पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
काठमाडाैं | असार १०, २०८०
कोशी प्रदेश नामाकरण भएदेखि पूर्वी नेपाल तनावग्रस्त छ । २०७९ फागुन १७ गते प्रदेश सभाका दुईतिहाइ सांसदको भोटले प्रदेशको ‘कोशी’ नामकरण गरिएको थियो । प्रदेश सभामा ९३ मध्ये ८२ जना सांसदले कोशी नामकरणमा समर्थन गरेका थिए ।
तर, नामकरणमा असहमति हुने क्रम बढ्दो छ । पहिचान पक्षधरको आन्दोलनले तनावग्रस्त पूर्वी नेपालमा शान्ति कायम गर्न केन्द्रीय तहबाट कुनै दल जिम्मेवारी बनेका छैनन् । पूर्व तातेको छ तर, केन्द्रमा नेताहरूलाई कुनै मतलब छैन । सरकार बेखबरजस्तै छ ।
आन्दोलनले सर्वसाधारण मर्कामा परेका छन् । कोशी पक्षधरमा मनोवैज्ञानिक त्रास फैलिएको छ । केही पार्टीका नेताहरूलाई आफ्नो गाउँ-जिल्ला जान अवरोध गरिएका खबरहरू आइरहेका छन् । निषेधात्मक आन्दोलनले पूर्वी नेपाल कतै जातीय भड्काउमा फस्ने त होइन भन्ने आशंका उत्पन्न भएको छ । बहुजातीय भएको मुलुकमा एकल पहिचानको मुद्दाले मुलुक नै तहसनहस बनाएका विश्वमा धेरै उदाहरण छन् ।
जातीय पहिचान खोज्दा मसानघाट बनेको सुडान
कुनैबेला अफ्रिकाका थोरै शक्तिशाली मुलुकमध्ये सुडान पहिलो नम्बरमा थियो । सोमालियामा भोकमरी हुँदा सुडानका जनता पेटभरी खान पाउँथे । शिक्षा, स्वास्थ्य र विकासलगायत विविध पक्षमा सुडानअघि बढिरहेको थियो । तर, सन २००८ को मे महिनामा जातीय आन्दोलन शुरू भयो । लगातारको जातीय आन्दोलनले विकास निर्माण मात्र खरानी भएन १५ लाख सुडानी जनताले ज्यान गुमाए । पहिचानको मुद्दाबाट शुरू भएको हिंसा देश टुक्रने अवस्थामा पुग्यो ।
अन्ततः २०११ जुलाई ९ मा सुडानको दक्षिण क्षेत्र टुक्रिएर अलग देश बन्यो । सुडान र दक्षिणी सुडान अलग देश बनेको १२ वर्ष पूरा भएको छ ।
आन्दोलनकारीका माग जति पूरा हुँदै गए, उति दुवै देशमा हिंसा चर्किरहेको छ । एउटा जातिको माग पूरा हुन्छ, अर्कोले हतियार उठाइहाल्छ । यहाँका ६० वटा भाषाभाषीका जातहरू एकआपसमा लडिरहेका छन् । शुरूमा धर्मको नाममा अनि दुई जाति डिंका र न्युरबीचको लडाईंले ध्वस्त बन्यो सुडान । यी दुई जातिमा अन्य समूहगत जाति थपिएका छन् । जनता भोका, नांगा भइसके । जातीय अधिकारको आन्दोलन अझै जारी छ ।
जातीय हिंसाले सर्वसाधारण घरमा बस्न नसकेपछि संयुक्त राष्ट्रको मिसन सुडानमा कार्यरत छ । करिब तीन दर्जन मुलुकका सेनाले यहाँका नागरिकको सुरक्षा गरिरहेको छ । योमध्ये शान्ति कायम गर्न ठूलो संख्यामा खटिएको सेना हो । विभिन्न जातले उठाएका सबै माग पूरा भएपछि सुडान अहिले हरिकंगाल मात्र भएको छैन, कयौं मानिसहरू दैनिक भोकले मर्दै आएका छन् । दुवै देशको विकास तहसनहस भइसकेको छ । मानिसहरूका शव घरनजिकै गाड्न थालेपछि सुडानका अधिकांश बस्तीहरूमा फोहोर र लासको दुर्गन्धले गिद्धहरू आकाशमा घुमिरहेका हुन्छन् । दुवै देशका नागरिकहरूको हालत नरकजस्तो अवस्थामा गुज्रिएका छन् ।
पहिचान खोज्दा मणिपुरमा बलिरहेको आगो
भारतको पूर्वोत्तर राज्य मणिपुरमा अहिले एक महिना २५ दिनदेखि लगातार जातीय भिडन्त भइरहेको छ । यही वैशाख १४ गतेदेखि शुरू भिडन्तमा डेढ सय बढीले ज्यान गुमाइसकेका छन् । यो भिडन्त सरकारसँग नभई दुई जनजातिबीच भएको हो । अर्थात् सरकारले एउटा जातिलाई पहिचानको अधिकार दिएपछि अर्को जातिले त्यसको विरोध गरेर हिंसा भड्केको हो । भिडन्त गर्ने दुवै आदिवासी जनजाति हुन् । दुवैको रूप रंग, वर्ण, बसोबास र पुर्ख्यौली थलो एउटै छ । तर, अहिले यी दुवै जाति भिडिरहेका छन् । लडिरहेका छन् ।
यहाँ तीन जातिको बाहुल्य छ- मेइती, कुकी र नागा । जब सरकारले मेइती समुदायलाई अनुसूचित जनजातिमा सूचिकृत गर्यो, अनि कुकी र नागाले विरोध गरे । यो राज्यमा मेइतीको ५३ प्रतिशत हिस्सा छ । कुकी र नागाले मेइतीलाई जनजाति सूचीमा राख्न नहुने भन्दै हिंसा भड्किएपछि अहिले दिनहुँ मानिसहरूको हत्या भइरहेको छ । सरकारले सेना परिचालन गरे पनि दुई समुदाय एकअर्काको घरमा घुसेर मानिस मारिरहेका छन् । घर जलाइरहेका छन् ।
केन्द्र सरकारले त्यति ध्यान दिन सकेको छैन । तर, सर्वसाधारणले दैनिक मृत्युवरण गरिरहेका छन् । कयौं मानिसहरू भागेर पश्चिम बंगाल क्षेत्रमा आएका छन् । मणिपुरमा रहेका नेपालीहरू दुई समूहका जनजातिबीच भिडन्तको चेपुवामा परेर पीडा भोगिरहेका छन् । यहाँ करिब ५० हजार नेपाली भाषी समुदाय रहेको अनुमान छ । भिडन्तले स्कुल, कलेज, सरकारी भवन, अस्पताल तहसनहस भएका छन् । अझै कति दिनसम्म भिडन्त जारी रहने हो र मणिपुर खरानी हुने हो कसैले अनुमान गर्न सकेका छैनन् ।
जातीय आतंकवादले थिलोथिलो भएको श्रीलंका
कुनै जमानामा धान र अन्य खाद्यान्न चाहियो भने विश्वले श्रीलंकालाई सम्झन्थ्यो । चिया निर्यात गरेर बलियो अर्थव्यवस्था बनाएको श्रीलंका पहिचानको लडाईंले २६ वर्षसम्म आतंकको दलदल फस्यो ।
श्रीलंकामा दुई जातिको बाहुल्य छ । सिंहली र तमिल । सिहंली बहुसंख्यक भए पनि तमिलले जातीय रूपमा बराबर हिस्सा खोज्दा राज्यमा मतभेद सृजना भयो । अन्ततः सन १९८३ मा तमिलले सशस्त्र विद्रोह शुरू गर्यो । तमिल इलम लिबरेशन टाइगर्सले पहिचानको मुद्दा उठान गरेर हतियार उठायो । अबौंको सरकारी सम्पति नष्ट भयो । वैदेशिक लगानी ठप्प भयो ।
अन्ततः सेनाले कठोर आक्रमण गर्ने नीति लिएपछि तमिल टाइगर समूहको हार भयो । सन २००९ मा तमिल गुरिल्ला विद्रोह समाप्त त भयो तर, श्रीलंकन नागरिकले बित्थै ज्यान गुमाए र दुःख पाए । यो युद्धले श्रीलंका कयौं वर्षपछि धकेलियो । आखिर न तमिलहरूले जिते न उनीहरूका मुद्दा स्थापित भयो । उल्टो मानवीय र अर्बौं मूल्यको भौतिक सम्पति विनाशले श्रीलंकालाई नराम्रोसँग पछाडि पार्यो । यहाँ वामपन्थी मात्र होइन, जातीय नाम गरेका पार्टीहरू अहिले पनि शक्तिमा छन् ।
जातीय पहिचान कलहको बिउ
विश्वमा सन १४०० देखि १९०० को अन्त्यसम्म धेरै देशमा पहिचानको लडाईं चल्यो । तर, जहाँ–जहाँ जात र वर्णको आधारमा हिंसा भयो त्यहाँ पहिला हतियार उठाउने जातिकै हार हुँदै गयो ।
अफ्रिकाका अधिकांश देशहरू तत्कालीन सोभियत युनियनअन्तर्गतका मुलुकहरू दक्षिण एसिया, दक्षिण अमेरिकन देश लगायतमा जातीय र धर्मका नाममा ठूला युद्धहरू भए । यी युद्धहरूमा जातीय पहिचान खोज्नेहरू पराजित मात्र भएनन् कयौं देशहरूमा विस्थापित भए । भारत त अहिले पनि जातीय र धर्मका नाममा हिंसा हुने मुलुकमा पर्छ । ब्रिटिसले भारत छोडेपछि भारतमा जातीय र धर्मका नाममा करिब डेढ सय बढी हिंसात्मक घटनाहरू भइसकेका छन् ।
तर, नेपालको अवस्था भने निकै भिन्न छ । नेपालमा बहुसंख्यक जाति मिलेर सुन्दर समाज निर्माण गरेका छन् । यसका केही कारणहरू छन् ।
नेपालमा राईको करिब २ दशमलव ३४ प्रतिशत बसोबास छ । लिम्बू करिब १ दशमलव ४६ प्रतिशत छन् । बाँकी करिब ९७/९८ प्रतिशत अन्य जातिको बसोबास छ । लिम्बू धेरै भएका जिल्लामा पाँचथर, तेह्रथुम र ताप्लेजुङ हुन् । यिनमा करिब ४० प्रतिशत लिम्बूको बसोबास छ । राई खोटाङ र भोजपुरमा ज्यादा छन् । हाल विवादास्पद कोशी प्रदेशमा मोरङ, सुनसरी, झापाजस्ता मधेशको भूभागमा फैलिएका ठूला जिल्लाहरू पनि छन् ।
शेर्पाको बाहुल्य भएको सोलुखुम्बु पनि यहीँ छ । पूर्वी नेपालमा सबै जाति अटेका छन् । जहाँ अनेक जातजातिको बसोबास छ । यादवदेखि कुसवाहसम्मका जातिहरूको थातथलो छ । दत्तदेखि भट्टसम्मका नागरिक बस्छन् । पूर्वका यी जिल्लाका सबै गाउँ शहरहरूमा ब्राम्हण, क्षेत्री, ठकुरी, राणा र शाहहरूको उति नै बसोबास छ । अहिले चलेको आन्दोलन पहिचानको हो ।
अब हेरौं कुन जातको कस्तो इतिहास छ । नेपालको इतिहासमा सबैभन्दा पहिले भित्रिने किराँतहरू हुन् । इशापूर्व ७ सय वर्ष पहिले किराँतहरू पूर्वी नेपालमा मंगोलियाका क्षेत्रबाट यहाँ प्रवेश गरेका हुन् भन्ने पहिचानका इतिहासमा उल्लेख छ । उपत्यकामा पहिलो किराँती राजा यलम्बर थिए र नेपालमा सबैभन्दा लामो शासनकाल किराँतकाल हो ।
अर्को काल हो लिच्छवीकाल । अर्थात् हालका शाक्य र मल्लहरूको शासन । कतिपय इतिहासका जानकारले यो काललाई क्षेत्रीय काल पनि भन्छन् । यो अझै अपुष्ट छ । यी जात पनि यहाँका होइनन् । भारतको मुजफ्फपुरतिरबाट भित्रिएका थिए । लिच्छवीकाल नेपालको एक स्वर्णिमकाल पनि हो ।
त्यसपछि शुरू भयो मल्लकाल । हाल उपत्यकाका नेवार मल्लहरूको शासन थियो त्यो बेला । तर, यी नेवारहरू एकआपसमै भिड्न थालेपछि मल्लकाल अन्त्य भयो । मल्लकालका अन्तिम राजा यक्ष मल्ल थिए भने नेपालको इतिहासमा यो सबैभन्दा झुर काल थियो । यी मल्लहरू भारतका विभिन्न प्रान्तबाट नेपाल छिरेका थिए ।
अर्को काल हो शाहकाल । गोर्खाका राजा पृथ्वीनारायण शाहले उपत्यका आक्रमण गरेर विजयी भएपछि शुरू भएको काल हो शाहकाल । शाहकाल अहिलेको पुस्ताले व्यहोरेको काल पनि हो ।
यी शाह, ठकुरी पनि भारतका राजस्थान, मध्यप्रदेश र आन्द्र प्रदेशबाट नेपाल भित्रिएका थिए । उता थारूहरू पनि भारतका उत्तरी भूभागबाट नेपालको तराईमा आएर बसोबास गरेका थिए । अफ्रिकाबाट भारत छिरेका थारूहरूलाई नेपाल भित्र्याउनेमा पृथ्वीनारायण शाहको योगदान रहेको इतिहासमा उल्लेख छ । भूमिपुत्रको पहिचान बनाएका थारूहरू जंगलको पूजा गर्छन् । यादव, साह, सहनी, राउत, महतोलगायत भारतको उत्तरी क्षेत्रबाट नेपाल भित्रिएका थिए ।
ब्राम्हण, क्षेत्रीको नेपाल प्रवेश करिब सन १६०० वरपर भएको ऐतिहासिक तथ्यका आधारमा अनुमान गर्न सकिन्छ । हुन त लिच्छवीकाल पनि क्षेत्रीय काल हो भनेर अर्कोतिर व्याख्या गरिएको छ । तर, खासगरी ब्राम्हण, क्षेत्री र ठकुरीहरू ककेसस क्षेत्र (युरोप एसियाकोबीच भाग) अर्थात हालको अर्मेनिया, अजरबैजान, टर्किए, इरान र जर्जियाका क्षेत्र हुँदै भारत प्रवेश गरेका र त्यहाँ केही शताब्दी बसेर नेपाल भित्रिएका हुन् भन्ने जानकारहरूको भनाइ छ ।
भारतको कुमाउ, गढवाललगायत स्थानबाट ब्राम्हण आएका थिए । त्यसैगरी हिमाली क्षेत्रका भोटे र गुरुङ तिब्बतका विभिन्न जिल्लाबाट नेपाल भित्रिएको सय वर्ष नाघेको छैन ।
नेपालको शासकीय इतिहास करिब २६०० वर्षको अनुमान गर्न सकिन्छ । यो कालखण्डमा हरेक जातहरू नेपाल भित्रिएका रहेछन् । फरक यति हो, कोही अलि पहिला आए भने कोही अलि ढिला । किनकि विश्वमा मानिसको पहिचान बोकेका क्षेत्र भनेको अफ्रिका, मंगोलिया र युरोप मात्र भएको पुष्टि भइसकेको छ । जब चारैतिरबाट विभिन्न जातजाति आए तब सबै मिलेर बस्न थाले । विश्वमा जातीय लडाईं चर्कंदै गर्दा नेपाल भने सधैं शान्त बन्यो । हाम्रा सबै गाउँघर र शहरहरू सबै जातजाति मिलेर बसेको मिश्रित समुदाय छ । एकल जातिको पहिचान यहाँ छैन । नेपाल मात्र त्यस्तो देश हो जहाँ सबै जातजाति मिसिएर बसेको अवस्था छ ।
आधुनिककालपछि नेपालमा अन्तरजातीय विवाह बढ्यो । अहिले अन्तरजातीय विवाहबाट जन्मिएका सन्तान करिब ६० लाख भएको अनुमान छ । यो अर्थमा हामी सबैको रगत सबै नेपालीमा अन्तरघुलित छ । यी सबै केवल नेपाली मात्र हुन् । दुनियाँ अहिले वैज्ञानिक युगमा दौडिरहेको छ । तर, हामी ५ सय वर्षअघि विश्वमा चलिरहेको पहिचानका मुद्दा बोकिरहेका छौं ।
कसलाई कुन जातिको प्रदेश दिने ? तथ्यांक विभाग ०७८ को विवरण अनुसार, अहिले नेपालमा १ सय ४२ भाषाभाषीका जात छन् । किनकि सबै जातजातिका आ-आफ्ना महत्वपूर्ण इतिहास छन् । त्यसैले, जातबाट होइन, ‘नेपाली’ झल्कने पहिचानमा हामी किन नजाने ?
अन्त्यमा,
पहिचान अर्थात् परिचय । संसारका हरेक व्यक्ति, समुदाय र जातको परिचय छ । तर, मानव सृष्टि हेर्यो भने मानिसको एउटै पहिचान स्थल अफ्रिकाकै जंगल हो । त्यसपछि संसारभरि फैलिएर विभिन्न रंग, जाति, सम्प्रदायमा विभाजन भएका मात्र हुन् ।
जनजाति भनेको छोटो अर्थमा जनताको जाति हो । अब प्रश्न उठ्न सक्छ कुन जाति जनताको नहोला र ? हामी प्रत्येक जातिले बुझ्न आवश्यक छ कि नेपाल बाहिर जाँदा कसैलाई पनि मधेशी, पहाडी, हिमाली, दलित, ब्राम्हण, क्षेत्री, राई, लिम्बू भनेर चिन्दैन । हामी सबैलाई विश्वले केबल नेपाली भनेर चिन्छ । अनि विश्वले नेपाली भनेर चिन्छ भने घरभित्र आफ्नो परिवारलाई पहिचानको परिचय दिनुपर्छ र ? नेपाल आफ्नै घर त हो नि !
नेपालीजस्तो पहिचान अर्को कुनै पहिचान छैन भन्ने एक पटक सबैले अन्तर्मनबाट मनन् गर्ने कि ! जसरी हामी डेनमार्कको नागरिकलाई डेनिस भनेर चिन्छौं, त्यसरी नै हामी नेपाली मात्र भनेर परिचय दिन पाउनु नै सौभाग्य हो । एक पटक जातीय पहिचान खोज्दा तहसनहस र हरिकंगाल भएका मुलुकहरूतिर फर्केर घोत्लिने पो हो कि !
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...