×

NMB BANK
NIC ASIA

गाउँका ‘भलमन्सा’ सन्तराम अब वडाध्यक्ष, निर्वाचित भएपछि भन्छन्, ‘बरघर प्रणाली जोगाउँछु’

जेठ २, २०७९

NTC
Premier Steels

कैलालीको थारु बहुल्य कैलारी गाउँपालिकास्थित उत्तर भर्री गाउँका भलमन्सा (बरघर) वडाध्यक्षमा निर्वाचित भएका छन् ।

Muktinath Bank

गाउँपालिका–३ उत्तर भर्री गाउँका भलमन्सा सन्तराम चौधरी (५४) वडाध्यक्षमा निर्वाचित भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी पछिल्लो २ वर्षदेखि गाउँको भलमन्सा (बरघर) अर्थात गाउँ प्रमुखको भूमिकामा छन् ।


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेसबाट वडाध्यक्षमा उम्मेदवारी दिएका उनी आफ्नो पूरै प्यानलसहित फराकिलो मतान्तरका साथ निर्वाचित भएका हुन् ।

Vianet communication

सोमवार सम्पन्न मतगणनाको मतपरिणाम अनुसार उनी आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार तथा पूर्व वडाध्यक्ष कैलाश चौधरीलाई २३९ मतले हराउँदै बिजयी भएका हुन् ।

उनले १ हजार १२ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्दी कैलाश चौधरी ७४२ मतमा सीमित भएका छन् ।

सशस्त्र प्रहरीका पूर्व डीएसपी पनि

गाउँको भलमन्साबाट राजनीतिमा प्रवेश गरेका उनी लामो समय सशस्त्र प्रहरीको फौजलाई ‘कमाण्ड’ गरेका पूर्व प्रहरी नायब उपरीक्षक (डीएसपी) पनि हुन् । आफ्नो जीवनको ३० वर्ष सशस्त्र प्रहरीमा कार्यरत रहेका उनले २०७५ असोज १ गते सेवाबाट अवकाश लिएका थिए ।

प्रहरी संगठनभित्र लामो समयसम्म प्रशिक्षक भई काम गरेको अनुभव उनी सुनाउँछन् ।

उनका अनुसार सशस्त्र प्रहरी जवानदेखि सेवा गरेका उनी ११ वर्षसम्म्म सशस्त्र प्रहरी निरीक्षक र ३ महिना सशस्त्र प्रहरी नायव उपरीक्षकको जिम्मेवारी निर्वाह गरेका छन् । मुस्तांङ जिल्लामा जिल्लास्तरको सशस्त्र प्रहरी बेस क्याम्पसको नेतृत्व गरेका थिए भने सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रमा १२ वर्षसम्म प्रशिक्षकको रूपमा कार्यरत थिए । 

प्रहरी सेवापछि उनी २३७ घर र १ हजार बढी जनसंंख्या रहेको आफ्नै गाउँमा भलमन्साको जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।

भलमन्साको जिम्मेवारीदेखि नै आफूमा राजनीति गर्ने सोच पलाएको उनी सुनाउँछन् । वडाध्यक्षमा निर्वाचित भइसकेपछि अब गाउँको सहायक भलमन्सालाई कार्यबाहक दिने उनले बताएका छन् ।

निर्वाचित भएपछि लोकान्तरलाई प्रतिक्रिया दिँदै उनले भने, ‘अब मेरो कार्यक्षेत्र एउटा गाउँ मात्रै सेवा गर्ने जिम्मेवारी रहेन, पूरै वडा हो । त्यसकारण गाउँको सहायक भलमन्सालाई जिम्मेवारी दिन्छु । गाउँ समाजको सल्लाह अनुसार नै होला ।’

उनले अब आफ्नो पहिलो प्राथमिकता जनताको माग सम्बोधन गर्ने रहेको बताउँछन् । वडास्थित मोहनापारीका सीमावर्ती बाढी पीडित मोहनपुर, शिवरत्नपुर लगायत बस्ती लक्षित कार्यक्रम गर्ने आफ्नो प्राथमिकता रहेको बताउँदै उनले ती बस्तीलाई जोड्न मोहना नदीमा झोलुङ्गे पुल र नदी कटान नियन्त्रणको लागि पहल गर्ने समेत प्रतिबद्धता सुनाए ।

कैलारी गाउँपालिकाले ल्याएको भलमन्सा प्रथा संरक्षण तथा विकास ऐनलाई कार्यान्वयन गर्दै भलमन्सा प्रथा संरक्षण तथा विकासको लागि कार्यक्रम गर्ने प्रतिबद्धता समेत उनले जनाएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x