×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

कञ्चनपुर– १ को चुनावी हिसाब– जीत दोहोर्‍याएर बिना मगरले रच्लिन् इतिहास ?

असोज २५, २०७९

NTC
Premier Steels

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी बिना मगर पहिलोपल्ट कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा होमिँदा तेस्रो भइन् । २०७० सालमा भएको दोस्रो संविधानसभा चुनावमा बिनालाई पराजित गर्दै नेपाली कांग्रेसका दिवानसिंह विष्ट निर्वाचित भएका थिए । त्यो चुनावमा नेकपा एमालेका उम्मेदवार लालबहादुर विश्वकर्मा दोस्रो भएका थिए ।

Muktinath Bank

२०७४ सालको चुनावमा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी बिना मगर (३८,४६७) दुईतिहाइ बहुमतका साथ विजयी भइन् भने कांग्रेसका विष्ट (१९,२१९) पराजित भए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चुनावमा नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त उम्मेदवारी दिएका थिए । नेकपा एमाले कञ्चनपुरका तत्कालीन जिल्ला अध्यक्ष तारा लामा तामाङले समेत प्रतिनिधिसभा सदस्यमा दाबी गरे पनि गठबन्धन हुँदा उनी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।


Advertisment
Nabil box
Kumari

मंसिर ४ गते हुने आसन्न प्रतिनिधिसभा चुनावका लागि पूर्वमन्त्री समेत रहेकी बिना मगरले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी छन् । 

Vianet communication

उनी वाम–लोकतान्त्रिक गठबन्धनकी उम्मेदवार हुन् । २०७० सालको चुनावमा बिनालाई हराएका र २०७४ सालको चुनावमा बिनासँगै हारेका कांग्रेस नेता दिवानसिंह विष्टले पनि गठबन्धनभित्र प्रतिनिधिसभामा दाबी गरेका थिए, तर गठबन्धनले बिनालाई प्रतिनिधिसभा र विष्टलाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको छ ।

दुई संसदीय चुनावमा मुख्य प्रतिस्पर्धी भई हारजीत भोगेका बिना र दिवान यतिबेला एकअर्काका सहयात्री र भरोसा बनेका छन् ।

२०७४ सालको चुनावमा बिना र एमाले नेता तारा एकअर्काका सहयात्री थिए, तर आसन्न चुनावमा यी दुई मुख्य प्रतिस्पर्धी बनेका छन् ।

स्थानीय चुनावको अंकगणितमा गठबन्धन बलियो

कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रमा ४ पालिका छन्– बेलडाँडी गाउँपालिका, बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका र लालझाँडी गाउँपालिका । यी पालिकाभित्रका ३२ वडामध्ये स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस ११ वडामा, नेकपा एमाले १० वडामा, नेकपा माओवादी केन्द्र ८ वडामा, नेकपा एकीकृत समाजवादी १ वडामा, राप्रपा १ वडामा र स्वतन्त्र १ वडामा विजयी भएका छन् ।

चारै पालिकामध्ये बेलडाँडीको अध्यक्षमा कांग्रेस, बेलौरीको प्रमुखमा माओवादी केन्द्र, पुनर्वासको प्रमुखमा कांग्रेस र लालझाडीको अध्यक्षमा एमाले विजयी भएको थियो ।

निर्वाचन क्षेत्रभर वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा नेकपा एमालेले सर्वाधिक मत पाएको छ । एमालेले १८ हजार ७७३ मत पाउँदा नेपाली कांग्रेसले १८ हजार ७३२ मत पाएको छ भने माओवादी केन्द्रले १५ हजार २८९ मत पाएको छ तर आसन्न चुनावमा कांग्रेस र माओवादीको गठबन्धन भएको छ भने एमाले एक्लै छ । 

कांग्रेस र माओवादीको मत जोड्दा ३४ हजार २१ हुन्छ भने एमालेसँग १८ हजार ७७३ मत मात्रै छ । 

स्थानीय तह निर्वाचन हुँदा एमालेका उम्मेदवार तारा लामा एकीकृत समाजवादीमा थिए । उनी एमाले प्रवेश गरेसँगै एकीकृत समाजवादीका मत एमालेतिर आकर्षित भएको बताइन्छ ।

‘सत्ताविरोधी लहर’ बिनालाई मुख्य चुनौती 

हालसम्म भएका संसदीय निर्वाचनमा कञ्चनपुरबाट लगातार कुनै पनि उम्मेदवार दोहोरिएका छैनन् । 

राष्ट्रिय राजनीतिमा प्रभाव राख्दै आएका नेपाली कांग्रेसका नेताद्वय एनपी साउँद र रमेश लेखक समेत लगातार दोहोरिन सकेका छैनन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि बिना मगर लगातार उम्मेदवार बनेकी छन् । 

तसर्थ यसपालि उनी सत्ता विरोधी लहरको शिकार हुनसक्ने विश्लेषण हुने गर्छ । प्रचण्डकी बुहारी भएका कारण केन्द्रीय बजेट र स्रोतमा पहुँच हुने र विकास–निर्माणले चामत्कारिक तीव्रता पाउने स्थानीय मतदाताको अपेक्षा थियो तर मतदाताले प्रचण्डकी बुहारीको चमत्कार र पहुँच महसूस गर्न पाएनन्, जसले गर्दा आसन्न चुनावमा ‘सत्ता विरोधी लहर’ व्यक्त हुनसक्ने बताइन्छ ।

पुनर्वासका स्थानीय पत्रकार दिपेन्द्र बस्नेतले बिनाले निर्वाचित भएपछि काम गरेर देखाउन नसकेको बताए । ‘निर्वाचन क्षेत्रमा खासै विकास केही देखिएन, आम मतदाता असन्तुष्ट छन्, भन्न सकिन्न,’ उनले भने, ‘गठबन्धन भएकाले पार्टीका कार्यकर्ता, क्रियाशील, पदमा बसेका नेताहरूले भोट गठबन्धनमै भोट हाल्लान् तर आम मतदातामा द्विविधा नै छ ।’

कञ्चनपुरबाट जितेपछि बिना खानेपानी मन्त्री बनिन् । खानेपानी मन्त्री हुँदा प्रमुख स्वकीय सचिवमा जिल्लाबाहिरका व्यक्तिलाई राखेको, चुनावका सहयोगीलाई बेवास्ता गरेको, पार्टीका नेता, कार्यकर्ताको फोन नउठाउने गरेको लगायतका आरोप स्थानीय नेता, कार्यकर्ता लगाउँछन् । जसले गर्दा पार्टीभित्रै उनीप्रति असन्तुष्टि छ । 

‘उहाँ प्रचण्डको बुहारी भएकाले केही गर्नुहुन्छ भन्ने आशा मतदातामा थियो, त्यो ५ वर्षे कार्यकालमा देखिएन । उहाँ प्रचण्डकी बुहारी भएकाले मन्त्री बन्नुभयो तर कञ्चनपुरले के पायो ? मतदाताले के पाए ?’ बेलडाँडीका स्थानीय एक माओवादी नेताले भने, ‘स्थानीय नेता, कार्यकर्ता र मतदातालाई बेवास्ता गरेकाले उहाँप्रति असन्तुष्टि छ ।’

कञ्चनपुर–१ भारतीय सीमासँग जोडिएको क्षेत्र हो । सीमा विवादकै कारण गत निर्वाचनअघि भारतीय सुरक्षाकर्मीको गोली प्रहारका स्थानीय गोविन्द गौतमको निधन भएको थियो । 

बिनाले निर्वाचित भएपछि सीमा विवाद समाधानमा पनि कुनै भूमिका नखेलेको स्थानीयको गुनासो छ । जिल्लाको दक्षिणी क्षेत्रका सीमा विवाद कायमै छन् । 

तारा लामालाई अन्तर्विरोध मिलाउने चुनौती

एमालेबाट निर्वाचित भएका तारा लामा पार्टी विभाजन हुँदा नेकपा एकीकृत समाजवादीतिर लागे । समाजवादीले उनलाई सुदूरपश्चिम प्रदेशको आर्थिक मामिलामन्त्री समेत बनायो । 

सांसद रहँदा र मन्त्री हुँदा विकास–निर्माणमा योगदान गरेको उनको दाबी छ, तर पार्टी छाडेको आरोपले उनलाई उम्मेदवारी दर्तासम्मै लखेटिरहेको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले महेन्द्रनगर आएर तारालाई पार्टी प्रवेश गराएका थिए । ओलीकै जोडबलमा उनलाई प्रतिनिधिसभा उम्मेदवार बनाइएको छ । प्रतिनिधिसभा सदस्यमा दाबी गरेका एमालेका निवर्तमान अध्यक्ष वीरबहादुर थापालाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाइएको छ ।

स्थानीय पत्रकार बस्नेतले भने, ‘ताराजीले आफ्नो क्षेत्रमा बजेट हाल्नुभएको छ । तर, एमालेभित्रको अन्तर्विरोध व्यवस्थापन हुन्छ कि हुन्न भन्ने हो । अन्तर्विरोध व्यवस्थापन भयो भने सम्भावना छ । एमालेले बागी व्यवस्थापन कसरी गर्छ भन्ने हो ।’

टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै एमालेका पुराना नेताहरू भक्तबहादुर अधिकारी, खेम सुवेदी लगायतले बागी उम्मेदवारी दिएका छन् । 

बागी उम्मेदवारी कायमै रहेमा एमालेका उम्मेदवारलाई जित्न अप्ठ्यारो हुने बस्नेतको विश्लेषण छ । ‘अहिलेका मतदाताले पार्टी मात्रै हेर्दैनन्, मान्छेको काम हेर्छन्,’ बस्नेत भन्छन्, ‘काम हेर्दा ताराजी बलियो देखिनुहुन्छ, गठबन्धन हेर्दा बिनाजी बलियो हुनुहुन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x