×

NMB BANK
NIC ASIA

उम्मेदवारकाे अभिमत

चुनाव नजित्ने कुरै छैन, मतान्तर कति भन्ने मात्रै हो- राजेन्द्र लिङ्देन [अन्तर्वार्ता]

संसदमा राप्रपा अग्रणी शक्ति बन्दैछ, सत्ता प्राथमिकतामा छैन

कात्तिक २२, २०७९

NTC
Premier Steels

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन झापा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । २०७४ को चुनावमा कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलासँग १३ हजार ४४३ मतान्तरले लिङ्देन विजयी भएका थिए । त्यसबेला राप्रपाले देशभरमा एक सिट मात्रै जितेको थियाे ।

Muktinath Bank

संसदको कार्यकाल सकिनुअघि नै सांसद पदबाट राजीनामा घोषणा गरेका लिङ्देनले आगामी चुनावबाट संसदमा राप्रपाका सांसदको संख्या बढाएर आउने अभिव्यक्ति दिएका थिए । भलै, उनी २०७४ मा सांसद निर्वाचित हुँदा पार्टी अध्यक्ष कमल थापा थिए । महाधिवेशनमा लिङ्देनसँग पराजितभएछि थापाले पुरानाे पार्टी ब्युताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

झापा–३ मा एमालेको समर्थन पाएका लिङ्देनले यस पटक पनि गठबन्धनका उम्मेदवारलाई पराजित गरेर संसद पुग्ने मात्रै होइन राप्रपालाई प्रमुख राजनीतिक दलको हैसियतमा पुर्‍याउने दावी गर्छन् । देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये राप्रपाले १४१ निर्वाचन क्षेत्रमा प्रत्यक्ष उम्मेदावरी दिएको छ । 


Advertisment
Nabil box
Kumari

लोकान्तरकर्मी गगन अर्यालराजु  बास्कोटाले झापाको भद्रपुर पुगेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग गरेको अन्तर्वार्ताको सम्पादित अंशः 

Vianet communication

राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी प्रचार कस्तो चल्दैछ ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चुनावी अभियानमा उत्साहजनक तरिकाले अगाडि लागीरहेको छ । आफ्नो निर्वाचन क्षेत्रमा पनि राम्रो तयारी गरिराखेका छौं । अध्यक्षको हिसाबले देभरीमा अप्रत्यासित मत परिणाम आउने हिसाबले तयारी गरिराखेको छु । हाम्रो पक्षमा जनसमर्थन राम्रो छ । यसपटक चुनावी परिणाम पनि उत्साहप्रद नै आउनेमा विश्वस्त छु ।  

यस पटकको चुनावमा राप्रपाले कति सिट जित्छ ? कि राप्रपा यस पटक पनि राष्ट्रिय पार्टी बन्ने संघर्षमै हो ?

राप्रपाले अप्रत्यासित सिट ल्याउँछ र मुख्य शक्तिकोरूपमा स्थापित हुन्छ । हामीले आन्तरिक आँकलन त गरेका छौं । तर, अहिले नै यति र उति सिट भनेर भन्नु अनुपयुक्त हुन्छ । 

अर्कोतर्फ, राष्ट्रिय पार्टी बन्छ कि बन्दैन भन्ने मुद्दाभन्दा राप्रपा माथि छ । राप्रपा राष्ट्रिय पार्टी बन्ने नबन्ने अहिले समस्याको विषय पनि होइन् । यो पार्टी राष्ट्रियरूपमा अग्रणी पार्टीकोरूपमा स्थापित हुने प्रक्रियामा छ । यो पटकको निर्वाचनबाट राप्रपा अग्रणी पार्टी हुन्छ ।

अग्रणी पार्टी हुन्छौं भन्ने दावी गर्नुहुन्छ, त्यसको आधार के हो ?

मुख्यरूपमा नेपाली मतदाता ३ दशकदेखि एकै खालका राजनीतिक दल र एकै खालका नेताहरूको चक्रब्यूहमा फसेका थिए । अहिले त्यसको उन्मुक्ति खोजिराखेका छन् । त्यसको विकल्पकोरूपमा फरक दृष्टिकोण र नविन सोचका साथमा आएको पार्टी राप्रपा मात्रै छ । त्यसकारण नेपाली जनताको अगाडि ३ दशकदेखिको चक्रब्यूह भत्काउने विकल्पकोरूपमा राप्रपा मात्रै छ । त्यसकारणले पनि राप्रपाको सम्भावना छ । हाम्रो विचार, क्रियाकलापले पनि पनि मतदातालाई छोएको छ । निर्वाचनमा उम्मेदवारी दिने क्रममा राप्रपाले १४१ सिटमा उम्मेदवारी दिएको छ । उम्मेदवारीका हिसाबले हाम्रो प्रतिस्पर्धा नेकपा एमालेसँग मात्रै छ । कांगे्रसले त १०० सिटमा पनि उम्मेदवार दिन सकेन् । माओवादी केन्द्रले ५० सिटमा उम्मेदवार दिन सकेन् । उनीहरूले बहुमत सिटमै अर्थात सरकार गठन गर्ने सिटमा उम्मेदवारी दिन सकेनन् त्यसैले हामीले उम्मेदवारी दिएको क्षेत्रमा जितेर आउँदा अग्रणी शक्तिकोरूपमा राप्रपा हुन्छ । 

भनेपछि, राप्रपाको मुख्य प्रतिस्पर्धि राजनीतिक दल एमाले हो ?

अरू राजनीतिक दलहरूले जुन धारको प्रतिनिधित्व गर्छन् त्यसभन्दा फरक धारको प्रतिनिधित्व राप्रपाले गर्छ । उनीहरू एउटा कित्ता र हामी अर्को कित्तामा छांै । त्यसकारणले फरक दृष्टिकोणमा राप्रपालाई जनताले खोज्छन । व्यवहारिक हिसाबले हेर्दा पनि जसले उम्मेदवार नै उठाउन सकेका छैनन्, उनीहरूसँग केको प्रतिस्पर्धा ?

मुख्य प्रतिस्पर्धा एमालेसँग हो भन्नुहुन्छ तर, राप्रपाले त एमालेसँगै चुनावी तालमेल गरेको छ । यस्तो विरोधाभाष किन ?

एमालेसँग झापामा सहकार्य गरे पनि राष्ट्रिय रूपमा सहकार्य गरेका छैनौं । हामी एमालेसँग मैत्रीपूर्ण प्रतिस्पर्धामा छौं । हामी सहज ढङ्गले प्रतिस्पर्धा गर्छौं ।

एमालेसँगको सहकार्य चुनाव जित्नको लागि मात्रै हो कि पछिसम्म रहन्छ ?

पछिसम्मका लागि त्यस्तो कुनै सम्झौता त भएको छैन् । स्वभाविकरूपले त्यो सम्भावना बढ्न सक्छ । अहिले निर्वाचन प्रयोजनका लागि सहकार्य गरेका हौं । अहिल्यै कुनै प्रतिवद्धता र सहमतिहरू भएका छैनन् । 

अर्को विषय स्पष्ट पारौं, राप्रपाले विगतमा जस्तो सत्ता केन्द्रित राजनीति गर्ने छैन् । हामीले त्यो कुरा हाम्रो घोषणा पत्रमा पनि उल्लेख गरेका छौं । राप्रपाको विचार र दृष्टिकोण अरुभन्दा फरक छ । सत्ता प्राप्तिका लागि जुनसुकै शक्तिसँग सहकार्य गर्ने भन्ने नीति हाम्रो होइन । राप्रपा असाध्यै अलोकप्रिय मात्रै भएन झण्डै सकिने विन्दुमा पुगेको तीतो अनुभव हामीसँग छ । अब हामी सत्तालाई होइन सिद्धान्तलाई प्राथामिकतामा राखेर काम गर्छौं । जनताको अभिमतलाई आधार मानेर मात्रै सत्तामा जान्छौं । जुन बेला पायो त्यहीँ बेला, जोसँग पायो त्यहीसँग सत्तामा जानुहुँदैन भन्ने निर्णय गरेका छौं । सत्ता राप्रपाको प्राथामिकता होइन र हुने पनि छैन । 

चुनावमा एमालेको अध्यक्ष र राप्रपाको अध्यक्ष जिताउने हिसाबले मात्रै सहकार्य गरेको देखियो । अन्य क्षेत्रमा आफ्नै उम्मेदवार जिताउने चाहिँ किन सहकार्य गर्नु भएन ?

केही मानिसहरूले राप्रपामा खेल्न सकिन्छ कि ? राप्रपामा अन्तरविरोध ल्याउन सकिन्छ कि ? भनेर गरेका कुराहरू हुन् । त्यस विषयमा हामी सचेत छौं । तालमेल गर्दा केही निश्चित सिटहरूका लागि मात्र गरिएको थियो । त्यसमा काठमाडौं, सिन्धुलीलायतका जिल्लामा तालमेल गर्ने भनेका थियौं । हामीले एउटा जिल्ला पाएपछि अर्को जिल्लामा एमालेलाई छोड्ने सहमति गरेका थियौं । यसरी तालमेल गर्दै जाँदा राप्रपाको मात्रै चाहनाले भएन । एमालेसँग ५ वटा जिल्लामा मात्रै सहमति हुनसक्यो । काठमाडौं हामीले चाहेर पनि तालमेल हुन नसकेको जिल्ला हो । दुई पार्टीका अध्यक्षलाई चुनाव जिताउनको लागि मात्रै तालमेल गरेको भन्ने पक्कै होइन । अरु ठाउँहरूमा पनि मिलाइएको छ । कतिपय ठाउँमा एमालेले सहयोग गरिदिए हुन्थ्यो भन्ने ठाउँमा हामीले पाएका छैनौं भने कतिपय एमाले पाउने ठाउँमा हामीले पाएका छौं ।

शुरूमा काठमाडौं–१ मा एमालेले राप्रपालाई सघाउने चर्चा थियो तर, पछि एमालेले आफ्नै उम्मेदवार तयार गर्‍यो । रवीन्द्र मिश्र भएको कारण राप्रपाले काठमाडौं–१ लाई प्राथमिकता दिएन भन्ने पनि सुनिन्छ नि ?

एमालेले काठमाडौंलाई आफ्नो प्राथामिकतामा राख्यो । काठमाडौंबाट राप्रपालाई सहयोग गर्ने अर्को क्षेत्र रोज्नु भनेको थियो । यसको लागि हामीले धेरै प्रयास र पर्याप्त छलफल गर्‍यौं । तर, त्यहाँ सहमति हुन सकेन् । हामीले त काठमाडौं–१ मै तालमेल हुनुपर्छ भनेर प्राथमिकता दिएकै हो । अन्तिम समयसम्म पनि सफल हुन नसकेपछि छुट्टा छुट्टै उम्मेदवारी दिएका हौ । तर, पनि राप्रपा एक्लैले काठमाडौं– १ जित्न सक्छ । 

रवीन्द्र मिश्र भएको कारण प्राथमिकता दिएन भन्ने विल्कुल गलत कुरा हो । हाम्रो प्राथामिकता काठमाडौं–१ नै हाम्रो पहिलो प्राथमिकताको क्षेत्र हो । हाम्रो कार्यकर्ता पंक्ति त्यहीँ खटिइरहेका छन् । त्यो राप्रपाको लागि विजय सुनिश्चित भएको क्षत्रे पनि हो । प्राथमिकता नदिएको भन्ने होइन, उच्च प्राथामिकता दिएको क्षेत्र चाहिँ हो ।

राप्रपाले तालमेल गरेका सबै सिटमा जित्छ त ?

त्यसमा त कुनै विवादै छैन् । जति ठाउँमा एमालेसँग तालमेल भएको छ सबै पक्का छ । तालमेल नभएको पनि धेरै वटामा जित्नेमा विश्वस्त छौं । 

झापा–३ मा तपाईंका लागि परिचित प्रतिस्पर्धी हुनुहुन्छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीले गठबन्धन बनाएर तपाईंसँग प्रतिस्पर्धा गरिरहेका छन् । यस्तो अवस्थामा तपाईंले जित्ने आधार के–के हो ?

पाँच बर्षमा यस क्षेत्रको विकास निमार्णमा निर्वाह गरेको भूमिका, नेतृत्व र राष्ट्रिय राजनीतिमा स्थापित गरेको फरक दृष्टिकोण नै मेरो चुनाव जित्ने आधार हुन् । ती कामको मुल्याङ्कन मतदाताले गरेर नै मलाई दोस्रो पटक अनुमोदन गर्नुहुनेछ । त्यसका अतिरिक्त गएको स्थानीय तहको निवार्चनमा राप्रपाले प्राप्त गरेको पपुलर मत र अहिले हामीसँग तालमेलमा रहेको एमालेको मत मात्रै जोड्दा पनि हामी धेरै माथि छौं । म अहिले आधिकारिकरूपमा एमाले–राप्रपाको उम्मेदवार भए पनि मेरो हकमा कांग्रेस, माओवादी र अन्य पार्टीका परिर्वतन चाहने तथा विकास चाहने मतदाताको पनि उम्मेदवार हुँ । उहाँहरूले पनि मलाई समर्थन गर्नुहुन्छ । त्यसकारण, यो चुनावमा मतान्तर कति बढाउँने भन्ने मात्रै हो । जित्ने–नजित्ने प्रश्न नै छैन ।

हामी तपाईंको निर्वाचन क्षेत्र घुमेर आयौं, तपाईंको आफ्नै घर जाने सडक पनि पिच भएको रहेनछ । खानेपानीको समस्या जनताले मुख्यरूपमा उठाउँछन् । आफ्नै घर वरपरका मतदाता रूष्ट रहेछन् नि ?

मेरो निर्वाचन क्षेत्रमै ५ बर्ष अगाडिसम्म कालोपत्रे सडक कस्तो हुन्छ भनेर हेर्नका लागि नजिका अरू निर्वाचन क्षेत्र र सहरमा जानुपर्ने अवस्था थियो । अहिले कालोपत्रे सडकले नछोएको कुनै वडा छैन । खानेपानीको सुविधा व्यापकरूपमा विस्तार भइराखेको छ । अहिले राप्रपाले विजय गरेको हल्दिबारीमा १० हजार लिटर पानी निःशुल्क गरेका छौं । अन्य कालोपत्रे नभएको क्षेत्रमा पनि बन्ने क्रम जारी छ । मैले सिङ्गो निर्वाचन क्षेत्रमा कालोपत्रे पुर्याएको छु । पहिलाभन्दा अभूर्तपूर्व हिसाबले विकास भएको छ । मेची र विरिङ जस्ता दुई ठूला नदीले वर्षा याममा सधै डुवाएर दुःख दिन्थ्यो । पहाडमा पानी पर्दा यहाँका जनता राती निदाउँदैनथे । अहिले तटबन्धनले त्यो अवस्थाको अन्त्य भएको छ । ५ वर्ष अगाडि उद्धार गर्न डुंगा चलाएर जानुपर्ने अवस्था थियो । यो ५ वर्षमा झन ठूलो पानी पर्दा पनि यहाँका जनता निर्धक्क निदाउन पाउने भएका छन् । सौर्य विद्युतीय तारबार लगाएर मानव वन्यजन्तुको द्वन्दको अन्त्य भएको छ । अझै पनि काम गर्न बाँकी छन् । एउटा  जनप्रतिनिधिले गर्ने प्रयास र थोरै बजेटमा पनि राम्रो काम हुँदोरहेछ भन्ने यो क्षेत्रका जनताले थाहा पाएका छन् । 

राप्रपाको चुनावी घोषणा पत्रमा संघीयता विरोधी नाराहरू समावेश भएका छन् । संघीयता खारेजी र हिन्दू धर्मको वकालत गर्नुभएको छ । तर, जनस्तरमा यसको स्वीकार्यता त देखिदैन नि ?

हाम्रो क्षेत्रका जनतालाई राप्रपाको एजेण्डाका बारेमा जानकारी छ । कसैको सहमति होला कसैको सहमति नहोला फरक त्यति मात्र हो । जसले राप्रपालाई विश्वास गर्यो र मतदान गर्‍यो उसले हाम्रा एजेण्डामा सहमति दियो भन्ने हो । एजेण्डालाई सहमति नदिई कसरी मत दियो होला र ? त्यसकारणले त्यस विषयमा यहाँका जनताले बुझ्नु भएको छ । विकास, सुशासन, सम्बृद्धि, संघीयता खारेजी, राष्ट्रियता, अभिभावकीयक संस्थाकोरूपमा राजाको स्थापना, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, सांसद्ले मन्त्री हुन नपाउने व्यवस्था लगायतका विषय राप्रपाले उठाइराखेको छ । यी एजेण्डामा कसैको सहमति छ भने कसैले विरोध गर्नुभएको छ । तर, कुनै न कुनै कुरामा सहमत भएर त जनताले भोट दिनुहुन्छ । 

कमल थापा र तपाई छुट्टिएर अलग पार्टी भइसक्दा पनि चुनाव जित्नका चाहिँ एमालेकै छाता चाहियो नि ? 

कमल थापा र राप्रपालाई जोड्नु पर्ने कतै सन्दर्भ छैन । उहाँले एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्नु भएको छ । ५ बर्ष उहाँ एमालेसँग अनुबन्धित भइसक्नुभएको छ । त्यसको बारेमा कुनै टिप्पणी गर्न चाहन्न । तर, हाम्रो पार्टी राप्रपाले भने एमालेसँग सहकार्य गरेको हो । दुबैले बराबरीको आधारमा सहकार्य गरेका छौं । 

चुनावपछि कमल थापासँग पार्टी एकता गर्ने सम्भावना छ ?

त्यो सम्भावना शून्य प्रतिशत । कुनै कल्पनासम्म गरेका छैनौं । राप्रापासँग विचार र एजेण्डा नमिलेपछि फेरि सहकार्य हुन सक्दैन् । 

तर, एकै समय एउटै एजेण्डा बोकेको हिसाबले राजनीतिक यात्राको दौरानमा सहकार्य नहोला र ?

एउटा एजेण्डा बोकेको रवीन्द्र मिश्रहरू अन्तिम सयममा आएर जोडिनु भएको छ । उहाँ विजय पनि हुनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।  नेपालमा निर्वाचन आयोगमा दर्ता भएको पार्टीमा राप्रपासँग समान विचार राख्ने कुनै पार्टी छैन् । यदि कसैले राख्छ भने त्यो राप्रपासँग जोडिन आउने हो ।  

रवीन्द्र मिश्रसँग व्यक्ति तान्ने होइन, पार्टी नै एकीकरण गर्ने भन्ने खालको चर्चा हुन्थ्यो । तर, त्यस्तो हुन सकेन हैन ?

प्राविधिक कारणले तत्काल सम्भव नभएको हो । निर्वानन पछाडि विचार मिल्ने साथीहरूको समूह आउन सक्नुहुन्छ । कुनै समझदारी भएको र चुनावका कारण काम थाति राखिएको भन्ने केही छैन । विचार मिल्ने साथीहरू आउनुभएको छ । अझै आउन चाहेनलाई ढोका खुल्ला छ ।

भिडियाेमा हेर्नुहाेस् राप्रपा अध्यक्ष लिङ्देनसँगकाे कुराकानी 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x