×

NMB BANK
NIC ASIA

‘अज्ञानताप्रति लज्जित छु’ भन्दै प्रकाश सपूतले मागे माफी

काठमाडाैं | मंसिर २१, २०८०

NTC
Premier Steels

चार महिनाअघिको म्युजिक भिडियो सुटिङको दृश्यलाई लिएर भइरहेको विवादमा गायक एवं मोडल प्रकाश सपूतले माफी मागेका छन् । 

Muktinath Bank

म्युजिक भिडियो सुटिङमा सपूत र मोडल जुना विश्वकर्मा वसन्तपुरको एक इनारमाथि नाचेको दृश्य केही दिनयता भाइरल भइरहेको छ । उक्त इनार ‘जीवित देवी’ कुमारीले खानेपानीका लागि प्रयोग गर्ने रहेको र त्यसमाथि नाचेर सपूतले नेवाः सभ्यता र संस्कृतिमाथि अपमान गरेको भन्दै उनको आलोचना गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार मध्यराती फेसबुकमा स्टाटस लेख्दै भिडियोका मोडल सपूतले आफ्नो अज्ञानताप्रति लज्जित रहेको उल्लेख गरेका छन् । ‘म कलाकारको रुपमा त्यहाँ थिए र मलाई त्यसरी इनारमाथि चढ्न हुँदैनथ्यो भन्ने हेक्का त्यतिखेर भएन । मेरो अज्ञानता प्रति लज्जित छु’ उनले भनेका छन् ‘विशेष गरेर यसलाई आफ्नो आस्था र विश्वास मान्दै आउनु भएको नेवाः समुदायप्रति क्षमा चाहन्छु । अन्जानबस यो दृश्यले संसारभरी रहनुभएका प्रिय शुभेच्छुकहरूलाई निरास बनाएको मा म दुखी छु । मनैदेखि दुखी छु ।’


Advertisment
Nabil box
Kumari

उनले गल्ती, कमजोरीहरू सच्याएर, सिकाएर, सचेत गराएर, एक अर्कालाई स्विकार गरेर समाज र देशलाई सुन्दर, सभ्य, समृद्ध र सचेतनामूलक बनाउन सकिने उल्लेख गरेका छन् । 

Vianet communication

अहिले त्यो इनार वरिपरि फूलको गमलाले घेरिएको छ र इनारमाथि नबस्नुहोला भन्ने सूचना राखिएको छ । यसपछि यो अझै सुन्दर र सुरक्षित बनेको समेत प्रकाशले उल्लेख गरेका छन् । 

उनले एउटा कलाकारको रुपमा आफूलाई, आफ्नो व्यवहार, विचार र गतिविधिप्रति प्रेम दिने साथै कमजोरीहरुमा खबरदारी गर्ने सबैमा धन्यवाद समेत दिएका छन् । 

यो विवादमा म्युजिक भिडियोको निर्माता कम्पनी शुभारम्भ डिजिटल म्युजिक प्रालिले माफी मागिसकेको छ । 

‘कमाउने नी हो रमाउने नी हो’ चार महिना अगाडि सार्वजनिक तीज विशेष गीत हो । खेम सेञ्चुरी र सुनीता बुढा क्षेत्रीको स्वर रहेको गीतको भिडियोलाई शंकर बिसीले कोरियोग्राफी गरेका थिए । गीत तीजमा निकै चलेको थियो ।

सोही भिडियो छायांकनको क्रममा दर्शकले खिचेको भिडियो अहिले भाइरल भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x