मंसिर ३०, २०८०
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
रूपन्देहीका स्थापित उद्योगी हुन् तिलप्रसाद भट्टराई । कुनै बेला भारतको नयाँदिल्लीमा मजदुरी गर्ने भट्टराईले रूपन्देहीमा अहिले विभिन्न ठाउँमा ‘ब्रान्डेड’ उद्योग सञ्चालन गरेका छन् । उनी उमेरले ७ दशक पार गरेका छन् ।
भट्टराईले २० वर्ष भारतमा गर्दै आएको मजदुरी छाडेर विक्रम संवत् २०४८ सालमा उद्योग यात्रा शुरू गरेका थिए । अहिले रूपन्देहीमा उद्योग क्षेत्रको कुरा गर्दा तिलप्रसादलाई बिर्सिए अधुरो हुन्छ । दिल्लीमा नेसनल रेडियो कम्पनीमा काम गरेका भट्टराईले त्यहाँको अनुभव र सीपलाई स्वदेशको उद्योगमा प्रयोग गरे । उद्योगको क्षेत्रमा उनको नाम, मान र सम्मान छ ।
पाल्पाको बगनासकाली गाउँपालिका–४ मा जन्मिएका भट्टराई विक्रम संवत् २०२८ सालमा रोजगारीको शिलशिलमा भारत पुगेका थिए । ३ दशकअघि भारतमा काम गर्दैगर्दा आफ्नै माटोमा उद्योग सञ्चालन गर्ने सपना भट्टराईले देखिरहेका थिए । आफ्नो सपना साकार पार्न उनले आफूसँगै कम्पनीमा काम गर्ने १६ जना नेपाली साथीहरूलाई योजना सुनाए ।
नेपालमा उद्योगको भविष्य छ भनेर साथीहरूलाई पनि आग्रह गरेपछि सबै राजी भए । साथीहरूसँगै नेपाल फर्किएर उनले बुटवलको औद्योगिक क्षेत्रमा लुम्बिनी केवल इन्डस्ट्रिज सञ्चालनमा ल्याए । त्यसमा अन्य ४ जनालाई पनि सामेल गरे । औद्योगिक यात्रामा शुरूका केही समय उनीहरूले संघर्षको पापड बेल्नुपर्यो ।
‘चालू पुँजीको अभाव भएपछि जुटाउन निकै प्रयास गरियो,’ कम्पनी स्थापनाकालका दिनहरू सम्झिँदै भट्टराईले भने, ‘बैंकबाट ऋण पाउन सहज थिएन । सामानको माग चुलियो तर उत्पादन पुर्याउन कठिन भयो । उद्योग स्थापनाको ९ महिनामा ३ लाख घाटा लाग्यो ।’
हिम्मत कमजोर नबनाई दरिलो बनाउँदै भट्टराई उद्योग जसरी पनि सञ्चालन गरिरहने निचोर्डमा पुगे, जोखिम मोल्न उनी तयार थिए ।
‘त्यो बीचमा उद्योगका लागि २ लाख ऋण दिन बैंकहरू तयार भएनन्, २ लाख ऋणका लागि २० हजार घुस खुवाउनुपर्ने अवस्था समेत भयो,’ उनी सम्झिन्छन् । त्यसपछि भट्टराई पछाडि फर्किनुपर्ने अवस्था आएन ।
बुटवल औद्योगिक क्षेत्रमा रहेको उद्योगले अहिले बिजुली वायरिङ तारसहित विभिन्न सामान उत्पादन गर्दै आएको छ । बिजुलीको वायरिङ तार उत्पादनमा लुम्बिनी केवल इन्डस्ट्रिज अग्रणी छ । ७ लाख ५० हजार रुपैयाँको लगानीमा शुरू भएको इन्डस्ट्रिजमा अहिलेको लगानी ५ करोड रुपैयाँ पुगेको छ ।
‘डिस एन्टेनामा लगाउने तार जापानबाट आउँथ्यो । ग्रीप ताइवानबाट आउँथ्यो । लुम्बिनी केवलले उत्पादन गर्न थालेपछि बिजुलीका विभिन्न सामानमा अरू मुलुकप्रतिको निर्भरता घटेको छ । अहिले बिजुलीसँग सम्बन्धित ३ दर्जन सामान उत्पादन हुन्छन्,’ तिलप्रसादले भने ।
लुम्बिनी केवलले मुलुकभर मार्केट लिन सफल भयो । उद्योगको सफलता देखेर तत्कालीन नेपाल औद्योगिक विकास निगम (एनआईडीसी) ले विक्रम संवत् २०५१ सालमा उद्योगलाई २० लाख कर्जा दियो । त्यहीँ वर्ष उद्योगी भट्टराईले प्लास्टिक उद्योगलाई चाहिने कच्चा पदार्थ उत्पादन गर्ने गरी लुम्बिनी पोलिमर प्रालि र नेपालमै पहिलोपटक प्लास्टिकका मिटर बक्स बनाउने लुम्बिनी प्लास्टिक फिटिङ प्रालि स्थापना गरे ।
उद्योगहरू सफल हुन थालेपछि भट्टराईले बैंकबाट पटक–पटक गरी लिएको ८२ लाख ऋण पनि चुक्ता गरे ।
२०५४ सालसम्म आइपुग्दा तिलप्रसादले सबै साझेदारलाई शेयर रकम बराबर बनाइदिए । सोही वर्ष ७५ लाख कर्जा लिएर २०५८ सालमा चुक्ता गर्न सफल भए । इमान्दारिताका साथ समयमै कर्जा भुक्तानी गर्दै गएकाले आफ्नो उद्योगलाई एनआईडीसीले असल ऋणीको सूचीमा राखेको भट्टराई बताउँछन् । उद्योगमा उनी व्यवस्थापनको काम हेर्छन् ।
अथक परिश्रमी र सकारात्मक सोचका धनी तिलप्रसादले साझेदारी उद्योगमा लगानी विस्तार गर्दै गए । साझेदारीका ३ वटा उद्योगमा १०० जनाभन्दा बढीलाई रोजगारी दिएका छन् । तिलप्रसाद यत्तिमै सन्तुष्ट भएनन् । साझेदारी उद्योगसँगै उनले आफ्नो एकल लगानीमा छुट्टै २ वटा उद्योग चलाएका छन् । २ करोड लगानीमा पूजा प्लास्टिक उद्योग र ४० लाख लगानीमा पूजा इलेक्ट्रिक प्रोडक्ट उनले एक्लै चलाएका छन् ।
पूजा प्लास्टिक उद्योगले पाइप र फिटिङ गर्ने सामग्री उत्पादन गर्दै आएको छ । यी २ उद्योगमा साझेदार छैनन् । यो उद्योगले नेपालमै पहिलोपल्ट प्लास्टिकको हेङ्गर, पीठो चाल्ने चाल्नी र डोर बेल उत्पादन गर्छ ।
पाल्पाको पहाडी गाउँको संयुक्त परिवारमा २००८ सालमा तिलप्रसाद जन्मिएका हुन् । प्राथामिक शिक्षा गाउँमै लिए । गाउँमा पढ्दादेखि नै भट्टराई तेज विद्यार्थी थिए । ३ कक्षाबाट जम्प गरेर उनी ७ कक्षामा गए । ८ कक्षा पास गरेपछि त्यो बेला विद्यालयको हेडमास्टर हुन पाइने भएपछि फोटो खिच्न तानसेन गए उनी । तानसेनमा फोटो खिच्न नपाएपछि उनी बुटवल झरे । बुटवलमा पनि फोटो खिच्ने ठाउँमा रिल सकिएकाले फोटा पाउन उनलाई १ हप्ताभन्दा बढी समय लाग्ने भयो । १० रुपैयाँ घरबाट मागेर ल्याएको र आफूसँग भएको १५ रुपैयाँ साथमा रहेको पैसा लिएर बुटवल झरेका भट्टराई घर फर्किएनन्, बुटवलमा जागिर खोज्न थाले ।
बुटवलका १ जनाले भारतको गोरखपुरमा भारतीय शिक्षकको घरमा खाना पकाउने काम मिलाइदिन्छु भनेपछि भट्टराई त्यतैतिर लागे । शुरूमा दुःख पाए, भाषाको समस्या भयो । बिस्तारैमा काम सिकेपछि उनलाई सबैले माया गर्न थाले । त्यहाँ काम गर्दा शिक्षकले उनलाई स्कूल तह उत्तीर्ण गरेको प्रमाणपत्र बनाइदिएपछि पढाइमा अब्बल तिलप्रसाद त्यहाँको पोलिटेक्निकल कलेजमा पढाउन थाले । २ वर्ष त्यहाँ पढाएपछि उनी नेसनल कम्पनीमा जागिर खान थाले । ६ महिना काम गरेपछि मालिकले उनलाई तलबसँगै कामको दायरा बढाइदिए, टाइपराइटर र एकाउन्टेनको काम गर्न दिए । मासिक तलब ७० रुपैयाँ पुग्यो । त्यसपछि उनको जागिरको यात्रा निरन्तर अघि बढ्यो । यही भेट भएका साथी र कामप्रति गरेको मेहनतबाट अहिलेसम्मको भविष्यको बाटो खुल्दै गएको उनी बताउँछन् ।
‘अहिले म जुन ठाउँमा छु, त्यही पाएको अनुभव, सीप र प्रेरणा हो,’ उनले भने । राज्यका कारण अहिले औद्योगिक वातावरण बन्न नसकेको भट्टराईको भनाई छ । ‘धैयता र लगनशीलता नै सफलताका आधार हुन्,’ भट्टराई भन्छन्, ‘उद्योगमा पहिलो कडी नै धैर्यता हो । कैयौ नेपाली युवाहरू स्वदेशमा उद्यमी बन्न चाहे पनि विदेश पलायन हुन बाध्य हुन्छन् । केही गरौ भन्नेहरूका लागि उद्यमी बन्ने वातावरणको कमी छ । सरकारको हौसलाको कमी छ ।’
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...