×

NMB BANK
NIC ASIA

भावुक हुँदै धुर्मुसले भने–बाढीपीडितको अवस्था म भन्नै सक्दिनँ !

कात्तिक २०, २०७४

NTC
Premier Steels

केही हप्ता अघिसम्म सीताराम कट्टेल (धुर्मुस) नमूना नेपालको तयारीका लागि सुदूर पश्चिमको यात्रामा थिए । गाईजात्रा छेकोमा हास्य कलाकारले गाईजात्रा व्यङ्ग्यको तयारी गरिरहँदा उता धुर्मुस भने कैलालीको टीकापुरतिर सरसफाइ अभियानमा थिए ।

काठमाडौं आएको दुई दिनमा नै तराई क्षेत्रमा बाढीले क्षति पुर्याएको खबर चौतर्फी आउन थाले । धुर्मुस काठमाडौं त आएका थिए तर अन्य कामलाई थाँती राखेर फेरि बाढी प्रभावित क्षेत्र महोत्तरीको भमगाहतिर हानिए उद्धारका लागि । स्थानीय स्तरमा उनलाई साथ दिइरहेका थियो अर्जुन न्यौपाने, होटल व्यवसायी संघका हीरा गौतम लगायतको समूहले ।

बाढीले प्रभाव पारेका तराईका विभिन्न स्थान र पीडित पहिचान गर्नका लागि गाह्रो थियो । बाढीले तराईका धेरै भागमा उत्तिकै समस्या निम्त्याएको थियो । बाटोको पहिचान गर्न मुस्किल थियो । बिजुली थिएन । ‘बिजुली नहुँदा कसैलाई सम्पर्क गर्न सक्ने स्थिति थिएन ।’, धुर्मुस सुनाउँछन् ।

बालक बोकेर बाढी पार गराउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा एकाएक भाइरल बन्यो । सामाजिक सञ्जालमा सक्रिय देश तथा विदेशका धेरै नेपालीलाई उनलाई धन्यवाद दिए ।

आफू उद्धारमा खटिँदा इन्टरनेटमा भाइरल भएको तस्बिरको समेत उनले पत्तो पाएनन् । शुभचिन्तकले सुनाए, ‘उद्धार गर्दै गरेको तस्बिर राखेर सामाजिक सञ्जालमा तपाईलाई धेरैले धन्यवाद दिएका छन् ।’
उनी मुुस्कुराए ।

‘जता हेर्‍यो, उस्तै थियो, हामीलाई त्यतिखेर कसरी उद्धार गर्न सकिन्छ भन्ने मात्र ध्यान थियो ।’ धुर्मुस थप्छन्, ‘त्यतिखेरको वातावरण यति दर्दनाक थियो कि, हामीले अड्कल मात्र गर्न सक्छौं ।’

तस्बिर शेयर गर्दै सामाजिक सञ्जालमा धेरैले धन्यवाद दिइरहँदा धुर्मुस आफूले खुशी लागेको बताउँछन् । तर ती उद्धार गरिएका बालकको नामसमेत उनलाई थाहा छैन, किनकि त्यो बेला परिचय गर्ने समय पनि थिएन । उनलाई लागेको थियो, ‘जतिसक्यो छिटो हामीले पीडितको उद्दार गर्नुपर्छ ।’

उनले कसैको नाम नै सोधेनछन् । त्यतिखेर कोशीको बाँधमाथि बसेका धेरैलाई हिम्मत जुटाएरै भएपनि उद्धार गर्नुपर्ने थियो ।

सामाजिक सञ्जालमा एउटै फोटो देखिए पनि आफूले धेरै बालबालिकालाई बाढी पार गराएको बताउँछन् धुर्मुस ।
‘बाढीले वारपार सबै सम्मै बनाएको थियो, बाढीको गहिराइ कति छ भन्ने पनि पहिचान गर्न सकिने स्थिति थिएन ।’ सीताराम भावुक हुँदै सुनाउँछन्, ‘त्यहाँसम्म हामीले राहत पुर्‍याउन सक्ने स्थिति पनि थिएन, त्यसैले हामीले सुरक्षित स्थानमा पुर्‍यायौं।’

भारतले बनाएको कोशी ब्यारेजले पूरै तराई डुबानमा त पारेको थियो तर त्यही ब्यारेजको अग्लो ठाउँमा बसेर केही गाउँले उद्धारको पर्खाइमा थिए । गाउँका पूरै घर बाढीले पुरिसकेको थियो । ‘हामीले केही घरका छानो पानीमा तैरिएको देख्न सक्थ्यौं, पानी एकदमै धमिलो थियो ।’, उनले सुनाए ।

बाढीले आजित भएका जनतालाई भोलि के होला भन्ने थाहै थिएन । कोही आएर बचाउला भन्ने पक्कै हुनुपर्छ । पानी कहिले घट्ला भन्ने आशामा सबै भगवानको प्राथनामा थिए शायद । सीतारामको टोलीले कोशी बाँधको अग्लो स्थानमा बसेका गाउँले र केटाकेटीलाई हिम्मत जुटाउन आग्रह गर्दै जब सुरक्षित स्थानमा ल्याउँथ्यो, गाउँलेले भन्थे – ‘अब त बाँचियो ।’

धुर्मुसको टोली त्यतिबेला एघार जनाको थियो । डाक्टरसहितको टोली उपचारमा पनि खटिएको थियो ।
तराईको अवस्था अत्यन्तै भयाभह थियो । मान्छे हराइरहेका थिए । सीताराम सुनाउँछन्, ‘हामी पीडितको पहिचान गर्दै धनुषा, सुनसरी, झापा, सिराहा लगायतका स्थानमा पुग्न भ्यायौं, अझै केही ठाउँ पुग्नुपर्ने छ, पीडितको दर्दनाक अवस्थाको म व्याख्या गर्न सक्दिन ।’

अहिले भने तराईका धेरै ठाउँमा पानीको बहाब मत्थर हुँदै गएको छ । टेलिफोन सेवा सुचारु भएको छ । बिजुली आएको छ । तर तराईमा जोखिम भने उस्तै छ । ‘पानी घट्दै गएपनि जीवनस्तर अत्यन्तै कष्टकर छ, महामारीको पनि उस्तै भय छ ।’ धुर्मुस सुनाउँछन्, ‘घरहरुमा तीन मिटरसम्म लेदो जमेको छ, आज बिहान पनि सुनसरीको बुढी खोला आसपासका घरमा हामीले लेदो सोहोरेर आयौं ।’

जोखिम के त? धुर्मुस आफ्नो अनुभव सुनाउँछन्, ‘पानी त दुषित हुने नै भयो, बाढीमा गाईवस्तु पनि मरेका छन्, कतै कतै त जनताले यही पानी पिउन समेत वाध्य छन् ।’

तराईमा देखिएको यो विपदको बेलामा सबैलाई एक ढिक्का भएर सहयोगमा जुट्नका लागि सीताराम (धुर्मुस) आग्रह गर्छन् । खुला आकाशमा बसेका पीडितलाई महामारीको डर त हुने नै भयो, सर्प र लामखुट्टेको डर पनि उस्तै छ ।

‘अहिले पीडितको आधारभूत आवश्यकता भनेको खाद्यान्न र लत्ताकपडा बाहेक टर्च लाइट, जुत्ता चप्पल र झुल पनि हुन् ।’ उनी राहत संकलन गरेर आउने समूहलाई अनुरोध गर्दै भन्छन्, ‘बच्चाहरुको बिजोग छ, न उनीहरुका कपडा छन्, न शैक्षिक सामग्री । यस्ता प्राथमिक कुरा पनि राहत सामग्रीमा जोड्नुहोला ।’

‘खाना पकाउने दाउरा बाढीले बगाएको छ, भएका पनि भिजेका छन्, जनतालाई खाना पकाउन स्टोभको पनि खाँचो छ यतिबेला ।’, उनी अनुरोध गर्छन् ।

एकथरी भने विपदको मौका छोपेर कालोबजारी समेत गर्न थालेको धुर्मुस बताउँछन्, ‘भएको सामान पनि लुकाउने गर्ने थालिएको छ, कतिपटक त हामी नै पर्यौं ।’ उनी भन्छन्, ‘यस्तो विपदको बेलामा कालोबजारी गर्न खोज्नेप्रति सरकारले निरीक्षण गरे हुन्थ्यो ।’

हरेक वर्ष दोहोरिने यस्तो नियति भने फेरि नदोहोरियोस् भन्ने प्राथना गरेका छन् उनले । भूकम्पको बेलामा पनि तन, मन लगाएर पीडितको घर बनाउन खटिएका धुर्मुस अब भने सरकारले यस्ता विपद आउन नदिन पहल गर्नुपर्ने धारणा राख्छन् । ‘हामी केही दिन भावनात्मक बन्छौं, केही दिनमा भुलिदिन्छौं ।’ उनी भन्छन्, ‘अब हामीले दीर्घकालीन उपाय खोज्नैपर्छ, सरकारले यसका लागि पहल गर्नैपर्छ ।’

उनले आफ्नो परियोजना नमूना नेपाल र एकीकृत बस्तीको परिकल्पनाझैं सरकारले पनि दिगो रुपमा सोचेर काम गर्नुपर्नेमा जोड दिन्छन् । दिगो समाधान एकातिर छ । अहिले तत्कालका लागि भने सबै मिलेर तराईको पीडा कम गर्नमा लाग्न उनको आग्रह छ ।

‘अब तराईमा रोग फैलिने निश्चित जस्तै छ, यसबारेमा सरकारले तत्काल सोच्नुपर्छ ।’ उनी सहयोगको अपील गर्दै भन्छन्, ‘विपदको बेलामा हामीलाई जनताबाट पनि सहयोगको आशा छ, सहयोगको सहकार्यमा हुनुहुन्छ भने ‘धुर्मुस सुन्तली फाउण्डेसन’ मार्फत पनि साथ दिन सक्नुहुनेछ ।’

तस्वीर ः सिताराम कट्टेलको फेसबुकबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x