो, अरू हिसाबले होइन । स्थानीय चुनावको मिति तोक्नुअगाडि नै गठबन्धनको बैठकमा चुनावलाई कसरी लिएर जाने भन्ने बारेमा छलफल गरेका थियौं । त्यतिबेला नै हामीले तीन तहकै चुनाव एकैपटक गरौं भनेका थियौं । समय र पैसाको हिसाबले चुनाव खर्चिलो भयो भनेर संस्थागत हिसाबले नै एकैपटक चुनाव गरौं भनेका थियौं ।

एउटा चुनावमा निर्वाचन आयोग र सुरक्षा निकायका लागि सरकारी ढुकुटीबाट नै ५०/६० अर्ब रुपैयाँ खर्च हुन्छ । राजनीतिक दल र उम्मेदवारले गर्ने खर्च छुट्टै छँदै छ । तसर्थ, एकैपटक गर्दा खर्च कम हुन्थ्यो कि भन्ने हिसाबले हामीले भनेका थियौं । त्यतिबेला एकैपटक निर्वाचन गर्न सम्भव छैन भन्ने भयो । अहिले अर्ली इलेक्सनको सम्भावना टर्‍यो । स्थानीय तहको चुनाव नै प्राथमिकतामा छ । 

स्थानीय तहको चुनाव पहिला भएर संघीय संसद्को चुनाव हुँदा अघिल्लो निर्वाचनको परिणामले पछिल्लो निर्वाचनलाई प्रभावित गर्छ भन्ने डरका कारण एकीकृत समाजवादी र माओवादी केन्द्र सबै चुनाव एकैपटक गराउन चाहन्छ भन्ने टिप्पणी पनि हुने गरेको नि ?

यो चाहिँ नबुझेर गरिने टिप्पणी हो भन्ने लाग्छ । किनभने, स्थानीय तहको निर्वाचन अहिले हुँदैछ । संघीय संसद्को चुनाव हुँदा अर्को वर्षको फागुन लाग्छ । किनभने, संसद्को कार्यकाल शुरू भएपछिको गणना गर्ने हो भने फागुन २१ गते सांसदको शपथ भएको थियो । शपथग्रहण गरेको मितिबाट कार्यकाल गणना हुन्छ ।

पूर्णकार्यकाल भनेपछि फागुन २१ पछि चुनावमा जानुपर्छ । त्यो भनेको अझै एक वर्ष समय बाँकी छ । त्यसबेलासम्म त अहिलेको चुनावमा भएका विवाद, मतभेद समाधान भइसक्छ नि ।

त्यसो भए, संघीय संसद्को चुनाव आगामी मंसिरमा होइन फागुनमा मात्रै गर्ने सत्तारूढ गठबन्धनको तयारी हो ?

मैले कानूनी र प्राविधिक सन्दर्भ उल्लेख गरेको हुँ । पूर्ण कार्यकाल भनिएको छ, त्यो भनेको मंसिर हो कि फागुन हो भन्ने टुंगिएकै छैन । चुनाव भएको मंसिरमा हो, शपथ भएको चाहिँ फागुनमा हो ।

निर्वाचनपछिको पहिलो बैठक फागुनमा बसेको हो । त्यसो हुँदा फागुनबाट कार्यकाल गणना हुन्छ भन्ने मेरो व्यक्तिगत बुझाइ हो । मंसिरमै चुनाव गर्ने हो भने पनि त पर्याप्त समय हुन्छ । स्थानीय तहको चुनावको बेलाका मनमुटावहरू त्यसबेलासम्म मेटिइसक्छन् ।

स्थानीय तह निर्वाचन आउन अब ठ्याक्कै दुई महिना बाँकी छ । तपाईंहरू सत्तारूढ गठबन्धनबीच नै तालमेल गरेर चुनावमा जानुपर्छ भनिरहनुभएको छ । तर, कांग्रेसमा यसबारेमा एकमत छैन । कांग्रेस उपसभापतिले त तपाईंहरूलाई हात्तीको कानमा झुण्डिएको चमेरोको विम्ब दिनुभएको छ । यति चर्को टिप्पणी हुँदा पनि गठबन्धनबीच चुनावी तालमेल हुनुपर्छ भन्ने रटान किन ? 

व्यक्तिगतरूपमा कसले के टिप्पणी गर्छ, त्यो मुख्य विषय होइन् । त्यो व्यक्तिकै छुद्रता हो भन्ने लाग्छ । गठबन्धन हामीलाई मात्रै आवश्यक परेको होइन, अरूलाई पनि आवश्यक छ ।

कांग्रेसले पनि एक्लै चुनाव जित्छु भन्ने आँट गरेको छ र ? त्यो आँट गरेको छ भन्ने मलाई लाग्दैन । सबैभन्दा ठूलो पार्टी भनेर दाबी गर्ने एमालेले पनि लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेल गर्ने कुरा गरेको छ । गठबन्धन कसैले चाहने, कसैले नचाहने भन्ने हो जस्तो मलाइ लाग्दैन ।

हामीले गठबन्धन कायम राख्नुपर्छ भनेको कारण के हो भने जुन उद्देश्यका लागि गठबन्धन बनायौं, त्यो उद्देश्य अनुरूप काम गर्न बाँकी नै छ । त्यसको सान्दर्भिकता सकिएको छैन ।

गठबन्धन र चुनावको तालमेल केही फरक पनि हुनसक्छ । गठबन्धन सरकारसँग जोडिएको छ । चुनावको तालमेलचाहिँ स्थानीय अन्तरविरोधका कारणले नहुने पनि हुन सक्छ । तर, आमरूपमा गठबन्धन गरेर चुनावमा जान सकियो भने अहिलेको गठबन्धनको भावना अनुरूप हुन्छ भन्ने हो । 

अर्कोचाहिँ, एमालेले अलि धेरै फुर्ती लगायो, गठबन्धन गरेर चुनावमा जान पाए एमालेलाई तह लगाइदिन सकिन्छ भन्ने पनि होला, हैन ? 

प्रतिस्पर्धी शक्तिहरूले त एकले अर्कालाई हराउने कोशिश गरिहाल्छन् नि, यो स्वाभाविक कुरा हो । यसमा अन्यथा सोच्नै परेन ।

गठबन्धनमा रहेका सबै दल तालमेल गरेर चुनावमा जाने र गठबन्धनमा रहेकामध्ये कांग्रेसबाहेकको तालमेल हुने विकल्पमध्ये कुन विकल्पको सम्भावना बढी देख्नुभएको छ ? 

अहिले त पाँच दलकै बीचमा चुनावी गठबन्धनको सम्भावना बढी देख्छु । भोलि परिस्थिति बिग्रिएर गयो भने भन्न सकिँदैन । एमसीसीको अनुमोदनपछि राष्ट्रिय जनमोर्चाले गठबन्धनबाट बाहिरिएको भनेको छ, तर चुनावमा सँगै जान सकिन्छ भनेको छ  । आजको दिनसम्म सरकारमा रहेको पाँच दलीय गठबन्धन नै चुनावमा सँगै जान्छ भन्ने मलाई लाग्छ । केही गरी त्यसो भएन भने त्यही बेला विश्लेषण गर्ने र भन्ने हो ।

हामीले चुनावी गठबन्धन भनिरहेका छौं । माओवादी केन्द्रले पनि त्यही भनेको छ । प्रधानमन्त्रीले अस्ति मात्रै चुनावी गठबन्धन हुनुपर्ने बारेमा स्पष्ट रूपमा बोल्नुभएको छ, भनेपछि त वातावरण त्यही देखिन्छ ।

एकीकृत समाजवादीले आगामी स्थानीय तहको चुनावमा एमालेसँग चुनावी तालमेल गर्ने सम्भावनाचाहिँ देख्नुहुन्छ कि देख्नुहुन्न ? 

राजनीतिमा असम्भव भन्ने कुरा केही पनि हुन्न । मानौं, अरू गठबन्धन भएन भने स्थानीय तहमा स्थान विशेषमा तालमेल हुन पनि सक्छ । तर, आमरूपमा केन्द्रीय तहबाट चाहिँ चुनावी तालमेलको सम्भावना म देख्दिनँ । स्थानीय तहमा स्थान विशेषमा अर्को गठबन्धन भएन भने एमालेसँगको तालमेल असम्भवचाहिँ भन्न सकिँदैन ।

स्थानीय तहको चुनावमा तपाईंहरूको प्रतिस्पर्धी एमाले हो कि अरू पार्टी ?

त्यो त स्थान विशेषमा भर पर्छ । देशभरको समग्र अवस्था हेर्ने हो भने पनि अहिले एमाले कांग्रेसभन्दा बलियो पार्टी हो भन्ने लाग्दैन ।

गएको चुनावमा एमाले र माओवादी केन्द्र मिलेर चुनाव लडेको बेलामा पनि समानुपातिक मत हेर्ने हो भने कांग्रेसको भन्दा एमालेको ७५/७६ हजार भोट मात्रै त बढी हो नि ! समानुपातिकमा एउटा सीट त बढी पाएको हो नि ! अहिले त एमाले विभाजित छ । त्यसले कति क्षति पुर्‍यायो भन्ने आ–आफ्नो दावी छ । तर, त्यो शक्ति त विभाजित छ ।

नेताहरूको व्यक्तिगत इगो र टकरावकै कारण नेकपा फुटेर तीन टुक्रा भयो । नेताहरूको अहंकै कारण कम्युनिस्ट शक्ति कमजोर भयो भन्ने आत्मबोधचाहिँ हुने गरेको छ कि छैन ? 

प्रमुख कुरा चाहिँ कुन विचार बोकेर जाने भन्ने हो । संविधानले निर्दिष्ट गरेको दिशामा मुलुकलाई अगाडि बढाउनका लागि पार्टी एकता भएको थियो । तर त्यस किसिमको योगदान पुगेन ।

त्यतिबेलाको एमाले र माओवादीको बीचमा मोर्चाबन्दी गरेर संविधानले भनेको समाजवादको दिशामा मुलुकलाई अघि बढाउन मत मागेको होइन ? त्यो त भएन नि ! जे कुरा भनिएको हो त्यो नगरेपछि हामी हार्छौं कि जित्छौं भन्ने ठूलो कुरा होइन । स–साना समूहलाई त हामीले नै ठूलो बनाएको हो । एमाले भन्ने पार्टी स–साना समूहसँग एकता गरेरै बनाएको हो नि त । त्यो पार्टी खराब दिशामा गयो भनेपछि फेरि पुनर्गठनको आवश्यकता पर्‍यो ।

भविष्यमा फेरि पनि एमाले, माओवादी र एकीकृत समाजवादी मिलेर एउटै पार्टी बन्ने हो, अहिले नेताहरूको व्यक्तिगत टकरावका कारण फरक पार्टी भएको मात्रै हो भनिन्छ । माओवादी केन्द्र र एकीकृत समाजवादीबीच खासै मतभिन्नता छैन त्यसकारण चाँडै एउटै पार्टी बन्छ भन्ने विश्लेषण पनि छ । यो दुई पार्टीको एकीकरण चुनावअघि कि चुनावपछि ? 

चुनावअघि त एकीकरण हुँदैन । सबैलाई स्पष्ट हुन अनुरोध गर्छु अहिले तत्कालै एकीकृत समाजवादी र माओवादी केन्द्रको बीचमा पार्टी एकता हुँदैन । हाम्रो बीचको सहकार्य जारी रहन्छ । कार्यगत एकता छ,  जारी रहन्छ । हामीले विगतको एकताबाट हतारमा एकता गरेर फेरि विभाजनमा जाने गल्ति गर्नु हुँदैन भन्ने शिक्षा प्राप्त गरेका छौं ।

सबैलाई स्पष्ट हुन अनुरोध गर्छु अहिले तत्कालै एकीकृत समाजवादी र माओवादी केन्द्रको बीचमा पार्टी एकता हुँदैन । हाम्रो बीचको सहकार्य जारी रहन्छ । कार्यगत एकता छ,  जारी रहन्छ । हामीले विगतको एकताबाट हतारमा एकता गरेर फेरि विभाजनमा जाने गल्ति गर्नु हुँदैन भन्ने शिक्षा प्राप्त गरेका छौं ।

धेरै कुरामा अहिले पनि भिन्नता छ । दुई पार्टीको बीचमा विचारमा आमरूपमा एकरूपता छ । जस्तो, समाजवादको कार्यदिशा बोकेर जाने भन्नेमा हामी एक ठाउँमा छौं । विगतको घटनाको विश्लेषण गर्ने कुरामा, संगठनात्मक संरचना, संगठन सञ्चालन गर्ने विधि, पद्धति, कार्यशैलीका बारेमा एकरूपता भइसकेको छैन ।

तसर्थ, अहिले तत्कालै पार्टी एकता गर्ने परिस्थितिमा छैनौं । दीर्घकालसम्म सहकार्य गरेर हाम्रो बीचमा रहेका मतभिन्नताहरू मेटिएपछि पार्टी एकता हुनसक्छ । 

त्यसो भए, माओवादी केन्द्रलाई माझेर आफूअनुकूल बनाउन कति समय लाग्ला ?

माओवादीमात्रै किन, हामी पनि माझिनुपर्ने होला । तर, माझिन कति समय लाग्ला भन्ने अहिले भन्न सकिने विषय होइन । 

चुनावी तालमेल हुँदा तपाईंहरूले कांग्रेसको चुनाव चिह्न रूखमा पनि भोट माग्नुपर्छ । जिन्दगीभर सूर्यका लागि भोट माग्नुभयो, अब रूखको पक्षमा भोट माग्नुपर्ने अवस्था आउँदा कत्तिको सहज होला ?

किन अप्ठ्यारो मान्नुपर्‍यो र ? रूखलाई भोट त राष्ट्रिय सभामा हालिसक्यौं । हँसिया हथौडालाई अघिल्लै चुनावमा भोट हालेको हो । भोट नै हालिसक्यौं भने भोट माग्न के अप्ठ्यारो भयो र ? गठबन्धन भएपछि भोट माग्न सकिहालिन्छ नि । 

पार्टीकातर्फबाट सरकारमा गएका मन्त्रीहरूको कामको मूल्यांकन कस्तो छ ?

ठीकै छ । जे भएको छ, एकदमै राम्रो भएको छ भन्ने पनि छैन । साह्रै हुँदै भएन, बर्बादै गर्नुभयो भन्ने पनि छैन । कतिपयले राम्रो काम गर्नुभएको छ । कतिपयका कमी कमजोरी पनि भएका छन्, सुधार गर्नुपर्छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमाथिको सार्वजनिक टिप्पणीहरूमा तपाईंहरूको ध्यान गएको छैन ? 

उहाँले गरेका काम अलि बढी प्रचारमा पनि आएका छन् । शब्द प्रयोग लगायतका केही विषय टिप्पणी योग्य विषय पनि बने । हामीले पनि टिप्पणी गरेका छौं । तपाईं मन्त्री हो, त्यही हिसाबले बोल्ने तथा चल्ने गर्नुपर्छ भनेका छौं । यस्ता कमजोरीलाई नदोहोर्‍याउनुस् भनिसकेका छौं र उहाँले महशुस पनि गर्नुभएको छ । 

आर्थिक विषयसँग जोडेर पनि उहाँको बारेमा टिप्पणी हुने गरेको छ । त्यसको जानकारी तपाईंहरूलाई आएको छ कि छैन ?

ठोस रूपमा आएको छैन । पहिले पार्टीमा आउनुपर्‍यो । कमीकमजोरी कहीँ भएको छ वा अनियमितता भएको छ भने ठोसरूपमा आएपछि मात्रै भन्न सकिने कुरा भयो । बाहिर बजारमा आएको हल्लाको विषयमा त के हो, यस्तो हल्ला आइरहेको छ भन्नेसम्मको कुरा मात्रै हुनसक्ने भयो ।

पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर दोस्रो लटलाई पठाउने चर्चा पनि भएको थियो, मन्त्रीहरू फेरिने सम्भावना हो ?

मन्त्री भनेको कुनै पनि बेला हट्न सक्ने र कुनै पनि बेला बन्न सक्ने पद हो । मन्त्रीको कुनै कार्यकाल हुँदैन । कार्यकाल सांसदको चाहिँ हुन्छ । मन्त्री पार्टीले चाहेका बेलासम्म बस्छन्, पार्टीले चाहेन भने हट्छन् । अहिले तत्कालै फिर्ता बोलाउने ढंगले कुनै कुरा भएको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x