×

NMB BANK
NIC ASIA

अध्ययन विनै विनियोजन

विकल्प बन्न नसकेको वैकल्पिक सडक, राज्यको करोडौं लगानी बालुवामा पानी !

फागुन २१, २०७९

NTC
Premier Steels

तत्कालीन मुख्यमन्त्री तथा आर्थिक मामिलामन्त्री शंकर पोखरेलले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा सिद्धबाबाको वैकल्पिक मार्ग बनाउन झुम्सा–चौकीभन्ज्याङ–चरङ्गे सडकमा बजेट विनियोजन गरे । पहिलो वर्ष १० करोड रुपैयाँ बजेट विनियोजन गर्नुपूर्व सडकखण्डको भू–बनोट र भौगर्भिक अवस्थाबारे कुनै अध्ययन भएको थिएन ।

Muktinath Bank

प्रदेश गौरवको आयोजनाको रूपमा रहेको २१ किलोमिटर सडकलाई हरेक वर्ष १० करोडका दरले बजेट विनियोजन हुँदै आएको छ । प्रदेश सरकारले हात हाल्नुपूर्व १ दशकअघि रूपन्देही र पाल्पाका जिल्ला समन्वय समितिको नेतृत्वमा सडकको ‘ट्रयाक’ खुलेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाल्पाको तानसेन नगरपालिका, तिनाउ, बगनासकाली, रिब्दीकोट गाउँपालिका र रूपन्देहीको देवदह नगरपालिकाको आर्थिक सहयोगमा विक्रम संवत् २०६९ सालमा ‘ट्रयाक’ खुलेको थियो ।


Advertisment
Nabil box
Kumari

सिद्धार्थ राजमार्गको सिद्धबाबा–दोभान सडक खण्डको विकल्प भनेर बनाउन थालिएको सडक नचल्ने देखिएको छ । सडकको चर्चा धेरै भए पनि सडक बनेर वैकल्पिक मार्ग बन्नेमा अनिश्चितता देखिएको छ ।

Vianet communication

हालसम्म ५० करोड बजेट खर्चिए पनि सडकमा वर्षायाममा कुनै गाडी चल्न सकेका छैनन् । सडकको ५ चौकीभन्जाङ नजिक हरेक वर्षको वर्षाले सडक पूरै भत्काउने गर्छ । यो खण्डको भू–बनोट पूरै भूक्षय हुने खालको छ । प्रदेश सरकारले करोडौं लगानी हुने गौरवको आयोजनालाई पर्याप्त अध्ययन नगरी बजेट खर्चिएर काम गर्दा राज्यको लगानी खेर जाने देखिएको छ । अहिले वैकल्पिक सडक अलपत्र छ ।

यातायात पूर्वाधार निर्देशनालय रुपन्देहीका इन्जिनीयर भीमार्जुन पाण्डेय वर्षायाममा सिद्धबाबाको पहिरो छल्ने गरी बनिरहेको सडकमा धेरै ठूलो पहिरो झर्ने गरेको बताउँछन् । ‘राम्ररी अध्ययन नगरी सडक बनाउने कार्य अगाडि बढाइयो,’ पाण्डेयले भने, ‘डोजर चलाएर कमजोर चुरेमा सडक बनाउँदा जति सडक बनायो, उति बगाउँछ ।’

साढे ५ किलोमिटर सडकमा चुरे र जंगल पर्छ । यहीँ क्षेत्रमा बढी समस्या छ । आयोजनाका अर्का एक इन्जिनीयरले लोकान्तरसँग भने, ‘१० वर्ष अगाडि खोलिएको ट्रयाकमा खल्तीबाट ‘अल्टरनेट’ रुट बनाउने भनियो । बन्ला जस्तो लाग्दैन । राज्यले बालुवामा पानी खनाएजस्तै गरी बेकाममा सडकमा लगानी गरेजस्तो लाग्छ ।’

वर्षायाम शुरू भएपछि सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडकखण्ड कतिबेला अवरुद्ध हुन्छ, पत्तो हुँदैन । विशेषगरी सिद्धबाबा क्षेत्रको पहिरोले सडकमा यात्रा गर्नेलाई पिरोल्छ, यात्रुलाई सहजताका लागि भनेर सडक निर्माण थालिएको थियो । तिनाउ गाउँपालिका–३ का अध्यक्ष चित्रबहादुर थापाले राज्यले करोडौं रकम विनियोजन गरे पनि कामले गति नलिएको बताए । जसले गर्दा काम शुरू भएको ५ वर्ष हुँदासम्म काम पूरा हुन नसक्दा स्थानीय वासिन्दामा निराशा छाएको अध्यक्ष थापाको भनाइ छ ।

null

‘सडक चौडा गर्ने, नाली निर्माण, रिटेनिङ वाल, ग्याभियन लगाउने गरिए पनि हरेक वर्षको वर्षाले त्यसलाई अड्याउनै नसकिएर बगाउने गर्छ,’ उनले भने । २१ किलोमिटर सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले ५० करोड बजेट विनियोजन गरिसकेको छ । त्यसमध्ये २५ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।

पाल्पातर्फ झण्डै १२ करोड खर्च भएको छ भने रूपन्देहीतर्फ पनि सोही बराबरको रकम खर्च भएको छ । झुम्सादेखि चरङसम्म पालान्दर र हेकबारीमा २ वटा पुल र १ कल्भर्ट निर्माण भएको छ । बेलदमार खोलाको पुलको २ करोड ५१ लाखमा ठेक्का लागे पनि निर्माण व्यवसायीले पेस्की लगेर काम शुरू गरेका छैनन् ।

पाल्पातर्फ ग्राभेल, नाली, स्तरोन्नति, ग्याभियन, रिटेनिङ वालका लागि ८ करोड १५ लाख रुपैयाँ खर्च भएको छ । पुलपुलेसामा ३ करोड ३९ लाख खर्च भएको छ ।

डोजर लगाएर सडक खनेको क्षेत्रमा माथिबाट भेलसहित आउने लेदोले सडक बगाउने समस्या देखिएको तिनाउका स्थानीय दलबहादुर गुरूङले बताए । ‘यो क्षेत्र चुरे हो । यहाँको भू–बनोट स्खलित हुने खालको हो । यहाँ ठाडा–ठाडा खोल्साहरूमा खहरेको रूपमा आउने भेलले बगाउने गर्छ,’ गुरुङले भने । 

सडक बनाउँदा ठूला मशिन प्रयोग गरिएको थियो । मशिन प्रयोग गरिएका स्थानमा अहिले ठूलो पहिरो खसेको छ । चुरे जंगल अहिले धेरै मासिएको छ, भूस्खलन भएको छ । कमजोर र संवेदनशील जमिन अहिले खल्बलिएको छ । यसमा सरोकारवाला निकायको ध्यान पुगेको छैन ।

पुलपुलेसा, ग्राभेल, पहिरो रोकथामका काम भएका छैनन् । जंगलमा जथाभावी डोजर लगाएर चुरे क्षेत्र खल्बलिएको छ । पाल्पा र रूपन्देही जिल्लाका सडक पूर्वाधार कार्यालयको प्राविधिक रेखदेखमा सडक निर्माण भएको छ । रूपन्देहीका सडक पूर्वाधार कार्यालयका इन्जिनीयर हितेन्द्र रायमाझीका अनुसार धागो कारखानादेखि चरङ्गे हुँदै मुढाबाससम्म सडक राम्रो छ । उनले मुढाबासदेखि चौकी भन्ज्याङसम्मको सडकमा ठूलो समस्या देखिएको बताए ।

चरङदेखि मुढाबासभित्र पर्ने त्रिशूली खोलाको पक्की पुल र ५ वटा कल्भर्टका साथै ग्राभेलस्तरको सडक निर्माण भएको छ । रूपन्देहीतर्फ साढे ४ किलोमिटर क्षेत्रमा घना सालको जंगल छ । वर्षायाममा सबैभन्दा धेरै वर्षा यही क्षेत्रमा हुन्छ । सडक खन्नुअघि नै भौगर्भिक र सम्भाव्यता अध्ययन नगर्दा अहिले समस्या आएको छ ।

सडक पूर्वाधार विकास कार्यालयका अनुसार चुरे क्षेत्रमा पहिरोको समस्या अनगिन्ती छ । सयौं साल, अस्ना लगायतका जंगल पहिरोले सखाप पारेको छ । भू–बनावट कमजोर भएकाले पहिरो खस्ने ठूलो समस्या छ ।

आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्ने क्रममा वैकल्पिक सडकका रूपमा रहेको सो सडकलाई सञ्चालनयोग्य बनाउनका लागि आवश्यक पर्ने पुलपुलेसाको निर्माणका लागि बजेट विनियोजन गरिएको छ । झुम्सादेखि चौकीभन्ज्याङ हुँदै धागो कारखानासम्मका सबै पुलपुलेसा, कल्भर्टका लागि ठेक्का लागिसकेको छ । नाली निर्माण, ग्राभेल, ग्याभियन भर्ने, रिटेनिङ वालको पनि ठेक्का भइसकेको छ । चुरे क्षेत्रमा पर्ने जंगलमा समेत प्रारम्भिक वातावरणीय प्रतिवेदन समेत तयार नगरीकन सोझै डोजर लगाएर खोलिएको ट्रयाकमा अहिले सवारीसाधन गुड्न सक्ने अवस्था देखिएको छैन ।

सिद्धबाबालाई अहिले सुरक्षित बनाउन सुरूङमार्ग निर्माणको काम अगाडि बढेको छ । चिनियाँ निर्माण कम्पनीले रूपन्देही र पाल्पाको सीमाना नजिकै १ हजार १०० मिटर सडकमा सुरूङ खन्न लागेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x