×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

म भुइँमान्छे हुँ, विराटनगरवासीले यसपालि मलाई रोज्छन्– सागर थापा [अन्तर्वार्ता]

बैशाख २६, २०७९

NTC
Premier Steels

प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरमा नेकपा एमालेबाट सागर थापा मेयर पदका उम्मेदवार छन् ।

Muktinath Bank

कांग्रेसको परम्परागत गढ विराटनगरमा मेयर बन्छु भनेर प्रतिस्पर्धामा उत्रिएका थापा आफूलाई भुइँमान्छेका रूपमा चित्रित गर्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नो यही भुइँमान्छे छविका कारण जनताले जिताउने उनको विश्वास छ । एमाले उम्मेदवार थापासँग लोकान्तर लागि विन्देश दहालउद्धव थापाले अन्तर्वार्ता गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :


Advertisment
Nabil box
Kumari

चुनावी प्रचारप्रसारमा हुनुहुन्छ । कत्तिको थकाइ छ ?

Vianet communication

थकाइ छैन, उत्साह छ । अहिले नै थाकियो भने विराटनगर कसरी बन्छ ? 

विराटनगरका मतदाताले तपाईंलाई मेयर किन बनाउने ?

विराटनगरलाई सबभन्दा बढी बुझ्ने मान्छे म हो । म एउटा भुइँमान्छे हो र भुइँमान्छेले भुइँको समस्या सबैभन्दा बढी बुझ्छ । हाम्रो पार्टीले जनतासँग एमाले भन्ने अभियान चलायो । त्यो अभियान चलाउँदा हामीले जनताका समस्याहरू बुझ्न पायौं । जनप्रतिनिधिले गरेको कामको समीक्षा हामीले घरदैलोका क्रममा गर्‍यौं । हामीले उनीहरूको अधुरो संकल्प संकलन गर्‍यौं । अनि त्यही अधुरो रहेका कामहरू समेटेर हामीले घोषणापत्र जारी गर्‍यौं । जनताका समस्यालाई नै हामीले घोषणापत्रमा समावेश गरेका हौं । 

त्यसैले आजका मितिमा जनताका समस्या बुझेको मान्छे र सहज पहुँच भएको मान्छे सागर थापा नै हो । म हिजो यहाँ सत्तामा नहुँदा पनि बोलेको कुरा पूरा गर्ने भनी यहाँका मानिसले बुझेका छन् । विराटनगरको माटोले खोजेको मान्छे मै हुँ । मलाई भुइँमान्छे भनेर स्थानीयहरूले टाइटल दिनुभएको छ । भुइँका समस्या सर्लक्क टिपेर समाधान गर्न सक्ने मान्छे भनेर मलाई जनताले नै यो टाइटल दिनुभएको हो । 

तपाईंलाई जनताले गरेको यो विश्वास मतपत्रमा देखिनुपर्‍यो । त्यस्तो देखिने वातावरण कत्तिको बनेको छ ?

बनिसकेको छ । समस्यै छैन । आजको दिनमा तपाईंले सर्भे गर्नुभयो भने भारी मतका साथ चुनाव जित्दैछु म । दलीय गठबन्धन एकातिर छ, जनताको गठबन्धन मसँग छ । 

प्रतिस्पर्धीभन्दा कति प्रतिशत मतले तपाईं अघि हुनुहुन्छ ?

आजको दिनमा म ६० प्रतिशतले अगाडि छु । गठबन्धनभन्दा म निकै अगाडि छु । 

प्रतिस्पर्धामा गठबन्धन छ । तैपनि तपाईं उनीहरूभन्दा अगाडि छु भनिरहनुभएको छ । 

जीत त सुनिश्चित छ । मेरो पक्षमा शतप्रतिशत माहोल छ । अनि मतको कुरा गर्नुहुन्छ भने म ६० प्रतिशत अगाडि छु । झरेका मतको सदर बदर गरेर आजको मितिमा म ६० प्रतिशत अगाडि छु । मसिनो ढंगले जनताको समस्या बुझेको छु । त्यस समस्यालाई कसरी अवतरण गर्ने हो, त्यो बुझेको छु । गठबन्धनको उम्मेदवार एउटा भए पनि वास्तवमा गठबन्धनको उम्मेदवार सागर थापा हो भन्ने कुरा बजारमा चर्चाको विषय बनेको छ । 

गठबन्धनका दलबाट बागी उम्मेदवार उठेका छन् । यसको अर्थ हुन्छ, जनताले मतदाताले यो गठबन्धन रुचाएका छैनन् । केन्द्रमा रहेको गठबन्धनले विकास रोकेको छ । यहाँ पनि गठबन्धनले विकास रोक्छ भन्ने कुरा यहाँका जनतालाई थाहा छ । गठबन्धनका विरुद्ध उनीहरूकै साथीभाइहरू सडकमा निस्किसके । त्यसैले मलाई विश्वास छ, जनता मेरो पक्षमा हुनुहुन्छ । 

विराटनगर औद्योगिक क्षेत्र हो । यहाँ अलि सम्पन्न मानिसहरूको बसोबास छ । तपाईं यहाँ भुइँमान्छे हुँ भन्दै आउनुभएको छ । तपाईंको एजेन्डा बिक्छ त ?

बिकिसक्यो । यो विराटनगर सम्पन्न व्यक्तिहरूको माझमा रहेका विपन्नहरूको शहर हो । यहाँ २० हजार भूमिहीन सुुकम्बासीहरू केसलियाको किनारमा, नहरको डिलमा छन् । हामी उनीहरूलाई डिलमा हैन, आफ्नो दिलमा राख्न चाहन्छौं । ती सुकुम्बासीहरूलाई पाँच वर्षभित्र मैले घर बनाएर दिन सकिनँ भने म आफ्नो घर बनाउदिनँ भनेको छु । अहिले पनि म घरबारविहीन छु । म आफैं डेरामा बस्दैछु । त्यसैले मैले वास्तविक सुकुम्बासीलाई घर बनाएर नबसाउन्जेल आफ्नो घर पनि नबनाउने संकल्प गरेको छु । 

कसैसँग दानदातव्य मागेर मैले सुकुम्बासीलाई घर बनाउने हैन । योजना बनाएर जाने हो । त्यो घर बनाउने कुरामा म ढुक्क छु । त्यसैले महानगरको यो निर्वाचनमा हामी अग्रगतिमा छौं । 

यो निर्वाचनमा तपाईं विजेता भएपछि महानगरमा देखिनेगरी पाँचवटा प्रमुख कामहरू के के गर्नुहुन्छ ?

पहिलो, यस अस्थायी राजधानीलाई स्थायी बनाउनका लागि चाहिने सामग्री के–के हुन् त्यो हामी उपलब्ध गराउँछौं । दोस्रो, पाँच वर्षभित्र सुकुम्वासीमुक्त शहरका रूपमा हामी विकसित गर्छौं । तेस्रो, विराटनगरलाई स्पोर्ट्स हब बनाउछौं । वडा नं १९ मा रहेको क्रिकेट मैदानलाई पूर्णता दिँदै अन्तर्राष्ट्रिय खेलहरू खेलाउने वातावरण सिर्जना गर्छौं । स्पोर्ट्स एकेडमी बनाएर हामी नयाँ खेलाडी उत्पादनमा लाग्छौं । चौथो, नगरलाई स्वास्थ्य हब बनाउनेछौं । विपन्नहरूलाई स्वास्थ्यमा पहुँच नभएकाले अनिवार्य स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने र विपन्नहरूलाई निःशुल्क बीमा गरिदिने काम गर्छौं । पाँचौं, शिक्षामा सर्वसाधारणको पहुँच छैन । गरीब दुःखी पढ्ने सरकारी स्कूलले क्वालिटी शिक्षा दिन सकिरहेको छैन । निजी स्कूलहरूले सरकारी स्कूलसँग प्रतिस्पर्धा गर्नुपर्ने गरी सरकारी स्कूलको गुणस्तर हामी सुधार्छौं । 

त्यस्तै विराट राजाको नाममा विराटनगरको नाम रहन गएको हो । ती राजाको दरबार निर्माण गरेर हामी त्यसलाई धार्मिक स्थलको रूपमा विकसित गराउन चाहन्छौं । विराटधाम बनाउछौं । 

तपाईं भुइँमान्छे । तपाईंका प्रतिस्पर्धी यहाँका जमिन्दार हुनुहुँदो रहेछ । अनि चुनावमा पैसाको कुरा पनि आउँछ । कसरी प्रतिस्पर्धा गर्नुहुन्छ ?

आज यस देशका सम्पूर्ण महानगरपालिकामा मेयर लड्नेमध्ये सबभन्दा विपन्न मै हुँ । तर सबभन्दा सम्पन्न पनि म नै हुँ किनकि जनताको सुखदुःखसँग जोडिएको मान्छे हुँ । मसँग करोडौंको धन नहोला तर मसँग करोडौं मनहरू छन् । ती मनहरूले गरेको विश्वासलाई मैले बोेकेको छु । मैले उनीहरूलाई विश्वासघात गर्ने छैन । जनसम्पर्कको हिसाबमा म सबभन्दा धनी उम्मेदवार हुँ । मेरो एक पैसा पनि खर्च भएको छैन । म भुइँमान्छे भएकाले साथीहरूले सहयोग गरेर गाडी चढाउनुभएको छ । त्यसबाटै म घरदैलो गर्छु । चुनावमा पैसा व्यापक परिचालन भइरहेको छ तर मैले आजसम्म एक रुपैयाँ पनि खर्च गरेको छैन । 

प्रचारप्रसार खर्च कसले गरिदियो त ?

सम्बन्धित वार्डका साथीहरूले खर्च गरिरहनुभएको छ । १९ वटा वार्ड छन् । महानगरको मेयर उपमेयर त त्यही १९ वटा वार्डको जगमा टेकेर लड्नुपर्नेछ । चुनावमा पैसा पनि चाहिन्छ होला । तर मलाई पैसा दिन आउनेलाई पनि मलाई नभई पार्टीलाई पैसा दिनुस् भनें । मलाई सुझाव मात्र दिनुस् भनें । त्यस सुझावले विराटनगर बनाउने काममा सहयोग पुगोस् भनें । विराटनगरले देशलाई सातवटा प्रधानमन्त्री दिए पनि यहाँ किन विकास भएन ? विकासको अपनत्व भुइँमान्छेले पनि पाउनुपर्छ भन्छु म । विराटनगरमा धनी गरीब सबैखाले मान्छेले मानेको नेता म हुँ । सबै पार्टीका मान्छेले अनि स्वतन्त्रले समेत मलाई मात्र स्वीकार्छन् । म त सबैको कमन क्यान्डिडेट हुँ ।    

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x