कात्तिक १७, २०८०
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
माघ ८, २०७९
२०७१ माघमा तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास गरेसँगै रूपन्देहीमा ठूला होटल निर्माणको लहर चल्यो । २०७४ पुस मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यका साथ शुरू भएको गौतमबुद्ध विमानस्थल वि.सं. २०७९ मा आएर निर्माण पूरा भएर सञ्चालनमा आएको छ । विमानस्थल निर्माण सम्पन्न भएसँगै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे ।
विमानस्थल उद्घाटनसँगै यस क्षेत्रका पर्यटन व्यवसायीहरू उत्साहित थिए । तर, जुन उद्देश्यले बनेको विमानस्थल हो त्यो अनुरूप सञ्चालनमा आउन नसक्दा अहिले पर्यटन व्यवसायी निराश बनेका छन् ।
व्यवसायीहरू निराश मात्र होइन, पर्यटन क्षेत्रमा पछिल्लो ८ वर्ष लगानी भएको करीब ३० अर्ब रुपैयाँ पनि जोखिममा परेको छ । सञ्चालनमा आएको विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय उठान बन्द हुन पुगेको छ ।
विमानस्थल बेकामले बनेपछि व्यवसायीहरूले नियमितरूपमा बैंकमा किस्ता ब्याज बुझाउन सकिरहेका छैनन् । ‘एयरपोर्ट’ सम्पन्न भएपछि लुम्बिनीमा बौद्धमार्गी पर्यटकको घुइँचो हुने आशामा होटलमा लगानी गरिएको थियो ।
अन्तर्राष्ट्रिय हवाई उडान, भारतसँग जोडिएको बेलहिया–सुनौली स्थलमार्ग, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, औद्योगिक तथा कर्पोरेट क्षेत्र, बढ्दै गइरहेको मध्यम तथा उच्च–मध्यम वर्गीय परिवारका कारण रूपन्देहीमा होटल खोल्न यो बीचमा प्रतिस्पर्धाजस्तो भयो । भैरहवामा तारे होटलसँगै स्तरीय रेस्टुरेन्टहरू पनि सञ्चालनमा आए र केही आउने क्रममा छन् ।
विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीमा बुद्धिस्ट पर्यटक ओइरिने आशामा पर्यटन व्यवसायीहरूले लगानी गरेको सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए ।
‘विमानस्थलबाट चीन, थाइल्यान्ड, बर्मा, भुटान, जापान, श्रीलंका, भियतनामलगायत बुद्धिस्ट मुलुकमा विमान सञ्चालनमा आउनुपर्ने हो तर त्यसो हुन नसक्दा पर्यटन व्यवसायमा भएको ठूलो लगानी जोखिममा पर्दै गएको छ । अहिले त अन्तर्राष्ट्रिय उडान नै बन्द भयो,’ उनले भने ।
विमानस्थल निर्माण शुरू भएपछि रूपन्देहीको तिलोत्तमामा लक्जरियस पाँचतारे होटल टाइगर प्यालेस सञ्चालनमा आयो ।
हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेजको करीब पाँच अर्ब लगानीमा उक्त होटल सञ्चालनमा आएको थियो । पर्यटक ओइरिने आशामा बुटवल, भैरहवा लुम्बिनी मात्र हैन ग्रामीण क्षेत्रमा पनि स्तरीय होटल बने । समुन्द्रको पकिल्पनासहित कृत्रिम तालमाथि लक्जरियस ‘लुम्बिनी प्यालेस रिसोर्ट’ सञ्चालनमा आयो ।
अहिले भैरहवा, लुम्बिनी र बुटवल क्षेत्रमा तारे होटलमा लगानी बढिरहेको छ । एयरपोर्ट देखेरै दर्जनभन्दा बढी तारे होटल सञ्चालनमा आइसकेका छन् भने त्यति नै होटल निर्माण तथा सञ्चालनको तयारीमा रहेको सिद्धार्थ होटल एसोसिएसनका उपाध्यक्ष विष्णु गौतम बताउँछन् । भैरहवा विमानस्थल सञ्चालनमा आएपछि बौद्धमार्गी पर्यटक बढ्ने विश्वास पर्यटन व्यवसायीको थियो ।
तर, विमानस्थल सञ्चालनमा आएको सात महिना बितिसक्दा पनि बुद्ध धर्म मान्ने मुलुकहरूसँग प्रत्यक्ष जोडिएर विमान सञ्चालन गर्ने अवस्था बन्न सकेको छैन । जसका कारण पर्यटन व्यवसायीहरू चिन्तित भएको बताउँछन् होटल संघका अध्यक्ष सीपी श्रेष्ठ ।
२०७१ देखि ०७९ सम्म आइपुग्दा आठ वर्षको अवधिमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि सात किलोमिटर दूरीमा मात्रै तारे होटलहरूमा २० अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ ।
पछिल्लो आठ वर्षमा रूपन्देही क्षेत्रमा एक अर्बभन्दा बढी लगानीका होटलको संख्या नै ७ पुगेको छ । तीमध्ये चार होटल सञ्चालनमा आइसकेका छन् भने तीन होटल सञ्चालनको अन्तिम तयारीमा छन् ।
पाँचतारे होटल पवन प्यालेसमा साढे दुई अर्ब रुपैयाँ लगानी भएको छ । यस होटलमा १४७ कोठाहरू रहेको प्यालेसका उपाध्यक्ष सुरज थापाले बताए ।
यस्तै, एक अर्बभन्दा बढी लगानीमा लुम्बिनी रोडमा बहुराष्ट्रिय चेन होटल ‘होली डे इन’ सञ्चालनमा आउँदैछ । १२५ कोठाहरू रहने होली डे इन सञ्चालनमा आउन अझै दुई वर्षजति लाग्ने होटलका सञ्चालक सुरज उप्रेतीले बताए ।
भैरहवा–बुटवल सडक खण्डको अञ्चलपुरमा निर्माण भइरहेको पाँचतारे होटल सिद्धार्थ सञ्चालनको अन्तिम तयारीमा छ । सिद्धार्थ हस्पिटालिटी ग्रुपले साढे दुई अर्ब लगानी गरेको होटल सिद्धार्थ ३ महिनाभित्र सञ्चालनमा आउने छ ।
भैरहवाको बुद्धचोकमा घिमिरे समूहले पाँच अर्बभन्दा बढी लगानी गरेर लक्जरियस पाँचतारे होटल निर्माण गरिरहेको छ । एसियन फर्मास्युटिकल्स सञ्चालन गरिरहेको यो समूहले भैरहवामा एसियन इन्टरनेसनल रिजेन्सी होटल सञ्चालनमा ल्याउन लागेको हो । यो होटल सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने बताइएको छ ।
भैरहवा–नवलपरासी सडक खण्डमा सञ्चालित बोधी रेडसन होटलको स्तरोन्नतिको काम सकिएको छ । बोधी रेडसन स्तरोन्नतिपछि क्यासिनो पनि सञ्चालनमा ल्याएको छ ।
नेपाल–भारत नाकानजिकै बेलहियामा निर्माण थालनी गरेको पाँचतारे होटल ‘नान्स–२’ भुसाल समूहले खरिद गरेर सञ्चालनको तयारी गरेको छ । भुसाल समूहले खरिद गरेसँगै ‘मेघा–२’ नामबाट सञ्चालनमा आउने यस पाँचतारे होटलमा एक सय १७ कोठाहरू हुनेछन् । यो होटल सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने सञ्चालक बालकृष्ण भुसालले बताए ।
भुसाल समूहले रुपन्देहीमा सञ्चालन गर्न लागेको यो दोस्रो होटल हो । यो समूहले रुपन्देहीको मणिग्राममा मेघा–१, बेलहियामा मेघा–२ र बुटवलमा मेघा–३ होटल निर्माण गरिरहेको छ । बेलहियामा निर्माण भइरहेको पाँचतारे मेघा–२ होटलमा साढे दुई अर्ब लगानी हुने भुसालले बताए । यो होटलमा क्यासिनो पनि सञ्चालन गर्ने लक्ष्यसहित निर्माण थालिएको हो ।
अहिले बुटवल, भैरहवा र लुम्बिनी क्षेत्रमा सञ्चालित ठूला होटलमा टाइगर प्यालेस, पवन प्यालेस, लुम्बिनी प्यालेस रिसोर्ट, होटल कसाई, बुद्धमाया गार्डेन, होटल होक्के, नान्स, बोधी रेडसन, होटल निर्वाणा, होटल जाम्बाला, लुम्बिनी गार्डेन न्यू क्रिस्टल, होटल यती, ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, होटल मौर्यलगायत छन् । होटल रेडसन, मौर्य, नान्स, निर्वाणा र लाकौलले क्यासिनोसमेत सञ्चालन गरेका छन् ।
विमानस्थल शिलान्यास भएपछि विमानस्थलवरिपरि ५० भन्दा कम कोठा भएका होटल नै कम्तीमा ३५ वटा थपिएको सिद्धार्थ होटल एसोसिएसनको भनाइ छ । १० देखि ४० करोड रुपैयाँसम्म लगानी भएका ती होटलहरू अधिकांश सञ्चालनमा आइसकेको एसोसिएसनका उपाध्यक्ष गौतमले बताए । यी होटलमा करीब सात अर्ब लगानी भएको उनको भनाइ छ ।
अहिले होटल व्यवसायीका लागि रुपन्देही नयाँ गन्तव्य बनेको छ । काठमाडौं, पोखरा र चितवनमा लक्जरी होटल चलाइरहेका व्यवसायीको ध्यान पनि भैरहवा–लुम्बिनीले तानेको छ । ठूला व्यावसायिक घरानाहरू पनि लुम्बिनीमा होटल खोल्ने तयारीमा छन् ।
रुपन्देहीमा होटल व्यवसाय गर्ने नयाँ तथा पुराना सबै व्यवसायीको आशा भनेकै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हो । यो विमानस्थल सञ्चालनमा आएपछि ठूलो संख्यामा बौद्धमार्गी पर्यटक आउने अपेक्षा गरिएको छ ।
अहिले भैरहवा तथा लुम्बिनी क्षेत्रमा ठूलो संख्यामा होटल सञ्चालनमा आइसकेका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि व्यवसाय सहज हुन्छ कि भन्ने आशा राखेको तर सुधार हुने अवस्था नदेखिएको लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए ।
भैरहवामा रात्रिकालीन सेवालाई पनि प्राथमिकता दिनुपर्ने होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठनका अध्यक्ष पिताम्बर न्यौपाने बताउँछन् ।
भारतीय नाका र अन्तर्राष्ट्रिय विमानस्थल भएपछि राति १० बजेपछि होटल–रेस्टुरेन्ट व्यवसाय बन्द गर्ने स्थानीय प्रशासनको नियम परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।
अर्बौं लगानी भएको क्षेत्रको लगानी सुरक्षामा सरकार प्रतिबद्ध हुन आवश्यक रहेको उनले बताए ।
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...