माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
काठमाडाैं | मंसिर १७, २०८०
१३ औं र १४ औं महाधिवेशनमा लगातार सभापति भएका शेरबहादुर देउवा पुनः यो पदको दौडमा छैनन् ।
१५ औं महाधिवेशनमा देउवाको दाबेदारी नै नहुने भएपछि देशकै सबैभन्दा ठूलो र पुरानो पार्टी कांग्रेसमा नेतृत्व हत्याउने गरि उनलाई खुशी बनाउन कम्तीमा ७ नेता लागेका छन् ।
सामान्यतया कांग्रेसमा निर्वाचनबाटै नेतृत्व चयन भएका धेरै अभ्यास छन् । देउवा सभापतिको होडबाट बाहिर हुनेबित्तिकै प्रभावशाली सबैले आफ्ना लागि अवसर आएको ठानेका छन् ।
देउवाको चासो पूरा गर्ने र उनको सद्भाव प्राप्त गर्ने गरि नेताहरू लागेको बताइन्छ । यो दौडमा नभएपछि पूर्व संस्थापन र उनी पक्षीय नेताहरू नेतृत्वको होडमा देखिएका हुन् । यसमा देउवाको खेमाभन्दा अर्को समूहका नेताहरू बढी देखिएका हुन् ।
यसअघि देउवाको तीव्र आलोचना गर्नेहरू पनि उनलाई विश्वासमा लिएर नेतृत्व हत्याउन सकिने होडबाजीमा उत्रिएका हुन् । यस्तो प्रतिस्पर्धामा बीपीपुत्र डा. शशांक कोइराला, केशव–नोनापुत्र डा. शेखर कोइराला, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता प्रकाशमान सिंह देखिएका छन् ।
यी नेता जति दाबेदार नभए पनि विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले पनि १५ औं महाधिवेशनमा देउवाको विश्वास जितेर सभापतिको उम्मेदवार बन्न सकिन्छ भन्ने आकांक्षा पालेको नेताहरू बताउँछन् ।
देउवालाई खुशी पार्न सक्दा नेतृत्वमा पुग्न सक्ने आकांक्षा पालेका कारण अघिपछिजस्तो यी कुनै पनि नेताले देउवाको आलोचना गरेका छैनन् । देउवाको यसअघिको कार्यकालमा कम्तीमा पार्टीभित्रको विरोधी खेमा सभापतिका हरेक कदमसँग असहमति राख्थ्यो । तर यसपटक त्यस्तो देखिएको छैन । पार्टीभित्र कुनै गुटबन्दी नै नरहेजस्तो गरि देउवाका काम गराइप्रति नेताहरूले अस्वाभाविक मौनता साँधेका छन् ।
पार्टीमा आवाज उठाउन प्रशस्तै बेथिति र अन्योल नभएका होइनन्, तर देउवालाई गालीभन्दा उनीसँग नरम भइदिँदा उनको आशीर्वाद पाउन सकिनेमा नेताहरू आशावादी देखिन्छन् ।
देउवा नै सहभागी भएको नवलपुरको सम्मेलनमा गत मंसिर ११ गते गगन थापाले अब युवा पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्न आग्रह गरेका थिए ।
‘कांग्रेसलाई बलियो बनाएर, व्यवस्थालाई बलियो बनाएर तथा परिष्कृत गरेर जानुपर्छ । मैले त भनिसकेको छु, हाम्रो पुस्ता सिंगो पार्टी र सिंगो देशको जिम्मा लिन तयार छ । सभापतिलाई भनेको छु । पार्टी बैठकमा भनेको छु । सम्मानको साथ भनेको हुँ, दुराग्रह राखेर भनेको होइन,’ थापाले भने, ‘पार्टीको नेताले अब अभिभावक बनेर बस्छु भन्नुपर्छ । मेरै घरभित्र, विश्वविद्यालयभित्र यति धेरै मान्छे आइसकेका छन्, अब यिनलाई भर गर्न सक्छु भनेर आफ्नो जिम्मेवारी सारेर हाम्रो काँधमा हाल्दिने हो भने बकाइदासाथ त्यो भारी काँधमा हालेर हिँड्न तयार छौं ।’
थापा मात्रै होइन, देउवा नै सहभागी भएको लुम्बिनी कांग्रेस प्रदेश सम्मेलनमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले अब सभापति आफैं अग्रसर भएर युवा पुस्ताको नेतालाई प्रधानमन्त्री र सभापतिमा अगाडि सार्नुपर्ने बताए ।
आदरणीय सभापति ५/५ पटक त प्रधानमन्त्री बनिसक्नुभयो । बाँकी यो सम्मेलनले दिएको राप, ताप र शुभकामना उहाँको शीरमा परोस्,’ शर्माले भनेका छन्, ‘अब उहाँले प्रधानमन्त्री बन्ने कुरामा ल अघि बढ, मेरा समकालीन साथीहरू या कोही युवा नेता आऊ भन्न सक्ने मनोविज्ञान सभापतिजीको हुनुपर्छ ।’
शर्मा पनि गगनलाई प्रधानमन्त्री र पार्टी सभापति बनाउने अभियानका दरिला खम्बा हुन् । १४ औं महाधिवेशनबाट निर्वाचित भएका यी दुवै नेताले गाली गरेर होइन, देउवाको विश्वास जितेरै पार्टी नेतृत्व गर्ने ठाउँसम्म पुग्ने आशा अझै मारिसकेका छैनन् ।
१३ औं महाधिवेशनमा देउवालाई सभापति बनाउन र आफू महामन्त्री जित्न अघोषित सेटिङ नै गरेका डा. शशांक कोइराला यससपटक सबैभन्दा बढी आशावादी छन् । देउवाको टिममा पनि बलियो र प्रभावशाली नेता नहुँदाको फाइदा आफूलाई मिल्ने विश्वासमा शशांक छन् ।
अघिल्लो कार्यकालमा इतर पक्ष संस्थापनविरुद्ध हुँदा शशांकले सभापतीय प्रणालीमा सहयोग गरेर जानुपर्छ भन्दै धेरै ठाउँमा देउवाको बचाउ गरेका थिए ।
अरू नेताले छुच्चो बोल्दै गर्दा शशांक देउवाप्रति सधैं नरम र नजिक देखिए । यही सम्बन्धले पार्टी आफैंलाई बिसाउने विश्वासमा उनी छन् । १४ औं महाधिवेशनमा कोइराला परिवारका डा. शेखर उम्मेदवार बने पनि देउवालाई हराउन नसकेपछि अब हुने महाधिवेशनमा शशांकले आफूलाई पूर्व संस्थापनको निर्विवाद दाबेदार ठानेका छन् । यस्तो दाबेदारीमा देउवाको धाप पाए कांग्रेसलाई गुटबन्दीभन्दा माथि उठाएर चलाउने उनको सार्वजनिक उद्घोष छ ।
कांग्रेसमा एकपटक असफल भए पनि शेखरलाई सभापति बनाउन पूर्व संस्थापनको ठूलै तप्का खडा छ । समूहका नेताको रूपमा उनी यो दौडमा अगाडि पनि छन् । उपसभापति धनराज गुरुङ, चन्द्र भण्डारीजस्ता नेताहरूको साथ पनि उनलाई छ । तर, पछिल्लो समयमा आफ्नै टीमबाट महामन्त्री जितेका गगनसँगको बिग्रँदो सम्बन्धले शेखरमाथि चुनौती थपिएको छ ।
गगन आफैं सभापतिको दाबेदार बन्ने गरि युवा नेतालाई समेट्दै नयाँ धार जन्माउन लागि परेका छन् । यी दुवै दुईतिर लाग्दा आफूलाई सेफसाइडमा राख्न खोजिरहेका छन्, यसैले दुवैले देउवासँग सम्बन्ध बनाउन चाहेका छन् । पार्टीको सबै तहमा बलियो कमान्ड र होडमा रहेका देउवालाई खुशी पार्न र सम्बन्ध सुधारमा शेखर तथा गगन दुवैले जोड दिइरहेको नेताहरू नै बताउँछन् । सार्वजनिक रूपमा देउवाका क्रियाकलापप्रति गर्नुपर्ने विरोधमा समेत यी दुवैले मौनता साँधेका छन् ।
लगातार दुईपटक सभापति हुँदा पार्टीमा देउवाको एकलौटी वर्चस्व छ । त्यसैले आफ्नो पक्षको विरासत गुम्न दिन नहुनेमा संस्थापनकै नेता एवं उपसभापति पूर्णबहादुर खड्का छन् ।
उनले देउवाको निर्विकल्प उत्तराधिकारी बन्न प्रयास गरिरहेका छन् । महाधिवेशन आएर दाबेदारी गर्ने बेला भइसकेको छैन, तर उपसभापति भएपछि देउवापछिको सबैभन्दा ठूलो नेताको रूपमा खड्का नै स्वतः सभापतिको दाबेदार रहेको यो समूहको दाबी छ । तर, अहिलेसम्म देउवाले सन्तुलित रूपमा समूह चलाए पनि यहाँभित्र धेरै उकुसमुकुस छ ।
खड्कालाई प्रवक्ता एवं देउवा र आरजु राणाका विश्वासिला नेता डा. प्रकाशशरण महतले मान्दैनन् । यही समूहका अर्का नेता विमलेन्द्र निधि समेत सभापतिको दाबेदार हुन् । उनले १४ औं महाधिवेशनमा देउवाविरुद्ध उम्मेदवारी दिएका थिए । तर, दोस्रो चरणमा देउवालाई सघाएर बिस्तारै सम्बन्ध सुधारेका छन् । उपसभापति भइसकेको र देउवालाई सघाएकाले उनी अगाडि नसर्दा स्वतः आफू दाबेदार बन्ने बुझाइ उनको छ ।
अर्का प्रभावशाली नेता बालकृष्ण खाँणलाई नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा लागेपछि देउवाको टीममा पनि एक खालको खैलाबैला छ । देउवाले आवश्यक सहयोग नगरेको भन्दै खाँण शेखरको टीमसँग पनि उत्तिकै संवादमा रहेका छन् ।
सभापतिका लागि अर्का दाबेदार हुन्, गणेशमान पुत्र प्रकाशमान सिंह । १४ औं महाधिवेशनअगाडि उनी देउवाविरोधी खेमामा थिए । तर, शेखर उम्मेदवार बन्दा पूर्व संस्थापनलाई साथ नदिएका प्रकाशमान दोस्रो चरणमा देउवालाई जिताउन लागेका थिए । देउवालाई जिताउन आफू नै निर्णायक रहेको र ठूलो विरासतको नेताको रूपमा सभापतिमा आफू पनि दाबेदार रहेको उनले आफूनिकटका नेतासँग बताउने गरेका छन् । देउवालाई अप्ठ्यारोमा साथ दिएकाले उनले आफूलाई १५ औं महाधिवेशनमा सहयोग हुने अपेक्षा गरेका छन् । देउवाको उत्तराधिकारी बन्नैका लागि उनले पनि सार्वजनिक रूपमा नेतृत्वलाई खुइल्याउने काम गरेका छैनन् ।
देउवाको उत्तराधिकारी बन्न पाउँदा अगाडि सर्न सक्ने अर्का नेता हुन्, कृष्णप्रसाद सिटौला । १३ औं र १४ औं महाधिवेशनमा देउवालाई सभापति बनाउन भूमिका खेल्नेमध्ये सिटौला पनि प्रमुख पात्र हुन् । १३ औं महाधिवेशनमा तेस्रो पक्ष खडा गरेर सिटौला देउवाका लागि निर्णायक बनेका थिए । पहिलो चरणमा आफैं सभापतिको उम्मेदवार बने पनि दोस्रो चरणमा रामचन्द्र पौडेललाई पराजित गर्न सिटौला देउवातिर खुलेका थिए । सुशील कोइराला छउञ्जेल उनको विश्वासपात्र बने पनि सिटौला अन्ततः देउवानिकट हुन पुगेका थिए । १४ औं महाधिवेशनमा पनि सिटौलाले देउवालाई नै सहयोग गरे । यसरी पूर्व संस्थापनसँग विद्रोह गरेर जिताएको ऋणको चुक्ता देउवाले आफूलाई सभापतिमा जिताएर तिर्न सक्ने आशामा सिटौला देखिन्छन् ।
यी नेताहरूले भेटघाट, आफू निकटका नेता र सार्वजनिक टिप्पणीमार्फत भावी सभापतिका लागि दाबेदारी गरिरहेका छन् ।
के गर्लान् देउवा ? कसले पाउला उनको आशीर्वाद ?
देउवाले आफू सभापतिमा अघि नबढ्ने घोषणा त सार्वजनिक रूपमै गरिसकेका छन्, तर कसलाई अगाडि सार्ने भन्नेबारे मुख खोलेका छैनन् । बरु आफूलाई अनावश्यक गाली गरिरहे विधान संशोधन गरेर फेरि सभापतिमा उठ्ने ठट्यौलीपूर्ण चेतावनी दिने गरेका छन् ।
तर, ४ वर्षे नियमित र थप गर्न पाउने डेढ वर्षमध्येको साढे ३ वर्षको समय अझै उनीसँग छ । अर्थात नियमित कार्यकालको दुई वर्ष बिताउँदा समेत उनले कसैलाई पनि विरासत बिसाउनेबारे केही बोलेका छैनन् । उनलाई नजिकबाट चिन्नेहरू आरजु राणालाई पार्टीमा स्थापित गर्ने गरि नेतृत्व सुम्पने तयारीमा देउवा रहेको बताउँछन् ।
आरजुले पनि केही दिन अगाडि मात्रै कांग्रेसमा उपसभापति र महामन्त्री महिला हुन किन नपाउने भन्दै सार्वजनिक रूपमा बोलेकी छिन् । त्यसैले आरजु पनि पदाधिकारीका लागि लालायित छिन् भन्ने देखाउँछ । त्यसैले देउवाले आरजुसमेत अटाउन सक्ने र आफ्नो विरासतलाई थाम्न सक्ने नेतालाई सभापति सुम्पन सक्ने नेताहरू बताउँछन् ।
देउवासँग सम्बन्ध सुधारमा लागेका नेताहरू पनि आरजुलाई महामन्त्री वा आवश्यक पर्दा उपसभापति समेत बनाएर जान सक्नेसम्मको तयारीमा छन्, किनकि यी सबै नेताले आरजुलाई ठूलो पदमा समेट्न सक्दा देउवाको पूरै साथ पाउने, सभापति जितिने र पार्टीभित्र सर्वसम्मति हुन सक्ने दलिलसमेत पेस गरिरहेको नेताहरू बताउँछन् ।
देउवानिकटका एक केन्द्रीय सदस्य महाधिवेशन आउँदासम्म धेरै गुटगत अदलबदल हुन बाँकी रहेको र देउवाले मुख नखोलेकाले के होला भन्न नसकिने बताउँछन् ।
‘सभापतिको आधा कार्यकाल मात्रै सकिएको छ । तर, पनि उहाँलाई गाली गरेर होइन, खुशी पारेरै जाँदा फाइदा हुन्छ भन्ने बुझाइ सबै दाबेदारमा देखिन्छ । किनकि अर्कोपटक उहाँ सभापतिमा नउठ्दा सबैले फ्लोर ओपन भएको रूपमा बुझेको पनि सही हो,’ ती केन्द्रीय सदस्य भन्छन्, ‘यसमा शशांक, शेखर, गगन, पूर्ण दाइ सबैले देउवाको विश्वास जित्न खोजेको भने देखिन्छ । तर, परिवारकै आरजुलाई स्थापित गर्नुपर्छ भन्नेमा सभापति हुनुहुन्छ । उहाँको मनको सबै कुरा बुझ्न गाह्रो छ ।’
देउवाको मन जित्ने गरि सभापतिका दाबेदार लागेका छन्– पुरुषोत्तम दाहाल, राजनीतिक विश्लेषक (उनकै शब्दमा)
कांग्रेस सभापति शेरबहादुर देउवाले अब दाबेदार नहुने भएपछि अरू को भनेर मुख खोल्नुभएको छैन । समय आएपछि एक जनालाई विरासत बिसाउनुहोला । आफूपछि आरजुलाई स्थापित गर्नु उहाँको प्रमुख चासो हुनसक्छ, किनकि कृष्णप्रसाद भट्टराईबाहेक सबै नेताले पारिवारिक विरासत धान्न खोजेको चरित्र छ । देउवाले आरजुलाई रोज्नु पनि अन्यथा होइन । आरजुको हैसियत पनि देउवाको विरासत धान्ने खालको छ ।
यस्तोमा अब चार/पाँचजना नेताले आरजुलाई स्थापित गर्छु भन्दै नेतृत्वका लागि दबाब बढाएको पनि सही हो । यस्तो दाबीमा एउटा ध्रुवको नेताको हिसाबमा डा. शेखर सबैभन्दा बलिया छन् । यी नेताले सभापति प्रणालीमा विरोध होइन, समर्थन गर्नुपर्छ भन्ने मान्यता लिएको देखिन्छ । अर्का नेता शशांकले पनि सभापतिलाई विरोध होइन सहयोगको नीति लिँदै आएका छन् । यी दुवै सभापतिको दाबेदार एकैपटक बन्न सक्दैनन् । एकजना सभापति र एक जना प्रधानमन्त्री बनौं भनेर सहमति गर्न सक्छन् ।
ठूलो जनसंख्या, सहभागितामूलक बनाऊँ, नयाँ सन्देश दिऊँ भन्नका लागि विमलेन्द्र निधि पनि कांग्रेस नेतृत्वका अर्का दाबेदार हुन् । टीमको नेता र सिनियर नेताको हिसाबले पूर्णबहादुर पनि उत्तिकै दाबेदार छन् । सिनियर, गणेशमानका छोरा र सधैं चुनाव जित्ने नेताको रूपमा आफूलाई उभ्याउँदै आएका प्रकाशमान पनि अर्का दाबेदार हुन् ।
संसदीय निर्वाचनपछि गगन थापाको पनि सभापतिमा दाबी सही छ, कनिकि शेखरले आफू संसदीय दलको नेतामा नलडी गगनका निम्ति स्पेस बनाइदिनुभयो । यसैले संसदीय फाँटमा देउवापछि गगन स्वाभाविक लाइनमा छन् । यही लाइन सभापतितिर पनि मोडिन सक्छ ।
दाबेदारका भीडले यसपटक के बुझेका छन् भने गाली गर्ने, खुइल्याउने अभ्यासले आफैंलाई हानी गर्छ । बरु नेतृत्वको विश्वास जित्न तर्कसंगत ढंगले कुरा राख्ने र अगाडि बढ्ने नीति सबै नेताको देखिन्छ । साँच्चै कांग्रेस बनाउने हो भने सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ ।
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...