×

NMB BANK
NIC ASIA

सम्पादकीय

न्यून आय भएका जनतालाई मूल्यवृद्धिको विकल्प देऊ सरकार

जेठ ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

भर्खरै सम्पन्न चुनावको नतिजा बिर्साउने गरी सरकारले इन्धनमा फेरि भारी मूल्यवृद्धि गरेको छ । 

Muktinath Bank

देश स्थानीय तह चुनावको नतिजाले रंगीन बनिरहेको समयमा भएको मूल्यवृद्धिबाट जनता ब्याकुल बनेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार भएको मूल्यवृद्धिपछि खाना पकाउने ग्यासको मूल्य १८ सय रुपैयाँ पुगेको छ । ग्यासको सिलिन्डरमा एकैपटक २ सय बढेको छ । 


Advertisment
Nabil box
Kumari

डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ बढेको छ । डिजेलमा भएको मूल्यवृद्धिले सार्वजनिक यातायातको भाडादेखि सामान ढुवानीको भाडा बढ्ने भएकाले अन्य क्षेत्रमा पनि महंगी बढाउने खतरा छ ।

Vianet communication
Laxmi Bank

यसै पनि नियन्त्रणबाहिर गएको बजार मूल्य, कालोबजारी र महंगीले सर्वसाधारण आजित भएका थिए । त्यसैमाथि थपिएको मूल्यवृद्धिले नागरिक निसास्सिएका छन् । 

अवगतै भएको कुरा हो, बढ्दो इन्धन आयातले नेपालको व्यापार घाटा चुलिएको छ । महंगोमा किनेर सस्तोमा बेच्दा नेपाल आयल नियम निरन्तर घाटामा गएको छ । 

भारतीय आयल कम्पनीलाई तिर्नका लागि समेत निगमले सापटी लिनुपर्ने अवस्था छ । यसका बावजुद नियमले इन्धनको आपूर्ति नियमित गरिरहेकोमा धन्यवाद नै भन्नुपर्छ । 

इन्धन खपत कम गर्नकै लागि सरकारले आइतवार समेत गरेर सातामा दुईदिन बिदा दिने निर्णय गरेको थियो । परन्तु, यसले पनि इन्धन खपतमा तात्विक कमी आएको छैन ।

विकल्प खोजेर इन्धनको आयात कम गर्दै जानु भविष्यका लागि पनि नगरी नहुने काम हो ।

श्रीलंकामा जस्तो आपूर्ति व्यवस्था खल्बलिनु भन्दा मूल्यवृद्धि गरेरै भए पनि आपूर्ति सहज गर्नु सरकारको दायित्व हो । सँगसँगै विपन्न वर्गका नागरिकलाई परेको मर्का सम्बोधन गर्नु पनि सरकारको कर्तव्य हो ।

यसरी मूल्यवृद्धि गर्दा न्यून आय भएका र गरीबीको रेखामुनि रहेका नागरिकको बारेमा सरकारले आँखा चिम्म गर्न मिल्दैन । 

संविधानले समाजवादउन्मुख भनेको देशमा नाफा कमाउन खोलिएका पाँचतारे होटलले प्रयोग गर्ने र त्यो होटलमा काम गर्ने मामुली कर्मचारीले प्रयोग गर्ने ग्यास सिलिन्डरको मूल्य एउटै हुनु प्राकृतिक न्यायको सिद्धान्तविपरीत हो । 

वृद्धभत्ताको उमेर ६५ वर्षमा झार्ने तयारी भइरहेको समयमा न्यून आय भएका नागरिकलाई राहत दिने विषयमा सरकारले केही न केही विकल्प खोज्नुपर्छ । 

विगतमा पनि बहस भएको यो विषय सम्बोधनका लागि निगमले सर्वसाधारणको प्रयोग र व्यावसायिक प्रयोगका लागि भनेर फरक सिलिन्डरको व्यवस्था गरेको थियो । निर्णय भएर ग्यास उद्योगीहरूले दुई थरी सिलिन्डर बनाए पनि त्यो प्रचलनमा आउन सकेन । व्यावसायिक प्रयोजनको ग्यासका लागि छुट्टै व्यवस्था गरी सर्वसाधारणका लागि सहुलियत दिने व्यवस्था सरकारले अविलम्ब गर्न जरुरी छ । 

खाना पकाउने ग्यासको विकल्पमा विद्युतीय चुल्हो प्रयोगमा सरकारले विशेष अभियान चलाउनुपर्छ ।

सम्भव भए प्रत्येक परिवारलाई निःशुल्क र ७५ प्रतिशतसम्म अनुदान दिएर भए पनि विद्युतीय चुल्हो वितरण अभियान विस्तार गर्नुपर्छ । 

साथसाथै विद्युतीय चुल्होमा प्रयोग हुने भाँडामा पनि केही छूट दिएर ती उपकरण प्रयोग गर्न प्रेरित गरेमा इन्धन आयातमा केही भए पनि कमी आउने छ । मूल्यवृद्धिलाई मात्र समाधान नदेखी अन्य विकल्पको खोजीमा सरकार लागोस् ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

बैशाख २४, २०८०

लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x