×

NMB BANK
NIC ASIA

सन्दर्भ : क्विन्टल सुन प्रकरण

विवादास्पद पात्रसँगको उठबसले विवाद– भेटघाटमा किन सतर्क हुँदैनन् नेता ?

काठमाडाैं | साउन १७, २०८०

NTC
Premier Steels

राजनीतिक दलका प्रभावशाली नेता तथा उच्च ओहोदामा बसेका व्यक्ति विवादास्पद पात्रहरूसँगको तस्वीरका कारण बेलाबखत विवादमा आउने गरेका छन् ।

Muktinath Bank

प्रधानमन्त्री, मन्त्री, सांसद, नेता, कर्मचारीदेखि प्रहरीको उच्च ओहोदाका व्यक्तिहरूसम्म विवादास्पद पात्रसँगको तस्वीरका कारण शंकाको घेरामा तानिने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय यस्तै विवादको केन्द्रमा छन्, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्त । करीब एक क्विन्टल सुन प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँगको तस्वीरका कारण वर्षमान र नन्दबहादुर विवादमा आएका हुन् ।


Advertisment
Nabil box
Kumari

राजस्व अनुसन्धान विभागको टोलीले ठमेलस्थित होटल भियानामा छापा मार्दै उक्त होटलका सञ्चालक समेत रहेका बेल्जियन नागरिक दावा छिरिङलाई पक्राउ गरेको थियो ।

Vianet communication

दावा पक्राउ परेलगत्तै उनले पूर्व सभामुख ओनसरी घर्ती र उनका पति समेत रहेका माओवादी उपमहासचिव वर्षमान पुनसँग बसेर खाना खाँदै गरेको तस्वीर सार्वजनिक भयो ।

यति मात्र हैन, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन र उनका परिवारका सदस्यहरूसँग समेत दावा र उनकी पत्नी अमला रोकाको तस्वीर सार्वजनिक भयो ।

त्यसो त वर्षमानले ८ वर्षअघि खिचिएको पारिवारिक तस्वीर भन्दै आफ्नो बचाउ गर्न खोजेका छन्, तर उनको आलोचना कम हुनुको साटो झन् बढिरहेको छ ।

‘मलाई सुन प्रकरणमा मुछिएको छ । यसले म आश्चर्यमा परेको छु । यस प्रकरणमा मेरो कुनै संलग्नता छैन । ८ वर्ष अगाडिको पारिवारिक फोटो राखेर, हो–हो जस्तो, अहिले नै सँगै खाएको जस्तो देखाइएको छ, यसमा मेरा आपत्ति छ,’ संसद् भवनबाट बाहिरिने क्रममा प्रतिक्रिया दिँदै पुनले भने, ‘यसले नेताहरूको बेठीक मान्छेसँग सम्पर्क हुँदोरहेछ भन्ने धारण स्थापित गरेको छ । यो गलत हो । यदि म दोषी ठहर भएको खण्डमा भोग्न तयार छु । सरकारले अनुसन्धान गरोस् । राजनीतिक जीवन भएका व्यक्तिले कस्ता व्यक्तिसँग संगत गर्ने भन्ने विषयमा पनि यसले राम्रो ज्ञान दिएको छ ।’

पुन यस प्रकरणमा दोषी होलान् कि नहोलान् त्यो अनुसन्धानको विषय भयो, तर पहिलेदेखि नै विवादमा आएका पात्रसँग उनको उठबस पक्कै पनि गम्भीर विषय हो ।

यस प्रकरणमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको परिवार अझै धेरै विवादमा तानिएको छ । दावा छिरिङकी पत्नी अमला रोका मगर उनकै घरमा पटक–पटक पुगेको, घरमै तस्वीर खिचेको, दावा स्वयंले नन्दबहादुरका छोरा दीपेश पुनसँग तस्वीर खिचेको पनि सार्वजनिक भइसकेको छ ।

फेसबूकमा तस्वीर र टिकटकमा भिडियो भाइरल छन् । बाहिर आएका तस्वीर र भिडियो हेर्दा नन्दबहादुर र दावाको सम्बन्ध निकै राम्रो भएकोजस्तो देखिएको छ ।

विभिन्न समयमा पोस्ट गरिएका तस्वीरमा चन्द्रागिरी नगरपालिको स्वीट्जरल्यान्ड पार्कनजिकै रहेको पुनको घरमा बसेर कुराकानी गरेको देखिन्छ ।

छतमा लिइएको सामूहिक तस्विरहरू पनि बाहिरिएका छन् । त्यति मात्र होइन, उपराष्ट्रपति हुँदाको समयमा दावाले खिचाएका तस्वीर समेत भाइरल छन् ।

नन्दबहादुरकी बुहारी जुना मगरले दावालाई भाइटीका लगाइदिएको तस्वीर पनि सामाजिक सञ्जालमा भाइरल छ ।

दावासँगको सम्बन्ध र तस्वीरहरूका कारण वर्षमान र नन्दबहादुर तनावमा देखिन्छन् । सोमवार बसको माओवादी पदाधिकारी बैठकमा पनि यो विषयले प्रवेश पाएको थियो ।

केही नेताले यसरी आपराधिक पृष्ठभूमिका व्यक्तिहरूसँग खिचिएको तस्वीरका विषयमा प्रश्न उठाएका थिए । सोही बैठकमा उपमहासचिव वर्षमान पुनले आफूमाथि समेत छानबिन गर्ने गरी उच्चस्तरीय समिति बनाउन प्रस्ताव समेत गरेका थिए ।

तर, नन्दबहादुर पुनको औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन । उनका छोरा दीपेश पुनले भने दावाकी पत्नी अमला पार्टीको नेत्री भएका कारण चिनजान भएको प्रतिक्रिया दिएका छन् ।

‘उहाँ (अमला रोका)सँग पार्टीगत चिनजान भएपछि पारिवारिक भएको हो । त्यसैक्रममा उहाँले नै आफ्ना श्रीमान्लाई चिनाउनु भएको हो,’ दीपेशले लोकान्तरसँग भने ।

दावाको आपराधिक पृष्ठभूमिका विषयमा आफूहरूलाई जानकारी नभएको र सुन प्रकरणसँग जोडिनु गलत भएको दीपेशको जिकिर छ । अमला ‘शहीद परिवार’ भएका कारण पनि भेटघाट हुने गरेको उनको भनाइ छ ।

अमला ‘शहीदपत्नी’ हुन् कि हैनन् ? पढ्नुहोस्, यो पनिः

सुनकाण्डमा माओवादीका रोल्पाली नेतालाई टाउको दुखाइ बनेकी थबाङकी अमला

दावाले नै तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसँग कार्यकक्षमै खिचेको तस्वीर पनि सार्वजनिक भएको छ ।

आईजीपीबाट अवकाश भएको केही महिनापछि तत्कालीन सांसद डा. सुरेन्द्र यादव अपहरणमा समेत सर्वेन्द्र संलग्न भएको तस्वीर लोकान्तरले २०७७ वैशाख ११ गते विशेष खुलासा गरेको थियो । 

हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षअघि व्यापारी दुर्गा प्रसाईंको घरमा मार्सी चामलको भात खाएको तस्वीर समेत सामाजिक सञ्जालमा चर्चा र आलोचनाको विषय बनेको थियो ।

नेता तथा उच्च ओहोदाका व्यक्तिको तस्वीर आपराधिक र विवादास्पद पृष्ठभूमिका व्यक्तिसँग जोडिएर आउँदा समाजमा एउटा शंकाको दृष्टिकोण पैदा हुने गरेको छ ।

त्यसको चित्तबुझ्दो जवाफ अहिलेसम्म पनि कुनै नेताले दिएका छैनन् । बरु उल्टै त्यस्ता व्यक्तिको संरक्षण गर्ने गरेको देखिन्छ । 

राजनीतिक विश्लेषक झलक सुवेदी नेताहरूले उच्च पदमा पुगेपछि भ्रष्टाचार गर्ने र त्यसबाट आर्जित सम्पत्ति संरक्षण गर्न आपराधिक वा विवादास्पद व्यक्तिसँग सम्बन्ध राख्ने गरेको बताउँछन् । 

सोही सम्बन्धका कारण खिचिएका तस्वीर बेलाबखत सार्वजनिक हुने गरेको उनको तर्क छ ।

‘यसमा नेताहरूको व्यावसायिक 'कनेक्सन' पनि जोडिएको हुन्छ । भ्रष्टाचारबाट आर्जित सम्पत्ति संरक्षणका लागि आपराधिक पृष्ठभूमिका व्यक्तिसँग जोडिएका हुन्छन्, तिनै व्यक्तिसँग खिचिएका तस्वीर बेलाबखत सार्वजनिक हुने गरेका हुन्,’ सुवेदीले लोकान्तरसँग भने ।

पदमा हुँदा जे गरे पनि फरक पर्दैन भन्ने मानसिकता र सामाजिक रूपमा घृणित भइन्छ भन्ने चेत नहुँदा समस्या निम्तिएको उनको तर्क छ । 

‘पावरमा हुँदा जे गरे पनि हुन्छ भन्ने मानसिकता र सामाजिक रूपमा घृणित भइन्छ भन्ने चेत नहुँदा समस्या निम्तिएको हो,’ सुवेदीले लोकान्तरसँग भने । कतिपय अवस्थामा भने फोटो खिच्ने व्यक्तिको विगतबारे जानकारी नभएर पनि विवादमा पर्ने गरेको उनको बुझाइ छ ।

पूर्व आईजीपी धीरजप्रतापसिंह उच्च ओहोदामा हुने व्यक्तिले तस्वीर खिच्दा विचार गर्नुपर्ने बताउँछन् । आफू प्रहरी प्रमुख हुँदा कतिपय व्यक्तिसँग तस्वीर खिच्न नकारेको समेत उनको भनाइ छ ।

‘म संगठन प्रमुख हुँदा व्यक्तिको विगतका बारेमा जानकारी लिएर भेट्ने गरेको थिएँ । कतिपय अवस्थामा फोटो खिच्न नकारेको पनि छु,’ पूर्व आईजीपी सिंहले लोकान्तरसँग भने । 

कतिपय व्यक्तिहरू भने पछि आपराधिक क्रियाकलापमा जोडिँदा समेत पहिलेको फोटोका कारण विवाद हुने गरेको उनको भनाइ छ ।

विदेशी नागरिकलाई भेट्दा भने उनीहरूका बारेमा धेरै कुरा जानकारी हुन नसक्ने अवस्था रहेको सिंह बताउँछन् ।

खासगरी भारतीय र चिनियाँ नागरिकलाई भेट्दा विशेष ध्यान दिनुपर्ने र सकेसम्म फोटो खिच्न नकार्नुपर्ने उनको सुझाव छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल सहज पहुँच र सामाजिक सम्बन्धको सन्तुलन मिलाउने क्रममा समस्या हुने गरेको बताउँछन् ।

‘नेपालको राजनीतिमा सार्वजनिक व्यक्तित्वहरू सम्पर्कमा नजाँदा, नबस्दा मातेको, ठूलो भएको, पदको तुजुक देखाएको अर्थ लाग्ने गरेको छ,’ बरालले लोकान्तरसँग भने, ‘सरल र सहज पहुँचमा रहँदा विभिन्न हिसाबले दुरुपयोग पनि हुने गरेको छ । नेपालको सन्दर्भमा यो विषयमा सन्तुलन मिलाउन निकै गाह्रो छ ।’

सहज ढंगले बोलाइका बिहे, बर्थ डे वा अन्य पारिवारिक भोजमा जाने कि नजाने भन्ने कुरामा समेत ठूलो दुविधा हुने गरेको र जान्नँ भन्दा ठूलो भयो भनेर आलोचना हुने गरेको उनले सुनाए ।

यी सबै विषयको सन्तुलन मिलाउँदै कुनै पनि व्यक्तिलाई भेट्नुअघि उसको 'स्क्रिनिङ' गर्ने र सचेत हुनुपर्ने उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x