कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
साउन ३०, २०७९
लुम्बिनी प्रदेशबाट ह्याट्रिक (लगातार ३ पटक चुनाव जितेका) गरेका नेता ५ जना छन् । रूपन्देहीबाट नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल, अर्घाखाँचीबाट एमालेकै सचिव टोपबहादुर रायमाझी, दाङबाट नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महरा, कपिलवस्तुबाट एमाले नेता वृजेश गुप्ता र बर्दियाबाट माओवादी नेता सन्तकुमार थारु ‘ह्याट्रिक’ गरेका नेतामा पर्छन् ।
‘हेभी वेट’ नेतामा पर्ने ५ जना आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पनि प्रमुख दाबेदार हुन् । उनीहरू ५ जना अबको निर्वाचनमा पनि उम्मेदवार बन्ने पक्कापक्की जस्तै छ । २०७४ सालको भन्दा फेरिएको चुनावी समीकरणले आउँदो निर्वाचनमा पनि पाँचै जना नेताले निर्वाचनमा के गर्लान् भन्ने चासो बढेको छ । फेरिएको समीकरणसँगै पाँचै जना आफ्नो क्षेत्रमा कति बलियो छन् भन्ने पनि चर्चा शुरू भएको छ ।
कस्तो छ विष्णु पौडेलको क्षेत्र ?
एमालेका उपाध्यक्ष पौडेलले ३ पटक निर्वाचन जितेर ‘ह्याट्रिक’ गरेका छन् । उनले २०६४ सालमा माओवादीका स्व. भक्ति पाण्डेलाई रूपन्देहीको तत्कालीन ४ नम्बर क्षेत्रबाट पराजित गरेर पहिलो संविधानसभा निर्वाचन जितेका हुन् । सोही क्षेत्रबाट २०७० सालमा तत्कालीन माओवादीका प्रभावशाली नेता डा. बाबुराम भट्टराईलाई पनि भारी मतका साथ पराजित गरेर उनले दोस्रो संविधानसभा चुनाव जिते ।
त्यो बेला रूपन्देहीमा ७ निर्वाचन क्षेत्र थिए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका जिल्लास्तरीय नेता युवराज गिरीलाई भारी मतले रूपन्देहीको २ नम्बर क्षेत्रबाट पराजित गरी उनले लगायत तेस्रो जीत निकाले । पौडेल र गिरीको मतान्तर २२ हजार ६३ थियो ।
पौडेल आगामी निर्वाचनमा पनि २ नम्बर क्षेत्रबाटै उम्मेदवार बन्ने पक्का जस्तै छ । जिल्लामा धेरै विकास परियोजना ल्याएका पौडेल लोकप्रिय छन् ।
बुटवल–बेलहिया ‘सिक्स लेन’ सडक, तिनाउ दानव कोरिडोर, बुटवल सभा हल, अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र, सिद्धबाबा सुरुङमार्ग, झुम्सा खानेपानी, बुटवल–नारायणगढ र बुटवल–चन्द्रौटा सडक विस्तार, गौतमबुद्ध विमानस्थलसँगै दोस्रो टर्मिनल भवन, तिनाउ नदीमा ‘सिग्नेचर’ पुललगायत पौडेलकै पहलमा आएका योजना हुन् ।
आयोजनालाई पूर्णता दिन पौडेल यो क्षेत्रबाट पुनः उम्मेदवार बन्ने निश्चित रहेको जिल्ला अध्यक्ष तेजेन्द्र केसीले बताए । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पौडेलको निर्वाचन क्षेत्रमा कांग्रेसले जीत निकालेको छ तर समग्र मतपरिणाम हेर्दा एमालेको उपस्थिति गठबन्धन बराबर जस्तै छ । पौडेलको जीतमा कुनै जोखिम नभएको अध्यक्ष केसीले दाबी गरे ।
वाम विश्लेषक ऋषि आजादले रुपन्देहीको विकासलाई काठमाडौं बराबरीकै अवस्थामा पुर्याएकाले आउँदो निर्वाचनमा पौडेलको प्रतिस्पर्धी कोही नभएको बताए । ‘पौडेलले जिल्लामा मल्टिपल इफेक्टिभ परियोजना भित्र्याएका छन्,’ आजादले लोकान्तरसँग भने, ‘पौडेल भावी प्रधानमन्त्रीका दाबेदार हुन्, उनको प्रतिस्पर्धी उम्मेदवार रुपन्देहीमा कोही छैनन् । मैले उनलाई ‘ग्रीन जोन’मै देख्छु ।’
महरालाई शंकरको चुनौती कत्तिको छ ?
दाङ र रोल्पाबाट ३ वटा निर्वाचन जितेर ह्याट्रिक गर्ने नेतामा पर्छन् माओवादीका अर्का नेता कृष्णबहादुर महरा । पूर्व सभामुख महराले २ पटक दाङ र १ पटक रोल्पाबाट चुनाव जितेका छन् । महराले २०६४ सालमा दाङको तत्कालीन ३ नम्बर क्षेत्रबाट कांग्रेसकी अनिता देवकोटालाई पराजित गरेर निर्वाचन जिते । २०७० सालमा उनले रोल्पाबाट चुनाव लडे । रोल्पाको १ नम्बर क्षेत्रबाट कांग्रेसका लेखनाथ आचार्यलाई पराजित गरी दोस्रो संविधान सभामा ‘इन्ट्री’ गरे ।
२०७४ सालमा पुनः दाङ झरेर २ नम्बर क्षेत्रबाट कांग्रेसका राजु खनाललाई पराजित गर्दै ह्याट्रिक गर्ने नेतामा महराले नाम दर्ज गरे । २०७४ सालको निर्वाचनमा महराले १४ हजार १४५ मतान्तरले खनाललाई पराजित गरेका थिए ।
आगामी निर्वाचनमा पनि उनी दाङको २ नम्बर क्षेत्रबाट चुनाव लड्ने गरी जिल्लामा सक्रिय छन् । पूर्व सभामुखदेखि पटक–पटक मन्त्री भएका महरा र लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमाले महासचिव शंकर पोखरेलबीच आउँदो निर्वाचनमा घम्साघम्सी हुने देखिन्छ । २ नम्बर क्षेत्रमा स्थानीय तह निर्वाचनको मत परिमाण हेर्दा एमालेभन्दा गठबन्धनको मत बढी छ भने घोराही र तुलसीपुर उपमहानगरपालिका एमालेले जितेको छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङका सहइन्चार्ज निर्मल आचार्यले गठबन्धनको मतले दाङमा यसपटक पनि गठबन्धन सुरक्षित देखिएको बताए । ‘उहाँ कहिल्यै पराजित हुनुभएको छैन,’ आचार्यले लोकान्तरसँग भने, ‘२ नम्बर क्षेत्रबाट महरा नै उठ्नुहुन्छ । माहोल राम्रो छ । सबै हिसाबले गठबन्धन ठीक छ ।’
अर्घाखाँचीमा टोपबहादुरलाई कति सहज ?
विगतका चुनावमा अर्घाखाँचीबाट ३ पटक माओवादी नेताको रूपमा निर्वाचन जितेका टोपबहादुर रायमाझी आगामी चुनावमा एमालेबाट उम्मेदवार बन्ने पक्काजस्तै छ । पूर्व उपप्रधानमन्त्री रायमाझी माओवादी परित्याग गरी एमाले सचिव निर्वाचित भइसकेका प्रभावशाली नेता हुन् । अर्घाखाँचीमा विकासका धेरै काम गरेको जस उनलाई छ ।
रायमाझीले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा अर्घाखाँचीको १ नम्बर क्षेत्रबाट कांग्रेसका मानबहादुर विकलाई पराजित गरे । २०७० सालमा कांग्रेसकै अर्का नेता डा. रामबहादुर बिसीलाई पराजित गरेर उनी विजयी भए । २०७४ सालमा पनि रायमाझीले कांग्रेसकै नेता डा. बिसीलाई हराएर ‘ह्याट्रिक’ गरे । रायमाझी र बिसीको मतान्तर १८ हजार ४४४ थियो ।
अर्घाखाँची एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्ला हो । १५ वर्षसम्म एकछत्र राज गरेका रायमाझी आउँदो निर्वाचनमा पनि सहज जीत निकाल्ने दाउमा छन् ।
उनी आगामी निर्वाचनमा एमालेबाट उम्मेदवार बन्दैछन् । उनको प्रतिस्पर्धा नेता बिसी वा उपसभामुख पुष्पा भुसालसँग हुने देखिन्छ । स्थानीय चुनावमा जिल्लामा एमाले पहिलो दल बनेकाले रायमाझीका लागि यो निर्वाचन केही सहज देखिन्छ । उनीविरुद्ध सबै दल एकठाउँमा भए पनि रायमाझी जिल्लामा कमजोर छैनन् । विकास निर्माणदेखि जनतामा भिजेका रायमाझीको व्यक्तिगत प्रभाव पनि राम्रो छ ।
उनी एमालेमा प्रवेश गरेसँगै जिल्लाका ६० प्रतिशत माओवादी नेताहरू एमालेमै भित्रिएका एमाले जिल्ला नेतृत्वले दाबी गर्छ । एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसालले हेभी वेट रायमाझीसँग प्रतिस्पर्धी गर्न जिल्लामा कुनै नेता नभएको दाबी गरे । सांसदबाट पदमुक्त भएपछि नेता रायमाझीले जिल्लामा आएर स्थानीय तह निर्वाचनमा राम्रो प्रभाव देखाएका छन् ।
लगातार पाँचौंपटक चुनाव जित्लान् वृजेश गुप्ता ?
कपिलवस्तुमा निर्वाचन हार्न नजान्ने नेतामा पर्छन् वृजेशकुमार गुप्ता । कहिले स्वतन्त्रदेखि मधेशवादी दल हुँदै अहिले कपिलवस्तुको २ नम्बर क्षेत्रमा नेकपा एमालेबाट निर्वाचन लड्दैछन् उनी । एमाले केन्द्रीय सदस्य गुप्तालाई गत फागुनमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा भित्र्याएका थिए ।
गुप्ताले २०५६ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट २ नम्बर क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता दीपकुमार उपाध्यायलाई पराजित गरेका थिए ।
गुप्ताले २०६४ सालमा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बाट कांग्रेसका शोभाखर पाण्डेलाई पराजित गरेका थिए । २०७० सालमा पनि तमलोपाबाटै चुनाव लडेर कांग्रेसका पाण्डेलाई पुनः पराजित गरेका थिए । २०७४ सालको पछिल्लो निर्वाचनमा स्वतन्त्र समूहबाट सूर्य चुनाव चिह्न लिएर निर्वाचन लडेका उनले कांग्रेसका सुरेशराज आचार्यलाई पराजित गरेका थिए । आउँदो निर्वाचनमा उनी एमालेबाट चुनाव लड्दैछन् । जिल्लामा उनी लोकप्रिय छन् ।
गुप्ताले लोकान्तरसँग भने, ‘चुनाव जित्न गाह्रो छैन पार्टीको पूर्ण साथ रह्यो भने ।’ निर्वाचनका लागि गुप्ताले अहिले बढी ध्यान दिएका छन् ।
बर्दियाका सन्तकुमार फेरि रोजाइमा पर्लान् ?
बर्दियाबाट लगायत चुनाव जित्ने नेतामा पर्छन् माओवादीका नेता सन्तकुमार थारु । माओवादी निकट थारु मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष समेत रहेका थारुले शान्ति प्रक्रियापछि सबै निर्वाचन जिते । उनले २०६४ सालमा बर्दियाको तत्कालीन ३ नम्बर क्षेत्रबाट कांग्रेसका प्रशु थारुलाई पराजित गरे । २०७० सालमा पनि बर्दिया–३ बाटै कांग्रेसकी मालती सोडारीलाई पराजित गरी उनले दोस्रो संविधानसभा निर्वाचनमा पनि जीत निकाले ।
५ वर्षअघि २०७४ सालको निर्वाचनमा पनि बर्दियाको २ नम्बर क्षेत्रबाट कांग्रेसका गोपाल दहितलाई पराजित गरी ५० हजारभन्दा बढी मत ल्याएर उनले ह्याट्रिक गरे । पूर्व पशुपन्छी मन्त्री समेत रहेका माओवादी नेता थारु आगामी निर्वाचनमा पनि बर्दियाको २ नम्बर क्षेत्रबाट प्रमुख दाबेदारका रूपमा देखिएका छन् ।
माओवादी जिल्ला इन्चार्ज समेत रहेका सन्तकुमारले आउँदो निर्वाचनमा टिकट ल्याएर पुनः निर्वाचन जित्न कठिन रहेको माओवादी जिल्लाका एक नेताले बताए । अहिले सन्तकुमारको ठाउँमा केन्द्रीय सदस्य दुर्गा थारुलाई अगाडि सार्नुपर्ने जिल्लाका माओवादी नेताहरू बताउँछन् । नेकपा माओवादी केन्द्र जिल्ला कार्यालय सचिव छविलाल सिंहले अहिले पनि सन्तकुमारको उम्मेदवारीको सम्भावना बलियो रहेको बताए ।
निर्वाचन घोषणासँगै दलहरू अहिले आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुन थालेका छन् । एमाले आन्तरिक प्रशिक्षणमा जुटेको छ ।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...