×

NMB BANK
NIC ASIA

‘नाइलनको सारी’ : न दीपकराजको, न कान्छा मगरको

कात्तिक २०, २०७४

NTC
Premier Steels
ए दाजु नसमाऊ नारीमा
जान्न म त डिजेलको गाडीमा
हिलो लाग्ला नाइलनको सारीमा

चलचित्र ‘छक्का पञ्जा २’ मा समावेश यो गीतले अहिलेको सांगीतिक माहौललाई अझ गर्मिलो बनाएको छ । गीत सार्वजनिकसँगै एकाएक हिट भएको ‘ए दाजु नसमाऊ नाडीमा’ लाई चोरीको आरोपले झनै हिट बनायो । गीतमा दीपकराज गिरी र प्रिन्स नेपालीले आफ्नो शब्द भनेर नाम लेखाएपनि अहिले भने उक्त गीतका वास्तविक सर्जकको खोजी हुन थालेको छ ।

सारङ्गीवादक तथा प्रशिक्षक श्याम नेपालीले यो गीतलाई आफ्नो हजुरबुवाको रचना भनेर दाबी गरिरहेका छन् । ‘छक्का पञ्जा २’ को गीत रिलिज कार्यक्रममा संगीतकारमा अल्मोडा राना उप्रेती र शब्दमा दीपकराज गिरी र प्रिन्स नेपालीको क्रेडिट दिएर गीत सार्वजनिक गरियो । तर गीत चोरीको भन्ने समाचार आएपछि रिलिज भइसकेको गीतको युट्युब भिडियोको डिस्क्रिप्सनमा कान्छा मगर नेपालीको नाम रातारात थपियो ।chetan

अहिले भने यो गीतका मूल सर्जक भनिएका कान्छा मगर नेपाली पनि खासमा सर्जक नभएको पुराना गीतकारहरूले आवाज उठाएका छन् ।

पहिलो पुस्ताका गीतकारका कुरालाई आधार मान्ने हो भने यो गीत धेरै पहिलेदेखि नै गाइँदै आएको एउटा ‘साझा लोकगीत’ हो । श्याम नेपालीले यो गीत आफ्ना हजुरबुवाले रचना गरेको गीत नभनेका भए गीतका सर्जक दीपकराज गिरी र संगीतकार अल्मोडा राना उप्रेती हुन्थे ।
तर न गीतका वास्तविक सर्जक अल्मोडा नै हुन्, न त दीपकराज गिरी नै ।

वास्तविक सर्जकका रूपमा कान्छा मगर नेपालीको नाम त आइरहेको छ तर उनी पनि गीतका वास्तविक सर्जक होइनन् भन्ने आवाज पनि उठिरहेको छ यतिबेला ।

अमेरिकामा बस्दै आएका श्याम नेपालीले आफ्ना हजुरबुवा कान्छा मगर नेपालीले रचना गरेको गीत र संगीतलाई तोडमोड गरेर अल्मोडा राना उप्रेतीले ‘छक्का पञ्जा २’ का लागि तयार पारेको बताएका छन् । श्याम नेपालीले उक्त गीत आफ्ना हजुरबुवाले कम्पोज गरेको बताइरहँदा पुराना गीतकार तथा कलाकारहरूले भने उक्त गीत साझा लोकगीत भएको बताएका छन् ।

लोकगीत कुनै एक व्यक्तिको निजी सम्पत्ति हुन सक्दैन । कसैले कुनै समयमा रचना गर्यो होला तर त्यो रचना एउटा गाउँबाट अर्को गाउँमा गाइँदै गर्दा आम मान्छेले मन पराउँछन् र लोकगीत बन्छन् । त्यस्तै गीत हो ‘लाइलनको साडीमा ।’

नाइलन कि लाइलन ? वरिष्ठ गीतकार चेतन कार्की भन्छन्, ‘गाउँतिर नाइलन भन्दैनन्, लाइलन भन्ने गर्छन् ।’

‘तीजको रहर आयो बरिलै’, ‘कान्छी हे कान्छी’, ‘बैनीको दया छ भने’जस्ता कालजयी गीतका लेखक चेतन कार्कीले ‘लाइलनको साडीमा’ आफूले २०२१ सालमा कृषि स्कूल (हालको नेपाल कमर्स क्याम्पसको भवन) को कार्यक्रममा गाएको बताउँछन् ।

त्यतिबेलाका प्रमुख अतिथि राजा वीरेन्द्र, कृषिमन्त्री खड्गबहादुर र जानकीप्रसाद प्रधान बितिसकेका छन् ।

त्यतिबेला ‘लाइलनको साडीमा’ गीत महेन्द्र खनालसँगै गाएको बताउँदै चेतन उक्त गीतलाई कसैले ‘मैले रचना गरेको हुँ’ भन्छ भने त्यो मूर्खता मात्र भएको दाबी गर्छन् ।

‘सुरेन्द्र शुक्ला अमेरिकामा छन् र उनलाई हामीले गाएको राम्रोसँग थाहा छ’, उनी आफ्नो कुरालाई जोड्दै भन्छन्, ‘यो गीतलाई २०२१ सालमा हामीले गाएको कुराको प्रमाण उनी नै हुन् ।’

उनले ‘छक्का पञ्जा २’ ले आफ्नो नाम राखेर कुनै पनि गीत गाउँदैमा उक्त गीत आफ्नो नहुने बताउँछन् कार्की । ‘दीपकराज गिरीको उमेर कति भयो? पैंतालीस?’ कार्कीले दीपकराजलाई प्रतिप्रश्न गर्दैै भन्छन्, ‘मैले ५३ वर्षअघि नै यो गीत गाएको थिएँ । यो गीतमा कसरी उनको शब्द हुन्छ ?’

त्यतिमात्र होइन, उक्त गीतलाई चेतन कार्की र महेन्द्रनाथ खनालले मीनभवनमा गाएको तीन दिनपछि रेडियो नेपालमा समेत गाएका थिए । त्यतिबेला जनकविकेशरी धर्मराज थापा लोकगीतका प्रबन्धक समेत रहेको चेतन बताउँछन् । पोखरामा ९० कटेका कुनै पनि वृद्धवृद्धालाई सोध्यो भने पनि यो गीत कसैले न कसैले सुनेको बताउने कार्की जिकिर गर्छन् ।

उनको तर्क छ, ‘यो गीत गण्डकी अञ्चलमा जसले पनि गुनगुनाउने गीत हो, लोकको गीत हो ।’

संगीतकार अल्मोडा राना उप्रेतीले समेत बठ्याइँ गरेर मौलिक गीतमा आफ्नो संगीत राखे । यो गीतका बारेमा दीपकराज गिरीको जति आलोचना भएको छ, त्यति नै आलोचना संगीतकार अल्मोडाको पनि भएको छ किनकि पुरानो किताबमा नयाँ गाता हालेर आफ्नो नाम लेखाउने बठ्याइँ दुवैले गरेका हुन् ।

असला मारिम्, बदना मारिम् टिमुरको विषैले
बोलाउँदाखेरी नबोली बस्ने कैलेको रिसैले

२०२१ सालकै कुरालाई जोड्दै वरिष्ठ गीतकार चेतन कार्कीले यस्तैखालका मौलिक गीत आफूले बच्चा हुँदैदेखि सुन्दै आएको बताउँछन् । ‘यस्ता गीतका कोही न कोही सर्जक पक्कै छन् । तर सर्जक को हुन् भन्ने थाहै हुँदैन ।’ बस्नेतले प्रतिप्रश्न गर्छन्, ‘लोकगीत धेरै अघिदेखि गाइँदै आएका लोकका गीत हुन् । कसैले मेरो भनेर दाबी गर्दैमा कसरी उसको गीत हुन्छ ?’

कार्की न त दीपकराज गिरीसँग सहमत छन्, न त श्याम नेपालीले हजुरबुवाको गीत भन्ने दाबी गरेको कुरासँग सहमत छन् । गीत चोरी हुने, तोडमोड हुने उनका लागि नौलो कुरा होइन । गीत तोडमोड हुने चलन पुरानो भइसकेको छ ।
गीतकार चेतन कार्की यस्ता गीतहरू पोखरामा पनि आफूले गाउँदै हिँडेको स्मरण गर्छन् । ‘कान्छा मगर नेपालीले त्यो गीत गाउनुहुन्थ्यो भनेर भनिएको छ, त्यो सामान्य कुरा हो,’ कार्की भन्छन्, ‘लोकगीत हो, जसले पनि गायो । कान्छा मगर नेपालीले पनि गाए होलान् ।’

तर कान्छा मगर नेपालीको नाममा आफ्नो नातिले दर्ता गराउन खोजेकोप्रति भने उनको असहमति छ ।

‘यो गीत त मैले पनि लेखेको होइन’

आफूले नलेखेपनि कार्कीले त्यतिबेला यो गीतका केही शब्द परिमार्जन गरेका थिए । एकदिन माटो विशेषज्ञ समेत रहेका शैलेन्द्र शुक्ला (जो अहिले अमेरिकामा बसोवास गर्छन्) ले लमजुङबाट फर्केपछि कार्कीलाई आफूले लमजुङमा नयाँ गीत सुनेको कुरा सुनाएछन् । गीत यस्तो थियो :
जान्न म त हजुर काउलीबारीमा
हिलो लाउँछ हजुर लाइलनको साडीमा

मीनभवन क्याम्पसको छेउमा काउलीबारी पनि थियो । त्यही काउली बारी हेर्दै कार्कीले गीतका मात्रा मिलाए ।
काउलीबारी हेर्दाहेर्दै मात्रा मिलाउन कार्कीले गीतलाई नयाँ रूप दिए :

आए है माया खुर्सानीबारी म पर्खी बसुँला
आमा रिसाए केही परिआए मुग्लानै पसुंला 
जान्नँ म त हजुर खुर्सानीबारीमा
हिलो लाउँछ हजुर लाइलनको साडीमा

कार्की भन्छन्, ‘यो गीत कथेको मैले नै हो ।’
त्यतिबेला नै यो गीत लमजुङतिर सुनेर ल्याइएको गीत थियो । त्यहाँभन्दा धेरै पहिले नै यो गीत समुदायमा गाइँदै आएको थियो । त्यसैले पनि चेतन कार्की यो गीतलाई आफूले लेखेको भन्दैनन् ।

तर गण्डकी अञ्चलतिर सुनेको गीत ‘लाइलनको साडीमा’ को टुक्का आफूले जोडेको जिकिर गर्छन् ।

अहिलेको गीत तिनै गीतका केही शब्द परिवर्तन भएका हुन् तर रचना गरिएका होइनन् भन्छन् कार्की ।

कार्कीले झलकमान गन्धर्वले गाएको बहुचर्चित ‘हे बरै’ गीतलाई झलकमानका बुबा दुर्गाबहादुर मिजारको मुखबाट समेत सुनेको बताउँछन् । यो गीत पनि संकलन मात्रै हो ।

चेतन कार्की आफैंले झलकमान गन्धर्वले उक्त गीत गाउन आग्रह गरेको बताउँछन् । जुन गीतले झलकमानलाई नेपाली संगीत क्षेत्रमा पनि अजरअमर बनाएको छ ।

‘झलकमानलाई रेडियो नेपालमा ल्याएर गाउन आग्रह गर्ने पनि मै हो,’ उनी गर्वका साथ भन्छन्, ‘उसलाई मैले गीत गाउने वातावरण मिलाइदिएको हुँ, भोलि म मरेपछि कसैले यही कुरालाई तोडमोड गर्छ भने समाजले स्वीकार्ने ?’

‘यति पुरानो गीतलाई भर्खरै जन्मेको पुस्ताले ‘छक्का पञ्जा’ फिल्म बनाएँ भन्दैमा उनले रचना गरेको भनेर पत्याउने ?’ कार्की भन्छन्, ‘श्याम नेपालीले आफ्ना हजुरबुवाको गीत भनेर दाबी गर्नु पनि हास्यास्पद कुरा हो ।’

आफू विवादमा मुछिन नचाहेरै नाम गोप्य राख्न चाहने एक गीतकार भन्छन्, ‘एकताका यो गीत गायक राम थापाले पनि रेकर्ड गराउने कुुरा चलिरहेको थियो, अहिले अर्काथरीले यो गीत मेरो भनेर दाबी गरिरहेका छन्,’ उनको भनाइ छ, ‘हामीले यो गीत बच्चा हुँदादेखि नै कीर्तिपुरतिर सुन्दै आएको गीत हो ।’

गीतको वास्तविक स्रष्टा खोज्न गाह्रो भएपनि दीपकराज गिरी, प्रिन्स नेपाली या कान्छा मगर नेपाली यो गीतको सर्जक नभएको चेतन कार्कीको तर्क छ । न त यो गीतका संगीतकार अल्मोडा राना उप्रेती नै भएको प्रमाण छ । कार्की थप्छन्, ‘यदि कान्छा मगर नेपालीले पहिलोपटक यो गीत रेकर्ड गराएको भए उनको संकलन भन्न मिल्ला । होइन भने यो गीत कान्छा मगर नेपालीको पनि होइन, दीपकराज गिरीको पनि होइन ।’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x