कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
असोज २७, २०७९
२०४८ सालदेखि लगातार संसदीय निर्वाचन जित्दै आएका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई २०७४ सालमा पहिलोपटक झड्का लाग्यो ।
पाँच वर्षअघिको पीडा बिर्सने गरी पौडेलले फेरि प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन् ।
तनहुँ १ बाट सर्वसम्मत सिफारिश हुन नसकेका पौडेलले आफ्नो जीत सुनिश्चित गर्नका लागि कयौं नेताहरूको व्यवस्थापन गर्नु परेको थियो । तनहुँमा शंकर भण्डारीका लागि सीट सुरक्षित गर्न पौडेलले प्रदीप पौडेललाई काठमाडौं– ५ मा व्यवस्थापन गरे ।
रामचन्द्रले यसपटक अरूका लागि त्यति जोडबल गरेनन् जति प्रदीपका लागि गरेका थिए । तनहुँ– १ दावी गरेका शंकर भण्डारीलाई २ मा व्यवस्थापन गर्न २ का सशक्त उम्मेदवार प्रदीप पौडेललाई काठमाडौं– ५ मा व्यवस्थापन गरियो । आफ्नालाई टिकट मिलाउन नसकेपनि पौडेलले तनहुँमा कांग्रेसका नेताहरूको व्यवस्थापन गरे ।
तर, यसपटक पनि गोविन्दराज जोशी रामचन्द्र पौडेलका लागि तगारो बन्न कोशिश गरिरहेका छन् । तनहुँको राजनीतिमा रामचन्द्र र गोविन्दराज जोशीको दुस्मनी दशकौंदेखि चल्दै आएको छ ।
पौडेलले अन्तिमपटक चुनाव लड्न लागेको भनेर बताएपनि जोशीले यसपटक पनि पौडेललाई चयनका साथ बस्न दिएका छैनन् ।
तनहुँमा कति छ जोशीको सामर्थ्य ?
भ्रष्टाचार मुद्दा लाग्नुअघि तनहुँको राजनीतिमा गोविन्दराज जोशी हावी थिए । गिरिजाप्रसाद कोइराला शक्तिमा रहुञ्जेल सत्ता राजनीतिको मियो जस्तो रहेका जोशीले कार्यकर्तालाई विशेष संरक्षण गरेका थिए ।
गृहमन्त्री हुँदा प्रहरी र अनुसन्धान विभागमा तथा शिक्षामन्त्री हुँदा एसएलसी पास गरेका सबैलाई विभिन्न क्षेत्रमा जागिर लगाएको चर्चा तनहुँमा व्याप्त छ । पार्टीले कारवाही गर्दा समेत जोशी तिनै कार्यकर्ताको आडमा राजनीति गरेका छन्, जसलाई उनले शक्तिमा छँदा संरक्षण गरेका थिए ।
पार्टीको आधिकारिक लाइनभन्दा बाहिर गएर गतिविधि गरेपछि जोशी कांग्रेसबाट पटक–पटक कारवाहीमा परेका छन् । पार्टीबाट कारवाहीमा परेसँगै उनको राजनीतिक शक्ति र सामर्थ्य क्रमशः क्षयीकरण हुँदै गएको छ ।
गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेको समर्थन प्राप्त गर्दा पनि छोरा दीपकराज जोशीले ब्यासको मेयर जित्न नसकेपछि तनहुँमा गोविन्दराज जोशीको राजनीति संकटमा परेको ठानिएको छ । आफैँ कमजोर अवस्थामा पुगेका जोशी पौडेलको संसद् यात्राको तगारो बन्ने सम्भावना भने न्युन छ ।
कस्तो छ तनहुँको राजनीतिक समीकरण ?
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस उम्मेदवार पौडेल तत्कालीन वामपन्थी उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग पराजित भएका थिए । माओवादीको समेत समर्थनमा एमालेका उम्मेदवार श्रेष्ठ ३४ हजार ४ सय ८९ मत पाएर विजयी हुँदा पौडेलले २७ हजार ६ सय ७५ मत प्राप्त गरेका थिए ।
नेकपा एमाले विभाजनका बेला नेकपा एकीकृत समाजवादीमा लागेका श्रेष्ठ पौडेललाई सहज बनाइदिन भन्दै बारा गएका छन् । तनहुँ– १ मा नेकपा एमालेले एकबहादुर राना मगरलाई उम्मेदवार बनाएको छ ।
प्रदेशमा रामचन्द्र प्यानलबाट कांग्रेसका अशोककुमार श्रेष्ठ र माओवादीका हरिबहादुर चुमान उम्मेदवार छन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतलाई आधार मान्दा नेपाली कांग्रेसको एकल बहुमत छ ।
स्थानीय तह निर्वाचनमा वडागत मतको आधारमा कांग्रेसले ३३ हजार १ सय ६ मत प्राप्त गरेको छ । नेकपा एमालेले २२ हजार २ सय १० मत प्राप्त गरेको थियो ।
माओवादीले ८ हजार ४ सय ७४ र नेकपा एसले ९८२ मत प्राप्त गरेका थिए । गठबन्धनका दलको भोट एमालेको भन्दा झण्डै दोब्बर ४२ हजार ५ सय ८ छ ।
कांग्रेसको ३३ हजार भोटबाट केही गोविन्दराज जोशीले काट्ने सम्भावना छ ।
स्थानीय तह निर्वाचनमा छोरा दीपकराज जोशीले लडेकै कैँची चिह्न जोशीले रोजेका छन् ।
‘तनहुँमा अहिले पनि जोशीको एउटा राम्रो गुटको अस्तित्व छ । ब्यासमा छोराले पाएको मत र जन्मथलो भानुमा बाँकी प्रभावका कारण उनले सम्मानजनक भोट पाउने सम्भावना छ,’ तनहुँ कांग्रेसका एक नेताले लोकान्तरसँग भने ।
संविधानसभा सदस्य रहेकी पार्वती थापा र जिल्ला तहका केही नेताले जोशीलाई साथ दिएका छन् ।
जोशी चुनाव जितेर संसद्मा पुग्ने सम्भावना क्षीण भएपनि रामचन्द्र पौडेलका लागि तगारो बन्न सक्ने सम्भावना भने छ ।
पढ्नुहोस्, यो पनि :
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...