×

NMB BANK
NIC ASIA

पुरातात्त्विक क्षेत्र र सम्पदा जोगाउने नेतृत्वमा महिला

पुरातत्वको संरक्षण र खोजबिन गर्दै नेतृत्वसम्म पुगेकी सौभाग्य

बुटवल | साउन २०, २०८०

NTC
Premier Steels

सांस्कृतिक शहर भक्तपुरको मध्यपुर ठिमीमा जन्मिएकी सौभाग्य प्रधानाङ्ग सानैदेखि संस्कृतिप्रति औंधी मोह राख्थिन् । आफ्नो रुचिको विषयमा धैर्यताका साथ अध्ययन र मेहनत गर्ने उनी अन्वेषणबाट पर्याप्त अनुभव संगाल्दै पुरातत्व विभाग रामशाहपथको महानिर्देशक बनेकी छन् ।

Muktinath Bank

आफ्नो विज्ञता देखाउँदै यसै हप्ता सौभाग्य पुरातात्विक क्षेत्र र सम्पदा जोगाउने जिम्मेवारीको उच्च नेतृत्वमा पुगेकी हुन् । साढे २ दशकदेखि संरक्षण अभियानमा लागेकी सौभाग्य पुरातात्विक क्षेत्रको अभिन्न अंग बनेकी विज्ञ हुन् । यसअघि राष्ट्रिय अभिलेखालयको महानिर्देशक हुँदा पनि उनले सबल भूमिका देखाइसकेकी थिइन् । संस्कृति, सम्पदा र अभिलेखहरूको काम चुनौतीपूर्ण पनि मानिन्छ । आफ्नै घरआँगन र क्षेत्रमा मासिँदै र हराउन थालेका सम्पदा, वस्तु र संस्कृति जोगाउन निरन्तरको खटाइपछि उनलाई यो क्षेत्रमा लाग्ने प्रेरणा मिलेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेपाली संस्कृति र सम्पदा जन्मदेखि नै जोडिएर आउँछन्,’ उनी भन्छिन्, ‘मेरो घर, परिवारमा संस्कृति र सम्पदासँग ‘रिलेटेड कन्जर्भेसन’ बचाउनुपर्छ भन्ने प्रभाव बढी थियो । त्यसैबाट म पनि संस्कृति र सम्पदाहरू जोगाउनुपर्छ भनेर लागेपछि अहिले यो स्थानसम्म आइपुगेकी हुँ ।’


Advertisment
Nabil box
Kumari

विद्यालय तहको पढाइ सकेपछि उनले नेपाली इतिहास, संस्कृति र पुरातत्व विषय लिएर अध्ययन अघि बढाउँदै लगिन् । पढाइसँगै उनले बीचमा नेपाल ‘हेरिटेज सोसाइटी’बाट सम्पदाको क्षेत्रमा काम पनि गर्दै गइन् । 

Vianet communication

विक्रम संवत् २०५५ सालमा उनले स्नातकोत्तर तहमा नेपाली इतिहास संस्कृति र पुरातत्व विषयमा प्रथम हुँदै ‘गोल्ड मेडल’ प्राप्त गरिन् । जसले उनलाई यो क्षेत्रमा लाग्ने हौसला बढायो । पढाइ पूरा हुने बित्तिकै उनले युनेस्कोको परियोजनामा २ वर्ष ‘सिनियर आर्कोलोजी’को रूपमा काम गर्ने अवसर पाइन् । त्यो बेला देशका विभिन्न ठाउँ र ऐतिहासिक क्षेत्रहरूमा पुगिन् । २ वर्ष परियोजनामा काम गरेपछि फेरि उनलाई तत्कालीन ललितपुर उपमहानगरपालिकामा संस्कृति र पुरातत्व विभागमा काम गर्ने अवसर मिलिहाल्यो । त्यहाँ उनले १ दशक काम गर्दै आफ्नो विज्ञतालाई बलियो र पूर्ण बनाइन् ।

त्यो बेला ललितपुर क्षेत्रका ढुंगेधारादेखि विभिन्न ऐतिहासिक क्षेत्रको पहिचान गरी सूचीकृत गरिएको सौभाग्य बताउँछिन् ।

विक्रम संवत् २०६६ सालमा लोक सेवा आयोगबाट संग्रहालय अधिकृतबाट सरकारी सेवामा प्रवेश गरिन् । त्यसको ६ महिनामै उनले फेरि उपसचिवमा नाम निकाल्न सफल भइन् । उपसचिवसँग उनले पुरातत्व विभागको प्रमुख पुरातत्व अधिकृत भएर काम गरिन् । त्यसपछि उनको राष्ट्रिय अभिलेखालयमा सरूवा भयो । महाभूकम्प २०७२ का बेला उनले रातदिन नभनी सम्पदा बचाउनुपर्छ भनेर काम गरिन् । त्यहाँ उनले झण्डै ८ वर्ष काम गरिन् ।

उनको सहसचिवमा बढुवा पनि भयो । केही दिनअघि उनी आफैंले रोजेको र मनले खाएको क्षेत्रको प्रमुख बनेर फेरि पुरातत्व विभागको महानिर्देशक बनेर काम गर्ने ठाउँमा आइपुगेकी छन् । ‘संस्कृति र सम्पदाले हाम्रो देश धेरै धनी छ,’ उनी भन्छिन्, ‘लुम्बिनीमा तेस्रो सताब्दीका मानव पाइला छन् । हिमाली क्षेत्रमा मानव इतिहास त्योभन्दा अझै अघिदेखि जोडिएको छ ।’

नेपाल कला सम्पदाहरूले भरिपूर्ण देश हो । यहाँ सांस्कृतिक पुरातात्विक महत्त्वका सम्पदाहरूले विश्वमै विशिष्ट र मौलिक पहिचान बोकेका छन् । हाम्रो पहिचानको धरोहरका रूपमा रहेका सांस्कृतिक सम्पदाहरू नास र चोरी हुनेक्रम समेत बढेकाले सबै सचेत हुनुपर्ने उनको भनाइ छ ।

‘हामीले सम्पदाहरू पाएका छौं तर विकास निर्माणका बेलामा सम्पदा जोगाउने र बचाउनेबारे कसैलाई सचेत भएको देखिँदैन । त्यसैले पढ्दै, देख्दै र मान्दै आए पनि संरक्षणबारे अझै सचेतना आइसकेको छैन,’ प्रधानाङ्गले भनिन्, ‘हामी संस्कृति र सम्पदालाई काठमाडौं केन्द्रित मात्र नभई गाउँगाउँमा भएका तर नदेखिएका सम्पदा र ठाउँ जोगाउनुपर्नेछ । संरक्षण नहुँदा प्रमाणहरू लोप हुन पुगेका छन् ।’

राष्ट्रिय अभिलेखालयमा सौभाग्यले ८ वर्ष काम गर्दा पुराना कागजपत्रको थुप्रोको व्यवस्थापनको प्रक्रियादेखि अहिले त्यसको संरक्षण एवं व्यवस्थापन गरेर राखिएको बनाइन् । अभिलेखालयले अहिले धेरै काम गरिसकेको छ । अभिलेखालयले अभिलेखहरू संरक्षण र सुरक्षित गर्दै आएको छ । अभिलेख संकलन, प्रकाशन र व्यवस्थापन गर्दै सबैको पहुँचमा पुर्‍याउँदै अध्ययन र सम्पादनका साथै डिजिटल रूपमा राख्दै आएको सौभाग्यले बताइन् । 

अभिलेखालय वातावरण अनूकुल पनि बनाइएको छ । अभिलेख बनाउने र संरक्षण गर्नेबारे जनचेतनाको अभाव रहेकाले पुराना कागजातहरू मानिसहरूले फाल्ने गरेको छन् । ‘तपाईं/हाम्रो १०० वर्ष पुराना लालपूर्जाहरू पनि अभिलेख हुन्, तिनीहरूको पछि ठूलो महत्त्व हुन्छ । हामीले घरमा जोगाउन नसके हामीले सुरक्षित बनाएर राख्छौ भन्ने पनि अभियान चलाएका थियौं,’ सौभाग्यले भनिन् । 

अभिलेख भएका संस्थाहरूसँग संरक्षणका लागि सहकार्य र समन्वय, जनमानसमा अभिलेख सम्बन्धी जनचेतना विस्तार, हस्तलिखित, धार्मिक ग्रन्थलाई मात्रै अभिलेख मान्न थालेका छन् । अभिलेख भनेको पुरानो कागज मात्रै होइन, आज हुने वा भएका महत्त्वपूर्ण सन्धिसम्झौता लगायत महत्त्वपूर्ण कागजात भोलिका अभिलेख हुन् । त्यसैले हरेक कामको कागजात, प्रमाण संरक्षण गर्नुपर्छ भनेर चेतना सबैमा जरूरी रहेको उनी बताउँछिन् । नेपालका धेरै स्थानमा संरक्षणको पर्खाइमा छन्, जहाँ राज्यको ध्यान पुग्न सकेको छैन ।

‘पुरातात्विक सम्पदा, अलिखित ऐतिहासिक दस्तावेज र तिनीहरूको संरक्षण अतिआवश्यक छ, मेरो काम गर्ने सोच र योजना छ,’ उनी भन्छिन्, ‘स्मारक र पुरातात्विक स्थलहरूको संरक्षण र संरक्षण, पुरातात्विक अन्वेषण र पुरातात्विक उत्खनन गर्ने र प्रतिवेदन प्रकाशन, नेपालको इतिहास, संस्कृति र पुरातत्व सम्बन्धी अनुसन्धान, अभिलेखीय सामग्रीहरू संकलन, अनुसन्धान र प्रकाशित, संग्रहालयहरू स्थापना र विस्तार, विश्व सांस्कृतिक सम्पदा स्थलहरूको संरक्षण, सांस्कृतिक सम्पदाको सूची तयार र अवैध निकासी नियन्त्रण गर्ने गरी योजना अघि सारिएको छ ।’

विभाग पुरातात्विक अनुसन्धान र देशको सांस्कृतिक सम्पदाको संरक्षणको लागि प्राथमिक निकाय हो । पुरातात्विक स्थलको संरक्षण र मर्मत सम्भार, राष्ट्रिय महत्त्वका अवशेष लगायतका प्राचीन सम्पदा, संग्रहालय तथा अभिलेख व्यवस्थापन पुरातत्व विभागको प्रमुख चासो रहँदै आएको छ । पुरातत्व विभागले पनि देशका सबै पुरातात्विक गतिविधिलाई नियमन गरेको सौभाग्य बताउँछिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x