×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

इलामेली जनताले विकल्प खोजेका छन्, मतको 'प्याटर्न' चेञ्ज हुँदैछ– खड्का [उम्मेदवार, कांग्रेस]

‘मंसिर ४ गते जनताले दिने मतले अहिलेसम्मको भ्रम चिरिन्छ’

कात्तिक १७, २०७९

NTC
Premier Steels

इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्का चुनावी प्रतिस्पर्धामा छन् । विगत २७ वर्षदेखि निरन्तर सांसद बनेका नेम्वाङसँग यसपटक गठबन्धन सहयात्री दलहरूको साथ लिएर नेपाली कांग्रेसले टक्कर दिँदैछ ।

Muktinath Bank

नेम्वाङ आफ्नो पुरानो विरासत जोगाउनेमा विश्वस्त छन् भने निर्माण व्यवसायीसमेत रहेका खड्का इतिहास उल्ट्याउने दाउमा छन् । दुवै उम्मेदवार अहिले घरदैलो कार्यक्रममा व्यस्त छन् । आगामी निर्वाचनका सम्बन्धमा रिपोर्टिङका लागि इलाम पुगेका लोकान्तरकर्मीद्वय गगन अर्यालराजुबास्कोटाले गरेको कुराकानीको  सम्पादित अंश :


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हेभीवेट नेतासँग प्रतिस्पर्धामा हुनुहुन्छ । तपाईंले जित्ने आधार के देख्नुभएको छ ?


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेसको संगठन मजबुत छ, त्यसैले यसपालि मैले जितेर देखाउन सक्छु भन्ने विश्वास छ । अर्को तर्फबाट भन्नुपर्दा पटक–पटक जितेर गए पनि यहाँको जनताले गरेको आशा र भरोसा पूरा हुन सकेन । अर्कातर्फ गठबन्धनको साथ छ । त्यसैले यसपटक जनताले दिने मतको प्याटर्न परिवर्तन हुन्छ भन्ने विश्वास छ । 

Vianet communication

प्रतिस्पर्धीले गठबन्धन अप्राकृतिक ढंगले बनेको छ । इलामेली जनताले गठबन्धनलाई विश्वास गर्दैनन् भनिरहँदा तपाईंसँग प्रतिस्पर्धीको भरोसालाई चिर्ने आधार के हुन् ?

उहाँ (एमालेका उम्मेदवार सुवास नेम्बाङ)ले जहिल्यै गलत आक्षेप मात्रै लगाउनुहुन्छ । उहाँ यसपालि भ्रममा हुनुहुन्छ । त्यसकारणले उहाँले भनेका कुरामा सत्यता छैन ।

सधैँ जनताले एउटै पार्टी र व्यक्तिलाई विश्वास गर्छन् भन्ने छैन । अब मंसिर ४ गते जनताले दिने मतले अहिलेसम्मको भ्रम चिरिन्छ ।

तपाईंका प्रतिस्पर्धी लामो समय सभामुख भएर काम गर्नुभएको व्यक्ति हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा उहाँको आफ्नै खालको प्रभाव छ नि !

उहाँले जनताको काम गरेको भए हभीवेट हुनु सक्नुहुन्थ्यो । लामो समयसम्म पनि जनताको काम नगरेका कारण उहाँ अहिले वेटलेस भैसक्नुभएको छ । म सधैँभरी जितिरहन्छु भन्ने भ्रम मात्रै परेको हुनसक्छ ।

सधैँभरि जितिरहन्छु भन्ने न राजतन्त्र रह्यो न राणा शासन । कसैले पनि सधैँभरि जितिरहँदैन । यसपटक उहाँलाई जिताउनुभन्दा विकल्प खोज्नुपर्छ भन्ने मत बलियो छ ।

तपाईंको यत्रो आत्मविश्वासको कारण के हो ?

यसपटक स्थानीय तह निर्वाचनमा वडाध्यक्षले ल्याएको मतका आधारमा गठबन्धन ५ हजार मतान्तरले अगाडि छ ।

पालिका र नगरप्रमुखहरूले ल्याएको मतमा पनि ४ हजार मतले अगाडि छौं । हिजो चुलाचुलीबाट २ हजार मतले जितेको ठाउँमा गठबन्धनले नतिजा उल्टाएर ३ हजार मतान्तरले जितेर देखाइसकेका छौं ।

इलाम नगरपालिका १७ सय मतअन्तरले अघिल्लो पटक जितेको दललाई अहिले गठबन्धनको मतान्तर ३५ सय बनाउन सफल भएका छौं । पाँचदलीय गठबन्धन बलियो छ ।

गलत कार्य गरेकाले एमाले पार्टी टुक्रिएर कमजोर भइसकेको छ । गठबन्धनमा एमालेको २ भाग जोगिएकाले र हाम्रो संगठन पनि मजबुत भएकाले यसपटक हामी बलियो छौं । त्यसो त मैले जीवनभर इमालमै बसेर जनताको सेवा गरेको छु र सेवा गरिरहने प्रतिबद्धता पनि गरेको छु ।

हिजो कोरानाकालमा म गाउँमै बसेर जनताको सेवा गर्दैगर्दा उहाँ कहाँ हुनुहुन्थ्यो ? बाढीपीडितले नेताको खोजी गर्दा कहाँ जानुभएको थियो ? युवाहरूलाई खेलकुदको माध्यमबाट अगाडि बढाउँदै गर्दा कहाँ जानुभएको थियो ? हरेक बाटाघाटाको अवस्था जीर्ण हुँदा कहाँ जानुभएको थियो ? त्यसैले झुटो आश्वासन दिएर मात्रै जितिने भन्ने होइन ।

५ वर्षमा चुनाव आएपछि मात्रै गाउँ आउने ती व्यक्ति अघिपछि कहाँ हराए ? अब शिक्षित जनताले आफैं निर्णय गर्न सक्नुहुन्छ । अर्को पाटो अब चुनावपछि गठबन्धनको सरकार बन्छ । उहाँ सभामुख भइसकेको व्यक्ति त्यो भन्दा माथि जान सक्ने अवस्था छैन । अब नेम्वाङजीले जितेर गए पनि तलबमात्रै खाएर शहरतिरै हराउने हो । त्यसैले अब जनताको काम गर्ने नेता चाहिएको छ । 

निरन्तर गाउँ आउने, जनतासँगै जोडिने र जनताकै कामका लागि संसदमा जाने व्यक्तिको खोजी इलामेली जनताले गरेका छन् । जनतालाई साथ सहयोग गर्ने व्यक्ति चाहिएको छ । यसपालि परिवर्तन गर्न लागिपरेको जमात ठूलो छ । पक्कापक्की परिवर्तन हुन्छ, विश्वस्त रहनुस् । 

अघिल्लो चुनावमा एमालेले १० हजार मतान्तरले जितेको थियो । एकैपटक त्यति धेरै मत उल्ट्याउने आधार के छ ?

इलामेली जनता सचेत र शिक्षित भइसकेका छन् । काठमाडौंमा नै गत स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारले जितेका थिए ।

धरानमा पनि जनताको काम गर्ने उम्मेदवारले जितेको हो । ति दुवै ठाउँमा चुनाव अगाडि एमालेले जित्छु भनेको थिएन र ? अब जनताको काम नगर्ने र सधैँभरी पुरानै रवाफ चलाएर जितिन्छ भन्ने भ्रम तोडिने बेला हो ।

काम गर्न नसक्ने र वर्षौंसम्म राज गरिरहन खोज्नेलाई जनताले अब विश्वास गर्दैनन् । यसको प्याटर्न यस्तो र उसको त्यस्तो भन्ने पनि होइन ।

त्यसका लागि राम्रो र काम गर्न सक्ने मान्छे चाहिन्छ । अहिले जनताकै काम गरेको र युवा उम्मेदवारको हिसाबले पनि यसपटक मेरो बलियो उपस्थिति छ ।

अघि भनेजस्तै धरान र काठमाडौंमा युवा उम्मेदवारले जित्नु भनेको काम गर्छु भन्ने व्यक्तिप्रति जनताको विश्वास हो । इलाममा पनि मैले काम गर्छु भन्ने विश्वास जनतालाई छ । त्यसो त १० वर्षसम्म जनताको काम गरेर पनि देखाइसकेको छ । अहिले शिक्षित मतदाताले कसले काम गर्न सक्छ र कसले सक्दैन भनेर आफैं निर्णय गर्न पनि सक्ने भइसकेका छन् ।

भोलि संसद भएर गइसकेपछि मैले गरेको वाचा र प्रतिबद्धता पूरा गर्न सक्छु भन्ने विश्वास छ भने यही विश्वास यसपटक जनताले दिलाउने अपेक्षा पनि गरेको छु ।

तपाईंको आन्तरिक मूल्यांकनले चुनावी परिणामलाई के भन्छ ?

हामीले चुनावी हिसाबकिताब गरेर बसेका छौं । यसपटक मैले ५ देखि १० हजार मतान्तरले जित्ने आधार देखेको छु । 

अहिले इलाम बजारमै खानेपानीको समस्या, टुँडिखेल नबनेको, इलाम हवाई सञ्जालमा जोडिन नसकेको गुनासो जनताहरूले गर्नुभयो । यी काम नहुनुमा सबै दलहरू जिम्मेवार होइनन् र ?

दुईपटकसम्म राज्यको प्रमुख अंग सभामुखमा बसिसकेको, पछिल्लोपटक नै साढे ३ वर्षसम्म आफ्नै सरकार भएको, इलाममा २०५६ सालदेखि जित्दै आएको व्यक्तिले चाहिँ के गर्नुभयो भनेर सोध्नुहोस् न ।

खानेपानी एसियाली बैंक (एडीबीले)ले बनाएको हो । अहिले प्राविधिक त्रुटि हुँदा पानी आउन सकिरहेको छैन । त्यसको समाधान एडीबीले नै गर्दैछ । इलाममा खानेपानीको समस्या यो योजनाको पानी आउन थालेपछि हटिहाल्छ । टुँडिखेल इलामकै शान हो । यसलाई विगतका नेतृत्वकर्ताले अगुवाइ गर्न नसकेर अलपत्र परेको स्पष्टै देखिएको छ ।

म भर्खर पार्टीको जिल्ला सभापति भएको र पहुँचमा नभएको व्यक्तिले गर्न सक्ने काम भएन । अब भने मलाई जनताले नै काम गर्ने व्यक्ति भनेर चुनेर पठाउनेछन्, त्यसपछि युवाको आशा र भरोसलाई निराशामा परिणत हुन नदिने जिम्मेवारी मेरै हुन्छ । मैले जितेर गएको पाँच वर्षमा जसरी हुन्छ, इलामको शान टुँडिखेल बनाउनमा प्रतिबद्ध हुनेछु । अब कुरा रह्यो विमानस्थलको । यसलाई सञ्चालन गर्ने, सहज बाटो बनाउने काम पनि हुन्छ । 

इलाममा पर्यटकको संख्या उल्लेख्य घटेको देखियो । आएका पर्यटकहरू पनि ३८ किलोमिटर पर फिक्कल र कन्यामबाटै फर्कने गरेको पाइयो । इलामको पुरानो पहिचानलाई फर्काउन तपाईंको एजेन्डा के छ ?

इलाम आउँदा माइखोलाबाट उकालो लाग्ने बाटो राम्रो हुन सकेको छैन । खोलाकै बेलिब्रिजको आयु सकिइसकेको छ । एक त बाटो जीर्ण, अर्कोतर्फ इलाम आउने पर्यटक कम हुँदै गएका कारण साना गाडी पनि आउन नसक्ने भइसकेको छ । यसको जिम्मा अहिलेसम्म उच्च ओहदामा बस्नेले लिनुपर्ने हुन्छ ।

इलाममा पर्यटक आउन गाह्रो भएको देखिन थालेको छ । यसलाई मध्यनजर गरेर यसअघि प्रदेश सांसदमा उम्मेदवारी दिएदेखि नै मैले इलामबाट बिर्तामोडसम्मको द्रुत मार्ग निर्माणमा जोड दिएको छु ।

दमकदेखि चुलाचुली आउने बाटो निर्माण गर्ने योजना अगाडि सारेका छौं । चिया बगान वरपरका सडक सबै कच्ची छन्, त्यसलाई कालोपत्रे गर्नुपर्ने छ । माइपोखरी जाने, सन्दकपुर जाने बाटो निर्माण गर्नुपर्ने छ । इलामका अन्य ठाउँमा घुमफिर गर्न भएका कच्ची बाटो कालोपत्रे गर्ने, आवश्यकताअनुसार विस्तार गर्ने, पर्यटक आगमनलाई बढाउने माध्यम खोज्नुपर्छ । 

यसअघि स्थापना भएका सडक, सिँचाइ, पशु कार्यालय, डिभिजन भवनसहितका कार्यालयलाई फेरि ल्याउनुपर्छ ।

इलाम अस्पताललाई मेडिकल कलेजको रूपमा विकास गर्नुपर्छ भने इलामको सुन्दरतालाई बढाउने गरी काम गर्नुपर्छ ।

ती सबै कामको अगुवाइ गर्न र जनतासँग समन्वय गर्न म तयार छु । पहिलाको जस्तै हराभरा इलाम बनाउन मलाई नै जनताले म्यान्डेड दिनुपर्छ । 

यसमा विश्वस्त हुने आधार के हो ?

इलाम हाम्रो मनमुटुको क्षेत्र हो । साह्रोगाह्रो अप्ठ्यारोमा पनि इलाम नछाड्ने, जनताको सुख दुःखमा साथ दिने गरेकाले पनि यसपटक मलाई नै जनताले चुनावमा जिताउँछन् भन्नेमा विश्वस्त छु । 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x