माघ ३, २०८०
गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...
काठमाडाैं | भदौ २६, २०८०
मंगलबार राति निधन भएका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सोमवार दिउँसोदेखि नै बिसञ्चो रहेको नेताहरूले बताएका छन् । एमाले सचेतक सचेतक महेश बर्तौलाका अनुसार नेम्वाङले सोमवार दिउँसो नै आफूलाई सञ्चो छैन भनेका थिए । ‘मलाई अलि सञ्चो छैन, भोलि बिहान ८ बजे भेटौंला,’ नेम्वाङको भनाइ स्मरण गर्दै महेशले भने ।
मंगलवार बिहान सिंहदरबारमा बस्ने तय भएको कानून तथा न्याय समितिको बैठकमा आउँछु भनेर नेम्वाङले जानकारी गराएको पनि उनले उल्लेख गरे । ‘आज समितिको बैठक सिंहदरबारमा बस्ने कार्यक्रम थियो । उहाँले हिजो कुरा हुँदा भोलि ९मंगलवार० भेटौंला भन्नुभएको थियो । तर, दुःखद् निधन भयो ।’
बर्तौलाका अनुसार नेम्वाङले प्रेसर र सुगरको औषधि खाँदै आएका थिए ।
‘उहाँ प्रेसर र सुगरको औषधि खानुहुन्थ्यो,’ बर्तौलाले भने, ‘तर टिचिङको आँगन बालुवटारमा बसेर पनि जोगाउन सकिएन, दुःख लागेको छ।’
बाथरुममा अचेत अवस्थामा भेटिएका नेम्वाङलाई राति साढे १ बजे टिचिङ अस्पताल पुर्याइएको थियो । तर, अस्पताल पुर्याउँदासम्म उनको निधन भइसकेको पाइएको छ ।
नेम्वाङ आइतवार धरान पुगेर फर्किएका थिए । सोमवार दिनभर उनलाई हल्का ज्वरो आएको पारिवारिक स्रोतले जनाएको छ ।
स्रोतका अनुसार उनी सोमवार साँझ सुप खाएर सुतेका थिए । राति १ बजेतिर नेम्वाङलाई बाथरुममा अचेत अवस्थामा भेटिएको थियो । लगत्तै अस्पताल पुर्याइए पनि चिकित्सकले तत्काल मृत घोषित गरेका थिए ।
गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...
हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ भइरहेको छ । बूढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहीवारदेखि उक्त सप्ताह महायज्ञ शुरू भएको हो । ...
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ । सरकारी मर्यादाक्रममा मुख्यसचिव ...
साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् । सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...
खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...
चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...