×

NMB BANK
NIC ASIA

अस्थिरताको भुमरीमा प्रदेश सरकार

कोशीको विद्रोहले बागमती कांग्रेसमा छटपटी

काठमाडाैं | कात्तिक २, २०८०

NTC
तस्वीर : बायाँबाट क्रमश इन्द्र बानियाँ, शालिकराम जमकट्टेल र बहादुरसिंह लामा
Premier Steels

कोशीमा नेपाली कांग्रेसका ८ सांसदले विद्रोह गरेपछि यसको असर अन्य प्रदेशमा पनि पर्न सक्ने देखिएको छ ।

Muktinath Bank

डा. शेखर कोइराला पक्षका ८ सांसदले विद्रोह गरेर कोशीमा केदार कार्कीलाई मुख्यमन्त्री बनाएपछि बागमती प्रदेशमा पनि सत्ता समीकरणको फेरबदलका विषय उठेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल प्रेस युनियनले गरेको दशैं शुभकामना आदानप्रदान कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसका ४ सांसदले बागमती सरकार बदल्न प्रस्ताव गरेको बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

‘आज बिहानमात्रै बागमती प्रदेशका ४ जना सांसदहरू आउनुभयो । बागमतीमा हामी ठूलो पार्टी हौं । हामी माओवादीलाई मान्दैनौं । सरकार बदलौं र हाम्रो नेतृत्वमा सरकार बनाऔं ।’ गगनले भने ।

Vianet communication

आफूलाई यस्तो प्रस्ताव लिएर आउनेलाई थापाले सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाकोमा जान भनेको पनि जानकारी दिएका हुन् । प्रस्ताव लिएर आउने को हो भनेर थापाले खुलाएनन् । तर कोशीको विद्रोहको बाछिटा बागमतीमा पनि आएको उनको भनाइले पुष्टि गर्छ ।

‘कोशीमा विद्रोह भएपछि बागमतीमा पनि केही बाछिटा देखिएका छन् । नतिजा यसैको प्रयत्नस्वरुप सांसदहरू काठमाडौं आएका हुन् सक्छन्’ गगन थापा निकट स्रोत भन्छ, ‘तत्काल बागमतीमा सरकार बदलिँदैन भन्ने थाहा भए पनि आधार तयार गरौं भनेर नेताहरू काठमाडौं आएको हुन सक्छ ।’ 

पेचिलो कांग्रेसको आन्तरिक समीकरण​

संसदीय दलको निर्वाचनमा बहादुरसिंह लामाले इन्द्र बानियाँलाई पराजित गरेयता बागमती कांग्रेसमा तनावको स्थिति छ ।

पार्टी सभापति देउवासमेत लामाको पक्षमा लागेपछि लामाले २१ र बानियाँले १६ मत ल्याएका थिए । तर दुवै संस्थापन निकटका लामा र बानियाँबीचको द्वन्द्व अहिले पनि साम्य भएको छैन । यसैले कोशीको मोडल बागमतीमा लागू गर्न दबाब पुगेको एक सांसद बताउँछन् ।

‘लामा र बानियाँ दुवै संस्थापन निकट हुन् तर उनीहरूबीच द्वन्द्व पनि उत्तिकै छ । किनकि आफ्नो पहुँच र प्रभाव हुँदा पनि दलको निर्वाचनमा हार्नुपर्दा बानियाँलाई ठूलो तनाव छ । यस्तोमा दलको नेता लामा भए पनि सांसदमा पकड भने बानियाँकै छ’ ती सांसद भन्छन्, ‘यस्तोमा कोशी मोडल नै भन्ने त होइन तर ठूलो दलको रुपमा कांग्रेसले गठबन्धन भित्रबाटै बागमतीको नेतृत्व गर्नुपर्छ भन्ने बहस ठीकै हो ।’

कोशीको जस्तै गरी आकार आउने गरी बागमतीमा विद्रोह नहुने तर कांग्रेस नेतृत्वमा सरकार बनाउन छलफल भएको ती सांसद बताउँछन् ।

‘बागमतीमा कांग्रेस र माओवादीबीच आधा–आधा कार्यकाल मुख्यमन्त्री चलाउने समझदारी भएको छ । अहिले नै कार्यकाल आधा भएको छैन तर कांग्रेसभित्र अब हामीले सरकारको नेतृत्व गर्ने गरी छलफल अगाडि बढाउनुपर्छ भनेर दलका नेताबीच भेटघाट भएको छ’ ती सांसद भन्छन्, ‘कोशीमा जसरी विद्रोहा नहोला र अब बागमतीमा आफ्नै मोडलको प्रक्रियामा अगाडि बढ्ने तयारी गर्न ठूलो दबाब छ ।’

ती सांसदका अनुसार बागमतीको सरकार, कांग्रेसका मन्त्रीको कार्यसम्पादनमा सभापति देउवा र उनी पक्षीय सांसद नै सन्तुष्ट नरहेको बताइन्छ । यही असन्तुष्टिकाबीच कोशीलाई देखाउँदै सभापतिसहित शीर्ष नेतालाई मनाउन सांसदहरू काठमाडौं धाएको ती सांसद बताउँछन् । 

आफ्नो प्रभाव रहेको ठाउँमा लामा हाबी भएदेखि नै असन्तुष्ट बन्दै आएका बानियाँले कोशीको ताजा अवस्थालाई देखाउँदै सहमतिको सरकारमा जोड दिएका नेताहरू बताउँछन् । कांग्रेस सरकारमा रहे पनि बहुमत सांसद माओवादी नेतृत्वको वर्तमान सरकारसँग असन्तुष्ट रहेका छन् ।

संसदीय दलमा १६ मत ल्याए पनि बानियाँलाई समर्थन गर्ने सांसदको बहुमत रहेको अर्का एक सांसद बताउँछन् । ‘विविध कारणले उहाँले १६ मत पाउनुभएको थियो । तर अहिले उहाँलाई समर्थन गर्ने सांसदको संख्या २० हाराहारी पुगिसकेको छ’ ती सांसद भन्छन्, ‘दलको नेता फेर्ने गरी प्रक्रियामा प्रवेश नगरेको मात्रै हो । तर उकुसमुकुस धेरै छ । यही उकुसमुकुस लिएर सांसदहरू महामन्त्री गगन थापालाई भेट्न काठमाडौं आएका हुन् ।’

कोशीमा जस्तो गरी बागमतीमा विद्रोह गरेर एमालेसँग मिल्ने र सरकार परिवर्तन गराउन सक्ने 'स्ट्रेन्थ' डा. शेखर कोइराला पक्षसँग छैन । तर सरकार फेरिने अवस्थामा दबाब पुर्‍याउन सक्ने मत भने शेखर पक्षसँग रहेको छ ।

कोशीको जस्तो प्रदेशसभाका अप्ठ्यारो अंकगणित बागमतीमा छैन । यसैले कोशीमा जस्तै गरी एमालेसँग मिलेर सरकार परिवर्तन गराउने सामथ्र्य शेखरसँग नभएको नेताहरू बताउँछन् ।

तर संस्थापनभित्रैको उकुसमुकुसले भने बागमतीमा ठूलो दल कांग्रेस नेतृत्वमा सरकार बनाउन दबाब रहेको बागमतीका कांग्रेस सांसद कुन्दनराज काफ्ले बताउँछन् । ​

के छ बागमतीको अंकगणित ?

बागमतीको ११० सिटको प्रदेशसभामा २१ सिट भएको तेस्रो दल माओवादीका शालिकराम जमकट्टेल मुख्यमन्त्री छन् । बागमतीमा कांग्रेस ३७ सिटसहित पहिलो, एमाले २७ सिटसहित दोस्रो दल छ ।

यस्तै, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x