माघ १३, २०८०
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तकालीन घर निर्माण गरिने भएको छ ।
हाल भग्नावशेष अवस्थामा रहेको आदिकवि आचार्यको घरलाई भने सोही अवस्थामा नै संरक्षण गरिने भएको छ ।
भानुजन्मस्थल विकास समिति र भानु नगरपालिकाको समन्वयमा पश्चिमाञ्चल विकास मञ्चले आदिकवि आचार्यको जन्मघरकै स्वरुपमा नयाँ घर बनाउन लागेको हो । नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान दिएका आदिकवि आचार्यको सम्मानमा आफूहरूले देश तथा विदेशमा रहेका व्यवसायीबाट रकम उठाएर भानुभक्तकालीन घर बनाउन लागेको विकास मञ्चका संस्थापक अध्यक्ष तथा भानुभक्त घर निर्माण समितिका संयोजक रामकाजी कोनेले जानकारी दिए ।
‘हामी आफ्नै सक्रियता र व्यवसायीबाट जुटेको सहयोगबाट भानुभक्तकालीन घर बनाउने निष्कर्षमा पुगेका छौं,’ उनले भने । आचार्यको जन्मघरकै स्वरूपमा अर्को घर निर्माण नगरिएसम्म नेपाली साहित्यको सम्मान नहुने कोनेको भनाइ छ । उनले भने, ‘अब घर निर्माण ढिला गर्न हुँदैन । विभिन्न दाताबाट केही रकम जुटिसकेको छ । चाँडै घर निर्माण थाल्छौं ।’
भानुभक्तकालीन घर निर्माणका लागि करीब १ करोड खर्च हुने मञ्चले जनाएको छ । घरको भित्री भाग सिमेन्ट र रडबाट निर्माण हुनेछ । १ वर्षभित्र नै सक्ने गरी निर्माण गरिने भूकम्प प्रतिरोधी २ तले घरको बाहिरी आवरण भने परम्परागत र भानुभक्तकालीन शैलीको रहने छ । भग्नावशेष अवस्थामा रहेको आदिकवि आचार्यको घरको बाँकी रहेको ढुंगाको गाह्रोलाई भने सोही अवस्थामा तारबार गरी संरक्षण गरिने संयोजक कोनेले जानकारी दिए । हाल रहेको भग्नावशेष घरको पछाडि नयाँ घर निर्माण गरिने छ ।
‘आदिकविको जन्मघर दुरुस्तै हुनुपर्छ भन्नेमा हामी प्रतिबद्ध छौं,’ कोनेले भने, ‘भानुभक्तकालीन त्यही घर र घरको भग्नावशेष हेर्न देश तथा विदेशबाट पर्यटक आउने विश्वास छ ।’
मञ्चले ७ वर्ष पहिले २०७३ सालमा ६८ लाख लागतमा घर बनाउन शिलान्यास समेत गरेको थियो । हाल सोही डिजाइनलाई केही परिमार्जन गरी घर बनाउन लागिएको हो तर आगलागी र संरक्षण अभाव देखिएकाले त्यस समय आफूहरूले घर बनाउने काम रोकेको संयोजक कोनेले बताए ।
भानु जन्मस्थल विकास समितिले २०५७ सालमा ‘आदिकवि भानुभक्त’ चलचित्र बनाउने क्रममा करीब १ लाख १० हजार रुपैयाँको लागतमा आचार्यको जन्मघर पुनर्निर्माण गरेको थियो ।
विक्रम संवत् २०६० सालमा भानु सामुदायिक वनमा आगलागी हुँदा खरको छानो रहेको उक्त घर जलेर नष्ट भएको थियो । आगलागी हुुनुअघि नै आदिकवि आचार्यले प्रयोग गर्ने मसी दानी, विभिन्न रचनाका पाण्डुलिपि, भाँडावर्तन, ओदान, ठेकी, मदानी, भोटेताल्चा लगायतलाई भानुजन्मस्थल विकास समितिको हाताभित्र संरक्षण गरी राखिएको विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले बताए ।
‘आदिकविको घर हेर्न आउनेहरू भग्नावशेष देखेर खिन्न भएर फर्किने अवस्था छ,’ उनले भने, ‘अब भानुभक्तकालीन घर बनेपछि साहित्यिक पर्यटक बढ्ने विश्वास लिएका छौं ।’
भानु जन्मस्थल विकास समिति मातहत कार्यालय परिसरमा ४ रोपनी र स्थानीय पुरनडिहीमा १४ रोपनी तथा भानुभक्तको जन्मघर शिखरकटेरीमा करीब ५० रोपनी गरी कूल ६८ रोपनी क्षेत्रफल जग्गा छ । नेपाल सरकारले शिखरकटेरीमा करीब २ करोड ६० लाख लागतमा २ वर्ष पहिले निर्माण गरेको रामायण भवनको समेत उचित संरक्षण हुन सकेको छैन ।
शिखरकटेरीको ५० रोपनी क्षेत्रलाई संरक्षण गर्न लगाइएको पर्खाल समेत केही स्थानमा भत्किएको छ ।
राज्यले भानुजन्मस्थल विकासका लागि पर्याप्त बजेट विनियोजन नगर्दा संरचना निर्माणमा विभिन्न दाताको भर पर्नु पर्ने बाध्यता रहेको समितिले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा विकास समितिको बजेट चालुतर्फ १५ लाख र पुँजीगततर्फ २५ लाख रुपैयाँ मात्र रहेको छ । विकास समितिमा हाल एक कार्यकारी निर्देशक, एक खरिदार, एक चौकीदार र एक कार्यालय सहयोगी कार्यरत छन् ।
आदिकवि आचार्यको जन्मस्थललाई साहित्यिक पर्यटकीय गन्तव्यको रूपमा विकास गरी आर्थिक उन्नतीको लक्ष्य राखिएको भानु नगरपालिकाको कार्यालयले जनाएको छ । मञ्चले भानुभक्तकालिन घर बनाउन तत्परता देखाउनु सकारात्मक भएको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताए ।
‘भानुभक्त कालिन घर बनाउन विकास कोष अग्रसर हुनुलाई सकारात्मक रूपमा लिएका छौं,’ भानु जन्मस्थलमा बाटो र खानेपानीको व्यवस्था गरी सकेको बताउँदै अध्यक्ष त्रिपाठीले भने, ‘आगामी दिनमा भानुजन्मस्थलको व्यापक प्रचार गरी देश, विदेशका साहित्यकारलाई यो थलोमा जमघट गराउने योजनामा जुट्छौं ।’
भानु नगरपालिकाको कार्यालयले विभिन्न संघसंस्था र व्यक्तिको सहयोगमा आदिकवि आचार्यको १०८ फिटको पूर्ण कदको शालिक बनाउने र भानुकालिन गाउँ बनाउने योजना राखेको प्रमुख त्रिपाठीले बताए । बुवा धनञ्जय र आमा धर्मावतीको कोखबाट विक्रम सम्बत् १८७१ असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो । हजुरबुवा श्रीकृष्ण आचार्यबाट संस्कृत शिक्षा पाएका अदिकवि आचार्यले संस्कृतमा लेखिएको रामायणलाई नेपालीमा उल्था गरी सबै नेपालीलाई भाषिक एकतामा जोडेका हुन् । – पूर्ण विके/रासस
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...