×

NMB BANK
NIC ASIA

उत्कृष्ट गाउँपालिका कैलारीको चुनावमा प्रतिष्ठाको लडाइ, पुरानै प्रतिस्पर्धी आक्रामक

बैशाख २६, २०७९

NTC
Premier Steels

कैलालीको कैलारी गाउँपालिकामा आसन्न निर्वाचनको सरगर्मी निकै चढेको छ ।

Muktinath Bank

उम्मेदवारहरू आफ्नै प्रचार शैलीका साथ मतदाता रिझाउन व्यस्त छन् । बिहान चियाको चुस्कीसँगै शुरू हुने विभिन्न उम्मेदवारको घरदैलो अभियान अबेर रातिसम्म चल्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारको प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार पारेको कार्यसम्पादन मूल्यांकन प्रतिवेदनअनुसार कैलारी गाउँपालिका ७६.४९ अंक प्राप्त गरी मुलुककै उत्कृष्ट पाँचौं पालिकामध्ये परेको छ । जसको नेतृत्वका लागि उम्मेदवारबीच प्रतिष्ठाको लडाइ देखिएको छ । 


Advertisment
Nabil box
Kumari

२०७४ सालको निर्वाचनताका प्रतिपस्पर्धा गरेका प्रतिस्प्रर्धी नै मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार लाजुराम चौधरी ६ हजार २०४ मत ल्याई विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजसमझ चौधरी ५ हजार ८८७ मतमा सीमित हुन पुगे । तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उम्मेदवार होमबहादुर गुरुङले २ हजार ७८३ मत प्राप्त गरेका थिए । 

Vianet communication

तत्कालीन मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका उम्मेदवार कलेसुराम चौधरी २ हजार ४२३ मत, तत्कालीन नयाँ शक्ति पार्टीका गंगा चौधरीले २ हजार ७० मत र नेकपा एमालेका रामप्रसाद चौधरीले १ हजार ६२२ मत प्राप्त गरेका थिए ।

२०७९ वैशाख ३० गते हुने निर्वाचनमा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । अघिल्लो निर्वाचनका अधिकांश प्रतिस्पर्धीहरू हाल दोहोरिएका छन् । 

निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहेका लाजुराम चौधरी तथा उनको पार्टी नेकपा माओवादी केन्द्र कुनै पनि हालतमा आफ्नो विरासत जोगाउने कसरतमा छ । पुनः उम्मेदवारी दिएका नेपाली कांगेसका उम्मेदवार राजसमझ चौधरी जसरी पनि जित्नुपर्ने भन्दै लागि परेका छन् ।

माओवादी र कांग्रेस एकअर्काविरुद्ध आक्रमक ढंगले चुनावी प्रचारमा छन् । सत्तारुढ गठबन्धनभित्रका दलमध्ये माओवादीले प्रमुख र कांग्रेसले उपप्रमुख पाउने सहमति भएको थियो तर कांग्रेसले सहमति नमानेपछि माओवादी केन्द्रले धोकाका रूपमा लिएको छ ।

गाउँपालिकास्थित विपतपुर मुक्तकमैया शिविरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश सांसद वीरमान चौधरीले कांग्रेसले बागी उम्मेदवारी दिन लगाएर कैलारीमा घात गरेको बताए । यद्यपि आफूहरूको जीत सुनिश्चित हुने धेरै आधार रहेको उनले बताए ।

नेपाली कांग्रेसका उम्मेदवार राजसमझ चौधरीले स्थानीय माओवादी केन्द्र र कांग्रेसबीचको सहमति अनुसार आफूहरू मित्रवत प्रतिस्पर्धामा गएको स्पष्ट पारे । अघिल्लो निर्वाचनमा आफूले हार व्यहोरेको बताउँदै उनले हारलाई उल्ट्याएरै छाड्ने बताएका छन् । यहाँको विकास र समृद्धिका लागि विभिन्न एजेण्डासहित चुनावमा होमिएको उनले बताए ।

टोलटोलमा बंगुर पार्टी दिन थालियो : गुरुङ

अघिल्लो निर्वाचनमा तेस्रो स्थानमा रहेका राप्रपा उम्मेदवार गुरुङले पनि अध्यक्ष पदमा उम्मेदवारी दिई मैदानमा होमिएका छन् । गाउँपालिकामा त्रिकोणात्मक प्रतिस्पर्धा रहेको बताउँदै उनले अरु दलमाथि निषेधको रणनीति अपनाएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘वडा नम्बर १ र ३ का मेरा कार्यकर्तालाई नियन्त्रणमा लिने, राति–राति बंगुर, खसी काटेर भोज दिने काम कांग्रेसले गरिरहेको छ । निकै भड्किलो चुनावी प्रचारशैली कांग्रेसको छ । माओवादीको पनि धम्कीपूर्ण प्रचारशैली छ ।’

गुरुङले आफ्नो प्रतिष्ठाको लडाइभन्दा जनताको आवश्यकताको आधारमा आफ्नो उम्मेदवारी रहेको दाबी गरे ।

माओवादी केन्द्रका उम्मेदवार समेत रहेका निवर्तमान गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले गाउँपालिकालाई मुलुककै नमूना गाउँपालिका बनाउन आफूहरू सफल भएको बताउँदै ग्रीन र स्मार्ट गाउँपालिका बनाउने अवधारणाका साथ विभिन्न अग्रगामी विकासका एजेण्डाका साथ पार्टीले पुनः आफूलाई दोहोर्‍याएको बताए ।

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले अध्यक्ष, उपाध्यक्षसहित ५ वडामा जितेको थियो । ९ वडा रहेको गाउँपालिकाको २ वडा कांग्रेस, १ वटा वडामा तत्कालीन मधेशी जनाधिकार फोरम लोकतान्त्रिक र १ वडामा स्वतन्त्र उम्मेदवारले जितेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x