×

NMB BANK
NIC ASIA

मेहनतको फल

लोकसेवामा दुई युवाको ‘चमत्कार’: एकले एक वर्षमै उतीर्ण गरे १० परीक्षा, अर्काले ७ मा निकाले नाम

संविधानका धारालाई कविता बनाएर पढ्थे रमेश, अनिषको १२ को परीक्षा र लोकसेवासँगै

बुटवल | असोज १३, २०८०

NTC
Premier Steels

अहिले नेपाली युवामा नैराश्यता छ । स्वदेशमा केही गर्न सकिँदैन भनेर उनीहरू विदेश पलायन हुने क्रम जारी छ । यही भएको युवा पुस्ताको ठूलो जमात के गर्ने भन्नेमै अन्योलमा छ । तर, मेहनत गर्नेका लागि स्वदेशमै पनि अवसर छ भन्ने गुल्मीका दुई युवाले दृष्टान्त दिएका छन् । थोरै बढाइ–चढाइ गरेर भन्दा उनीहरूले ‘चमत्कार’ नै देखाएका छन् । 

Muktinath Bank

यसरी चमत्कार गर्नेमा धुर्कोट गाउँपालिका–५ डाडाँपोखराका रमेश भण्डारी र मालिका गाउँपालिका–५ छापहिलेका अनिष गिरी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२५ वर्षीय रमेशले लोकसेवाले एक वर्षमा लिएका १० वटा परीक्षा उत्तीर्ण गरे भने भर्खर १८ वर्ष मात्र पुगेका अनिषले सातवटा परीक्षाको खुला प्रतिस्पर्धामा एकैपटक नाम निकालेर धेरैलाई आश्चर्यचकित बनाए ।


Advertisment
Nabil box
Kumari

आफ्नो गन्तव्यको खाका कोरेर नेपालमै सरकारी सेवामा प्रवेश गर्न चाहनेहरूका लागि अहिले रमेश र अनिष प्रेरणाको स्रोत बनेको चर्चा लुम्बिनी प्रदेश र यसको आसपास भइरहेको छ ।

Vianet communication

यसरी सफल भए रमेश  
रमेशले गत वर्षको असोजदेखि यही असोजसम्म चौथो, पाँचौ र छैटौं तहका १० वटा परीक्षा उत्तीर्ण गरेका हुन् । उनले गण्डकी प्रदेश स्थानीय पाचौं तह (प्रशासन+लेखा), संघको नायब सुब्बा (प्रशासन समूह), संघ नायब सुब्बा (लेखा तथा लेखापरीक्षण समूह), कृषि विकास बैंकको पाँचौ तह सहायक, गण्डकी प्रदेश चौथो तह र नेपाल विद्युत् प्राधिकरण पाँचौं तह (लेखा समूह) तथा विद्युत् प्राधिकरण चौथो तह उत्तीर्ण गरेका हुन् । 

१० वटामा नाम निकाले पनि एउटामा मात्र जागिर खानुपर्ने बाध्यता रमेशसँग छ । यस्तोमा उनले शाखा अधिकृत (लेखा समूह) छैटौँ तह रोजेका छन् । अहिले उनी सामान्य प्रशासन मन्त्रालयमा सिफारिस भई अतिरिक्त समूहमा रहेर तालिम लिने तयारीमा छन् । 

गाउँमै पढेका रमेश विद्यालयमा सधैँ राम्रो अंक ल्याएर पास हुन्थे । २०६९ सालको एसएलसी परीक्षा उनले प्रथम श्रेणीमा उत्तीर्ण गरेका हुन् । त्यसपछि व्यवस्थापन विषय लिएर जिल्लाकै रेसुङ्गा बहुमुखी क्याम्पसमा पढे उनले । ‘प्लस टू’ पनि प्रथम श्रेणीमा उत्तीर्ण भएपछि उनी स्नातक तह पढ्न र लोकसेवा आयोगको तयारी गर्न काठमाडौं गए । आयोगले खोलेका विज्ञापनहरू भर्दै गए र सबैमा एकपछि अर्को गर्दै नाम निकाल्दै गए । परिवारको हौसला र दृढ संकल्पले लोकसेवाका परीक्षामा पास हुन मद्दत पुगेको उनी बताउँछन् । 

‘परिवारको हौसला र दृढ संकल्पले लोकसेवाका परीक्षामा पास हुन मद्दत पुगेको हो,’ उनी थप्छन्, ‘धेरै लक्ष्य, अनेक चिन्ता गर्नु हुँदैन । एउटै बाटो हेर्नुपर्छ । मेरो पनि लोकसेवाका सबै परीक्षा पास गर्छु भन्ने दृढ संकल्प थियो । मैले राष्ट्र सेवामा काम गर्ने लक्ष्य राखेको थिएँ, त्यो पूरा भयो ।’ 

‘राजनीति र प्रशासन राम्रोसँग बुझने सिलेबस र लिंकेज जोडेर पढ्ने हो भने लोकसेवामा नाम निकाल्न गाह्रो नहुने रहेछ,’ रमेश भन्छन् ।

लोकसेवा तयारी गर्दा किताबका सबै विषयवस्तु सम्झिन गाह्रो हुन्छ । त्यसका लागि केही विधि अपनाउन सकिने रमेश टिप्स् दिन्छन् । मेमोरीसम्बन्धी केही तरिका उनले सुझाए । ‘अंकलाई चित्र बनाएर सम्झने बानी हुनुपर्छ । मौलिक हक, नीति, सिद्धान्तलगायतका विषयलाई साथीको नामसँग मिलाएर सम्झिनुपर्छ,’ उनले भने, ‘संविधानका धारालाई कविता बनाएर पढनुपर्छ । यसरी कविता बनाएर जोडेर पढ्दा सम्झन सजिलो हुन्छ ।

लोकसेवा परीक्षा पास गरेपछि शुरूमा रमेश महालेखा परीक्षकको कार्यालयमा सिफारिस भएका थिए । अब पाँच वर्ष सेवा गरेपछि उपल्लो तहमा परीक्षा दिने तयारीमा उनी छन् । 

पछिल्लो निजामती सेवा राष्ट्र सेवाका लागि युवा पुस्ताले लागि गर्व गर्न लायक पेशाको रुपमा स्थापित भएको उनको दाबी छ ।

यस्तो छ अनिषको यात्रा 
अनिषले हालसालै नेपाल पारवहन तथा गोदाम व्यवस्था लिमिटेड पाँचौँ तह (वरिष्ठ सहायक/प्रशासन), पाँचौँ तह (वरिष्ठ सहायक/लेखा) र नेपाल वायु सेवा निगम पाँचौँ तह (लेखा)को परीक्षा उतीर्ण गरेका हुन् । उनी लुम्बिनी प्रदेश निजामती सेवा, पाँचौँ तह (प्रशासन), लुम्बिनी प्रदेश निजामती सेवा (स्थानीय), पाँचौँ तह (प्रशासन), पाँचौँ तह (लेखा) तथा पाँचौँ तह (आलेप)को परीक्षामा पनि उत्तीर्ण भए ।

अनिषले प्लस टू (कक्षा ११/१२) पढ्दै गर्दा फुसर्दको समयमा लोकसेवा पनि सँगसँगै पढेका थिए । उनै अनिष अहिले लोकसेवाका सातवटा परीक्षामा नाम निकाल्ने कम उमेरका युवा बन्न सफल भएका छन् । यो एउटा अपवाद नै भएको छ । 

‘मैले आयोग पढेको कक्षा १२ को परीक्षा दिएको समय मात्र हो,’ अनिष भन्छन्, ‘अन्य समय शनिबारको दिन फुर्सद मिलाएर मात्रै पाठ्यक्रमबाहिर लोकसेवाका किताबहरू पढ्थे । १२ को परीक्षा सकेपछि आयोग दिएँ, लिखितमा नाम जताततै भटाभट निस्कियो ।’ अनिष अहिले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको प्रशासनतर्फ वरिष्ठ सहायक पाँचौ तहमा कार्यरत छन् । त्यहाँ उनी गत असारमा पोस्टिङ भएका हुन् । 

अध्ययनको नियमितता र विषयवस्तुको गहिराइमा पुग्ने प्रयास गर्दै धैयताका साथ निरन्तर मेहनत गरे लोकसेवा पास गर्न गाह्रो नहुने अनिषको बुझाइ छ । ‘आधुनिक नयाँ प्रविधि, बदलिँदो समय–परिवेश सहितको ज्ञान, नयाँ ऊर्जाका साथ लागिरहनुपर्छ सरकारी सेवा टाढा छैन,’ उनी थप्छन्, ‘सरकारी सेवाको करिअरमा कम उमेर र छोटो समयमा पुग्न लोकसेवा पढनुपर्छ, सफलताको सिँढी चढ्नलाई धेरै ठूलो चुनौती म चाहिँ देख्दिनँ ।’

विसं ०६१ असार २३ मा जन्मिएका अनिष सानैदेखि पढाइमा तीष्ण थिए । बुवा धनु गिरी गाउँकै छापहिले माविका प्रधानाध्यापक थिए । गाउँकै विद्यालयमा पढेका उनी ०७७ मा प्रवेशिका परीक्षा (एसईई) उत्तीर्ण गरेपछि गाउँ छाडेर काठमाडौं पढ्न गए । व्यवस्थापन मूल विषय लिएर लिंकन कलेजमा अध्ययन शुरू गरे । त्यहाँ मेहेनतसाथ पढेपछि राम्रो जीपीए ३.४५ का साथ प्लस टू उत्तीर्ण गरे । त्यसपछि लोकसेवातर्फ लाग्ने सोच बनाए । आफ्नो योग्यताले भ्याउने ठाउँमा फारम भरे । प्रदेश लोकसेवादेखि संस्था र संघीय निजामतीसम्म फारम भर्न भ्याए । त्यसपछि सबैमा सफलता हासिल गर्न सफल भए । परिवारको हौसला र सहयोग, उत्साहलगायतले पनि आफू सानै उमेरमा सफलता प्राप्त गर्न महत्वपूर्ण भूमिका खेलेको अनिषको बुझाइ छ ।

पछिल्लो समय गुल्मीबाट सरकारी सेवामा प्रवेश गर्नेहरू धेरै छन् । त्यसमा अनिषका दाजु मनिष गिरी पनि पर्छन् । खरिदारमा नाम निकालेर जिल्ला हुलाक कार्यालय, रामेछापमा सेवा शुरू गरेका छन् । उनको लक्ष्य मुख्यसचिवसम्म पुग्ने रहेको अनिष बताउँछन् ।

अनिषको लक्ष्य पनि ठूलै छ । यसर्थ, उनी अहिले जागिरसँगै स्नातक तहमा पनि अध्ययनरत छन् । यो बढुवा हुँदै जानका लागि हो । काठमाडौंस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा अर्थशास्त्र र राजनीतिशास्त्र मूल विषय लिएर स्नातक तह प्रथम वर्षमा भर्ना भएर पढ्दैछन् उनी । 

‘अब उपल्लो तहको आयोग दिन मैले ब्याचलर तह उत्तीर्ण गर्नुपर्छ,’ उनी भन्छन्, ‘अब चार वर्ष स्नातक पढ्छु । पास भएपछि शाखा अधिकृतको तयारी गर्छु ।’ राम्रो अंक ल्याएर स्नातक उतीर्ण गर्नेगरी आफूले पढिरहेको उनले सुनाए ।  

अहिलेको नयाँ पुस्ता स्वदेशमा मेहनत गर्दैन । विदेश जाने रहर गर्छ । अनिष विदेश जाने कुराको विपक्षमा छन् । विदेश जानुको सट्टा युवाहरू सरकारी सेवामा आएर जनताको अपेक्षा पूरा गर्न लाग्नुपर्ने उनको तर्क छ । 

‘नयाँ पुस्ताका युवाहरू सरकारी सेवामा आउँदा जनताले पनि सकारात्मक परिवर्तनको अपेक्षा गर्छन्,’ उनी थप्छन्, ‘अर्कोतिर अहिले युवा पुस्तामा विदेश जाने लहर छ । म भने यसको विपक्षमा छु । त्यही भएर लोकसेवातिर लागेको हुँ । अरु युवालाई पनि लाग्न आग्रह गर्छु ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x