×

NMB BANK
NIC ASIA

चुनावी संवाद

अधुरा काम पूरा गर्न मैदानमा आएँ, फराकिलो मतान्तरले जित्दैछु : चिरिबाबु महर्जन [अन्तर्वार्ता]

बैशाख २७, २०७९

NTC
Premier Steels

देशको राजधानी शहर रहेको काठमाडौं उपत्यका भित्रको दोस्रो ठूलो महानगर ललितपुरको मेयरका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन चुनावी प्रतिस्पर्धामा छन् । २०७४ सालको प्रतिस्पर्धात्मक निर्वाचनमा एमाले उम्मेदवारलाई ३२३ मतान्तरले पराजित गरेका महर्जन पुरानै प्रतिस्पर्धीसँग चुनावमा भिडेका छन् ।

Muktinath Bank

केन्द्रीयस्तरबाटै गठबन्धन भएको ललितपुरमा यसपटक पनि फराकिलो मतान्तरले आफू दोहोरिने दाबी उनले गरे । दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका मेयरका प्रत्यासी महर्जनसँग लोकान्तरका लागि सुशील पन्तले कुराकानी गरेका थिए । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ललितपुर महानगरको मेयरका लागि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । चुनाव प्रचारप्रसार अन्तिम चरणमा पुग्दै गर्दा मतदाताबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?


Advertisment
Nabil box
Kumari

– एकदमै राम्रो छ । अहिलेको अवस्था हेर्दा बाकसमा भोट खस्न मात्रै बाँकी छ । मैले जितिसकेको छु । निर्वाचनको अन्तिम परिणाम घोषणा हुन मात्रै बाँकी छ । हुन त राजनीतिमा रात रहे अग्राख पलाउँछ भनिन्छ । राजनीतिमा ‘एभ्रीथिक्स इज पोसिबल’ भनिन्छ । त्यो कुरालाई मध्यजनर राखेर बढी उत्तेजित भएका छैनौं । 

Vianet communication

२९ वटै वडामा घरदैलो कार्यक्रम आज सिध्यायौं । चक्रपथभन्दा बाहिरका वडाहरू जो उपमहानगरपालिका हुँदा महानगरपालिका बनाउन मर्ज गरिएका थिए, त्यसमा मैले राम्रो आश गरेको थिइनँ । चक्रपथभित्र चाहिँ फेमस भइसकेको थिएँ तर अहिले चाहिँ चक्रपथ बाहिरका वडामा पनि खसेको मतमध्ये ६० प्रतिशत मेरो पक्षमा आउँछ भनिरहेका छन् । 

ती ठाउँमा हामीले गरेको कामले पनि त्यो आधार बनेको छ । चक्रपथभित्र मैले लिड गर्छु नै, चक्रपथ बाहिरका वडामा पनि पहिलेजस्तो कमजोर छैन ।

तपाईंले १ कार्यकाल पूरा गर्नुभयो । मतदाताले दोहोर्‍याएर तपाईंलाई नै मत दिनुपर्ने आधार के हो ?

– एक त मेरो अनुभव । ५ वर्ष काम गर्दैगर्दा कुनै पनि मतदाताले, सञ्चारकर्मीले र अरु कसैले पनि ‘चिरिबाबु इज अ ब्याड ब्वाइ’ भनेर आरोप लगाउन सकेनन् । म पारदर्शितामा विश्वास गर्ने मान्छे । ५ वर्षको दौरानमा देखिने गरी धेरै काम गरेका छौं ।

हामीले सानो ठूलो गरेर ७ हजार ५०० परियोजना सम्पन्न गरेका रहेछौं । हामी पहिले जाँदा प्रोजेक्ट बैंक खाली थियो । अहिले प्रशस्त प्रोजेक्ट छन् । अहिले कुनै दुईतिहाइ, कुनै आधा, कुनै एकचौथाइ काम सकिएका प्रोजेक्ट छन् । नगरवासीहरू पनि मसँग असन्तुष्ट छैनन्, सबै खुशी छन् ।

कतिपय मतदाता असन्तुष्ट भए पनि मसँग भन्न नआएका हुन सक्छन् । अहिलेको समयमा सोसल मिडियाबाट पनि आफ्नो कुरा भन्न सकिन्छ । कम्प्लेन नआएको होइन, त्यो निश्चित वर्गको मात्रै छ ।

५ वर्षको दौरान हामीले जनमुखी काम गर्‍यौं । कोभिड १९ को बेलामा ७५३ स्थानीय तहमध्ये ‘वीआर द वेस्ट पर्फर्मर’ । यो कुरा विश्व स्वास्थ्य संगठनलाई पनि राम्रो जानकारी रहेछ । डब्ल्यूएचओको महानिर्देशक नेपाल आएका बेला मसँग करीब २ घण्टा समय बिताउनुभयो । उहाँलाई सबै कुरा थाहा रहेछ । हाम्रो तारिफ गर्नुभयो ।

तपाईंको प्रतिस्पर्धी एमालेको उम्मेदवार अघिल्लो चुनावमा झिनो मतान्तरले पराजित हुनुभएको थियो । उहाँले यसपटक चिरिबाबुलाई सजिलै जित्नसक्छु भन्नुभएको छ नि ?

– उम्मेदवारले त जित्छु भन्नैपर्छ नि ! होइन र ? मेरा साथीहरूले पनि यसपटक चिरिबाबुले हरिकृष्ण ब्यञ्जनकारलाई १०–१५ हजार भोटले हराउँछ भनिरहेका छन् । यसको पछाडि कुनै पुष्टि त छैन तर अघिल्लो पटक ३२६ मतले जितेको हो । अहिले त्यसको दशौं गुणा बढीले मैले जित्छु । अन्तिम नतिजा आउने बेलामा मैले अहिले भनेको कुरा जाँच गर्न सक्नुहुन्छ । 

यसको आधार भनेको ५ वर्षको अवधिमा धेरै राम्रो काम गरेका छौं । यो अवधिमा मलाई कसैले आरोप लगाउन सकेन । हामीले गरेको काम जनताले राम्ररी थाहा पाएका छन् । सम्पदा क्षेत्रमा कायापलट हुने गरी काम गरेका छौं तर भक्तपुर जत्तिको राम्रो चाहिँ छैनौं । आफैंले पैसा संकलन गरेर भीमसेन मन्दिर बनायौं । प्रधानमन्त्रीले उद्घाटन गर्दा उहाँ छक्क पर्नुभयो ।

तपाईंलाई गठबन्धनका दलहरूले कत्तिको सहयोग गरिरहेका छन् ?

– गठबन्धनका दलहरूले सहयोग गर्नुभएको छ । सकिन्छ भने माथिबाटै गठबन्धन गरौं, सकिएन भने वडास्तरमा स्वस्थ प्रतिस्पर्धा गरौं भनिरहँदा मेरै वडामा गठबन्धन भएन । कांग्रेस र कलमको पनि यहाँ उम्मेदवार छ । कमल चिह्न लिएर चुनाव लड्ने व्यक्तिको मेयरमा आफ्नो उम्मेदवार त छैन । मलाई नै सहयोग गर्नुहुन्छ, गठबन्धनको मलाई सहयोग छ ।  

फेरि मेयर निर्वाचित हुनुभयो भने के–के काम गर्नुहुन्छ ? महानगरको स्वरूप फेर्ने योजना के–के छन् ?

– अहिले शुरू भएको तर पूरा हुन बाँकी रहेका योजनालाई पहिलो प्राथमिकता दिन्छौं । जस्तो एसियाली विकास बैंकसँग ५४ करोड रुपैयाँ अनुदान लिएर लगनखेलदेखि पाटन मंगलबजार दरबार क्षेत्र, कुम्भेश्वर हुँदै बागमती पुलसम्म ट्रंकलाइन प्रोजेक्ट बनाउने काम शुरू गरेका छौं । त्यसको ४० प्रतिशत सम्पन्न भएको छ । बाँकी काम पूरा गर्नुपर्नेछ । पाटन दरबार क्षेत्रमा ठूलो पानी पर्‍यो भने त्यहाँ स्वीमिङ पुल बन्छ । पाटन दरबार क्षेत्रमा रहेको ढुंगेधारा छैठौं शताब्दीमा बनेको हो । त्यहाँ पूरै पानी भरिएको हुन्छ । अब त्यो ट्रंकलाइन प्रोजेक्ट बनिसक्दा यी सबै समस्या समाधान हुन्छन् ।

लगनखेलमा राजदल गणसँग ३० रोपनी जग्गा फिर्ता लिएको छु । त्यो भनेको ३ वटा पोखरी फिर्ता लिएको हो । त्यसबाहेक सप्तपातल पोखरीको १५ रोपनीसहित ४५ रोपनी जग्गामा ‘ट्रान्सप्यारेन्ट ग्रिन फेन्स’ बनाउने क्रममा छौं । जावलाखेलको फूटबल ग्राउन्डमा ‘ट्रान्सप्यारेन्ट ग्रिन फेन्स’ बनाएका छौं । राजदल गणसँग फिर्ता लिएको जग्गामा आगामी २ वर्षमा कमलको फूल फुलाउँछौं भनेका छौं । 

८१ हजार घरमा जीपीएस सिस्टममा ल्याउने गरी ब्लक नम्बर राख्ने काम ८० प्रतिशत सम्पन्न भएको छ । प्रोजेक्ट बैंकमा प्रशस्त योजनाहरू तयार भएर बसेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x