×

NMB BANK
NIC ASIA

राजनीतिसँगै शिक्षण

राजनीति गर्न आत्मनिर्भर बन्ने प्रयास : दुई विद्यालयमा पढाउँछिन् पूर्वसभामुख पोख्रेल

जेलबाटै डिग्रीको परीक्षा

काठमाडाैं | भदौ १६, २०८०

NTC
Premier Steels

राजनीतिलाई नीतिहरूको पनि सर्वाेत्कृष्ट नीति मानिन्छ । यो देश, समाज र जनताको सेवाको रुपमा समेत चित्रृत छ । तर पछिल्लो समय राजनीति कमाउने भाँडो भयो भन्ने जनगुनासो बढ्न थालेको छ । हुन पनि अहिले उपप्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म बनेकाहरू भ्रष्टाचार र अनियमितता गरेकै अभियोगमा प्रहरी खोरमा छन् । भ्रष्टारका ठूला काण्डहरू एकपछि अर्को गर्दै खेल्दैछन् । यसको टाउको राजनीतिकर्मीसँगै ठोक्किएको अवस्था छ ।   

Muktinath Bank

यसै मेसोमा कोशी प्रदेशकी पूर्वउपसभामुख सरस्वती पोख्रेल भने राजनीति गर्नेले राजनीतिलाई पेसा बनाउन नहुने पक्षमा लागेकी छिन् । नेकपा (माओवादी केन्द्री केन्द्रकी केन्द्रीय सदस्यसमेत रहेकी उनी राजनीति गर्न आत्मनिर्भर बन्ने सुर गरिरहेकी छिन् । यसका लागि उनी स्कूल पढाउँछिन् । उनी अहिले इटहरीका दुई विद्यालयकी शिक्षिका बनेकी छिन् । जनता माध्यमिक विद्यालयमा र ईडीयूटेक विद्यालयमा उनले अहिले पढाउने गरेकी छिन् । उनी अहिले दुवै विद्यालयमा कक्षा ११ सामाजिक विषय पढाउन थालेकी छिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

राजनीतिलाई अगाडि बढाउन पढाउन थालेको उनले बताइन् । ‘राजनीति पेशा नभइ सेवा हो । यसर्थ, यसलाई कैले पनि पेशा बनाउनु हुँदैन,’ उनको तर्क छ,‘ आर्थिक पाटोमा आत्मनिर्भर भएपछि मात्रै राजनीतिलाई अगाडि बढाउन सकिन्छ भनेर म अहिले इटहरीका दुईवटा विद्यालयमा कक्षा ११ का विद्यार्थीलाई सामाजिक विषय पढाउन थोलकी छु । 

Vianet communication
मास्टर डिग्रीे अध्ययन गर्दागर्दै पोख्रेल पक्राउ परिन् । पछि जेलबाटै परीक्षा लेखेकी थिइन् । पास भएको नतिजा आयो ।

राजनीतिको विकल्पमा शिक्षक पेशा भने नरोजेको उनले स्पष्ट पारिन् । दोस्रो पेशाको रुपमा शिक्षणलाई रोजेको उनको भनाइ छ । ‘आर्थिक विषयमा पनि सहयोग पुग्ने र जनतामा समेत जोडिन सजिलो हुने भएकाले मैले कक्षा ११ का विद्यार्थीलाई रोजेकी हुँ,’ उनले भनिन् ।

राजनीति गर्नेहरू आत्मनिर्भर भएमात्रै भ्रष्टाचार रोकिने उनको तर्क छ । राजकीय पदमा पुगेपछि अन्य कुनै पेसा व्यवसाय गर्नु हुँदैन भन्ने सोच अब बदल्नुपर्छ,’ उनी थप्छिन्, 'आफ्नो क्षमता र दक्षताले भ्याएसम्म नेताहरूले पनि वैकल्पिक पेशा अँगाल्ने हो भने भ्रष्टाचार नियन्त्रणमा ठूलो मद्दत पुग्छ । 

यस्तो छ राजनीतिक यात्रा

प्रदेशसभाको पहिलो कार्यकालमा उपसभामुख थिइन् पोख्रेल । उनी माओवादी केन्द्रकी समानुपातिक सांसद हुन् । २०७९ को निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ (१) बाट प्रत्यक्ष निर्वाचन लडेकी पोख्रेल नेकपा (एमाले)का रोहितबहादुर कार्कीसँग पराजित भएकी थिइन् ।

प्युठानदेखि काठमाडौंसम्म

प्युठानको झुम्रुक गाउँमा जन्मिएकी पोख्रेलले गाउँकै वाल शिक्षा माध्यमिक विद्यालयबाट एसएलसीसम्मको अध्ययन गरेकी थिइन् । उनी उच्च शिक्षा पढ्नका लागि भने काठमाडौं गएकी थिइन् । उनले पाटन क्याम्पसबाट आइए र बिएसम्मको अध्ययन गरिन् । सोही क्याम्पसमा उनी स्ववियु सभापतिको उम्मेदवारसमेत बनिन् ।  

उनी कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयबाट पनि स्ववियु सभापतिको उम्मेदवार बनेकी थिइन् । मालेनिकट अखिलबाट स्ववियु सभापतिको उम्मेदवार बनेकी सरस्वतीको लागि निर्वाचन सिकाइ मात्रै बन्यो । उनका लागि निर्वाचन भने अहिलेसम्म अफाबसिद्ध नै बन्ने गरेको छ ।

होस्टलबाटै पक्राउ, जेलबाट परीक्षा

​पोख्रेलले राजनीतिमा उचारचढाब भोगेकी छिन् । २०५८ मा कीर्तिपुरको होस्टेलबाटै उनी पक्राउ परेकी थिइन् ।  तत्कालीन  विद्रोही माओवादीले शुरू गरेको सशस्त्र युद्ध चरम उत्कर्षमा पुगेका बेला उनी पक्राउ परेकी हुन् । प्युठानमा जन्मिएकी उनले क्याम्पस पढ्ने क्रममा होस्टेल वार्डेनको कामसमेत गरिन् । 

null

त्यसपछि उनी ०५७ सालदेखि माओवादीको भूमिगत राजनीतिमा सक्रिय बनिन् । उनी २०५८ भन्दाअघि नेकपा (माले) निकट अनेरास्वियुको केन्द्रीय सदस्यहुँदै एमालेनिकट अनेरास्वियुको पनि केन्द्रीय सदस्य बेनेकी थिइन् । विद्यार्थीको राजनीतिबाट उदाएकी पोख्रेलले डिग्रीको परीक्षा भने जेलबाट दिएकी थिइन् । 

२०५७ मा मेजर अंग्रेजीको मास्टर डिग्रीको अध्ययन गर्दागर्दै उनी भूमिगत भएकी थिइन् । त्यसपछि पक्राउ परेकी उनले जेलबाट नै परीक्षा लेखेकी थिइन् ।  अंग्रेजीमा स्नातकोत्तर गरिन् । पछि उपसभामुख पदमा रहँदा पनि उनले अर्को विषयमा मास्टर्स गरिन् । उनले राजनीति शास्त्रमा गरेकी हुन् । साथै, उनले एलएलबीको पनि परीक्षा लेखेकी छिन् । तर नतिजा भने आएको छैन ।

एउटा संयोग 

जसरी अहिले पूर्वसभामुख पोख्रेल शिक्षिका बनेकी छिन् । तत्कालीन प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी पनि विद्यालयका पूर्वप्रधानाध्यक थिए । उनी धरानको शिक्षा सदन माविका प्रअ थिए ।

प्रअबाट बिदा भएका भण्डारीले सभामुख हुने अवसर पाएका थिए । संयोग कस्तो मिलेको छ कि, शिक्षण पेशा छोडेपछि भण्डारी सभामुख बने भने उपसभामुख छोडेपछि पोख्रेलले शिक्षण पेशा गर्न थालिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x